अन्य देशहरू

जोर्डन (Jordan)

जोर्डनका छिमेकी मुलुकहरू हुन् साउदी अरेविया, इराक, सिरिया र इजरायल । जोर्डनको धेरैजसो भू–भाग जमिनले घेरिएको छ भने इजरायलको सीमामा मृत सागर पर्दछ । प्राकृतिक सुन्दरताले भरिएको मुलुक जोर्डनमा धेरै विदेशी पर्यटक घुम्न जाने गर्दछन् । जोर्डनको राजधानीको नाम अम्मान हो । अम्मान छिमेकी देश इजरायलबाट नजिकै पर्दछ । जोर्डनको मुख्य आर्थिक, प्रशासनिक, राजनीतिक केन्द्र अम्मान नै हो ।  जोर्डनमा सामान्यतया अंग्रेजी महिनाको जुन देखि अगष्ट महिनासम्म गर्मी हुन्छ भने डिसेम्बरदेखि फेब्रुअरी महिनासम्म जाडो हुनु गर्दछ । गर्मीयाममा शरीरबाट धेरै पसिना बग्ने हुनाले स्वास्थ्य समस्याबाट बच्नका लागि प्रशस्त मात्रामा पानी पिउनु आवश्यक हुन्छ ।

जोर्डन सम्बन्धि थप जानकारी लिनको लागि वैदेशिक रोजगार बोर्डको सचिवालयको वेबसाइट


https://feb.gov.np/extra_upload/5d667517a46f7_Inner_Prawas_Diary_2076_CTP_Final.pdf
   बाट फाइल डाउनलोड़ गरी अध्ययन गर्नुहोस् । 
 
जोर्डनको मौसमी वातावरण कस्तो हुन्छ ? 

सामान्यतया जोर्डनमा गर्मी समय भनेको जुन महिनादेखि शुरु भएर अगष्ट महिनासम्म रहन्छ भने जाडो समय डिसेम्बरदेखि फेव्रुअरी महिनासम्म रहने गर्दछ । अगष्ट महिना निक्कै गर्मी हुने महिना हो । जनवरी महिना निक्कै जाडो हुने समय हो । गर्मीयाममा शरीरबाट धेरै पसिना बग्ने हुनाले स्वास्थ्य समस्याबाट बच्नका लागि प्रशस्त मात्रामा पानी पिउनु आवश्यक हुन्छ ।
 

Tags:-
१.जोर्डन २. जोर्डनमा नेपाली श्रमिक ३.  मध्यपूर्व ४. नेपाली दूतावास कायरो ५. रोजगारी

 

इजरायल (Israel)

नेपाल र इजरायलबीच श्रमिक पठाउने र लिने विषयमा वि.सं २०७७ मा श्रम सम्झौता भएको छ । इजरायलमा नेपालबाट खासगरी वृद्धवृद्धाहरुको स्याहार (केयरगिभर) र कृषि तथा पशुपालन क्षेत्रको काममा श्रमिकहरू जाने गर्दछन् । धेरै गर्मी, धेरै चिसो, औषत तापक्रम सवैखालको हावापानी रहेको इजरायलमा बहुसंख्यक नागरिक यहुदी छन् । खेतीयोग्य जमिन थोरै भए पनि आधुनिक कृषि प्रणाली प्रयोग गरेको इजरायल खाद्यान्नमा लभभग आत्मनिर्भर रहेको छ ।  इजरायलको राजधानी जेरुसेलम हो । इजरालयको मुद्रालाई न्यू इजरायली सिकेल भनिन्छ । 
 

इजरायल सम्बन्धि थप जानकारी लिनको लागि वैदेशिक रोजगार बोर्डको सचिवालयको वेबसाइट
 
https://feb.gov.np/extra_upload/5d667517a46f7_Inner_Prawas_Diary_2076_CTP_Final.pdf बाट फाइल डाउनलोड़ गरी अध्ययन गर्नुहोस् । 
 
इजरायलको मौसम कस्तो हुन्छ ?

भौगोलिक विविधता रहेको इजरायलमा मौसममा पनि विविधता छ । मरुभूमिदेखि हरिया पहाडसम्म रहेको इजरायलको कुनै भागमा बढी गर्मी तथा कुनै भागमा बढी चिसो हुने गर्दछ । जनवरी, फेब्रुअरी महिनामा बढी चिसो हुने गर्दछ । इजरायलमा न्युनत्तम १५ डिग्री सेल्सियस देखि लिएर अधिकत्तम तापक्रम २७ डिग्री सेल्सियस सम्म रहेको हुन्छ । 
 
इजरायलको मौसम सम्बन्धि थप जानकारी लिन यो लिंकमा
 
https://www.climatestotravel.com/climate/israel क्लिक गरी हेर्न सक्नुहुनेछ । 

 
Tags:-
१.इजरायल २. नेपाल र इजरायल श्रम सम्झौता ३. नेपाली राजदुतावास इजरायल ४. श्रम सम्झौता ५. कल्याणकारी कोष
 

इजरायलमा रोजगारीका लागि जाने नेपाली श्रमिकले सो मुलुकको बारेमा जानकारीका साथै दैनिक कामकाजमा आवश्यक पर्ने भाषा लगायतको जानकारीका लागि तलको लिंकमा क्लीक गरि अध्ययन गर्न सक्नुहुन्छ ।
 
https://www.feb.gov.np/extra_upload/620b9056d9eca_Handbook%20Setting%20Isreal%20final%20file.pdf
 

Tags:-
१.इजरायल २. गन्तव्य मुलुक ३. इजरायलको रोजगारी ४. भाषाको ज्ञान ५. वैदेशिक रोजगार

 

माल्टा (Malta)

श्रम स्वीकृति लिएर रोजगारीका लागि जान खुल्ला गरिएको मुुलुक हो माल्टा । पर्यटकहरुको आकर्षण रहेको सो मुलुकमा होटेल, रेस्टुरेन्टको क्षेत्रमा विदेशी श्रमिकहरुले काम गर्ने गर्दछन् । मौषम सामान्य हुन्छ, असाध्यै गर्मी र धेरै जाडो हुन्न । माल्टाको बोलिने भाषा मल्तिश हो । मल्तिश वाहेक अंग्रेजी भाषा बोलिन्छ । युरोपेली देश माल्टाको मुद्रा युरो हो । सो मुलुकमा क्रिश्चियन धर्म मान्नेहरुको बाहुल्यता रहेको छ ।
 
माल्टाका बारेमा अंग्रेजी भाषामा थप जानकारी अध्ययन गर्न चाहनुहुन्छ भनें तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://roadsandkingdoms.com/2015/know-before-you-go-to-malta
 

Tags:-
१.माल्टा २. शेन्जेन क्षेत्र ३. युरोप ४. युरोपमा रोजगारी ५. युरोपमा नेपाली

 

पोल्याण्ड (Poland)

मध्य युरोपमा पर्ने पोल्याण्डको राजधानी वारसा हो । सो मुलुकको आधिकारिक भाषा पोलिश हो । पोल्यान्डमा अन्य युरोपियन देशहरुमा भन्दा विविध वातावरण पाइन्छ । सो मुलुकमा सेप्टेम्बरदेखि नोभेम्बर महिनासम्म शरद ऋतु,; डिसेम्बर देखि फेब्रुअरीसम्म जाडो तथा मार्च देखि मईसम्म वसन्त; र जुन देखि अगस्टसम्म गर्मी हुन्छ ।
 

पोल्याण्डका बारेमा अंग्रेजी भाषामा थप जानकारी अध्ययन गर्न चाहनुहुन्छ भनें तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://www.trafalgar.com/real-word/facts-poland 
 

Tags:-
१.पोल्याण्ड २. युरोप ३. युरोपको रोजगारी ४. शेन्जेन क्षेत्र ५. युरोपमा आप्रवासी श्रमिक
 
पोर्चुगल (Portugal)

पोर्चुगल पश्चिमी यूरोपमा पर्दछ । सो मुलुकको आधिकारिक भाषा पोर्चुगिज हो । पछिल्लो समयमा रोजगारीका लागि युरोप जाने नेपालीको रोजाईको मुलुक हो पोर्चुगल । त्यहाँ नेपाली श्रमिकहरु सेवा क्षेत्र, कलकारखाना र कृषि क्षेत्रको रोजगारीका लागि जाने गरेका छन् ।
 
पोर्चुगलका बारेमा अंग्रेजी भाषामा थप जानकारी अध्ययन गर्न चाहनुहुन्छ भनें तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://www.bbc.com/news/world-europe-17758217
 

Tags:-
१.पोर्चुगल २. शेन्जेन क्षेत्र ३. युरोपको रोजगारी ४. युरोपमा नेपाली ५. आप्रवासी श्रमिक
 
शेन्जेन क्षेत्र

युरोपेली संघका सदस्य मुलुकहरू बीचको एउटा सम्झौता शेन्जेन क्षेत्र हो जसले ति मुलुकका नागरिकहरुलाई एउटा मुलुकबाट अर्को मुलुकमा आवतजावत गर्न भिसा आवश्यक पर्दैन । शेन्जेन क्षेत्रमा पर्ने देशहरु बेल्जियम, चेक गणतन्त्र, डेनमार्क, जर्मनी, इस्टोनिया, ग्रीस, स्पेन, फ्रान्स, इटाली, लाटभिया, लिथुआनिया, लक्जमबर्ग, हंगेरी, माल्टा, नेदरल्यान्ड्स, अस्ट्रिया, पोल्याण्ड, पोर्चुगल, स्लोभेनिया, स्लोभाकिया, फिनल्याण्ड, आइसल्याण्ड, लिक्टेनस्टाइन र नर्वे स्वीडेन र स्विजरल्याण्ड हुन् । ति मुलुकमा प्रचालित मुद्रालाई यूरो भनिन्छ । ति मुलुकहरुमा आफ्नो देश अनुसार राष्ट्रिय भाषा प्रयोग गरिन्छ । जर्मन र फ्रेञ्च भने प्राय: सबै मुलुकहरुमा प्रयोग हुन्छ ।
 
शेञ्जेन क्षेत्रका बारेमा अंग्रेजी भाषामा थप जानकारी अध्ययन गर्न चाहनुहुन्छ भनें तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://www.worldtrips.com/schengen-visa
 
युरोपियन देशहरुको मौसमी वातावरण कस्तो हुन्छ ?

युरोपियन देशहरु पृथ्वीको उत्तर धुर्वामा अवस्थित रहने भएकोले प्राय चिसो खालको मौसम हुन्छ । तर धेरैजसो पश्चिमी यूरोपमा समुद्री जलवायु छ, जसमा चिसोदेखि तातो गर्मी हुन्छ । सो क्षेत्र बारम्बार बादलले ढाकिएको आकाश भएको हुँदा चिसो जाडो हुन्छ। दक्षिणी युरोपमा एक विशिष्ट भूमध्यसागरीय हावापानी छ, जसमा तातो देखि सुख्खा गर्मी र चिसो देखि हल्का जाडो र बारम्बार घमाइलो आकाश हुन्छ। युरोपमा औषत अधिकत्तम तापक्रम २७ डिग्री सेल्सियस हुन्छ भने औसत न्युनत्तम तापक्रम माइनस ५ डीग्री सेल्सियस हो ।
 
युरोपियन देशहरुको दैनिक तथा मासिक वातावरण सम्बन्धि थप जानकारी लिन यो वेवसाईटमा
https://weather.com/ हेर्न सकिनेछ ।
 

Tags:-
१.शेन्जेन क्षेत्र २. युरोपको रोजगारी ३. युरोपमा नेपाली ४. युरोपमा अप्रवासी श्रमिक ५. युरोपमा समस्या