कुवेत

पेट्रोलियम पदार्थमा धनी मुलुक कुवेत खाडी मुलुकको एक सानो क्षेत्रफलमा फैलिएको देश हो । राजतन्त्रात्मक शासन रहेको कुवेतको राजधानीको नाम कुवेत शहर (कुवेत सिटी) हो । सो मुलुकको मुद्रालाई कुवेती दिनार भनिन्छ । सरकारी कामकाजको भाषा अरवी हो भनें धर्म इस्लाम हो । अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) ले कुवेतमा रोजगारीका लागि जान चाहनेहरु वा रोजगारीको क्रममा रहेकाहरुका लागि उपयोगि जानकारी समेटेर तयार पारेको पिडिएफ अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।

 

https://www.ilo.org/wcmsp5/groups/public/—asia/—ro-bangkok/—ilo-kathmandu/documents/publication/wcms_379019.pdf
 

कुवेत सम्बन्धि थप जानकारी अंग्रेजी भाषामा पढ्न चाहनुहुन्छ भनें तलको लिंकमा क्लीक गर्नुहोस् ।
 

https://www.bbc.com/news/world-middle-east-14644252
 

नेपाली राजदूतावास कुवेत 

विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । कुवेतमा नेपाली राजदूतावास कुवेत सिटीमा रहेको छ । कुवेत सिटीस्थित दूतावासको फोन नं. ००९६५-२५३२१६०३ वा ००९६५-२५३२१६०४ वा ००९६५-२५३२१६०५ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
 

https://kw.nepalembassy.gov.np/
 

कुवेतको मौसमी वातावरण कस्तो हुन्छ ?

न्यूनतम ७ डिग्री से. देखि अधिकतम् ४५ डिग्री से. सम्म
 

कुवेतको भिसा चेक गर्ने तरिका
 

https://evisa.moi.gov.kw/evisa/visaPubInq.do
 

Tags:-
१.कुवेत २. कुवेतमा नेपाली ३.  दूतावास ४. नेपाली राजदूतावास कुवेत ५. खाडी मुलुक