साउदी अरेबिया

साउदी अरेविया (Saudi Arabia)
 
खाडी मुलुकभित्र पर्ने साउदी अरवमा बर्षको धेरैजसो समय गर्मी हुने गर्दछ । जनवरी, फेब्रुअरीमा भनें मौसम चिसो हुन्छ । खाडीका अन्य मुलुकको तुलनामा साउदी अरवमा बढी खेतीयोग्य जमिन छ । साउदी अरवमा मुख्य रूपमा खजुर (छोकडा), तरकारी तथा फलफूलको खेती हुन्छ । निर्माण, कृषि क्षेत्र, उद्योग तथा कलकारखाना, सेवा (सुपरमार्केट, हाईपर मार्केट, होटल) जस्ता क्षेत्रमा नेपालीले रोजगारी गर्दछन् । साउदी अरवको राजधानी रियाद हो । सो मुलुकको मुद्रालाई साउदी रियाल भनिन्छ । साउदी अरवमा इस्लाम धर्म मानिन्छ भनें सरकारी कामकाजको भाषा अरवी हो । 
 
साउदी अरेविया सम्बन्धि थप जानकारी लिनको लागि वैदेशिक रोजगार बोर्ड सचिवालयको वेबसाइट
 
https://feb.gov.np/extra_upload/5d667517a46f7_Inner_Prawas_Diary_2076_CTP_Final.pdf  बाट पिडिएफ फाइल डाउनलोड़ गरी अध्ययन गर्नुहोस् । 
 
यसैगरी रियादस्थित नेपाली दूतावासले राखेको जानकारी पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् 
 
साउदी अरबलाई वैदेशिक रोजगारीको गन्तव्य बनाउने सोचाइमा रहनुभएका नेपालीहरूमा नेपाली राजदूतावास, रियाद, साउदी अरबको अनुरोध – Embassy of Nepal – Riyadh, Saudi Arabia (nepalembassy.gov.np)
 
नेपाली राजदूतावास साउदी अरेबिया
विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । साउदी अरेबियामा नेपाली राजदूतावास रियादमा रहेको छ । रियादस्थित दूतावासको फोन नं. ००९६६-११४६१११०८  मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://sa.nepalembassy.gov.np/
 
महावाणिज्य राजदूतावास जेद्धा, साउदी अरेबिया

भौगोलिक रुपमा ठूलो मुलुक साउदी अरेवियामा रियादमा नेपाली दूतावास रहेको छ भनें जेद्धामा महावाणिज्य दूतावास रहेको छ । महावाणिज्य दूतावासबाट पनि नेपाली नागरिकले सहयोग लिन सक्दछन् । जेद्धास्थित महावाणिज्य राजदूतावासको फोन नं. +९६६-१२-६२२६६६५ वा +९६६-१२-६२२६६८३ वा +९६६-१२-६२२५५८३ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ |
 
साउदी अरबको मौसमी वातावरण कस्तो हुन्छ ?

न्यूनतम १० डिग्री से. देखि अधिकतम् ५२ डिग्री
 
साउदी अरबको भिसा लागेको नलागेको चेक गर्ने तरिका
 
https://muqeem.sa/#/visa-validity/check

 

Tags:-
१.साउदी  अरव  २. खाडी मुलुक ३.  कल्याणकारी कोष ४. नेपाली राजदूतावास साउदी अरव ५. श्रम सम्झौता र करार अवधि

 

साउदी अरवको सामाजिक सुरक्षा बिमा (गोसी) भर्न आवश्यक कागजातहरु
साउदी अरवमा कार्यरत आप्रवासी श्रमिकको काम गर्ने शिलशिलामा दुर्घटनामा परेर मृत्यु भएमा सामाजिक सुरक्षा बिमा कार्यक्रम (गोसी) मार्फत मृतकको परिवारले बिमा रकम प्राप्त गर्दछन् ।
 

त्यस्तो बिमा रकम प्राप्त गर्न कस्ता कागजातहरु आवश्यक पर्दछन् भन्ने जानकारीका लागि तलको लिंकमा क्लीक गरि अध्ययन गर्नुहोस् ।

 
https://sa.nepalembassy.gov.np/gosi-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%80-%e0%a4%9c%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80/

 
Tags:-
१.साउदी  अरव  २. गोसी ३. नेपाली राजदूतावास ४. बिमा ५. आप्रवासी श्रमिक
 
साउदी अरवमा रोजगारीका लागि जान चाहनेहरुले थाहा पाउनु पर्ने कुराहरु

रोजगारीका लागि साउदी अरव जान चाहने नेपाली वा साउदी अरवमा कार्यरत नेपालीहरुले सो मुलुकको हावापानी, धर्मसंस्कृति, सरकारी प्रकृया लगायतका बारेमा जानकारी राख्नु आवश्यक छ । यसका बारेमा जानकारीका लागि तलको लिंकमा क्लीक गरी अध्ययन गर्न सक्नुहुन्छ ।
 

साउदी अरबमा आउने सोचाइमा रहनुभएका नेपाली कामदारहरूमा नेपाली राजदूतावास, रियादको पुनः अनुरोध ।

Embassy of Nepal – Riyadh, Saudi Arabia
 
Tags:-
१.साउदी  अरव  २. सरकारी प्रकृया ३. नेपाली राजदूतावास ४. रियाद ५. थाहा पाउनु पर्ने कुराहरु