Pardesi is number one site in Nepal

The stars will never align, and the traffic lights of life will never

कानून, नियम र नियमन

संविधान, ऐन, नियमावली तथा निर्देशिकाहरु

 

नेपालको संविधान

नेपालको संविधानको धारा ३३ मा रोजगारीको हक सम्बन्धि व्यवस्था छ । सो धारामा हरेक नागरिकलाई रोजगारीको, कामको छनौटको हक साथै नागरिकलाई कुनै पनि पेसा, रोजगार, उद्योग र व्यापार गर्ने स्वतन्त्रता र त्यसका लागि एक ठाउँबाट अर्को ठाउँमा घुमफिर गर्न पाउने स्वतन्त्रताको ग्यारेण्टी गरिएको छ । यसैगरि धारा ५१ (झ) मा श्रम र रोजगार सम्बन्धि निति अन्तर्गत वैदेशिक रोजगारको विषयमा व्यवस्था गरिएको छ । नेपालको संविधान, २०७२ पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
नेपालको संविधान – नेपाल कानून आयोग (lawcommission.gov.np)
 
Tags:-
१.नेपालको संविधान २०७२ २. रोजगारीको हक ३.  वैदेशिक रोजगार ४. रोजगारी ५. वैदेशिक रोजगार सम्वन्धि कानून
 

वैदेशिक रोजगार ऐन, २०६४

वैदेशिक रोजगार ऐन, २०६४ नेपालमा वैदेशिक रोजगारलाई व्यवस्थीत र नियमन गर्ने मुख्य कानुनी व्यवस्था हो । यस ऐनले वैदेशिक रोजगार सञ्चालन, व्यवस्थापन सम्वन्धि सम्पूर्ण व्यवस्था गरेको छ । सो ऐन पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
Ministry Of Labour, Employment and Social Security (moless.gov.np)
 

Tags:-
१.वैदेशिक रोजगार ऐन , २०६४ २. वैदेशिक रोजगारमा कसुर ३. वैदेशिक रोजगार नियमावली ४. वैदेशिक रोजगार र ठगि ५. दण्ड सजाय

 

वैदेशिक रोजगार नियमावली, २०६४

वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारलाई व्यवस्थीत गर्न गरेको व्यवस्था कार्यान्वयनका लागि बनाइएको यस नियमावलीले वैदेशिक रोजगारको इजाजत दिने प्रकृया, नियमनको व्यवस्था, श्रम स्वीकृति, तालिम, अभिमुखिकरण तालिम लगायतको व्यवस्था गरेको छ । सो नियमावली पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
Regulation | Department of Foreign Employment (dofe.gov.np)
 

Tags:-
१.वैदेशिक रोजगार ऐन , २०६४ २. वैदेशिक रोजगार नियमावली २०६४ ३. श्रम स्वीकृति ४. इजाजतपत्र ५. अभिमुखिकरण तालिम

 

स्थानिय सरकार सञ्चालन ऐन, २०७४

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा वैदेशिक रोजगारको व्यवस्थापन सम्वन्धमा पालिकाहरुको भूमिका सम्वन्धि व्यवस्था छ । सो ऐनको परिच्छेद ३ मा रहेको गाउँपालिका तथा नगरपालिकाको काम कर्तब्य र अधिकार अन्तर्गत दफा ११ को उपदफा २(थ) मा सो सम्वन्धि उल्लेख छ । थप जानकारीका लागि सो ऐन पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् । 
 
स्थानीय-सरकार-सञ्चालन-ऐन-२०७४.pdf (lawcommission.gov.np)
 

Tags:-
१.स्थानीय सरकार सञ्चालन ऐन, २०७४ २. वैदेशिक रोजगार र स्थानीय तह ३. वैदेशिक रोजगार र पालिकाहरु ४. वैदेशिक रोजगार ५. वैदेशिक रोजगार र सुचना
 

आप्रवासी कामदारका लागि नि:शुल्क परामर्श सेवा

वैदेशिक रोजगारमा नाममा वा वैदेशिक रोजगारका क्रममा कुनै ठगिमा परेमा त्यस्ता व्यक्तिले नि:शुल्क कानूनी सहायता प्राप्त गर्दछन् । नेपालमा केहि सामाजिक संघसंस्थाहरुले यस्तो नि:शुल्क कानूनी सहायता उपलव्ध गराउँछन् । मानव अधिकारका लागि जनमञ्च (पुपुल फोरम) ले उपलव्ध गराउने कानूनी सहायताका विषयमा थप जान्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
Free Legal Aid – People Forum for Human Rights Nepal
 

Tags:-
१.वैदेशिक रोजगार २. वैदेशिक रोजगारमा ठगि ३. कानूनी सहायता ४. नि:शुल्क कानुनी सहायता ५. पिपुल फोरम

 

वैदेशिक रोजगार र उजुरी सम्वन्धि व्यवस्था

वैदेशिक रोजगारीमा जानेहरुले नेपालमा हुँदा गरिएको करार बमोजिमको सुविधा गन्तव्य मुलुकमा पुगेपछि प्राप्त नभएमा वा भनिए भन्दा फरक काममा लगाएमा वैदेशिक रोजगार विभागमा उजुरी दिन पाउने कानूनी व्यवस्था छ । यसका बारेमा थप जान्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
Ministry Of Labour, Employment and Social Security (moless.gov.np)
 

Tags:-
१.काम तलव फरक २. वैदेशिक रोजगार ३. वैदेशिक रोजगारमा ठगि ४. रोजगारी ५. कसुर तथा दण्ड सजाय

 

गन्तव्य मुलुकको कानूनी व्यवस्था
 
इजराइलको श्रम कानून

इजरायलको श्रम कानूनले लिखित रोजगार करार सम्झौतालाई अनिवार्य गरेको छ । रोजगार करार सम्झौता श्रमिकले बुझ्ने भाषामा र हिब्रु भाषामा गरिएको हुनु पर्दछ । इजरायलको श्रम कानून, प्रायोजक परिवर्तन, रोजगार करार/सम्झौता, काम गर्ने समय, न्यूनतम ज्याला, बिदा, कार्यस्थलको विवाद सम्बन्धि थप जानकारी लिन वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १२२ देखि पृष्ठ १२७ सम्म अध्ययन गर्न सकिन्छ । सो सामग्री पिडिएफमा डाउनलोड गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 

Tags:-
१.काम तलव फरक २. नेपाली राजदुतावास ३. श्रम कानून ४. हिब्रु ५. वैदेशिक रोजगार बोर्ड

 
मलेसियाको श्रम कानून

मलेसियाको कानून अनुसार स्वदेशी र आप्रवासी श्रमिकका बीचमा भेदभाव गर्न पाइदैन । रोजगारदाता परिवर्तन, रोजगार करार, काम गर्ने समय, रोजगारदाता र श्रमिकबीच विवाद उत्पन्न भएमा त्यसको छिनोफानो गर्ने विधि कानूनमा नै तोकिएको छ । मलेसियाको श्रम सम्वन्धि कानूनका बारेमा जानकारी लिन चाहनुहुन्छ भनें वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १९७ देखि २०१ सम्म अध्ययन गर्नुहोस् । सो सामग्री पिडिएफमा डाउनलोड गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 

Tags:-
१.मलेसिया २. नेपाली राजदुतावास ३. श्रम कानून ४. सोक्सो ५. वैदेशिक रोजगार बोर्ड
 

कतारको श्रम कानून

कतारको श्रम कानूनले सो मुलुकमा काम गर्ने विदेशी श्रमिकलाई रोजगारदाताको नो अबजेक्सन लेटर विना नै निश्चित प्रकृया पुरा गरेर रोजगारदाता परिवर्तन गर्नसक्ने अधिकार दिएको छ । यसैगरी रोजगारदाताको अनुमति विना पनि स्वदेश फर्कन पाउने व्यवस्था छ । यसका लागि सम्बन्धित सरकारी निकाय मार्फत प्रक्रिया गर्नु पर्दछ । कतारमा रोजगारदाता परिवर्तन, रोजगार करार, काम गर्ने समय, न्यूनतम ज्याला तथा तलव र बिदा लगायतका विषयहरु वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १५५ देखि १५९ सम्म समेटिएको छ । सो सामग्री पिडिएफमा डाउनलोड गरेर अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 

Tags:-
१.कतार २. नेपाली राजदुतावास दोहा ३. कतारको कानून ४. वैदेशिक रोजगार बोर्ड ५. आइएलो
 
 
साउदी अरवको श्रम कानून

साउदी अरवमा हाल कार्यन्वयनमा रहेको श्रम कानून सन् २००५ मा लागु भएको हो । साउदी अरवले सन् २०२१ देखि कफाला प्रणालीमा सुधार गर्दै निश्चित प्रक्रियाहरू पूरा गरेर तथा निश्चित क्षेत्रमा काम गर्ने श्रमिकहरूले रोजगारदाता परिवर्तन गर्न पाउने तथा मुलुक छोडेर बाहिर पाउने व्यवस्था गरेको छ । सो मुलुकको श्रम कानूनको दफा ३८ ले रोजगारदाताले श्रम स्वीकृतिमा उल्लेख भएको बाहेकको काममा श्रमिकलाई काम लगाउन नपाउने व्यवस्था गरेको छ । 
 
वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १५९ देखि १६४ सम्म साउदी अरवको श्रम ऐन विषयमा थप जानकारीहरु उपलव्ध छ । सो सामग्री अध्ययन गर्न तलको लिंकबाट पिडिएफ डाउनलोड गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 
Tags:-
१.साउदी २. नेपाली राजदुतावास रियाद ३. पिएनसिसी ४. वैदेशिक रोजगार बोर्ड ५. कफला प्रणाली
 
कुवेतको श्रम कानून

कुवेतको हाल कार्यन्वयनमा रहेको श्रम कानून विगतका विभिन्न श्रमसम्वद्ध कानूनहरूलाई संशोधन गर्दै सन् २०१० देखि लागु भएको हो । आप्रवासी श्रमिकले पहिलो रोजगार करार/सम्झौता पूरा गरेपछि वा तीन वर्षसम्म लगातार एउटै रोजगारदाता/प्रायोजकको लागि काम गरेपछि मात्र प्रायोजक परिवर्तन गर्न पाउने व्यवस्था छ । तर घरेलु श्रमिकको हकमा भने यो व्यवस्था लागु हुँदैन । कुवेतको श्रम कानूनले दैनिक काम गर्ने समय ८ घण्टा र साप्ताहिक ४८ घण्टा तोकेको छ । यसैगरी रमादानको महिनामा भने काम गर्ने समय साप्ताहिक ३६ घण्टा तोकेको छ ।
 
वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १४५ देखि १४९ सम्म कुवेतको श्रम ऐनको विषयमा थप जानकारीहरु उपलव्ध छ । सो सामग्री अध्ययन गर्न तलको लिंकबाट पिडिएफ डाउनलोड गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 

Tags:-
१.कुवेत २. नेपाली राजदुतावास कुवेत ३. श्रम ऐन ४. स्वास्थ्य उपचार ५. कल्याणकारी कोष
 
ओमानको श्रम कानून

ओमानको हाल कार्यन्वयनमा रहेको श्रम कानून सन् २०१२ मा लागु भएको हो । यो कानूनले घरेलु श्रमिकहरू (घरभित्रको काम गर्ने, सवारी चालक, माली लगायत) काम गर्नेहरूलाई समेट्दैन । श्रमिकको सबै कानुनी तथा सामाजिक उत्तरदायित्व रोजगारदाता र प्रायोजकमा निहित रहने भएकाले तोकिएको करार अवधि भित्र रोजगारदाता/प्रायोजकको अनुमति विना तोकिएको भन्दा फरक रोजागारदाताका लागि काम गर्न ओमानको कानूनले निषेध गरेको छ । काम गर्ने समय, रोजगारदातासँग वेमेल भएमा के कस्तो कानूनी व्यवस्था छ भन्ने जानकारीका लागि वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १५० देखि १५४ सम्म अध्ययन गर्न सक्नुहुन्छ । सो सामग्री पिडीएफमा अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 

Tags:-
१.ओमान २. घरेलु श्रमिक ३. श्रम कानून ४. प्रायोजक परिवर्तन ५. नि:शुल्क सीप तालिम
 
युएईको श्रम कानून

युएईको परिवर्तित श्रम कानून अनुसार श्रमिकलाई इच्छाविपरीत रोजगारदाताले काममा लगाउन पाउँदैनन् । कामप्रति चित्त नबुझेको खण्डमा श्रमिकले स्वदेश नफर्की अर्को रोजगारदातासँग करारपत्र सम्झौता गरी काम गर्न पाउने व्यवस्था छ । तर ६ महिनाभित्र कम्पनी परिवर्तन गर्नुपरेमा भने एक महिनाअघि नै सूचना दिनुपर्ने व्यवस्था छ । ६ महिना पूरा गरेका श्रमिकले दुई साताको पूर्वसूचना दिई कम्पनी परिवर्तन गर्न पाउछन् । करार अवधि समाप्त भएपछि रोजगारदाताले श्रमिकको इच्छाविपरीत स्वदेश पठाउन पाउने छैनन । पुरानो कम्पनीसँगको करार अवधि समाप्त भएपछि श्रमिकले आफ्नो क्षमताअनुसार नयाँ रोजगारदाता खोजेर काम गर्न पाउँछन् । थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
 यूएईमा नयाँ श्रम कानुन (ceslam.org)

 

Tags:-
१.युएई २. नेपाली राजदुतावास अबुधाबी ३. श्रम कानून ४. भिजिट भिसा ५. कतार
 
बहाराइनको श्रम कानून

श्रम बजारलाई नियमन गर्ने गरी बहराईन सरकारले सन् २००६ मा Labor Market Regulatory Authority (LMRA) कार्यान्वयनमा ल्याएको छ । सन् २०१७ मा Flexi Permit भन्ने नयाँ व्यवस्था लागु भयो जसले आप्रवासी श्रमिकहरूलाई स्वतन्त्र रूपमा एक भन्दा बढि रोजगारदाताकोमा काम गर्न सक्ने प्रावधानको व्यवस्था गरिएको छ । बहराईनको श्रम कानून अनुसार अन्य जुनसुकै भाषामा करार अनुवाद गरिए तापनि अरवी भाषामा गरिएको करारलाई नै आधिकारिक मान्यता दिईन्छ । रोजगार करार सम्झौता लिखित रूपमा गरिएको हुनुपर्दछ ।
 
वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १४० देखि १४४ सम्म बहराइनको श्रम कानून सम्बन्धि चर्चा गरिएको छ । सो सामग्री अध्ययन गर्न तलको लिंकबाट पिडिएफ डाउनलोड गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 

Tags:-
१.बहराइन २. कफला प्रणाली ३. श्रम स्वीकृति ४. फ्लेक्सी पर्मिट ५. Labor Market Regulatory Authority (LMRA)
 
जोर्डनको श्रम कानून

जोर्डनले सन् १९९६ मा औपचारिक क्षेत्रलाई लक्षित गरि श्रम कानून ल्याएको थियो जसमा घरेलु, कृषि लगायतका क्षेत्रमा काम गर्ने श्रमिकलाई समेटिएको थिएन । सन् २००२, सन् २००८ तथा सन् २०१९ मा श्रम कानून संशोधन गरि श्रमिकका विविध पक्षहरूलाई सम्बोधन गर्ने प्रयास गर्ने गरी संशोधित ऐन ल्याएको छ ।

काम गर्ने समय, रोजगारदातासँग वेमेल भएमा त्यसको समाधान गर्ने कानूनी व्यवस्था के छ लगायतका जानकारीहरु वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १७९ देखि १८५ सम्म समेटिएको छ । सो सामग्री अध्ययन गर्न तलको लिंकबाट पिडिएफ डाउनलोड गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 

Tags:-
१.जोर्डन २. श्रमिक ३. स्वास्थ्य र उपचार ४. गार्मेण्टको काम ५. वैदेशिक रोजगार बोर्ड
 
दक्षिण कोरियाको श्रम कानून

दक्षिण कोरियाले श्रमिकको हक, अधिकार र संरक्षण गर्नको लागि सन् २०२१ मा श्रम ऐन जारी गरेको छ । सो ऐनले ज्याला, काम गर्ने घण्टा, बिदा जस्ता मापदण्डहरू तोकेको छ । श्रमिकहरुको आधारभूत जीविकोपार्जनको सुनिश्चितता र सुधारको लागि कानुनी आधारहरु रहेका छन् ।
साप्ताहिक बिदा, अवकाश समय, ज्याला, बर्खास्तीको अग्रिम सूचना, सेवानिवृत्ति लाभहरू सम्बन्धि थप जानकारी अंग्रेजी भाषामा पढ्न चाहनुहुन्छ भनें
https://www.moel.go.kr/english मा क्लीक गर्नुहोस् । 
 

Tags:-
१.दक्षिण कोरिया २. नेपाली राजदुतावास दक्षिण कोरिया ३. स्वास्थ्य र उपचार ४. इपिएस ५. वैदेशिक रोजगार बोर्ड

 

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुन:एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७९

वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुले वैदेशिक रोजगारीको क्रममा आर्जन गरेको पुँजी, सीप, प्रविधि र अनुभव नेपालमा नै उद्धमशीलताको विकास तथा सीपको प्रवद्र्वनमा उपयोग गर्ने उद्धेश्यले सरकारले निर्देशिका बनाएको छ । सो निर्देशिका पुरा पढ्न तलको लिङ्कमा क्लीक गर्नुहोस् ।
 
https://www.feb.gov.np/extra_upload/62cec56dc5bdb_reintegration.pdf 
 

Tags:-
१.वैदेशिक रोजगारी २. पुन:एकीकरण निर्देशिका ३. सीपको प्रवद्वन ४. सामाजिक तथ्य आर्थिक पुन:एकीकरण ५. वैदेशिक रोजगारीबाट फर्केका श्रमिक
 

फ्री भिसा, फ्री टिकटको नीति

नेपाल सरकारले २०७२ साल देखि फ्री भिसा, फ्री टिकटको नीति कार्यन्वयनमा ल्याएको छ । सो नीतिले रोजगारीका लागि मलेसिया र खाडी मुलुकहरुमा जाने श्रमिकहरुको हवाई टिकट तथा भिसाको शुल्क श्रमिकसँग लिन नपाइने व्यवस्था गरेको छ । सो नीति पछि नेपालले मलेसिया र संयुक्त अरव इमिरेट्स (युएई) सँग गरेको श्रम समझदारी अनुसार श्रमिकको सम्पूर्ण लागत खर्च रोजगारदाताले व्यहोर्नु पर्दछ । खाडीका अन्य मुलुकहरुमा श्रमिक पठाउँदा रोजगारदाताबाट सेवा शुल्क नपाएको भएमा नेपालका मेनपावर कम्पनीहरुले श्रमिकसँग बढीमा १० हजार लिन पाउने कानुनी व्यवस्था छ । थप जानकारीको लागि तलको लिङ्कमा क्लीक गर्नुहोस् ।
 
https://www.ceslam.org/news/free-visa-free-ticket-nitile-parne 
 

Tags:-
१.फ्री भिसा, फ्री टिकट २. शुल्क ३. रोजगारदाता ४. मेनपावर ५. मलेसिया
 

कतार भिसा सेन्टर

रोजगारीका लागि कतार जाने श्रमिकको रोजगार करार, स्वास्थ्य परीक्षण लगायत भिसा प्रकृया सम्वन्धि आवश्यक काम गर्ने उद्धेश्यले काठमाडौंमा कतार भिसा सेण्टर सञ्चालनमा छ । थप जानकारीका लागि कतार भिसा सेन्टरको वेभसाइट QVC | Qatar Visa Center   मा हेर्नुहोस् । 
 

Tags:-
१.कतार भिसा सेन्टर २. भिसा प्रोसेसिङ्ग ३. नेपाली श्रमिकहरुको तथ्यांक ४. सेवाग्राही ५. सरकारी प्रकृया

Read More

खाडीका ६ वटा मुलुकहरु मध्येको एक मुलुक हो कतार । सो मुलुकमा नेपाली श्रमिकहरु निर्माण, सुरक्षा गार्ड, होटल, कलकारखाना र पसल लगायतका क्षेत्रमा काम गर्दछन् । सानो संख्यामा कृषि क्षेत्रमा काम गर्नेहरुको पनि रहेको छ । नेपालको तुलनामा कतारमा बढी गर्मी हुन्छ । उच्च तापक्रमका कारण सिर्जना हुन सक्ने स्वास्थ्य समस्याबाट बच्न गर्मी महिनामा प्रशस्त मात्रामा पानी पिएर, पर्याप्त आराम गरेर विशेष सावधानी अपनाउनु पर्दछ । कतारको राजधानी दोहा हो । सो मुलुकको मुद्रालाई कतारी रियाल भनिन्छ । इस्लाम धर्म मान्ने कतारको सरकारी कामकाजको भाषा अरवी हो ।
अन्न्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले प्रकाशन गरेको यात्रामा चनाखो काममा चुस्त भन्ने यो जानकारीमूलक सामग्री पिडिएफमा डाउनलोड गरि अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 

https://www.ilo.org/wcmsp5/groups/public/—asia/—ro-bangkok/—ilo-kathmandu/documents/publication/wcms_379018.pdf
 
कतार सम्बन्धि थप जानकारी लिनको लागि वैदेशिक रोजगार बोर्ड सचिवालयको वेबसाइट
 
https://feb.gov.np/extra_upload/5d667517a46f7_Inner_Prawas_Diary_2076_CTP_Final.pdf  बाट पिडिएफ फाइल डाउनलोड़ गरी अध्ययन गर्नुहोस् । 
 
नेपाली राजदूतावास कतार

विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । कतारमा नेपाली राजदूतावास दोहामा रहेको छ । दोहास्थित दूतावासको फोन नं. +९७४-४४६७५६८१ वा +९७४-४४६७५६८३ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://qa.nepalembassy.gov.np/
 
कतारको मौसमी वातावरण कस्तो हुन्छ ?

न्यूनतम १२–१४ डिग्री से. देखि अधिकतम् ५२ डिग्री से. सम्म ।
 
कतारको भिसा अनलाईनबाट चेक गर्ने तरिका
 
https://portal.moi.gov.qa/wps/portal/MOIInternet/services/inquiries/visaservices/enquiryandprinting
 

Tags:-
१.कतार २. नेपाली श्रमिक ३.  श्रम सम्झौता र करार अवधि ४. नेपाली राजदूतावास कतार ५. कल्याणकारी कोष
 

कतारमा निर्माण श्रमिकका रुपमा काम गर्दा ध्यान दिनुपर्ने कुराहरु

रोजगारीका क्रममा विदेशमा निर्माण श्रमिकका रुपमा काम गर्ने भएमा केहि विषयमा विशेष सावधानी अपनाउनु पर्दछ । अग्लो, खुल्ला ठाउँमा काम गर्दा के कस्ता कुरामा सावधानी अपनाउनु पर्दछ भन्ने जानकारीका लागि तलको भिडियो हेर्न सक्नुहुन्छ ।

 

 
Tags:-
१.निर्माण श्रमिक २. सावधानी ३. अग्लो ठाउँको काम ४. खुल्ला ठाउँको काम ५. वैदेशिक रोजगार

 

रोजगार करार सम्झौताका बारेमा जान्नुपर्ने कुराहरु

रोजगारीका लागि विदेश जानेहरुले गन्तव्य मुलुकको रोजगारदातासँग करार सम्झौता गर्नु पर्दछ । करार सम्झौताको विषयमा जानकारी हासिल गर्न यो भिडियो हेर्न सक्नुहुन्छ ।

 


 
Tags:-
१.गन्तव्य मुलुक २. रोजगारदाता ३. करार सम्झौता ४. विदेश जानेहरु ५. वैदेशिक रोजगार

 
कतारमा घरेलु श्रमिकका अधिकार र दायित्वहरु

कतारमा घरेलु श्रमिकका रुपमा कार्यरत रहँदा आप्रवासी श्रमिकका अधिकार र दायित्वहरु हुन्छन् । ति अधिकार र दायित्वहरु के हुन् त < जानकारीका लागि भिडियो हेर्न तलको लिंक क्लीक गर्नुहोस् ।

 


 

Tags:-
१.कतार २. घरेलु श्रमिक ३. आप्रवासी श्रमिक ४. श्रमिकको अधिकारहरु ५. श्रमिकका दायित्वहरु
 

कतारमा रोजगारदाताका दायित्वहरु

कतारमा कार्यरत श्रमिकहरुलाई रोजगारदाताले करार पत्र अनुसारकै काम, समयमा तलव भुक्तानी गर्नुपर्न त्यहाँको कानुनी व्यवस्था छ । यदि करारपत्र विपरित काममा लगाएमा वा तलव भुक्तानी नगरेमा कतारको सरकारी निकायबाट कस्तो सहयोग प्राप्त गर्न सकिन्छ भन्ने जानकारीका लागि यो भिडियो हेर्नेहोस् ।

 

Tags:-
१.कतार २. रोजगारदाता ३. करारपत्र ४. तलव ५. सरकारी निकाय

 
कतारमा आप्रवासी श्रमिकका हक अधिकार र ध्यान दिनुपर्ने कुराहरु

आप्रवासी श्रमिकको अधिकारलाई सम्मान गर्दै विभिन्न मुलुकहरुले आफ्नो कानुनमा त्यसको सुनिश्चितता गरेका हुन्छन् । कतारमा रोजगारीका लागि जाने आप्रवासी श्रमिकले ध्यान दिनुपर्ने कुराहरु तथा उनीहरुको अधिकारका बारेमा जानकारी हासिल गर्न यो भिडियो हेर्नुहोस् ।

 

 
Tags:-
१.कतार २. आप्रवासी श्रमिक ३. कानुन ४. श्रमिकको अधिकारहरु ५. श्रमिकका दायित्वहरु

 

कतारमा काम गर्दा व्यक्तिगत कागजातको सुरक्षा

कतारमा काम गर्ने आप्रवासी श्रमिकको भर्ना, व्यक्तिगत कागजातको सुरक्षा, कार्यसमय लगायतका विषयमा त्यहाँको कानुनले नै व्यवस्था गरेको छ । के छन् त ति विषयहरु ? जानकारीका लागि तलको भिडियो हेर्नुहोस् ।

 

 
Tags:-
१.कतार २. श्रमिकको भर्ना प्रकृया ३. आप्रवासी श्रमिक ४. व्यक्तिगत कागजातको सुरक्षा ५. वैदेशिक रोजगार

Read More
माइग्रेसन प्रक्रिया

वैदेशिक रोजगारीमा जाँदा अपनाउन पर्ने सुरक्षित तरिका
 

 

वैदेशिक रोजगारमा जाँदा ध्यान दिनुपर्ने कुराहरु
 
वैदेशिक रोजगारमा जानु भनेको केहि वर्षका लागि आफ्नो मुलुक तथा आफन्त ,साथिभाईहरुबाट टाढा हुनु हो । तसर्थ वैदेशिक रोजगारमा जानु अगाडी मानसिक रुपमा गर्नुपर्ने कतिपय तयारीहरु हुन्छन् । यसैगरी आवश्यक प्रकृयाहरुका बारेमा पनि जानकारी हासिल गर्नुपर्दछ । वैदेशिक रोजगारमा जानु अगाडी ध्यान दिनुपर्ने कुराहरु जान्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
Important Information | Department of Foreign Employment (dofe.gov.np)

 

थप जानकारी https://shorturl.at/cklzL मा क्लिक गरेर पनि लिन सकिन्छ |

Tags:-
१.वैदेशिक रोजगार २. पूर्वतयारी ३.  जानकारी ४. सावधानी ५. वैदेशिक रोजगारको प्रक्रियाहरु
 
आवश्यक सुचना लिएर मात्र रोजगारीका लागि विदेश जानु पर्दछ 
 
वैदेशिक रोजगारमा जाने योजना बनाएका व्यक्तिले आफूले रोजगारीको प्रकृया सुरु गर्नु अगाडी, प्रकृयाका क्रममा, रोजगारीको क्रममा र स्वदेश फर्केपछि पनि विभिन्न विषयमा जानकारी हासिल गर्नु पर्दछ । यस्ता महत्वपूर्ण केहि जानकारी तलको लिंकमा क्लीक गरेर अध्ययन गर्न सकिन्छ ।
 
Ministry Of Labour, Employment and Social Security (moless.gov.np)
 
वैदेशिक रोजगारीमा जानेहरुका लागि केहि टिप्स तलको लिंकमा पनि उल्लेख छ । सो अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
वैदेशिक रोजगारीमा जानेहरुका लागि १० टिप्स – Online Khabar
 
Tags:-
१.वैदेशिक रोजगार २. रोजगारी ३.  जानकारी ४. मानसिक तयारी ५. वैदेशिक रोजगारमा जाने योजना

 

वैदेशिक रोजगारका लागि जान खुल्ला गरिएका मुलुकहरु
 
नेपाल सरकारले वैदेशिक रोजगारका लागि १११ वटा गन्तव्य मुलुकहरु खुल्ला गरेको छ जसमध्ये इराक, अफगानिस्तान र लिबिया हाल रोक्का गरिएको छ । रोजगारीमा जान खुल्ला गरिएका मुलुकहरुको सूचि समय समयमा अद्यावधिक हुने भएका कारण नेपाल सरकारबाट संस्थागत रुपमा वैदेशिक रोजगारका लागि खुल्ला गरिएका देशहरुको नामावली वैदेशिक रोजगार विभागको https://dofe.gov.np/recognized.aspx लिंकमा क्लिक गरेर हेर्न सकिन्छ |
 
Tags:-
१.वैदेशिक रोजगार २. गन्तव्य मुलुक ३. नेपाल सरकार ४. वैदेशिक रोजगार विभाग ५. बन्देज

 

वैदेशिक रोजगारमा जाने प्रकृया
 
वैदेशिक रोजगार ऐन, २०६४ मा भएको व्यवस्था  बमोजिम संस्थागत (इजाजतपत्र प्राप्त मेनपावर मार्फत) र व्यक्तिगत गरी जम्मा दुईवटा प्रक्रिया मार्फत वैदेशिक रोजगारीमा जान सकिन्छ ।

 

वैदेशिक रोजगार ऐन, २०६४ मा भएको व्यवस्था बमोजिम संस्थागत (इजाजतपत्र प्राप्त मेनपावर मार्फत) र व्यक्तिगत गरी जम्मा दुईवटा प्रक्रिया मार्फत वैदेशिक रोजगारीमा जान सकिन्छ ।

 
संस्थागत प्रक्रिया

संस्थागत प्रक्रिया भन्नाले विद्यमान वैदेशिक रोजगार ऐन तथा नियमावली बमोजिम वैदेशिक रोजगार विभागबाट वैदेशिक रोजगार व्यवसाय सञ्चालनको अनुमति लिएका मेनपावर संस्था मार्फत कानून बमोजिम वैदेशिक रोजगारीमा जाने प्रक्रियालाई बुझिन्छ ।
 

व्यक्तिगत प्रक्रिया

व्यक्तिगत प्रक्रिया भन्नाले श्रमिक आफ्नै पहलमा विद्यमान वैदेशिक रोजगार ऐन तथा नियमावलीमा उल्लिखित प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाने प्रक्रियालाई बुझिन्छ । यस प्रक्रियाको अवलम्बन गरी वैदेशिक रोजगारमा जाँदा श्रमिक आफ्नो कामको लागि स्वयं जिम्मेवार हुनुपर्दछ ।
 

Tags:-
१.वैदेशिक रोजगारमा जाने प्रकृया २. संस्थागत प्रकृया ३. व्यक्तिगत प्रकृया ४. मेनपावर कम्पनी ५. श्रमिक
 

पूर्वतयारी
वैदेशिक रोजगारमा जाने व्यक्तिले पूर्वतयारी गर्नुपर्दछ । यसका लागि वैदेशिक रोजगारमा आफू जाँदा घर सञ्चालन, आवश्यक आर्थिक बन्दोवस्त लगायतको विषयमा तयारी गर्नु आवश्यक हुन्छ । वैदेशिक रोजगारीमा जानु पूर्व के कस्ता पूर्व तयारीहरु गर्नुपर्दछ भन्ने थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
वैदेशिक रोजगारमा जानुपूर्व गर्नुपर्ने पूर्व तयारी के हुन् ? | देश परदेश Desh Paradesh
 
सुरक्षित वैदेशिक रोजगारीका लागी गरीने तयारी – Dhading’s First Online News Portal (dhadingnews.com)
 
Tags:-
१.पूर्वतयारी २. वैदेशिक रोजगार ३. सावधानी ४. मानसिक तयारी ५. विदेश जाने तयारी

 
राहदानी
 
वैदेशिक रोजगारमा जाने व्यक्तिले राहदानी (पासपोर्ट) बनाउनु पर्दछ । यसका लागि नेपाली नागरिकता लगायतका आवश्यक कागजात सहित जिल्ला प्रशासन कार्यालयमा वा राहदानी विभागमा निवेदन दिनु पर्दछ । राहदानीको फारम डाउनलोड गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://nepalpassport.gov.np
 
Tags:-
१.कागजपत्र २. नागरिकता ३. राहदानी ४. पासपोर्ट ५. जिल्ला प्रशासन कार्यालय

 
रोजगारीको खोजी
 
वैदेशिक रोजगारमा जाने व्यक्तिले आफ्नो रुचि र दक्षता भएको रोजगारीको खोजि गर्नु पर्दछ । यसका बारेमा वैदेशिक रोजगार विभागको Foreign Job Search (dofe.gov.np) बाट वा सम्वन्धित मेनपावर कम्पनीबाट जानकारी लिन सकिन्छ । यसरी रोजगारीको खोजि गर्दा विचौलिया मार्फत गर्नुहुन्न, उनीहरुले मौखिक रुपमा भनेको सबैकुरा सत्य नहुन सक्दछ । थप जानकारीका लागि तलको लिंकमा पनि हेर्न सक्नुहुन्छ ।
 
https://shorturl.at/cklzL
 
Tags:-
१.वैदेशिक रोजगार २. रोजगारी ३. मेनपावर कम्पनी ४. वैदेशिक रोजगार विभाग ५. रुचि र दक्षता

 

स्वास्थ्य परिक्षण 
 

वैदेशिक रोजगारमा जाने हरेक व्यक्तिको प्रस्थानपूर्व स्वास्थ्य परिक्षण गर्नुपर्ने कानूनी व्यवस्था छ । यदि स्वास्थ्य परिक्षण गरेर स्वस्थ भनेर रोजगारीका लागि गएका व्यक्ति विदेशमा पुगेपछि गरिने स्वास्थ्य परिक्षणमा अनुत्तिर्ण भएर फर्किनु परेमा त्यस्ता व्यक्तिले क्षतिपूर्ति पाउँछन् । वैदेशिक रोजगारमा जानुपूर्व किन स्वास्थ्य परीक्षण गर्न आवश्यक छ भन्ने थप जानकारीका लागि वैदेशिक रोजगार बोर्डको प्रवास डायरी पेज नं ३ र ४ मा लेखिएको छ । सो अध्ययनका लागि तलको लिंकमा क्लीक गर्नुहोस्
 

5d667517a46f7_Inner_Prawas_Diary_2076_CTP_Final.pdf (feb.gov.np)
 

स्वदेशमा स्वास्थ्य परीक्षण गर्नु भनेको आफू विदेशमा काम गर्न शारीरिक रूपमा सक्षम छु वा छैन भनी जाँच गरी रिपोर्ट निकाल्ने प्रक्रिया हो । यसले गर्दा विदेशमा हुने मेडिकल चेकअप (स्वास्थ्य परीक्षण) मा समस्या हुँदैन । स्वदेशमा स्वास्थ्य परीक्षण गर्दा फेल हुँदा–हुँदै पनि गलत रिपोर्ट बनाएर विदेश जाँदा त्यहाँ हुने स्वास्थ्य परीक्षणमा फेल भइन्छ र स्वदेश फर्कनुपर्ने हुन्छ । यसबाट विदेश जाँदा गरेको लगानी डुब्न सक्छ । वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परीक्षण गर्ने अनुमति प्राप्त संस्थाहरुको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 

Medical Center | Department of Foreign Employment (dofe.gov.np)
 

Tags:-
१.स्वास्थ्य परिक्षण २. स्वास्थ्य परिक्षणमा अनुत्तिर्ण ३. प्रवास डायरी ४. रोजगारी ५. वैदेशिक रोजगार
 

वैदेशिक रोजगार कल्याणकारी कोषमा योगदान
 
वैदेशिक रोजगारीमा जाने प्रत्येक श्रमिकले गन्तव्य मुलुक प्रस्थान गर्नु अगाडी वैदेशिक रोजगार बोर्डद्वारा व्यवस्थित वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा (योगदान) गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारमा गएका कोहि व्यक्ति विदेशमा दुर्घटनामा परि घाइते भएमा वा मृत्यु भएमा सम्वन्धित श्रमिक वा मृत्यु भएको अवस्थामा निजको परिवारले वैदेशिक रोजगार बोर्ड मार्फत आर्थिक सहायता प्राप्त गर्दछन् । आवेदन दिने विषय लगायतको जानकारी तलको लिंकमा पनि उपलव्ध छ ।
 
5d9efcb891098_Bulleting FEB 2076-1.pdf
 
Tags:-
१.वैदेशिक रोजगार बोर्ड २. गन्तव्य मुलुक ३. नेपाल सरकार ४. कल्याणकारी कोष ५. विदेशमा दुर्घटना

 

बीमा
वैदेशिक रोजगारमा जाँदा करार बमोजिमको समयावधिको लागि अनिवार्य रूपमा बीमा गराउनु पर्दछ । वैदेशिक रोजगारमा रहँदा कारणवस मृत्यु भएमा, अंगभंग भएमा नेपालमा आफूले बीमा गरेको कम्पनीबाट बीमा बापतको रकम प्राप्त हुन्छ । यसका बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् र पेज नम्वर ४८ पढ्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np)
 
वैदेशिक रोजगारमा जानेहरुको बीमा गर्ने अनुमति लिएका बीमा कम्पनीहरुको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
Insurance Company | Department of Foreign Employment (dofe.gov.np)
 
Tags:-
१.बीमा २. वैदेशिक रोजगार ३. मृत्यु भएमा ४. अंगभंग भएमा ५. वैदेशिक रोजगार विभाग
 
रोजगारीका लागि विदेश जाँदा सम्झौता पत्र/करारपत्र किन चाहिन्छ ?

आफू जान लागेको देश, गर्ने काम, पाउने तलब, काम गर्ने कम्पनी, दिनमा काम गर्नुपर्ने घण्टा लगायत ओभर टाइमको व्यवस्थाबारे रोजगार सम्झौता/करार पत्र (एग्रिमेन्ट पेपर) मा के छ ? सोका बारेमा राम्रोसँग पढ्नु पर्छ । मौखिक रुपमा भनेको कुरा भन्दा करार पत्रमा उल्लेख भएका कुराहरू मात्र आधिकारिक हुन् । थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् र पेज नम्वर २६ हेर्नुहोस् ।
 
NRNA-FEIC Handbook – 2070 (liv.ac.uk)
 
Tags:-
१.सम्झौता पत्र २. करारपत्र ३. कानुनी व्यवस्था ४. रोजगारको सेवा, शर्त ५. एनआरएनए
 
अभिमुखिकरण तालिम भनेको के हो, यो किन आवश्यक छ

वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगारमा जाने श्रमिकले अनिवार्य रुपमा २ दिने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारमा जाने सोच बनाएदेखि नै कुन देश जाने हो सोको बारेमा सामान्य जानकारी भए तापनि पूर्वप्रस्थान अभिमुखीकरण तालिममा अरू धेरै विषयमा जानकारी प्राप्त हुन्छ । सो तालिमले आफू रोजगारीका लागि जान लागेको मुलुकको हावापानी, रहनसहन, समस्या आईपरेमा के गर्ने भन्ने जानकारी हासिल हुन्छ । थप जानकारी हासिल गर्न तलको लिंकमा क्लीक गर्नुहोस् र पेज नम्वर २३ हेर्नुहोस् ।
 
NRNA-FEIC Handbook – 2070 (liv.ac.uk)
प्रस्थानपूर्वको अभिमुखिकरण तालिम सञ्चालन गर्ने अनुमति प्राप्त संस्थाहरुको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
Orientation Center | Department of Foreign Employment (dofe.gov.np)
 
Tags:-
१.अभिमुखिकरण तालिम २. हावापानी ३. रहनसहन ४. एनआरएनए ५. वैदेशिक रोजगार विभाग
 
श्रम स्वीकृति

वैदेशिक रोजगारमा जान व्यक्तिगत र संस्थागत गरी २ किसिमका श्रम अनुमति जारी गरिन्छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचलस्थित कार्यालयबाट विदेश जाने श्रम स्वीकृति प्रदान गरिन्छ । थप जानकारी आवश्यक परेमा तलको लिंकमा क्लीक गरि पेज नम्वर ४३ र ४४ अध्ययन गर्न सक्नुहुन्छ ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np)
 
Tags:-
१.श्रम स्वीकृति २. व्यक्तिगत श्रम स्वीकृति ३. स्थागत श्रम स्वीकृति ४. रोजगारी ५. वैदेशिक रोजगार विभाग
 
पुन: श्रम स्वीकृति

वैदेशिक रोजगारमा रहेकाहरु पुन: रोजगारीमा विदेश नै फर्किने भएमा वैदेशिक रोजगार विभागबाट पुन: श्रम स्वीकृति लिनु पर्दछ । यस्तो पुन: श्रम स्वीकृति अनलाइन मार्फत नै लिन सकिन्छ । यसका बारेमा थप अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
अनलाइनबाटै कसरी लिने पुनः श्रम स्वीकृति ? – Online Khabar
 
Tags:-
१.पुन २. श्रमस्वीकृति ३. अनलाइन मार्फत पुन: श्रम स्वीकृति ४. वैदेशिक रोजगारी ५. वैदेशिक रोजगारमा रहेकाहरु

 

स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने

वैदेशिक रोजगारमा जाँदा नेपालको विमानस्थल भएर नै सो मुलुक जानु पर्ने कानुनी व्यवस्था छ । यदि नेपालको विमानस्थलबाट नगई भारत लगायतको मुलुक भएर वैदेशिक रोजगारमा जानु पर्ने भएमा मेनपावर कम्पनीले अनिवार्य रुपमा वैदेशिक रोजगार विभागबाट लिखित अनुमति लिएको हुनु पर्दछ ।
 
Tags:-
१.स्वदेशी विमानस्थल २. भारत ३. वैदेशिक रोजगार विभाग ४. वैदेशिक रोजगारी ५. लिखित अनुमति
 
उमेर हद

वैदेशिक रोजगार ऐन, २०६४ अनुसार १८ वर्ष मुनिका नाबालिग वैदेशिक रोजगारीमा जान पाइँदैन ।
 
वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने निर्देशिका, २०७२ अनुसार घरेलु श्रमिकका रुपमा साउदी अरब, कतार, कुवेत, युएई, ओमन, बहराइन, लेवनान र मलेसिया जाने महिला श्रमिकको उमेर २४ वर्ष पूरा भएको हुनु पर्दछ ।
यस बारेमा https://shorturl.at/uCGRY  तथा https://shorturl.at/lxyMN लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
 
Tags:-
१.उमेर हद २. वैदेशिक रोजगार ऐन ३. वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने निर्देशिका ४. उमेरको हद २४ बर्ष ५. घरेलु श्रमिक

Read More