Pardesi is number one site in Nepal

The stars will never align, and the traffic lights of life will never

यदि तपाई महिला प्रवासी हुनुहुन्छ भने ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू

तथ्यांकमा महिला श्रमिक

आर्थिक वर्ष सन् १९९३/९४ देखि सन् २०२०/२१ सम्म नेपाल सरकारले ८२ लाख ४ हजार ९ सय ६२ वटा श्रम स्वीकृति जारी गरेको छ जसमध्ये ४.५८ प्रतिशत अर्थात् ३ लाख ७५ हजार ८ सय २७ वटा श्रम स्वीकृति महिला श्रमिकको लागि रहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशन गरेको श्रम आप्रवासन प्रतिवेदन २०२२ बाट यस सम्बन्धी थप जानकारी लिन सकिन्छ |
 
यसका लागि यस https://moless.gov.np/np/post/show/501 लिंकमा क्लिक गरेर प्रतिवेदन अध्ययन गर्न सकिन्छ ।

संस्थागत रूपमा पछिल्ला केही वर्षयता श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने महिलाहरूको सङ्ख्या बढेको छ । तर भारत तथा अनियमित बाटो भएर अन्य मुलुकमा रोजगारीका लागि गएका महिला तथा पुरुष श्रमिकको तथ्याङ्क भने छैन ।

 

Tags:-
१.महिला श्रमिक २. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ३. श्रम स्वीकृति ४. अनियमित बाटो ५. वैदेशिक रोजगार
 
वैदेशिक रोजगामा महिला श्रमिक: अवसर र चुनौति

वैदेशिक रोजगारमा जाने महिलाको संख्या पुरुषको तुलनामा न्यून छ । त्यसरी जानेहरु मध्ये पनि बहुसंख्यक सीप विनाको काममा जाने गरेका छन् । वैदेशिक रोजगारमा जाने महिलाले भोग्दै आएका चुनौति के छन् ? अवसरहरु के छन् ? यस विषयमा थप जानकारीका लागि तलका लिंकहरु क्लीक गरेर पढ्नुहोस् ।
 
वैदेशिक रोजगारीमा महिलाका चुनौती « (karobardaily.com)
रेमिट्यान्समा महिलाको योगदान (nayapatrikadaily.com)
 
Tags:-
१.महिला श्रमिक २. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ३. श्रम स्वीकृति ४. अनियमित बाटो ५. चुनौति
 
महिला श्रम सहचारीको व्यवस्था: 

वैदेशिक रोजगार ऐनको दफा ६८ (१) बमोजिम एक हजार वा सो भन्दा बढी महिला श्रमिक गएको मुलुकमा महिला श्रम सहचारीको नियुक्ति गर्न सकिने प्रावधान वैदेशिक रोजगार नियमावली, २०६४ मा रहेको छ । नियमावली पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् ।

 

https://moics.gov.np/uploads/shares/rules/baideshik%20rojgar%20rules%202064.pdf
 
Tags:-
१.वैदेशिक रोजगार ऐन २. घरेलु कामदार ३. वैदेशिक रोजगारी ४. लैङ्गिक विभेद ५. श्रम आप्रवासन प्रतिवेदन

 
आरक्षण तथा घरेलु श्रमिकका रुपमा काम गर्न जाने सम्वन्धि निर्देशिका

नेपाल सरकारले वैदेशिक रोजगारमा जाने महिला श्रमिकलाई विशेष सुविधा प्रदान गर्न सक्ने र इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगारमा श्रमिक पठाउँदा महिलालाई आरक्षण प्रदान गर्नु पर्ने व्यवस्था ऐनले गरेको छ । वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने निर्देशिका, २०७२ अनुसार घरेलु श्रमिकका रुपमा साउदी अरब, कतार, कुवेत, युएई, ओमन, बहराइन, लेवनान र मलेसिया जाने महिला श्रमिकको उमेर २४ वर्ष पूरा भएको हुनुपर्दछ । साथै, निर्देशिकाको दफा ३ (४) ले घरेलु श्रमिकको रुपमा वैदेशिक रोजगारमा जाने महिला श्रमिकको बच्चा २ वर्ष भन्दा कम उमेर भएको हुनु हुने छैन भनी उल्लेख गरेको छ । यस बारेमा https://shorturl.at/uCGRY  तथा   https://shorturl.at/lxyMN लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ ।
 
सन् १९८५ देखि विभिन्न समयमा सरकारले महिलालाई घरेलु श्रमिकका रुपमा वैदेशिक रोजगारमा जान प्रतिबन्ध लगाउँदै आएको छ | यस सम्बन्धमा IOM द्वारा प्रकाशित Migration in Nepal: A Country Profile 2019 पृष्ठ ५३-५४ हेरेर थप जानकारी प्राप्त गर्न सकिन्छ । यसका लागि  https://publications.iom.int/books/migration-nepal-country-profile-2019 लिंकमा क्लिक गर्नुहोस् |
 
Tags:-
१.महिला श्रमिक २. घरेलु श्रमिक ३. वैदेशिक रोजगार व्यवसायी ४. भिजिट भिसा ५. खाडी मुलुक

 

महिला श्रमिक र अभिमुखीकरण तालिम वापतको शुल्क सोधभर्ना

महिला श्रमिकले अभिमुखीकरण तालिम लिँदा तिरेको शुल्क वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सोधभर्ना पाइन्छ । यसका लागि तालिम केन्द्रले शुल्क लिएको सक्कल रसिद, तालिम प्रमाणपत्रको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि र राहदानी (पासपोर्ट) को प्रतिलिपि राखेर बोर्ड सचिवालयमा निवेदन दिनुपर्दछ ।थप जानकारी तलको लिंकमा उल्लेख छ ।
 
https://www.sajhasabal.com/orentation/106279
 
Tags:-
१.अभिमुखीकरण २. महिला श्रमिक ३. तालिम केन्द्र ४. वैदेशिक रोजगार बोर्डको सचिवालय ५. राहदानी
 
घरेलु श्रमिक

अन्तराष्ट्रिय श्रम संगठनका अनुसार विश्वमा ६ करोड ७० लाख भन्दा बढी घरेलु श्रमिकहरु छन् । त्यसमध्ये ८० प्रतिशत महिला छन् । त्यसैले घरेलु श्रम भन्ने वित्तिकै महिलाबहुल श्रम क्षेत्रमा पर्दछ । नेपालमा घरेलु श्रमिकको अवस्था र चुनौति तथा आइएलओ अभिसन्धि १८९ को विषयमा जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
अझै राज्यको पर्वाह बाहिर छन् लाखौं घरेलु श्रमिकहरु | देश परदेश Desh Paradesh
 
Tags:-
१.घरेलु श्रमिक २. चुनौति ३. आइएलओ अभिसन्धि १८९ ४. महिला श्रमिक ५. वैदेशिक रोजगार बोर्डको सचिवालय
 
घरेलु श्रमिक माथि पूर्ण प्रतिबन्ध 

नेपालबाट खाडीका मुलुकहरुमा घरेलु श्रमिकको रुपमा काम गर्न जानेहरुलाई विभिन्न समयमा वन्देज लाग्दै आएको छ । सोही क्रममा सन् २०१७ मार्च देखि खाडी मुलुकमा घरेलु काम गर्न जान पूर्ण प्रतिबन्ध छ। व्यक्तिको सुरक्षालाई प्राथमिकता दिंदै नेपाल सरकारले लगाएको प्रतिवन्ध र त्यसले पारेको प्रभावका बारेमा जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://www.onlinekhabar.com/2017/04/565438
 
https://www.himalkhabar.com/news/9252
 

Tags:-
१.घरेलु श्रमिक २. नेपाल सरकार ३.  झुटो करार ४. भिजिट भिसा ५. खाडी मुलुक

Read More
गन्तव्य देश

विदेशस्थित नेपाली नियोगहरू
 
नेपाली राजदूतावास मलेसिया
 
विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । मलेसियामा नेपालको राजदूतावास क्वालालम्पुरमा रहेको छ । क्वालालम्पुरस्थित दूतावासको फोन नं. ०३-२०२० १८९८ वा ०३-२०२० १९०१ साथै हटलाइन मोबाइल नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् |
 
https://my.nepalembassy.gov.np/
 

Tags:-
१.वैदेशिक रोजगारी  २. मलेसिया ३.  दूतावास ४. नेपाली राजदूतावास मलेसिया ५. सहयोग

 

नेपाली राजदूतावास कुवेत 
 
विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । कुवेतमा नेपाली राजदूतावास कुवेत सिटीमा रहेको छ । कुवेत सिटीस्थित दूतावासको फोन नं. ००९६५-२५३२१६०३ वा ००९६५-२५३२१६०४ वा ००९६५-२५३२१६०५ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://kw.nepalembassy.gov.np/
 

Tags:-
१.वैदेशिक रोजगारी  २. कुवेत ३.  दूतावास ४. सम्पर्क ५. सहयोग

 

नेपाली राजदूतावास ओमन  
 
विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । ओमनमा नेपाली राजदूतावास मस्कटमा रहेको छ । मस्कटस्थित दूतावासको फोन नं. +९६८-२४६९६१७७ वा +९६८-२४६९६८८३ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://om.nepalembassy.gov.np/
 

Tags:-
१.वैदेशिक रोजगारी  २. ओमान ३.  दूतावास ४. सम्पर्क ५. सहयोग
 

नेपाली राजदूतावास कतार
 
विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । कतारमा नेपाली राजदूतावास दोहामा रहेको छ । दोहास्थित दूतावासको फोन नं. +९७४-४४६७५६८१ वा +९७४-४४६७५६८३ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://qa.nepalembassy.gov.np/
 

Tags:-
१.वैदेशिक रोजगारी  २. कतार ३.  दूतावास ४. सम्पर्क ५. सहयोग
 

नेपाली राजदूतावास साउदी अरेबिया
 
विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । साउदी अरेबियामा नेपाली राजदूतावास रियादमा रहेको छ । रियादस्थित दूतावासको फोन नं. ००९६६-११४६१११०८  मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://sa.nepalembassy.gov.np/
 

Tags:-
१.वैदेशिक रोजगारी  २. साउदी अरेबिया ३.  दूतावास ४. साउदी अरब ५. सहयोग
 

महावाणिज्य राजदूतावास जेद्धा, साउदी अरेबिया
 
भौगोलिक रुपमा ठूलो मुलुक साउदी अरेवियामा रियादमा नेपाली दूतावास रहेको छ भनें जेद्धामा महावाणिज्य दूतावास रहेको छ । महावाणिज्य दूतावासबाट पनि नेपाली नागरिकले सहयोग लिन सक्दछन् । जेद्धास्थित महावाणिज्य राजदूतावासको फोन नं. +९६६-१२-६२२६६६५ वा +९६६-१२-६२२६६८३ वा +९६६-१२-६२२५५८३ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ |

 

नेपाली राजदूतावास बहराइन
 
विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । बहराइनमा नेपाली राजदूतावास मनामामा रहेको छ । बहराइनस्थित दूतावासको फोन नं. +९७३-१७७२५५८३  मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://bh.nepalembassy.gov.np/
 

Tags:-
१.वैदेशिक रोजगारी  २. बहराइन ३.  दूतावास ४. नेपाली राजदूतावास बहराइन ५. मनामा
 

नेपाली राजदूतावास युएई
 
विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । संयुक्त अरव इमिरेट्स (युएई) मा नेपाली राजदूतावास अबुधावीमा रहेको छ । अबुधावीस्थित दूतावासको फोन नं. +९७१-२-६३४ ४७६७ वा +९७१-२-६३४ ४३८५ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://ae.nepalembassy.gov.np/
 

Tags:-
१.वैदेशिक रोजगारी  २. युएई ३.  दूतावास ४. सहयोग ५. सम्पर्क
 

 

नेपाली राजदूतावास दक्षिण कोरिया
 
विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । दक्षिण कोरियामा नेपाली दूतावास सिओलमा रहेको छ । सिओलस्थित दूतावासको फोन नं. ००८२-०२-३७८९९७७० वा ००८२-०२-३७८९९७७१ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://kr.nepalembassy.gov.np/
 

Tags:-
१.वैदेशिक रोजगारी  २. दक्षिण कोरिया ३.  दूतावास ४. सहयोग ५. सम्पर्क
 

गैर आवासीय नेपाली संघ (NRNA)
 
नेपाली प्रवासी (डायस्पोरा) लाई एउटै छातामुनि एकताबद्ध गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (NRNA) को स्थापना सन् २००३ अक्टोबर ११ मा भएको हो। ८५ देशमा राष्ट्रिय समन्वय परिषद् (NCC) को रुपमा नेपाली मूलका प्रवासीहरुको सञ्जाल स्थापना गरी उनीहरूको हित, चासो र प्रतिबद्धताहरूको प्रतिनिधित्व यस संस्थाले गर्दछ ।
 
NRNA का बारेमा
https://bh.nrna.org/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
 
विभिन्न मुलुकमा रहेका NRNA का NCC को बारेमा
https://nrna.org/our-nccs/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
 

Tags:-
१.गैरआवासीय नेपाली संघ  २. डायस्पोरा ३.  राष्ट्रिय समन्वय परिषद् ४. सञ्जाल ५. सम्विदेशमा रहेका नेपालीपर्क

 

ह्युमन राइट्स कमिशन अफ मलेसिया (SUHAKAM)
 
ह्युमन राइट्स कमिशन अफ मलेसिया (SUHAKAM) मलेसियाको मानव अधिकार आयोग ऐन १९९९ , ऐन ५९७ अन्तर्गत स्थापित संस्था हो | यस आयोगले मानव अधिकार सम्बन्धी चेतना बढाउन र शिक्षा प्रदान गर्न; कानुन र कार्यविधि तर्जुमा गर्न सरकारलाई सल्लाह र सहयोग गर्ने र लिनुपर्ने आवश्यक उपायहरू सिफारिस गर्ने; मानव अधिकार उल्लङ्घन सम्बन्धी उजुरीहरूको छानबिन गर्ने जस्ता कार्यहरू गर्दछ ।
 
SUHAKAM का बारेमा अंग्रेजी भाषामा थप पढ्न
https://suhakam.org.my/ मा क्लिक गर्नुहोस् ।
 

Tags:-
१.सुहाकम  २. मानव अधिकार आयोग ३.  मानव अधिकार  ४. कानुन ५. मलेसिया
 
नेशनल ह्युमन राइट्स कमिटी (NHRC) कतार
 
राष्ट्रिय मानव अधिकार समिति, कतारले सो मुलुकमा रहेका व्यक्तिहरुको मानवअधिकारको विषयमा चासो राख्ने र त्यसको संरक्षण गर्ने गर्दछ ।
 
NHRC कतारका बारेमा अंग्रेजी भाषामा पढ्न
 https://www.nhrc-qa.org/ मा क्लिक गर्नुहोस् ।
 

Tags:-
१.कतार २. मानव अधिकार ३. आयोग ४. कानुन ५. संरक्षण

 

जिफन्ट सपोर्ट ग्रुप – बहराइन
 
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को सहयोगी प्रवास कमिटी बहराइनमा कार्यरत छ | वैदेशिक रोजगारीका सिलसिलामा तपाईं बहराइनमा समस्यामा पर्नुभयो भने जिफण्ट सहयोग समूहको सहयोग लिन सक्नुहुन्छ ।
 
जिफन्टका बारेमा https://www.gefont.org/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
 

Tags:-
१.जिफण्ट २. बहराइन ३. वैदेशिक रोजगारी ४. प्रवास ५. जिफण्ट सहयोग समूह

 

जिफन्ट सपोर्ट ग्रुप – कतार
 
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को सहयोगी प्रवास कमिटी कतारमा कार्यरत छ | वैदेशिक रोजगारीका सिलसिलामा तपाईं कतारमा समस्यामा पर्नुभयो भने जिफण्ट सहयोग समूहको सहयोग लिन सक्नुहुन्छ ।
 
जिफन्टका बारेमा https://www.gefont.org/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
 

Tags:-
१.जिफण्ट २. कतार ३. वैदेशिक रोजगारी ४. प्रवास ५. जिफण्ट सहयोग समूह

 

जिफन्ट सपोर्ट ग्रुप – मलेसिया
 
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को सहयोगी प्रवास कमिटी मलेसियामा कार्यरत छ | वैदेशिक रोजगारीका सिलसिलामा तपाईं मलेसियामा समस्यामा पर्नुभयो भने जिफण्ट सहयोग समूहको सहयोग लिन सक्नुहुन्छ ।
 
जिफण्टका बारेमा https://www.gefont.org/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
 

Tags:-
१.जिफण्ट २. मलेसिया ३. वैदेशिक रोजगारी ४. प्रवास ५. जिफण्ट सहयोग समूह

 
जिफन्ट सपोर्ट ग्रुप – युएई
 
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सहयोगी प्रवास कमिटी युएईमा कार्यरत छ | वैदेशिक रोजगारीका सिलसिलामा युएईमा समस्यामा परेमा यो संस्थामा सम्पर्क गर्न सकिन्छ । जिफन्टका बारेमा https://www.gefont.org/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ

 

Tags:-
१.जिफण्ट २. युएई ३. वैदेशिक रोजगारी ४. प्रवास ५. जिफण्ट सहयोग समूह

 
जिफन्ट सपोर्ट ग्रुप – दक्षिण कोरिया
 
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सहयोगी प्रवास कमिटी दक्षिण कोरियामा कार्यरत छ | वैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा  समस्यामा परेमा यो संस्थामा सम्पर्क गर्न सकिन्छ ।
 
जिफन्टका बारेमा https://www.gefont.org/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।

 
Tags:-
१.जिफण्ट २. दक्षिण कोरिया ३. वैदेशिक रोजगारी ४. प्रवास ५. जिफण्ट सहयोग समूह
 

जिफन्ट सपोर्ट ग्रुप – कुवेत
 
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सहयोगी प्रवास कमिटी कुवेतमा कार्यरत छ | वैदेशिक रोजगारीका सिलसिलामा कुवेतमा समस्यामा परेमा यो संस्थामा सम्पर्क गर्न सकिन्छ ।
 

जिफन्टका बारेमाhttps://www.gefont.org/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।

 
Tags:-
१.जिफण्ट २. कुवेत ३. वैदेशिक रोजगारी ४. प्रवास ५. जिफण्ट सहयोग समूह

Read More

खाडी मुलुक मध्येको एक ओमनमा करिव ४० प्रतिशत विदेशी नागरिकहरु रहेको अनुमान छ । खाडीाक अन्य मुलुकहरुको तुलनामा ओमनमा नेपालीको संख्या भनें कम छ । ओमानमा धेरैजसो आप्रवासी श्रमिकहरु उद्योग, पसल, तेल र ग्यास, निर्माण, उत्पादन क्षेत्रमा काम गर्दछन् । ओमनको राजधानी मस्कट हो । सो मुलुकमा अरवी भाषा सरकारी कामकाजको भाषा हो । यसैगरी इस्लाम धर्म मान्ने गरिन्छ ।

ओमन सम्बन्धि थप जानकारी अंग्रेजी भाषामा पढ्न चाहनुहुन्छ भनें तलको लिंकमा क्लीक गर्नुहोस् ।
 

https://www.dfat.gov.au/geo/oman/oman-country-brief#:~:text=The%20Sultanate%20of%20Oman%20is,land%20borders%20of%20the%20UAE 
 
नेपाली राजदूतावास ओमन  

विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । ओमनमा नेपाली राजदूतावास मस्कटमा रहेको छ । मस्कटस्थित दूतावासको फोन नं. +९६८-२४६९६१७७ वा +९६८-२४६९६८८३ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://om.nepalembassy.gov.np/
 
ओमनको मौसमी वातावरण कस्तो हुन्छ ? 

ओमनमा न्यूनतम १२ डिग्री सेल्सियस र अधिकतम् तापक्रम ५२ डिग्री सेल्सियस तापक्रम हुन्छ । नेपालको तुलनामा खाडीका मुलुकहरूमा बढी गर्मी हुन्छ । ओमनमा जनवरी देखि मार्च महिनासम्म सामान्यतया चिसो हुन्छ भने अप्रिलदेखि नोभेम्वरसम्म निक्कै गर्मी हुने गर्दछ । सो समयमा उच्च तापक्रमका कारण सिर्जना हुन सक्ने स्वास्थ्य समस्याबाट बच्न प्रशस्त मात्रामा पानी पिएर, पर्याप्त आराम गरेर विशेष सावधानी अपनाउनु पर्दछ । बाहिरको काम (विशेषगरी निर्माण तथा कृषिको काम) गर्ने श्रमिकहरूले गर्मीका कारण सिर्जना हुनसक्ने स्वास्थ्य समस्याका बारेमा धेरै ख्याल गर्नु पर्दछ ।
 
ओमनको भिसा चेक गर्ने तरिका
 
https://evisa.rop.gov.om/en/track-your-application

 
Tags:-
१.ओमन २. खाडी मुलुक ३.  नेपाली श्रमिक ४. नेपाली राजदूतावास ओमन ५. तेल र ग्यास

Read More
माइग्रेसन प्रक्रिया

वैदेशिक रोजगारीमा जाँदा अपनाउन पर्ने सुरक्षित तरिका
 

 

वैदेशिक रोजगारमा जाँदा ध्यान दिनुपर्ने कुराहरु
 
वैदेशिक रोजगारमा जानु भनेको केहि वर्षका लागि आफ्नो मुलुक तथा आफन्त ,साथिभाईहरुबाट टाढा हुनु हो । तसर्थ वैदेशिक रोजगारमा जानु अगाडी मानसिक रुपमा गर्नुपर्ने कतिपय तयारीहरु हुन्छन् । यसैगरी आवश्यक प्रकृयाहरुका बारेमा पनि जानकारी हासिल गर्नुपर्दछ । वैदेशिक रोजगारमा जानु अगाडी ध्यान दिनुपर्ने कुराहरु जान्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
Important Information | Department of Foreign Employment (dofe.gov.np)

 

थप जानकारी https://shorturl.at/cklzL मा क्लिक गरेर पनि लिन सकिन्छ |

Tags:-
१.वैदेशिक रोजगार २. पूर्वतयारी ३.  जानकारी ४. सावधानी ५. वैदेशिक रोजगारको प्रक्रियाहरु
 
आवश्यक सुचना लिएर मात्र रोजगारीका लागि विदेश जानु पर्दछ 
 
वैदेशिक रोजगारमा जाने योजना बनाएका व्यक्तिले आफूले रोजगारीको प्रकृया सुरु गर्नु अगाडी, प्रकृयाका क्रममा, रोजगारीको क्रममा र स्वदेश फर्केपछि पनि विभिन्न विषयमा जानकारी हासिल गर्नु पर्दछ । यस्ता महत्वपूर्ण केहि जानकारी तलको लिंकमा क्लीक गरेर अध्ययन गर्न सकिन्छ ।
 
Ministry Of Labour, Employment and Social Security (moless.gov.np)
 
वैदेशिक रोजगारीमा जानेहरुका लागि केहि टिप्स तलको लिंकमा पनि उल्लेख छ । सो अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
वैदेशिक रोजगारीमा जानेहरुका लागि १० टिप्स – Online Khabar
 
Tags:-
१.वैदेशिक रोजगार २. रोजगारी ३.  जानकारी ४. मानसिक तयारी ५. वैदेशिक रोजगारमा जाने योजना

 

वैदेशिक रोजगारका लागि जान खुल्ला गरिएका मुलुकहरु
 
नेपाल सरकारले वैदेशिक रोजगारका लागि १११ वटा गन्तव्य मुलुकहरु खुल्ला गरेको छ जसमध्ये इराक, अफगानिस्तान र लिबिया हाल रोक्का गरिएको छ । रोजगारीमा जान खुल्ला गरिएका मुलुकहरुको सूचि समय समयमा अद्यावधिक हुने भएका कारण नेपाल सरकारबाट संस्थागत रुपमा वैदेशिक रोजगारका लागि खुल्ला गरिएका देशहरुको नामावली वैदेशिक रोजगार विभागको https://dofe.gov.np/recognized.aspx लिंकमा क्लिक गरेर हेर्न सकिन्छ |
 
Tags:-
१.वैदेशिक रोजगार २. गन्तव्य मुलुक ३. नेपाल सरकार ४. वैदेशिक रोजगार विभाग ५. बन्देज

 

वैदेशिक रोजगारमा जाने प्रकृया
 
वैदेशिक रोजगार ऐन, २०६४ मा भएको व्यवस्था  बमोजिम संस्थागत (इजाजतपत्र प्राप्त मेनपावर मार्फत) र व्यक्तिगत गरी जम्मा दुईवटा प्रक्रिया मार्फत वैदेशिक रोजगारीमा जान सकिन्छ ।

 

वैदेशिक रोजगार ऐन, २०६४ मा भएको व्यवस्था बमोजिम संस्थागत (इजाजतपत्र प्राप्त मेनपावर मार्फत) र व्यक्तिगत गरी जम्मा दुईवटा प्रक्रिया मार्फत वैदेशिक रोजगारीमा जान सकिन्छ ।

 
संस्थागत प्रक्रिया

संस्थागत प्रक्रिया भन्नाले विद्यमान वैदेशिक रोजगार ऐन तथा नियमावली बमोजिम वैदेशिक रोजगार विभागबाट वैदेशिक रोजगार व्यवसाय सञ्चालनको अनुमति लिएका मेनपावर संस्था मार्फत कानून बमोजिम वैदेशिक रोजगारीमा जाने प्रक्रियालाई बुझिन्छ ।
 

व्यक्तिगत प्रक्रिया

व्यक्तिगत प्रक्रिया भन्नाले श्रमिक आफ्नै पहलमा विद्यमान वैदेशिक रोजगार ऐन तथा नियमावलीमा उल्लिखित प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाने प्रक्रियालाई बुझिन्छ । यस प्रक्रियाको अवलम्बन गरी वैदेशिक रोजगारमा जाँदा श्रमिक आफ्नो कामको लागि स्वयं जिम्मेवार हुनुपर्दछ ।
 

Tags:-
१.वैदेशिक रोजगारमा जाने प्रकृया २. संस्थागत प्रकृया ३. व्यक्तिगत प्रकृया ४. मेनपावर कम्पनी ५. श्रमिक
 

पूर्वतयारी
वैदेशिक रोजगारमा जाने व्यक्तिले पूर्वतयारी गर्नुपर्दछ । यसका लागि वैदेशिक रोजगारमा आफू जाँदा घर सञ्चालन, आवश्यक आर्थिक बन्दोवस्त लगायतको विषयमा तयारी गर्नु आवश्यक हुन्छ । वैदेशिक रोजगारीमा जानु पूर्व के कस्ता पूर्व तयारीहरु गर्नुपर्दछ भन्ने थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
वैदेशिक रोजगारमा जानुपूर्व गर्नुपर्ने पूर्व तयारी के हुन् ? | देश परदेश Desh Paradesh
 
सुरक्षित वैदेशिक रोजगारीका लागी गरीने तयारी – Dhading’s First Online News Portal (dhadingnews.com)
 
Tags:-
१.पूर्वतयारी २. वैदेशिक रोजगार ३. सावधानी ४. मानसिक तयारी ५. विदेश जाने तयारी

 
राहदानी
 
वैदेशिक रोजगारमा जाने व्यक्तिले राहदानी (पासपोर्ट) बनाउनु पर्दछ । यसका लागि नेपाली नागरिकता लगायतका आवश्यक कागजात सहित जिल्ला प्रशासन कार्यालयमा वा राहदानी विभागमा निवेदन दिनु पर्दछ । राहदानीको फारम डाउनलोड गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://nepalpassport.gov.np
 
Tags:-
१.कागजपत्र २. नागरिकता ३. राहदानी ४. पासपोर्ट ५. जिल्ला प्रशासन कार्यालय

 
रोजगारीको खोजी
 
वैदेशिक रोजगारमा जाने व्यक्तिले आफ्नो रुचि र दक्षता भएको रोजगारीको खोजि गर्नु पर्दछ । यसका बारेमा वैदेशिक रोजगार विभागको Foreign Job Search (dofe.gov.np) बाट वा सम्वन्धित मेनपावर कम्पनीबाट जानकारी लिन सकिन्छ । यसरी रोजगारीको खोजि गर्दा विचौलिया मार्फत गर्नुहुन्न, उनीहरुले मौखिक रुपमा भनेको सबैकुरा सत्य नहुन सक्दछ । थप जानकारीका लागि तलको लिंकमा पनि हेर्न सक्नुहुन्छ ।
 
https://shorturl.at/cklzL
 
Tags:-
१.वैदेशिक रोजगार २. रोजगारी ३. मेनपावर कम्पनी ४. वैदेशिक रोजगार विभाग ५. रुचि र दक्षता

 

स्वास्थ्य परिक्षण 
 

वैदेशिक रोजगारमा जाने हरेक व्यक्तिको प्रस्थानपूर्व स्वास्थ्य परिक्षण गर्नुपर्ने कानूनी व्यवस्था छ । यदि स्वास्थ्य परिक्षण गरेर स्वस्थ भनेर रोजगारीका लागि गएका व्यक्ति विदेशमा पुगेपछि गरिने स्वास्थ्य परिक्षणमा अनुत्तिर्ण भएर फर्किनु परेमा त्यस्ता व्यक्तिले क्षतिपूर्ति पाउँछन् । वैदेशिक रोजगारमा जानुपूर्व किन स्वास्थ्य परीक्षण गर्न आवश्यक छ भन्ने थप जानकारीका लागि वैदेशिक रोजगार बोर्डको प्रवास डायरी पेज नं ३ र ४ मा लेखिएको छ । सो अध्ययनका लागि तलको लिंकमा क्लीक गर्नुहोस्
 

5d667517a46f7_Inner_Prawas_Diary_2076_CTP_Final.pdf (feb.gov.np)
 

स्वदेशमा स्वास्थ्य परीक्षण गर्नु भनेको आफू विदेशमा काम गर्न शारीरिक रूपमा सक्षम छु वा छैन भनी जाँच गरी रिपोर्ट निकाल्ने प्रक्रिया हो । यसले गर्दा विदेशमा हुने मेडिकल चेकअप (स्वास्थ्य परीक्षण) मा समस्या हुँदैन । स्वदेशमा स्वास्थ्य परीक्षण गर्दा फेल हुँदा–हुँदै पनि गलत रिपोर्ट बनाएर विदेश जाँदा त्यहाँ हुने स्वास्थ्य परीक्षणमा फेल भइन्छ र स्वदेश फर्कनुपर्ने हुन्छ । यसबाट विदेश जाँदा गरेको लगानी डुब्न सक्छ । वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परीक्षण गर्ने अनुमति प्राप्त संस्थाहरुको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 

Medical Center | Department of Foreign Employment (dofe.gov.np)
 

Tags:-
१.स्वास्थ्य परिक्षण २. स्वास्थ्य परिक्षणमा अनुत्तिर्ण ३. प्रवास डायरी ४. रोजगारी ५. वैदेशिक रोजगार
 

वैदेशिक रोजगार कल्याणकारी कोषमा योगदान
 
वैदेशिक रोजगारीमा जाने प्रत्येक श्रमिकले गन्तव्य मुलुक प्रस्थान गर्नु अगाडी वैदेशिक रोजगार बोर्डद्वारा व्यवस्थित वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा (योगदान) गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारमा गएका कोहि व्यक्ति विदेशमा दुर्घटनामा परि घाइते भएमा वा मृत्यु भएमा सम्वन्धित श्रमिक वा मृत्यु भएको अवस्थामा निजको परिवारले वैदेशिक रोजगार बोर्ड मार्फत आर्थिक सहायता प्राप्त गर्दछन् । आवेदन दिने विषय लगायतको जानकारी तलको लिंकमा पनि उपलव्ध छ ।
 
5d9efcb891098_Bulleting FEB 2076-1.pdf
 
Tags:-
१.वैदेशिक रोजगार बोर्ड २. गन्तव्य मुलुक ३. नेपाल सरकार ४. कल्याणकारी कोष ५. विदेशमा दुर्घटना

 

बीमा
वैदेशिक रोजगारमा जाँदा करार बमोजिमको समयावधिको लागि अनिवार्य रूपमा बीमा गराउनु पर्दछ । वैदेशिक रोजगारमा रहँदा कारणवस मृत्यु भएमा, अंगभंग भएमा नेपालमा आफूले बीमा गरेको कम्पनीबाट बीमा बापतको रकम प्राप्त हुन्छ । यसका बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् र पेज नम्वर ४८ पढ्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np)
 
वैदेशिक रोजगारमा जानेहरुको बीमा गर्ने अनुमति लिएका बीमा कम्पनीहरुको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
Insurance Company | Department of Foreign Employment (dofe.gov.np)
 
Tags:-
१.बीमा २. वैदेशिक रोजगार ३. मृत्यु भएमा ४. अंगभंग भएमा ५. वैदेशिक रोजगार विभाग
 
रोजगारीका लागि विदेश जाँदा सम्झौता पत्र/करारपत्र किन चाहिन्छ ?

आफू जान लागेको देश, गर्ने काम, पाउने तलब, काम गर्ने कम्पनी, दिनमा काम गर्नुपर्ने घण्टा लगायत ओभर टाइमको व्यवस्थाबारे रोजगार सम्झौता/करार पत्र (एग्रिमेन्ट पेपर) मा के छ ? सोका बारेमा राम्रोसँग पढ्नु पर्छ । मौखिक रुपमा भनेको कुरा भन्दा करार पत्रमा उल्लेख भएका कुराहरू मात्र आधिकारिक हुन् । थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् र पेज नम्वर २६ हेर्नुहोस् ।
 
NRNA-FEIC Handbook – 2070 (liv.ac.uk)
 
Tags:-
१.सम्झौता पत्र २. करारपत्र ३. कानुनी व्यवस्था ४. रोजगारको सेवा, शर्त ५. एनआरएनए
 
अभिमुखिकरण तालिम भनेको के हो, यो किन आवश्यक छ

वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगारमा जाने श्रमिकले अनिवार्य रुपमा २ दिने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारमा जाने सोच बनाएदेखि नै कुन देश जाने हो सोको बारेमा सामान्य जानकारी भए तापनि पूर्वप्रस्थान अभिमुखीकरण तालिममा अरू धेरै विषयमा जानकारी प्राप्त हुन्छ । सो तालिमले आफू रोजगारीका लागि जान लागेको मुलुकको हावापानी, रहनसहन, समस्या आईपरेमा के गर्ने भन्ने जानकारी हासिल हुन्छ । थप जानकारी हासिल गर्न तलको लिंकमा क्लीक गर्नुहोस् र पेज नम्वर २३ हेर्नुहोस् ।
 
NRNA-FEIC Handbook – 2070 (liv.ac.uk)
प्रस्थानपूर्वको अभिमुखिकरण तालिम सञ्चालन गर्ने अनुमति प्राप्त संस्थाहरुको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
Orientation Center | Department of Foreign Employment (dofe.gov.np)
 
Tags:-
१.अभिमुखिकरण तालिम २. हावापानी ३. रहनसहन ४. एनआरएनए ५. वैदेशिक रोजगार विभाग
 
श्रम स्वीकृति

वैदेशिक रोजगारमा जान व्यक्तिगत र संस्थागत गरी २ किसिमका श्रम अनुमति जारी गरिन्छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचलस्थित कार्यालयबाट विदेश जाने श्रम स्वीकृति प्रदान गरिन्छ । थप जानकारी आवश्यक परेमा तलको लिंकमा क्लीक गरि पेज नम्वर ४३ र ४४ अध्ययन गर्न सक्नुहुन्छ ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np)
 
Tags:-
१.श्रम स्वीकृति २. व्यक्तिगत श्रम स्वीकृति ३. स्थागत श्रम स्वीकृति ४. रोजगारी ५. वैदेशिक रोजगार विभाग
 
पुन: श्रम स्वीकृति

वैदेशिक रोजगारमा रहेकाहरु पुन: रोजगारीमा विदेश नै फर्किने भएमा वैदेशिक रोजगार विभागबाट पुन: श्रम स्वीकृति लिनु पर्दछ । यस्तो पुन: श्रम स्वीकृति अनलाइन मार्फत नै लिन सकिन्छ । यसका बारेमा थप अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
अनलाइनबाटै कसरी लिने पुनः श्रम स्वीकृति ? – Online Khabar
 
Tags:-
१.पुन २. श्रमस्वीकृति ३. अनलाइन मार्फत पुन: श्रम स्वीकृति ४. वैदेशिक रोजगारी ५. वैदेशिक रोजगारमा रहेकाहरु

 

स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने

वैदेशिक रोजगारमा जाँदा नेपालको विमानस्थल भएर नै सो मुलुक जानु पर्ने कानुनी व्यवस्था छ । यदि नेपालको विमानस्थलबाट नगई भारत लगायतको मुलुक भएर वैदेशिक रोजगारमा जानु पर्ने भएमा मेनपावर कम्पनीले अनिवार्य रुपमा वैदेशिक रोजगार विभागबाट लिखित अनुमति लिएको हुनु पर्दछ ।
 
Tags:-
१.स्वदेशी विमानस्थल २. भारत ३. वैदेशिक रोजगार विभाग ४. वैदेशिक रोजगारी ५. लिखित अनुमति
 
उमेर हद

वैदेशिक रोजगार ऐन, २०६४ अनुसार १८ वर्ष मुनिका नाबालिग वैदेशिक रोजगारीमा जान पाइँदैन ।
 
वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने निर्देशिका, २०७२ अनुसार घरेलु श्रमिकका रुपमा साउदी अरब, कतार, कुवेत, युएई, ओमन, बहराइन, लेवनान र मलेसिया जाने महिला श्रमिकको उमेर २४ वर्ष पूरा भएको हुनु पर्दछ ।
यस बारेमा https://shorturl.at/uCGRY  तथा https://shorturl.at/lxyMN लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
 
Tags:-
१.उमेर हद २. वैदेशिक रोजगार ऐन ३. वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने निर्देशिका ४. उमेरको हद २४ बर्ष ५. घरेलु श्रमिक

Read More