मलेशिया

वैदेशिक रोजगारमा जाने नेपालीको रोजाईको गन्तव्य मुलुक मध्येको एक हो मलेसिया । मलेसियामा सुरक्षा गार्ड, उद्योग तथा कलकारखाना, होटल रेष्टुराँ लगायतका क्षेत्रमा नेपाली श्रमिकहरु कार्यरत छन् । मलेसियाको हावापानी सामान्य गर्मी जस्तै भए पनि नेपालीका लागि अनुकूल नै हुन्छ । मलेसियामा शनिबार र आइतबार दुई दिन सरकारी विदा भएपनि श्रमिकले भनें एकदिन मात्र साप्ताहिक विदा पाउने गर्दछन् ।  मलेसियाको मुद्राको नाम रिंगिट हो । सो मुलुकको राजधानी क्वालालम्पुर हो । सो मुलुकको राष्ट्रिय भाषा भाहासा (भासा) हो तर सो मुलुकमा अंग्रेजी, मन्दारिन, तमिल लगायतका भाषा पनि बोलिन्छन् । मलेसिया बहुजातीय र बहुसांस्कृतिक इस्लामिक देश हो ।  वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको यो मार्गदर्शनको पृष्ठ १८८ देखि २०२ सम्म मलेसियाको विषयमा थप जानकारीहरु उपलव्ध छ । सो सामग्री अध्ययन गर्न तलको लिंकबाट पिडिएफ डाउनलोड गर्नुहोस् ।

 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np)

 

वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रवास डायरीमा पनि मलेसियाका बारेमा संक्षिप्त जानकारी समेटिएको छ । प्रवास डायरीका लागि पिडीएफ डाउनलोड गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://feb.gov.np/extra_upload/5d667517a46f7_Inner_Prawas_Diary_2076_CTP_Final.pdf
 
नेपाली राजदूतावास मलेसिया
विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । मलेसियामा नेपालको राजदूतावास क्वालालम्पुरमा रहेको छ । क्वालालम्पुरस्थित दूतावासको फोन नं. ०३-२०२० १८९८ वा ०३-२०२० १९०१ साथै हटलाइन मोबाइल नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् |
 
https://my.nepalembassy.gov.np/
 
मलेसियाको मौसमी वातावरण कस्तो हुन्छ ? 
मलेसियामा न्यूनतम तापक्रम २२ डिग्री देखि अधिकतम तापक्रम ४० डिग्रीसम्म पुग्ने गर्दछ । यहाँको औषत तापक्रम २७ डिग्रीको हाराहारीमा रहने गर्दछ । मलेसियाको सदाबहार मौसम प्रायः गर्मी नै हुने गर्दछ । यहाँ अधिकांश समय वर्षा भईरहने हुनाले हरियाली देख्न पाईन्छ ।
 

Tags:-
१.मलेसिया २. रोजगारी ३.  वैदेशिक रोजगार ४. नेपाली राजदूतावास मलेसिया ५. वैदेशिक रोजगार बोर्ड