दक्षिण कोरिया

दक्षिण कोरिया वैदेशिक रोजगारमा जाने नेपाली युवाको एक आकर्षक गन्तव्य मुलुक हो । दक्षिण कोरियाले नेपाल सहित १६ वटा मुलुकहरुबाट सरकारी तहबाट नै प्रकृया गरी रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत हरेक बर्ष कोटा तोकेर श्रमिक लिने गरेको छ । नेपाल र दक्षिण कोरिया बीच जुलाई २३, २००७ मा पहिलो पटक रोजगार अनुमति प्रणाली (ईपीएस) का लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । रोजगारीका लागि दक्षिण कोरिया जान चाहनेहरुले कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेको हुनुपर्दछ । 
 
दक्षिण कोरियाको राजधानी सउल हो । सो मुलुकको मुद्रालाई कोरियाली वोन (Won) भनिन्छ । धेरैजसो नेपाली श्रमिक उत्पादनमुलक (साना तथा मझौला उद्योगहरु) र कृषि क्षेत्रको काममा जाने गरेका छन् । 

दक्षिण कोरियाका बारेमा अंग्रेजी भाषामा लेखिएको सामग्री पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://www.ceslam.org/fact-sheets/factsheet-south-korea
 
वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रवास डायरीमा पनि दक्षिण कोरियाका बारेमा संक्षिप्त जानकारी समेटिएको छ । प्रवास डायरीका लागि पिडीएफ डाउनलोड गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
5d667517a46f7_Inner_Prawas_Diary_2076_CTP_Final.pdf (feb.gov.np) 

 

नेपाली राजदूतावास दक्षिण कोरिया

विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । दक्षिण कोरियामा नेपाली दूतावास सिओलमा रहेको छ । सिओलस्थित दूतावासको फोन नं. ००८२-०२-३७८९९७७० वा ००८२-०२-३७८९९७७१ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
 

https://kr.nepalembassy.gov.np/
 
दक्षिण कोरियाको मौसम कस्तो हुन्छ ? 

कोरियामा जाडो मौसम चिसो र सुख्खा हुन्छ । गर्मीमा भने ओसिलो र तातो हुन्छ । सबै भन्दा गर्मि महिना अगष्ट हो भने चिसो महिना जनवरी हो । गर्मि महिना प्राय मे 25 देखि सेप्टेम्बर 24 सम्म र औसत दैनिक उच्च तापक्रम ७५ डिग्री फरेनहाइट भन्दा माथि हुन्छ । चिसो महिना डिसेम्बर १ देखि फेब्रुअरी २८ सम्म र औसत दैनिक उच्च तापक्रम ४४ डिग्री फारेनहाइटभन्दा कम हुन्छ। 

दक्षिण कोरियाको थप मौसम विवरण हेर्न यो लिंकमा
 
https://weatherspark.com/y/142033/Average-Weather-in-Seoul-South-Korea-Year-Round हेर्न सकिन्छ । 

 

Tags:-
१.रोजगार अनुमति प्रणाली (इपिएस) २. दक्षिण कोरिया ३.  वैदेशिक रोजगार बोर्ड ४. नेपाली राजदूतावास दक्षिण कोरिया ५. भाषा परीक्षा