Pardesi is number one site in Nepal

The stars will never align, and the traffic lights of life will never

बैंकहरू

विदेश जानु अगाडी खाता खोल्नु पर्ने व्यवस्था

वैदेशिक रोजगारमा जानु अगाडी रोजगारीका लागि जाने व्यक्तिको बैंक खाता अनिवार्य रुपमा खोल्नुपर्ने व्यवस्था सरकारले गरेको छ । त्यस्तो खाता नेपाल सरकारबाट अनुमति लिएर सञ्चालनमा रहेको कुनै पनि बैंकमा खोल्न सकिन्छ । यसैगरी वैदेशिक रोजगारमा रहँदा तिनै बैंक मार्फत बैकिङ कारोवार गर्नु पर्दछ । वैदेशिक रोजगारमा कमाएको रकम नेपाल भित्रियाउन वैदेशिक रोजगार विभागले सूचिकृत गरेका बैंकहरुको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् । 
 
https://dofe.gov.np/Banks.aspx 
 

Tags:-
१.बैंक  २. वैदेशिक रोजगारमा रहेका व्यक्ति ३. बैंक खाता ४. बैकिङ कारोवार ५. वैदेशिक रोजगारमा कमाएको रकम

Read More
वित्तीय साक्षरता र वित्तीय धोखाधडी

चिठ्ठा परेको भनेर हुने ठगि
 
रोजगारीका क्रममा विदेशमा हुँदा चिठ्ठा परेको भन्दै मोवाइलमा ह्वाट्सएप लगायतका माध्यममा आउने सन्देशबाट जोगिनु पर्दछ । त्यस्ता सन्देश पठाउनेहरुले सोही माध्यम मार्फत ठग्ने गरेका घटनाहरु हुने गरेका छन् । तलको लिंकमा क्लीक गरी यस्तै घटनामा ठगि गरिएको विषयमा जानकारी लिन सकिन्छ ।
 

https://kendrabindu.com/world/167051-1612474254.html
 

Tags:-
१.चिठ्ठा २. वैदेशिक रोजगार ३.  ह्वाट्सएप ४. सन्देश ५. ठगि
 
वैदेशिक रोजगार र वित्तिय साक्षरताको महत्व

वित्तिय साक्षरता सबैका लागि जरुरी छ । अझ वैदेशिक रोजगारमा जानेहरु र उनीहरुको परिवारका सदस्यहरुलाई यसको महत्व बढी छ । वैदेशिक रोजगारमा जानेहरुलाई वित्तिय साक्षरता किन आवश्यक छ जान्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
www.facebook.com/watch/?v=2761863427290716
 

Tags:-
१.वित्तिय साक्षरता २. वैदेशिक रोजगार ३.  बचत ४. व्यवसाय ५. सूचना

 

वैदेशिक रोजगार बचतपत्र

मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैर आवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी नेपाल राष्ट्र बैंकले नेपाली रूपैंयाँमा जारी गरिएको मध्यमकालीन अवधिको बचतपत्रवैदेशिक रोजगार बचतपत्रहो । यो बचतपत्रको अवधि ५ वर्षको हुन्छ । बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) का नाममा खरिद गर्न पाउँछन् नेपाल राष्ट्र बैंकको https://www.nrb.org.np/ लिंक क्लिक गरी थप जानकारी लिन सकिन्छ |

 

Tags:-
१.वैदेशिक रोजगार बचतपत्र २. गैर आवासीय नेपाली ३.  नेपाल राष्ट्र बैंक ४. विदेशी मुद्रा ५. वैदेशिक रोजगारी

Read More
विनिमय दर

विदेशमा कमाएर रेमिट कम्पनी वा बैंक मार्फत पठाएपछि नेपालमा बैक खातामा वा रकम पठाउने व्यक्तिले चाहेको व्यक्तिले नेपाली रुपैंयामा रकम प्राप्त गर्दछन् । रकम पठाउने समयमा सम्वन्धित बैंक वा रेमिट कम्पनीबाट पनि सो दिनको सटही दर कति छ र आफूले पठाएको रकमको नेपालमा कति भुक्तानी हुन्छ भन्ने जान्न सकिन्छ । नेपालको आधिकारिक सटही दरका लागि नेपाल राष्ट्र बैंकको सटही दर हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।  
 
Foreign Exchange Rate – नेपाल राष्ट्र बैंक (nrb.org.np)

Read More
रेमिट कम्पनीहरू

विदेशमा कमाएको रकम सुरक्षित रुपमा स्वदेश पठाउने प्रकृया 

रोजगारीका क्रममा विदेशमा कमाएको रकम सुरक्षित रुपमा स्वदेश पठाउनु पर्दछ त्यसरी पठाउने माध्यम भनेको बैंक वा रेमिट कम्पनीहरु मार्फत पठाउनु हो यसरी पठाएको रकम डुव्ने खतरा हुँदैन कतिपय व्यक्तिले केहि बढी लाभ हुने आशामा हुण्डी जस्ता गैरकानूनी माध्यम मार्फत रकम पठाउने गर्दछन् यसरी पठाइएको रकम डुव्न सक्ने खतरा सदैव रहन्छ हुण्डी के हो भन्ने बारेमा जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस्
 
हुण्डी रोक्ने नीति ल्याउन सरकारलाई निर्देशन – BBC News नेपाली 
 

Tags:-
१.विदेशमा कमाएको रकम  २. रकम ३. बैंक खाता ४. हुण्डी ५. हुण्डी के हो

 

कतारबाट रकम नेपाल पठाउन

वैदेशिक रोजगारमा रहने श्रमिकले नेपालमा पैसा पठाउने क्रममा सुरक्षित रुपमा पठाउनु पर्दछ । हुण्डी जस्ता अनौपचारिक माध्यमको प्रयोग गर्दा ठगिमा पर्नसक्ने सम्भावना हुन्छ । तपाई कतारमा कार्यरत हुनुहुन्छ र नेपालमा रकम पठाउँदै हुनुहुन्छ भनें विभिन्न रेमिट कम्पनीहरु मार्फत सुरक्षित रुपमा सो रकम पठाउन सकिन्छ । ति कम्पनीहरुका वेभसाइटहरु अंग्रेजी भाषामा रहेका छन् । 
 
आइएमई

आईएमईको माध्ययमबाट कसरी नेपाल पैसा पठाउने भन्ने जानकारीका लागि तलको लिंकमा क्लीक गरी हेर्नुहोस् (भाषा अंग्रेजीमा रहेको छ) 
 
https://imeremit.com.np/send-money-from-qatar
 
मोनितो

मोनितोको माध्ययमबाट कसरी नेपाल रकम पठाउने भन्ने जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् (भाषा अंग्रेजीमा रहेको छ) 
 
https://www.monito.com/send-money/qatar/nepal/qar/npr
 
ई–सेवा

कतारबाट ई सेवाको  माध्ययमबाट पनि नेपालमा रकम पठाउन सकिन्छ । यसका बारेमा थप जानकारी तलको लिंकबाट पाउन सकिन्छ । (भाषा अंग्रेजीमा रहेको छ) 
 
https://esewamoneytransfer.com/send-money/QA
 
वेष्टर्न युनियन मनि ट्रान्फर

कतारबाट वेष्टर्न युनियन मनि ट्रान्फर मार्फत पनि नेपालमा रकम पठाउन सकिन्छ । यसका बारेमा थप जानकारी तलको लिंकबाट पाउन सकिन्छ (भाषा अंग्रेजीमा रहेको छ) 
 
https://www.westernunion.com/np/en/home.html
 
एभरेष्ट बैंक

कतारबाट एभरेष्ट बैंक मार्फत पनि नेपालमा रकम पठाउन सकिन्छ । यसका बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् (भाषा अंग्रेजी रहेको छ) 
 
Qatar – Everest Bank (everestbankltd.com) 
 
ग्लोबल आइएमई बैंक

कतारबाट ग्लोबल आइएमई बैंक मार्फत पनि सहजै रुपमा नेपालमा पैसा पठाउन सकिन्छ । थप जानकारी तलको लिंकबाट प्राप्त गर्न सकिन्छ (भाषा अंग्रेजी रहेको छ) 
 
https://globalimebank.com/global-remit.html
 
प्रभु मनि ट्रान्सफर

कतारबाट प्रभु मनि ट्रान्सफर मार्फत पनि सहजै रुपमा नेपालमा पैसा पठाउन सकिन्छ ।  यसका बारेमा जानकारीका लागि तलको लिंक क्लीक गर्नुहोस् (भाषा अंग्रेजी रहेको छ)  
 
https://prabhumoneytransfer.com.np/ 

Read More