युएई

संयुक्त अरव इमिरेट्स (युएई) खाडी मुलुक मध्येको एक मुलुक हो । यो मुलुक ओमान र साउदी अरवसँग सीमाना जोडिएको छ । सो मुलुकमा बर्षमा अधिकाँश महिना गर्मी हुन्छ । युएईमा सेवा क्षेत्र (होटेल), उद्योग तथा कलकारखाना, सुपरमार्केट, हाईपर मार्केट लगायतका क्षेत्रमा नेपालीले रोजगारी गर्दछन् । युएईको राजधानी अबुधाबी हो । सो मुलुकको मुद्रालाई दिराम (दिरहम) भनिन्छ । इस्लाम धर्म मानिने युएईको सरकारी कामकाजको भाषा अरवी हो । 
 

सो मुलुकको रोजगारीमा रहँदा आवश्यक जानकारी सहित अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले प्रकाशन गरेको यात्रामा चनाखो काममा चुस्त भन्ने यो जानकारीमूलक सामग्री पिडिएफमा डाउनलोड गरि अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://www.ilo.org/wcmsp5/groups/public/—asia/—ro-bangkok/—ilo-kathmandu/documents/publication/wcms_379002.pdf
 
युएई सम्बन्धि थप जानकारी लिनको लागि वैदेशिक रोजगार बोर्ड सचिवालयको वेबसाइट

https://feb.gov.np/extra_upload/5d667517a46f7_Inner_Prawas_Diary_2076_CTP_Final.pdf
बाट पिडिएफ फाइल डाउनलोड़ गरी अध्ययन गर्नुहोस् ।
 

नेपाली राजदूतावास युएई
विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । संयुक्त अरव इमिरेट्स (युएई) मा नेपाली राजदूतावास अबुधावीमा रहेको छ । अबुधावीस्थित दूतावासको फोन नं. +९७१-२-६३४ ४७६७ वा +९७१-२-६३४ ४३८५ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://ae.nepalembassy.gov.np/
 
युएईको मौसमी वातावरण कस्तो हुन्छ ?
न्यूनतम १० डिग्री देखि अधिकतम् ५० डिग्री. सम्म 
 
युएईको भिसा लागेको नलागेको चेक गर्ने तरिका
 
https://www.smartservices.icp.gov.ae/echannels/web/client/default.html#/applicationTracking

 

Tags:-
१.युएई २. नेपाली श्रमिक ३.  खाडी मुलुक ४. नेपाली राजदूतावास अबुधाबी ५. अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)