ओमान

खाडी मुलुक मध्येको एक ओमनमा करिव ४० प्रतिशत विदेशी नागरिकहरु रहेको अनुमान छ । खाडीाक अन्य मुलुकहरुको तुलनामा ओमनमा नेपालीको संख्या भनें कम छ । ओमानमा धेरैजसो आप्रवासी श्रमिकहरु उद्योग, पसल, तेल र ग्यास, निर्माण, उत्पादन क्षेत्रमा काम गर्दछन् । ओमनको राजधानी मस्कट हो । सो मुलुकमा अरवी भाषा सरकारी कामकाजको भाषा हो । यसैगरी इस्लाम धर्म मान्ने गरिन्छ ।

ओमन सम्बन्धि थप जानकारी अंग्रेजी भाषामा पढ्न चाहनुहुन्छ भनें तलको लिंकमा क्लीक गर्नुहोस् ।
 

https://www.dfat.gov.au/geo/oman/oman-country-brief#:~:text=The%20Sultanate%20of%20Oman%20is,land%20borders%20of%20the%20UAE 
 
नेपाली राजदूतावास ओमन  

विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । ओमनमा नेपाली राजदूतावास मस्कटमा रहेको छ । मस्कटस्थित दूतावासको फोन नं. +९६८-२४६९६१७७ वा +९६८-२४६९६८८३ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://om.nepalembassy.gov.np/
 
ओमनको मौसमी वातावरण कस्तो हुन्छ ? 

ओमनमा न्यूनतम १२ डिग्री सेल्सियस र अधिकतम् तापक्रम ५२ डिग्री सेल्सियस तापक्रम हुन्छ । नेपालको तुलनामा खाडीका मुलुकहरूमा बढी गर्मी हुन्छ । ओमनमा जनवरी देखि मार्च महिनासम्म सामान्यतया चिसो हुन्छ भने अप्रिलदेखि नोभेम्वरसम्म निक्कै गर्मी हुने गर्दछ । सो समयमा उच्च तापक्रमका कारण सिर्जना हुन सक्ने स्वास्थ्य समस्याबाट बच्न प्रशस्त मात्रामा पानी पिएर, पर्याप्त आराम गरेर विशेष सावधानी अपनाउनु पर्दछ । बाहिरको काम (विशेषगरी निर्माण तथा कृषिको काम) गर्ने श्रमिकहरूले गर्मीका कारण सिर्जना हुनसक्ने स्वास्थ्य समस्याका बारेमा धेरै ख्याल गर्नु पर्दछ ।
 
ओमनको भिसा चेक गर्ने तरिका
 
https://evisa.rop.gov.om/en/track-your-application

 
Tags:-
१.ओमन २. खाडी मुलुक ३.  नेपाली श्रमिक ४. नेपाली राजदूतावास ओमन ५. तेल र ग्यास