बहराइन

खाडीका ६ वटा मुलुकहरु मध्ये सबैभन्दा सानो मुलुक हो बहराइन । सो मुलुकमा नेपालीको संख्या पनि पाँच हजारको हाराहारीमा छ । बहराइनमा नेपाली श्रमिकहरु सेवा क्षेत्र, सुरक्षा गार्ड, निर्माण क्षेत्र लगायतमा काम गर्दछन् । नेपालको तुलनामा बहराइनमा बढी गर्मी हुन्छ ।  बहराइनको राजधानी मनामा हो । सो मुलुकको मुद्रालाई दिनार भनिन्छ । सो मुलुकमा इस्लाम धर्म मान्ने गरिन्छ भनें सरकारी कामकाजको भाषा अरवी हो ।  बहराइनका बारेमा अंग्रेजी भाषामा थप जानकारी अध्ययन गर्न चाहनुहुन्छ भनें तलको लिंकमा क्लीक गर्नुहोस् ।

 

https://www.bbc.com/news/world-middle-east-14540571

 

नेपाली राजदूतावास बहराइन

विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । बहराइनमा नेपाली राजदूतावास मनामामा रहेको छ । बहराइनस्थित दूतावासको फोन नं. +९७३-१७७२५५८३  मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।

 

https://bh.nepalembassy.gov.np/

 

बहराइनको मौसमी वातावरण कस्तो हुन्छ ?
न्यूनतम १३–१४ डिग्री से. अधिकतम् ४६ डिग्री से. सम्म रहने गर्दछ

 

बहराइनको भिसा चेक गर्ने तरिका
https://evisa.gov.bh/VISA/visaInput?nav=E01&E01=e

 

Tags:-
१.बहराइन २. खाडी मुलुक ३.  नेपालीलाई रोजगारी ४. नेपाली राजदूतावास मलेसिया ५. मनामा