Pardesi is number one site in Nepal

The stars will never align, and the traffic lights of life will never

https://ict4d2004.files.wordpress.com/2023/02/nepal-nepali.jpg

गन्तव्य मुलुकमा सूचना प्रविधिको प्रयोग
 
टेलिफोन एवम् मोबाइलको प्रयोग

रोजगारीका लागि गन्तव्य मुलुकमा पुगेपछि आफूसँग रहेको मोबाइलमा सो मुलुकमा रहेको उपयुक्त मोबाइल कम्पनीको सिम कार्ड राखेर मोबाइल चलाउन सकिन्छ |  आफू विदेशमा रहँदा परिवारका सदस्यहरूसँग नियमित रुपमा सम्पर्कमा रहनु पर्दछ | रोजगारीका क्रममा विदेशमा रहँदा नेपालमा फोन गर्नुपर्ने भएमा नेपालमा आफूलेले फोन गर्ने नम्बरको अगाडि ००९७७ लेखेर फोन नं वा मोबाईल नं डायल गर्नुपर्दछ । यदि ल्याण्डलाईनबाट फोन गर्नुपर्ने भएमा आफ्नो जिल्लाको एरिया कोड ००९७७ पछि डायल गर्नुपर्दछ । उदाहरणका लागि काठमाडौंको कुनै ल्यान्डलाईन नम्बरमा फोन गर्नुपर्ने भएमा ००९७७ र १ पछि सम्बन्धित फोन नम्बर डायल गर्नुपर्दछ ।
 

सामाजिक सञ्जालको सावधानीपूर्वक प्रयोग:

गन्तव्य मुलुकमा रहँदा साथीभाई, आफन्त आदिसँग सम्पर्कमा रहन र देश दुनियाँको खबर बुझ्न  फेसबुक, ट्वीटर, ईमो, भाइवर, ह्वाट्सएप, यूट्यूव, ईन्स्टाग्राम गुगल म्याप आदि माध्यमको प्रयोग गर्न सकिन्छ | विभिन्न सामाजिक सञ्जाल तथा अनलाईनमा आउने भ्रामक समाचार प्रति सजग रहुनपर्दछ ।
 

इन्टरनेट प्रविधिको प्रयोग:

फेसबुक, ट्वीटर, ईमो, ह्वाट्सएप, युट्यूव जस्ता माध्यमको प्रयोग गर्दा विभिन्न कुरामा ध्यान दिनु पर्दछ | ती माध्यममा स्टाटस लेख्दा वा शेयर गर्दा सावधानीपूर्वक गर्नुपर्दछ अन्यथा समस्यामा पर्न सकिन्छ | उदाहरणका लागि खाडीका अधिकांश मुलुकहरूमा कुनैपनि दुर्घटनाको तस्वीर वा भिडियो फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप, ईमो वा भाइवर ग्रुप, यूट्युवमा अपलोड गर्नु वा अरु कसैले राखेमा त्यसलाई शेयर, लाइक र कमेण्ट गर्न हुँदैन । यसलाई कानून विपरितको काम मानिन्छ । यसैगरी सो मुलुकको कानून, धर्म, रीतिरिवाज विपरितका कुरा सामाजिक सञ्जालमा लेख्नुहुँदैन ।

 

विभिन्न एप्सको प्रयोग: वैदेशिक रोजगारका बारेमा जानकारी दिने उद्देश्यले तयार पारिएका मोबाइल एप तथा वेबसाइटबाट वैदेशिक रोजगार सम्बन्धी सुचना तथा जानकारी लिन सकिन्छ | उदाहरणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको  वैदेशिक रोजगारी एप्सबाट वैदेशिक रोजगार सम्बन्धी सुचना तथा जानकारी, उजुरी गर्ने व्यवस्था, महत्वपूर्ण सम्पर्कहरू, पुनः श्रम स्वीकृति, श्रोतहरुका बारेमा जानकारी लिन सकिन्छ ।

 

यसैगरी माईग्रेन्ट रिक्रुमेन्ट एडभाईजर (www.recruitmentadvisor.org) वेबसाइट तथा शुभयात्रा, उज्वल सपना जस्ता एपहरूले पनि वैदेशिक रोजगारका बारेमा यथेष्ट जानकारी दिन्छन् ।
सूचना प्रविधिको प्रयोग बारेमा नेपाल सरकारको पुर्व प्रस्थान अभिमुखिकरण तालिम प्रशिक्षक मार्गदर्शन २०७६ मा रहेको विषय ७: सम्पर्क तथा सुचना प्रविधिको प्रयोगबारे जानकारी हेर्नुहोला | सो मार्गदर्शन अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस्

 

वैदेशिक रोजगार बोर्डको सचिवालय (feb.gov.np) 

 

Tags:-
१.सूचना प्रविधि   २. वैदेशिक रोजगारी ३. मोबाइल टेलिफोन ४. फेसबुक, ह्वाट्सएप ५. सामाजिक सञ्जाल

 

यी प्रशिक्षण स्रोतहरू आप्रवासी र उनीहरूका परिवारका सदस्यहरूलाई सहयोग गर्ने संस्थाहरूको प्रयोगको लागि विकास गरिएको हो। कृपया तालिमका स्रोतहरूसँग संलग्न मार्गदर्शन नोटहरू प्रयोग गर्नुहोस्

 

Nepali translation by Nayan Pokhrel (.PPT Version)
 

English Version (.PPT Version)
 

Bhojpuri Trasnslation by Bibek Karn (.PPT Version)

 

Maithili translation by Ranjan Jha (.PPT Version)

 

Nepal Bhasa translation by Rajendra Maharjan(.PPT Version)

 

Tharu translation by Indu Tharu (.PPT Version)

 

Tamang translation by Amrit Yonjan Tamang (.PPT Version)

Read More
अन्य

युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय 
 
आफूसँग भएको सीप नै सबैभन्दा ठूलो सम्पत्ति हो। युवा तथा साना उद्यमी विकास कोषले व्यावसायिक खेती, पशुपालन, कृषि र वनजन्य उद्योग, घरेलु तथा साना उद्योग तथा अन्य उद्योग, रिक्सा, ठेलालगायतका सेवामूलक व्यवसाय, विभिन्न जाति जनजातिको परम्परागत पेसामा आधारित व्यवसाय, घरबास, बहुमूल्य धातुसम्बन्धी उद्योग र सीपलाई स्वरोजगारका लागि कर्जा दिने प्राथमिकताका क्षेत्रमा तोकेको छ। तसर्थ, कोषमार्फत स्वरोजगार कर्जा लिन चाहने युवाहरूमा यीमध्ये कुनै सीप भएमा लाभदायी हुनेछ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषले स्वरोजगार कार्यक्रम अन्तर्गत कर्जा लिने युवाहरूलाई सीप विकास तालिम प्रदान गर्छन्।
 
कोष सम्बन्धि थप जानकारी http://ysef.gov.np/skill-development.html बाट लिन सकिन्छ ।
 

वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि सामाजिक सुरक्षा कोष

वैदेशिक रोजगारीमा रहेका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा समेटिने उद्देश्यका साथ सामाजिक सुरक्षा कोषले २०७९ चैत ८ मा एक कार्यक्रम आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको छ । नेपालको सामाजिक सुरक्षा कोषमा आवद्ध हुनको लागि https://sosys.ssf.gov.np/ वेबपेजमा गई वैदेशिक रोजगारी सूचीकरणमा क्लिक गरी अनलाईन आवेदन फाराम भर्न सकिन्छ |

 

Tags:-
.सामाजिक सुरक्षा कोष २श्रमिक ३वैदेशिक रोजगारी ४आवेदन ५सूचीकरण
 
विदेशमा रहेका नेपाली सामाजिक सुरक्षा कोषमा कसरी जोडिन सक्छन् ?
 
वैदेशिक रोजगारमा जाने प्रकृयामा रहेकाहरु वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने क्रममा नै र विदेशमा कार्यरतहरु कोषमा आवेदन दिएर सामाजिक सुरक्षामा जोडिने व्यवस्था रहेको छ । यसका बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस ।
 
www.bbc.com/nepali/articles/crgj2203m3yo
 
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पेन्सनसहितको सामाजिक सुरक्षा दिन सुरु– समाचार – कान्तिपुर समाचार (ekantipur.com)
 
Tags:-
.सामाजिक सुरक्षा कोष २श्रमिक ३वैदेशिक रोजगार ४आवेदन ५सूचीकरण
 

विदेशमा काम गरी फर्केका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कार

श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई न्यूनतम एक वर्ष काम गरी स्वदेश फर्किएर नेपालमा न्यूनतम एक वर्ष देखि उद्यम व्यवसाय सञ्चालन गरेर बसेका उद्यमीहरूलाई प्रत्येक वर्ष राष्ट्रिय सम्मान तथा पुरस्कार दिने व्यवस्था गरेको छ मन्त्रालयमा रहने सिफारिश समितिले देशका सबै प्रदेशबाट उपलब्ध भएसम्म १ जना नछुट्नेगरी एक जनालाई रुएक लाख पचास हजार रकमको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र बढीमा सात जनासम्मलाई जनही रुपचहत्तर हजारको उद्यमी राष्ट्रिय पुरस्कारको लागि सिफारिश गर्दछ ।

 
यस बारेमा मन्त्रालयको वेभसाइट https://moless.gov.np/np मा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
 
Tags:-
.पुरस्कार २श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ३वैदेशिक रोजगार ४उद्यमी ५राष्ट्रिय सम्मान


 

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिमेडिसिन सेवा
 
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी वैदेशिक रोजगार बोर्डको सचिवालयले २०७९ चैत १५ गते बुधबार बिहान १० बजेदेखि टेलिमेडिसिन सेवा सुरुवात गरेको छ । यो सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो लगायतका सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् । यो सेवा पूर्णतः निशुल्क हो ।
 

यस सम्बन्धमा https://shorturl.at/blwG6 लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |

 

Tags:-
१.टेलिमेडिसिन सेवा २. वैदेशिक रोजगारी ३. वैदेशिक रोजगार बोर्ड ४. श्रमिक ५. सामाजिक सञ्जाल
 
प्राथमिक शेयर निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण
 
आर्थिक वर्ष २०७९/८० को बजेटले प्राथमिक शेयर निष्कासन (आईपीओ) मा वैदेशिक रोजगारीमा गएकाहरुका लागि आरक्षणको व्यवस्था गरेको छ । ‘धितोपत्र दर्ता तथा निष्कासन (छैठौं संशोधन) नियमावली, २०७९’ ले सङ्गठित संस्थाले सर्वसाधारणलाई निष्कासन गर्ने सेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीलाई छुट्याउनुपर्ने व्यवस्था गरेको हो ।
 

यस बारेमा https://shorturl.at/aforX लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |

Tags:-
१.वैदेशिक रोजगार २. आरक्षण ३. आईपीओ ४. बजेट ५. प्राथमिक शेयर

Read More
तालिम सेवा प्रदायकहरू

तालिम दिने संस्थाहरु
वैदेशिक रोजगारमा जाने व्यक्ति सीप सिकेर दक्ष भएर गएमा काम र कमाई तुलनात्मक रुपमा राम्रो हुन्छ । तसर्थ वैदेशिक रोजगारमा जाने व्यक्तिले आफूलाई रुचि भएको सीप सिक्नु राम्रो हुन्छ । हतारमा वैदेशिक रोजगारमा जानु भन्दा सीप सिकेर दक्षता हासिल गरी रोजगारीका लागि जान नेपाल सरकारले पनि प्रोत्साहित गर्दै आएको छ । वैदेशिक रोजगारमा जानेहरु तथा सीप सिकेर स्वदेशमा नै रोजगारी गर्ने उद्धेश्य राखेकाहरुलाई तालिम प्रदान गर्न नेपालमा तालिम दिने संस्थाहरु धेरै छन् । निम्नानुसारका संस्थाहरुले दिने तालिमका बारेमा तल जानकारी हेर्नुहोस्

 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (Council for Technical Education and Vocational Training – CTEVT)
 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम क्षेत्रको राष्ट्रियस्तरको स्वायत्त सर्वोच्च निकाय हो । यो संस्थाको मुख्यगरी नीति तर्जुमा, गुणस्तर नियन्त्रण, योग्यतामा आधारित पाठ्यक्रम तयार गर्ने, विभिन्न पेशाको सीपको मापदण्ड विकास गर्ने र व्यक्तिको सीप परीक्षण गर्ने, विभिन्न अनुसन्धान अध्ययनहरू सञ्चालन गर्ने र तालिम आवश्यकता मूल्याङ्कन गर्ने जस्ता दायित्व रहेको छ । सो संस्थाका बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 

http://www.ctevt.org.np/ 
 

Tags:-
१.बहुप्राविधिक शिक्षालय २. सीप विकास ३.  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ४. सिटीईभीटी ५. सीप तालिम केन्द्र

 

आँधिखोला बहुप्राविधिक शिक्षालय (Aandhikhola Polytechnic Institute)

नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नि:शुल्क सीप तालिम प्रदान गर्न छनौट गरेका तालिम प्रदायक संस्थाहरु मध्ये एक हो आँधिखोला बहुप्राविधिक शिक्षालय । यस संस्थालाई सहायक टाइल मार्बल फिक्स्चर, इलेक्ट्रीसियन र मेसन सम्बन्धि तालिम लिन ईच्छुक व्यक्तिलाई नि:शुल्क तालिम दिने जिम्मेवारी दिइएको छ । यो तालिम केन्द्र स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा अवस्थित छ । थप जानकारीको लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 

https://www.abps.edu.np/
 

निशुल्क तालिम सम्बन्धि थप जानकारीको लागि श्रम कल सेन्टरको kmf]g gDj/ ११४१ मा सम्पर्क गर्न वा http://www.feb.gov.np मा गई जानकारी लिन सकिन्छ ।
 
Tags:-
१.इलेक्ट्रीसियन २. वैदेशिक रोजगार बोर्डको सचिवालय ३. सीप तालिम ४. आँधिखोला बहुप्राविधिक शिक्षालय ५. श्रम कल सेन्टर
 

कोरिया नेपाल बहुप्राविधिक शिक्षालय (Korea Nepal Polytechnic Institute – KNPI)

नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को मा सहायक वेल्डर र इलेक्ट्रीसियनको नि: शुल्क तालिम सञ्चालनका लागि छनोट गरेका संस्थाहरु मध्येको एक हो कोरिया नेपाल बहुप्राविधिक शिक्षालय । रुपन्देही जिल्लाको बुटवलमा अवस्थित यस संस्थाले इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स, अटोमोबाइल, मेकानिकल, रेफ्रिजरेसन र एयर कन्डिसनिङ इन्जिनियरिङमा डिप्लोमा इन्जिनियरिङ कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । थप जानकारीको लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 

https://www.knpi.edu.np
 

नि:शुल्क तालिम सम्बन्धि थप जानकारीको लागि श्रम कल सेन्टरको kmf]g gDj/ ११४१ मा सम्पर्क गर्न वा http://www.feb.gov.np मा गई जानकारी लिन सकिन्छ ।
 

Tags:-
१.इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स २. अटोमोबाइल ३. कोरिया नेपाल बहुप्राविधिक शिक्षालय ४. सीप तालिम ५. वैदेशिक रोजगार बोर्ड
 

जाजरकोट बहुप्राविधिक शिक्षालय Jajarkot Polytechnic School (JPI)

नि:शुल्क सीप सिकाउन वैदेशिक रोजगार बोर्डले सूचीकरण गरेको तालिम प्रदायक एक संस्था हो जाजरकोट बहुप्राविधिक शिक्षालय । यस संस्थाले सहायक स्काफफोल्डिंग, सहायक टाइल मार्बल फिक्स्चर, इलेक्ट्रीसियन, हाउसकिपिङ् एटेण्डट, हाउस पेन्टर, किचन हेल्पर, सटरिंग कारपेन्ट्री र वेटर तालिम प्रदान गर्दछ । यो संस्था भेरी नगरपालिका–५, जाजजरकोटमा छ । यस संस्थाका बारेमा थप जानकारीको लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।

 

https://www.jpi.edu.np/
 

 निशुल्क तालिम सम्बन्धि थप जानकारीको लागि श्रम कल सेन्टरको gDj/ ११४१ मा सम्पर्क गर्न वा http://www.feb.gov.np मा गई जानकारी लिन सकिन्छ ।
 

Tags:-
१.जाजरकोट बहुप्राविधिक शिक्षालय २. सीप तालिम ३. वैदेशिक रोजगार बोर्ड ४. नि:शुल्क तालिम ५. जाजरकोट
 

जिरी प्राविधिक शिक्षालय (Jiri Technical School)

वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकलाई नि:शुल्क इलेक्ट्रीसियन तालिम प्रदान गर्न वैदेशिक रोजगार बोर्डको सचिवालयले समझदारी गरेको एउटा तालिम प्रदायक संस्था हो जिरी प्राविधिक शिक्षालय । यो शिक्षालय दोलखाको जिरीमा अवस्थित छ । थप जानकारीको लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 

www.jiritechnicalschool.com
 

नि:शुल्क तालिम सम्बन्धि थप जानकारीको लागि श्रम कल सेन्टरको gDj/ ११४१ मा सम्पर्क गर्न वा http://www.feb.gov.np मा गई जानकारी लिन सकिन्छ ।
 

Tags:-
१.जिरी प्राविधि शिक्षालय २. बहुप्राविधिक शिक्षालय ३. इलेक्ट्रीसियन ४. सीप तालिम ५. वैदेशिक रोजगार
 

तुराङ बहुप्राविधिक शिक्षालय (Turung Polytechnic School)

इलेक्ट्रीसियन, हाउस पेन्टर, जुनियर फर्निचर मेकर, किचन हेल्पर, र मेसनको नि:शुल्क तालिमका लागि वैदेशिक रोजगार बोर्डले समझदारी गरेको एउटा संस्था हो तुराङ बहुप्राविधिक शिक्षालय । यो संस्था गुल्मी जिल्लामा रहेको छ । थप जानकारीको लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 

https://www.facebook.com/profile.php?id=100083765361730&locale=hi_IN
 

नि:शुल्क तालिम सम्बन्धि थप जानकारीको लागि श्रम कल सेन्टरको नम्वर ११४१ मा सम्पर्क गर्न वा https://www.feb.gov.np मा गई जानकारी लिन सकिन्छ ।
 

Tags:-
१.सहायक वेल्डर २. किचन हेल्पर ३. इलेक्ट्रीसियन ४. सीप तालिम ५. वैदेशिक रोजगार
 

तेह्रथुम बहुप्राविधिक शिक्षालय (Tehrathum Polytechnic Institute)

सहायक वेल्डर, इलेक्ट्रीसियन, र किचन हेल्परको लागि आर्थिक वर्ष २०७९/८० मा नि:शुल्क तालिमको व्यवस्था भएको तेह्रथुम पोलिटेक्निक इन्स्टिच्युटले कृषिमा डिप्लोमा (बिरुवा विज्ञान) र कृषिमा डिप्लोमा (पशु विज्ञान) कार्यक्रम पठन–पाठन गर्दछ । यस संस्थाको बारेमा थप जानकारीको लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 

https://www.facebook.com/tehrathumpolytechnicinstitute
 
नि:शुल्क तालिम सम्बन्धि थप जानकारीको लागि श्रम कल सेन्टरको नम्वर ११४१ मा सम्पर्क गर्न वा https://www.feb.gov.np मा गई जानकारी लिन सकिन्छ ।
 
Tags:-
१.सहायक वेल्डर २. किचन हेल्पर ३. इलेक्ट्रीसियन ४. तेह्रथुम बहुप्राविधिक शिक्षालय ५. वैदेशिक रोजगार
 
दमक बहुप्राविधिक शिक्षालय (Damak Polytechnic Institute)

आर्थिक वर्ष २०७९/८० का लागि वैदेशिक रोजगार बोर्डले सहायक स्काफफोल्डिंग, इलेक्ट्रीसियन, र मेसन सम्बन्धि नि:शुल्क तालिम सञ्चालनका लागि छनौट गरेको एउटा तालिम प्रदायक संस्था हो दमक बहुप्राविधिक शिक्षालय । यो शिक्षालय दमक नगरपालिका, झापामा अवस्थित छ । थप जानकारीको लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://www.facebook.com/DPICTEVT
 
नि:शुल्क तालिम सम्बन्धि थप जानकारीको लागि श्रम कल सेन्टरको नम्वर ११४१ मा सम्पर्क गर्न वा https://www.feb.gov.np मा गई जानकारी लिन सकिन्छ ।
 

Tags:-
१.दमक बहुप्राविधिक शिक्षालय २. सहायक स्काफफोल्डिंग तालिम ३. इलेक्ट्रीसियन तालिम ४. मेसन तालिम ५. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम
 
धवलागिरी प्राविधिक विद्यालय (Dhawalagiri Technical School – DTS)
 
वैदेशिक रोजगार बोर्डले आर्थिक बर्ष २०७९/८० का लागि फ्रन्ट अफिस सहायक, हाउसकिपिङ् एटेण्डट, किचन हेल्पर र वेटरको नि:शुल्क तालिमको लागि छनौट गरेको एउटा तालिम प्रदायक संस्था हो धवलागिरी प्राविधिक विद्यालय । यो संस्था थासाङ गाउँपालिका–०३, मुस्ताङमा रहेको छ । थप जानकारीको लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://dts.edu.np
 
नि:शुल्क तालिम सम्बन्धि थप जानकारीको लागि श्रम कल सेन्टरको नम्वर ११४१ मा सम्पर्क गर्न वा https://www.feb.gov.np मा गई जानकारी लिन सकिन्छ ।

 

Tags:-
१.धवलागिरी प्राविधिक विद्यालय २. सहायक स्काफफोल्डिंग तालिम ३. हाउसकिपिङ् एटेण्डट ४. किचन हेल्पर ५. वेटर
 
नारायणी बहुप्राविधिक शिक्षालय (Narayani Polytechnic Institute)

इलेक्ट्रीसियन र मेसनको नि:शुल्क तालिम दिन आर्थिक वर्ष २०७९/८० का लागि नेपाल सरकारले छनौट गरेको तालिम प्रदायक एउटा संस्था हो नारायणी बहुप्राविधिक शिक्षालय । यो संस्था चितवनको भरतपुर महानगरपालिकामा रहेको छ । सो संस्थाका बारेमा थप जानकारीको लागि तलको लिंक क्लीक गर्नुहोस् ।
 
https://www.npictevt.edu.np
 
निMशुल्क तालिम सम्बन्धि थप जानकारीको लागि श्रम कल सेन्टर को नम्वर ११४१ मा सम्पर्क गर्न वा https://www.feb.gov.np मा गई जानकारी लिन सकिन्छ । 

 

Tags:-
१.इलेक्ट्रीसियन २. मेसन ३. नि:शुल्क तालिम ४. सीप तालिम ५. वैदेशिक रोजगार बोर्ड
 
निर्मल लामा बहुप्राविधिक शिक्षालय (Nirmal Lama Polytechnic Institute)

सहायक टाइल मार्बल फिक्स्चर, इलेक्ट्रीसियन, किचन हेल्पर, मेसन र वेटरको लागि नेपाल सरकारले नि:शुल्क तालिम सञ्चालनका लागि छनौट गरेको एउटा संस्था हो निर्मल लामा बहुप्राविधिक शिक्षालय । महोत्तरी जिल्लाको बर्दिवासमा यो संस्था रहेको छ । थप जानकारीको लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
www.nlpictevt.com
 
नि:शुल्क तालिम सम्बन्धि थप जानकारीको लागि श्रम कल सेन्टरको नम्वर ११४१ मा सम्पर्क गर्न वा https://www.feb.gov.np मा गई जानकारी लिन सकिन्छ ।
 

Tags:-
१.सहायक टाइल मार्वल फिक्स्चर २. इलेक्ट्रीसियन ३. किचन हेल्पर ४. वेटर ५. नि:शुल्क तालिम

 
नेपाल बनेपा बहुप्राविधिक शिक्षालय (Nepal Banepa Polytechnic Institute – NBPI)

वैदेशिक रोजगारमा जान ईच्छुकहरुलाई आर्थिक वर्ष २०७९/८० मा इलेक्ट्रीसियन, किचन हेल्पर, मेसन र वेटरको नि:शुल्क तालिम सञ्चालनका लागि नेपाल सरकारले सम्झौता गरेको एउटा तालिम प्रदायक संस्था हो नेपाल बनेपा बहुप्राविधिक शिक्षालय । यो संस्था काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–५ बनेपामा रहेको छ । थप जानकारीको लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://www.nbpi.edu.np
 
नि:शुल्क तालिम सम्बन्धि थप जानकारीको लागि श्रम कल सेन्टरको नम्वर ११४१ मा सम्पर्क गर्न वा https://www.feb.gov.np मा गई जानकारी लिन सकिन्छ ।
 
Tags:-
१.इलेक्ट्रीसियन २. मेसन ३. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद ४. वेटर तालिम ५. नि:शुल्क तालिम
 
पोखरा प्राविधिक शिक्षालय (Pokhara Technical School)

नेपाल सरकारले वैदेशिक रोजगारमा जान चाहेकाहरुलाई हाउसकिपिङ् एटेण्डट, किचन हेल्पर र वेटरको नि:शुल्क तालिम दिनेगरी सम्झौता गरेको एउटा तालिम प्रदायक संस्था हो पोखरा प्राविधिक शिक्षालय । कास्कीको पोखरामा यो प्राविधिक शिक्षलय अवस्थित छ । थप जानकारीको लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://www.ptspokhara.edu.np
 
नि:शुल्क तालिम सम्बन्धि थप जानकारीको लागि श्रम कल सेन्टरको नम्वर ११४१ मा सम्पर्क गर्न वा https://www.feb.gov.np मा गई जानकारी लिन सकिन्छ ।
 
Tags:-
१.हाउसकिपिङ् तालिम २. किचन हेल्पर तालिम ३. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद ४. वेटर तालिम ५. नि:शुल्क तालिम
 
भेरी प्राविधिक शिक्षालय (Bheri Technical School – BTS)

सीप सिकेर वैदेशिक रोजगारमा जान चाहेकाहरुलाई भेरी प्राविधिक शिक्षालयले इलेक्ट्रीसियन र मेसन सम्बन्धि नि:शुल्क तालिम प्रदान गर्दछ । यसका लागि वैदेशिक रोजगार बोर्ड र सो संस्थाबीच आर्थिक वर्ष २०७९/८० को मसान्तसम्मका लागि सम्झौता भएको छ । यो संस्था नेपालगन्ज उपमहानगरपालिका, वडा नम्बर १०, बाँकेमा अवस्थित छ । थप जानकारीको लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
www.bts.edu.np
 
नि:शुल्क तालिम सम्बन्धि थप जानकारीको लागि श्रम कल सेन्टरको नम्वर ११४१ मा सम्पर्क गर्न वा https://www.feb.gov.np मा गई जानकारी लिन सकिन्छ ।
 
Tags:-
१.इलेक्ट्रीसियन २. मेसन ३. तालिम ४. नि:शुल्क तालिम ५. वैदेशिक रोजगार बोर्डको सचिवालय
 
पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय (Posta Bahadur Bogati Polytechnic School)

वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयले हाउसकिपिङ् एटेण्डट, किचन हेल्पर र वेटरको नि:शुल्क तालिम दिने व्यवस्था गरेको छ । यो संस्था नुवाकोट जिल्लामा अवस्थित छ । थप जानकारीको लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://en.nepalbahas.com/posta-bahadur-bogati-polytechnic-school-comes-into-operation
 
नि: शुल्क तालिम सम्बन्धि थप जानकारीको लागि श्रम कल सेन्टरको नम्वर ११४१ मा सम्पर्क गर्न वा https://www.feb.gov.np मा गई जानकारी लिन सकिन्छ ।
 

Tags:-
१.प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद २. हाउसकिपिङ् ३. किचन हेल्पर ४. वेटर ५. नि:शुल्क तालिम
 
मदन पोखरा बहुप्राविधिक शिक्षालय (Madanpokhara Polytechnic Institute – MPPI)

मदन पोखरा बहुप्राविधिक शिक्षालयले वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयसँगको सहकार्यमा फ्रन्ट अफिस सहायक, हाउसकिपिङ् एटेण्डट, हाउस पेन्टर र किचन हेल्परको नि:शुल्क तालिम प्रदान गर्दछ । यो शिक्षालय तानसेन नगरपालिका वडा नं ९, दमकडा, पाल्पामा अवस्थित छ । थप जानकारीको लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://mppipalpa.org.np
 
नि:शुल्क तालिम सम्बन्धि थप जानकारीको लागि श्रम कल सेन्टरको नम्वर ११४१ मा सम्पर्क गर्न वा https://www.feb.gov.np मा गई जानकारी लिन सकिन्छ । 
 

Tags:-
१.वैदेशिक रोजगार २. फ्रन्ट अफिस सहायक ३. हाउसपेन्टर ४. वेटर ५. नि:शुल्क तालिम
 
रत्न कुमार बान्तवा बहुप्राविधिक शिक्षालय (Ratna Kumar Bantawa Polytechnic Institute)

इलाम जिल्लाको संखेजुङमा अवस्थित यस संस्थाले वैदेशिक रोजगार बोर्डको सचिवालयसँगको साझेदारीमा सहायक स्काफफोल्डिंग, इलेक्ट्रीसियन, किचन हेल्पर, मेसन र वेटरको नि:शुल्क तालिम प्रदान गर्दछ । थप जानकारीको लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://www.facebook.com/rkbpictevt
 
नि:शुल्क तालिम सम्बन्धि थप जानकारीको लागि श्रम कल सेन्टरको नम्वर ११४१ मा सम्पर्क गर्न वा https://www.feb.gov.np मा गई जानकारी लिन सकिन्छ ।
 
Tags:-
१.वैदेशिक रोजगार २. सहायक स्काफफोल्डिंग ३. इलेक्ट्रीसियनको नि:शुल्क तालिम ४. मेसन ५. वेटरको नि:शुल्क तालिम
 
लहान बहुप्राविधिक शिक्षालय (Lahan Technical School)

वैदेशिक रोजगारमा जानेहरुलाई सहायक वेल्डर, इलेक्ट्रीसियन र मेसनको नि:शुल्क तालिम प्रदान गर्ने गरी वैदेशिक रोजगार बोर्डको सचिवालय र लहान बहुप्राविधिक शिक्षालयबीच सम्झौता भएको छ । सिरहाको लहानमा अवस्थित यस संस्थाका बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://www.facebook.com/lahantechnical/
 
नि:शुल्क तालिम सम्बन्धि थप जानकारीको लागि श्रम कल सेन्टरको नम्वर ११४१ मा सम्पर्क गर्न वा https://www.feb.gov.np मा गई जानकारी लिन सकिन्छ ।
 

Tags:-
१.सहायक वेल्डर २. इलेक्ट्रीसियनको नि:शुल्क तालिम ३. मेसनको तालिम ४. वैदेशिक रोजगारमा जानेहरुलाई तालिम ५. वैदेशिक रोजगार
 
बालाजु स्कूल अफ इन्जिनियरिङ् एण्ड टेक्नोलोजी (Balaju School of Engineering and Technology – BSET)

आर्थिक वर्ष २०७९/८० को लागि वैदेशिक रोजगार बोर्डको सचिवालय र बालाजु स्कूल अफ इन्जिनियरिङ् एण्ड टेक्नोलोजी बीच वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि सहायक टाइल मार्वल फिक्स्चर, सहायक वेल्डर, इलेक्ट्रीसियन, मेसन, सटरिंग कारपेन्ट्रीको नि–शुल्क तालिमको लागि सम्झौता रहेको छ । काठमाडौको बालाजुमा रहेको यस तालिम केन्द्रले प्रदान गर्ने तालिमहरुका सम्वन्धमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
www.bset.edu.np
 
नि:शुल्क तालिम सम्बन्धि थप जानकारीको लागि श्रम कल सेन्टरको नम्वर ११४१ मा सम्पर्क गर्न वा https://www.feb.gov.np मा गई जानकारी लिन सकिन्छ ।
 

Tags:-
१.टाइल मार्वल फिक्स्चर २. वेल्डर ३. सटरिंग कारपेन्ट्री ४. नि–शुल्क तालिम ५. वैदेशिक रोजगार बोर्ड
 
शंखरापुर बहुप्रविधिक शिक्षालय

आर्थिक वर्ष २०७९/८० को लागि वैदेशिक रोजगार बोर्डको सचिवालयले शंखरापुर बहुप्रविधिक शिक्षालयसँग वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि सहायक एल्मुनियम फेब्रिकेटर, इलेक्ट्रीसियन र मेसनको नि:शुल्क तालिम सञ्चालन गर्नेगरी सम्झौता गरेको छ । यो शिक्षालयले काठमाडौं र झापामा तालिमहरु सञ्चालन गर्दछ । यस संस्थाको बारेमा थप जानकारीको लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
www.spictevt.edu.np
 
नि:शुल्क तालिम सम्बन्धि थप जानकारीको लागि श्रम कल सेन्टरको नम्वर ११४१ मा सम्पर्क गर्न वा https://www.feb.gov.np मा गई जानकारी लिन सकिन्छ ।
 

Tags:-
१.एल्मुनियम फेब्रिकेटर २. इलेक्ट्रीसियन ३. मेसन ४. नि–शुल्क तालिम ५. वैदेशिक रोजगार
 
शुक्लाफाँट बहुप्राविधिक शिक्षालय (Suklaphanta Polytechnic Institute)

वैदेशिक रोजगारमा जानेहरुलाई सहायक वेल्डर, इलेक्ट्रीसियन, हाउस पेन्टर, मेसन र स्टिल फिक्सरको नि:शुल्क तालिम सञ्चालनका लागि वैदेशिक रोजगार बोर्डले सम्झौता गरेको एउटा तालिम प्रदायक संस्था हो शुक्लाफाँट बहुप्राविधिक शिक्षालय । यो संस्था कञ्चनपुर जिल्लाको झलारीमा रहेको छ । सो संस्थाले प्रदान गर्ने तालिमहरुका सम्वन्धमा थप जानकारीको लागि तलको लिकमा क्लीक गर्नुहोस् ।
 
www.spi-ctevt.edu.np
 
नि:शुल्क तालिम सम्बन्धि थप जानकारीको लागि श्रम कल सेन्टरको नम्वर ११४१ मा सम्पर्क गर्न वा https://www.feb.gov.np मा गई जानकारी लिन सकिन्छ ।
 

Tags:-
१.वेल्डर २. इलेक्ट्रीसियन ३. पेन्टर ४. स्टिल फिक्सर ५. वैदेशिक रोजगार
 
सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय (Shaheed KrishnaSen Ichchhuk Polytechnic Institute)

वैदेशिक रोजगारमा जानेहरुलाई सहायक टाइल मार्बल फिक्स्चर, इलेक्ट्रीसियन, हाउस पेन्टर, किचन हेल्पर र मेसनको नि:शुल्क तालिम दिनेगरी सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय र वैदेशिक रोजगार बोर्डबीच सम्झौता रहेको छ । दाङको घोराही उपमहानगरपालिकामा यो शिक्षालय अवस्थित छ । सो शिक्षालयका बारेमा थप जानकारीको लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
www.skipi.edu.np
 
नि:शुल्क तालिम सम्बन्धि थप जानकारीको लागि श्रम कल सेन्टरको नम्वर ११४१ मा सम्पर्क गर्न वा https://www.feb.gov.np मा गई जानकारी लिन सकिन्छ ।
 
Tags:-
१.टाइल मार्बल फिक्स्चर २. इलेक्ट्रीसियन ३. पेन्टर ४. स्टिल फिक्सर ५. वैदेशिक रोजगारमा जान चाहनेहरु
 
सेती प्राविधिक शिक्षालय (Seti Technical School)

वैदेशिक रोजगारमा जान चाहनेहरुलाई इलेक्ट्रीसियन, हाउस पेन्टर, जुनियर फर्निचर मेकर र मेसनको नि:शुल्क तालिम प्रदान गर्नेगरी सेती प्राविधिक विद्यालय र वैदेशिक रोजगार बोर्डबीच सम्झौता रहेको छ । यो शिक्षालय डोटीको दिपायल सिलगढी नगरपालिकामा अवस्थित छ । थप जानकारीको लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
www.stsdipayal.edu.np
 
नि:शुल्क तालिम सम्बन्धि थप जानकारीको लागि श्रम कल सेन्टरको नम्वर ११४१ मा सम्पर्क गर्न वा https://www.feb.gov.np मा गई जानकारी लिन सकिन्छ ।
 
Tags:-
१.सेती प्राविधिक विद्यालय २. इलेक्ट्रीसियन ३. जुनियर फर्निचर मेकर ४. नि:शुल्क तालिम ५. वैदेशिक रोजगार
 
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गतका नि:शुल्क सीपमुलुक तालिमहरु

सीप सिकेर वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि सुरक्षित आप्रवासन परियोजना (सामी) ले विभिन्न तालिम प्रदायक संस्थाहरुमा नि:शुल्क तालिम सञ्चालन गर्ने व्यवस्था गरेको छ । यस्तो तालिम लिनेहरुलाई तालिम अवधिभर खान, बस्न पनि नि:शुल्क हुन्छ । यस्तो तालिम लिन चाहनेहरुले तालिम लिन आउँदा नागरिकताको सक्कल प्रति र, पासपोर्ट/रशिदको सक्कल वा प्रष्ट बुझिने फोटोकपी लिएर आउनु पर्दछ ।
 
तालिम लिन चाहने व्यक्तिले आवेदन दिन http://shorturl.at/hjCO5 मा क्लीक गरी फारम भर्नुपर्दछ ।

Read More
कानून, नियम र नियमन

संविधान, ऐन, नियमावली तथा निर्देशिकाहरु

 

नेपालको संविधान

नेपालको संविधानको धारा ३३ मा रोजगारीको हक सम्बन्धि व्यवस्था छ । सो धारामा हरेक नागरिकलाई रोजगारीको, कामको छनौटको हक साथै नागरिकलाई कुनै पनि पेसा, रोजगार, उद्योग र व्यापार गर्ने स्वतन्त्रता र त्यसका लागि एक ठाउँबाट अर्को ठाउँमा घुमफिर गर्न पाउने स्वतन्त्रताको ग्यारेण्टी गरिएको छ । यसैगरि धारा ५१ (झ) मा श्रम र रोजगार सम्बन्धि निति अन्तर्गत वैदेशिक रोजगारको विषयमा व्यवस्था गरिएको छ । नेपालको संविधान, २०७२ पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
नेपालको संविधान – नेपाल कानून आयोग (lawcommission.gov.np)
 
Tags:-
१.नेपालको संविधान २०७२ २. रोजगारीको हक ३.  वैदेशिक रोजगार ४. रोजगारी ५. वैदेशिक रोजगार सम्वन्धि कानून
 

वैदेशिक रोजगार ऐन, २०६४

वैदेशिक रोजगार ऐन, २०६४ नेपालमा वैदेशिक रोजगारलाई व्यवस्थीत र नियमन गर्ने मुख्य कानुनी व्यवस्था हो । यस ऐनले वैदेशिक रोजगार सञ्चालन, व्यवस्थापन सम्वन्धि सम्पूर्ण व्यवस्था गरेको छ । सो ऐन पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
Ministry Of Labour, Employment and Social Security (moless.gov.np)
 

Tags:-
१.वैदेशिक रोजगार ऐन , २०६४ २. वैदेशिक रोजगारमा कसुर ३. वैदेशिक रोजगार नियमावली ४. वैदेशिक रोजगार र ठगि ५. दण्ड सजाय

 

वैदेशिक रोजगार नियमावली, २०६४

वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारलाई व्यवस्थीत गर्न गरेको व्यवस्था कार्यान्वयनका लागि बनाइएको यस नियमावलीले वैदेशिक रोजगारको इजाजत दिने प्रकृया, नियमनको व्यवस्था, श्रम स्वीकृति, तालिम, अभिमुखिकरण तालिम लगायतको व्यवस्था गरेको छ । सो नियमावली पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
Regulation | Department of Foreign Employment (dofe.gov.np)
 

Tags:-
१.वैदेशिक रोजगार ऐन , २०६४ २. वैदेशिक रोजगार नियमावली २०६४ ३. श्रम स्वीकृति ४. इजाजतपत्र ५. अभिमुखिकरण तालिम

 

स्थानिय सरकार सञ्चालन ऐन, २०७४

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा वैदेशिक रोजगारको व्यवस्थापन सम्वन्धमा पालिकाहरुको भूमिका सम्वन्धि व्यवस्था छ । सो ऐनको परिच्छेद ३ मा रहेको गाउँपालिका तथा नगरपालिकाको काम कर्तब्य र अधिकार अन्तर्गत दफा ११ को उपदफा २(थ) मा सो सम्वन्धि उल्लेख छ । थप जानकारीका लागि सो ऐन पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् । 
 
स्थानीय-सरकार-सञ्चालन-ऐन-२०७४.pdf (lawcommission.gov.np)
 

Tags:-
१.स्थानीय सरकार सञ्चालन ऐन, २०७४ २. वैदेशिक रोजगार र स्थानीय तह ३. वैदेशिक रोजगार र पालिकाहरु ४. वैदेशिक रोजगार ५. वैदेशिक रोजगार र सुचना
 

आप्रवासी कामदारका लागि नि:शुल्क परामर्श सेवा

वैदेशिक रोजगारमा नाममा वा वैदेशिक रोजगारका क्रममा कुनै ठगिमा परेमा त्यस्ता व्यक्तिले नि:शुल्क कानूनी सहायता प्राप्त गर्दछन् । नेपालमा केहि सामाजिक संघसंस्थाहरुले यस्तो नि:शुल्क कानूनी सहायता उपलव्ध गराउँछन् । मानव अधिकारका लागि जनमञ्च (पुपुल फोरम) ले उपलव्ध गराउने कानूनी सहायताका विषयमा थप जान्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
Free Legal Aid – People Forum for Human Rights Nepal
 

Tags:-
१.वैदेशिक रोजगार २. वैदेशिक रोजगारमा ठगि ३. कानूनी सहायता ४. नि:शुल्क कानुनी सहायता ५. पिपुल फोरम

 

वैदेशिक रोजगार र उजुरी सम्वन्धि व्यवस्था

वैदेशिक रोजगारीमा जानेहरुले नेपालमा हुँदा गरिएको करार बमोजिमको सुविधा गन्तव्य मुलुकमा पुगेपछि प्राप्त नभएमा वा भनिए भन्दा फरक काममा लगाएमा वैदेशिक रोजगार विभागमा उजुरी दिन पाउने कानूनी व्यवस्था छ । यसका बारेमा थप जान्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
Ministry Of Labour, Employment and Social Security (moless.gov.np)
 

Tags:-
१.काम तलव फरक २. वैदेशिक रोजगार ३. वैदेशिक रोजगारमा ठगि ४. रोजगारी ५. कसुर तथा दण्ड सजाय

 

गन्तव्य मुलुकको कानूनी व्यवस्था
 
इजराइलको श्रम कानून

इजरायलको श्रम कानूनले लिखित रोजगार करार सम्झौतालाई अनिवार्य गरेको छ । रोजगार करार सम्झौता श्रमिकले बुझ्ने भाषामा र हिब्रु भाषामा गरिएको हुनु पर्दछ । इजरायलको श्रम कानून, प्रायोजक परिवर्तन, रोजगार करार/सम्झौता, काम गर्ने समय, न्यूनतम ज्याला, बिदा, कार्यस्थलको विवाद सम्बन्धि थप जानकारी लिन वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १२२ देखि पृष्ठ १२७ सम्म अध्ययन गर्न सकिन्छ । सो सामग्री पिडिएफमा डाउनलोड गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 

Tags:-
१.काम तलव फरक २. नेपाली राजदुतावास ३. श्रम कानून ४. हिब्रु ५. वैदेशिक रोजगार बोर्ड

 
मलेसियाको श्रम कानून

मलेसियाको कानून अनुसार स्वदेशी र आप्रवासी श्रमिकका बीचमा भेदभाव गर्न पाइदैन । रोजगारदाता परिवर्तन, रोजगार करार, काम गर्ने समय, रोजगारदाता र श्रमिकबीच विवाद उत्पन्न भएमा त्यसको छिनोफानो गर्ने विधि कानूनमा नै तोकिएको छ । मलेसियाको श्रम सम्वन्धि कानूनका बारेमा जानकारी लिन चाहनुहुन्छ भनें वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १९७ देखि २०१ सम्म अध्ययन गर्नुहोस् । सो सामग्री पिडिएफमा डाउनलोड गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 

Tags:-
१.मलेसिया २. नेपाली राजदुतावास ३. श्रम कानून ४. सोक्सो ५. वैदेशिक रोजगार बोर्ड
 

कतारको श्रम कानून

कतारको श्रम कानूनले सो मुलुकमा काम गर्ने विदेशी श्रमिकलाई रोजगारदाताको नो अबजेक्सन लेटर विना नै निश्चित प्रकृया पुरा गरेर रोजगारदाता परिवर्तन गर्नसक्ने अधिकार दिएको छ । यसैगरी रोजगारदाताको अनुमति विना पनि स्वदेश फर्कन पाउने व्यवस्था छ । यसका लागि सम्बन्धित सरकारी निकाय मार्फत प्रक्रिया गर्नु पर्दछ । कतारमा रोजगारदाता परिवर्तन, रोजगार करार, काम गर्ने समय, न्यूनतम ज्याला तथा तलव र बिदा लगायतका विषयहरु वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १५५ देखि १५९ सम्म समेटिएको छ । सो सामग्री पिडिएफमा डाउनलोड गरेर अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 

Tags:-
१.कतार २. नेपाली राजदुतावास दोहा ३. कतारको कानून ४. वैदेशिक रोजगार बोर्ड ५. आइएलो
 
 
साउदी अरवको श्रम कानून

साउदी अरवमा हाल कार्यन्वयनमा रहेको श्रम कानून सन् २००५ मा लागु भएको हो । साउदी अरवले सन् २०२१ देखि कफाला प्रणालीमा सुधार गर्दै निश्चित प्रक्रियाहरू पूरा गरेर तथा निश्चित क्षेत्रमा काम गर्ने श्रमिकहरूले रोजगारदाता परिवर्तन गर्न पाउने तथा मुलुक छोडेर बाहिर पाउने व्यवस्था गरेको छ । सो मुलुकको श्रम कानूनको दफा ३८ ले रोजगारदाताले श्रम स्वीकृतिमा उल्लेख भएको बाहेकको काममा श्रमिकलाई काम लगाउन नपाउने व्यवस्था गरेको छ । 
 
वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १५९ देखि १६४ सम्म साउदी अरवको श्रम ऐन विषयमा थप जानकारीहरु उपलव्ध छ । सो सामग्री अध्ययन गर्न तलको लिंकबाट पिडिएफ डाउनलोड गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 
Tags:-
१.साउदी २. नेपाली राजदुतावास रियाद ३. पिएनसिसी ४. वैदेशिक रोजगार बोर्ड ५. कफला प्रणाली
 
कुवेतको श्रम कानून

कुवेतको हाल कार्यन्वयनमा रहेको श्रम कानून विगतका विभिन्न श्रमसम्वद्ध कानूनहरूलाई संशोधन गर्दै सन् २०१० देखि लागु भएको हो । आप्रवासी श्रमिकले पहिलो रोजगार करार/सम्झौता पूरा गरेपछि वा तीन वर्षसम्म लगातार एउटै रोजगारदाता/प्रायोजकको लागि काम गरेपछि मात्र प्रायोजक परिवर्तन गर्न पाउने व्यवस्था छ । तर घरेलु श्रमिकको हकमा भने यो व्यवस्था लागु हुँदैन । कुवेतको श्रम कानूनले दैनिक काम गर्ने समय ८ घण्टा र साप्ताहिक ४८ घण्टा तोकेको छ । यसैगरी रमादानको महिनामा भने काम गर्ने समय साप्ताहिक ३६ घण्टा तोकेको छ ।
 
वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १४५ देखि १४९ सम्म कुवेतको श्रम ऐनको विषयमा थप जानकारीहरु उपलव्ध छ । सो सामग्री अध्ययन गर्न तलको लिंकबाट पिडिएफ डाउनलोड गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 

Tags:-
१.कुवेत २. नेपाली राजदुतावास कुवेत ३. श्रम ऐन ४. स्वास्थ्य उपचार ५. कल्याणकारी कोष
 
ओमानको श्रम कानून

ओमानको हाल कार्यन्वयनमा रहेको श्रम कानून सन् २०१२ मा लागु भएको हो । यो कानूनले घरेलु श्रमिकहरू (घरभित्रको काम गर्ने, सवारी चालक, माली लगायत) काम गर्नेहरूलाई समेट्दैन । श्रमिकको सबै कानुनी तथा सामाजिक उत्तरदायित्व रोजगारदाता र प्रायोजकमा निहित रहने भएकाले तोकिएको करार अवधि भित्र रोजगारदाता/प्रायोजकको अनुमति विना तोकिएको भन्दा फरक रोजागारदाताका लागि काम गर्न ओमानको कानूनले निषेध गरेको छ । काम गर्ने समय, रोजगारदातासँग वेमेल भएमा के कस्तो कानूनी व्यवस्था छ भन्ने जानकारीका लागि वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १५० देखि १५४ सम्म अध्ययन गर्न सक्नुहुन्छ । सो सामग्री पिडीएफमा अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 

Tags:-
१.ओमान २. घरेलु श्रमिक ३. श्रम कानून ४. प्रायोजक परिवर्तन ५. नि:शुल्क सीप तालिम
 
युएईको श्रम कानून

युएईको परिवर्तित श्रम कानून अनुसार श्रमिकलाई इच्छाविपरीत रोजगारदाताले काममा लगाउन पाउँदैनन् । कामप्रति चित्त नबुझेको खण्डमा श्रमिकले स्वदेश नफर्की अर्को रोजगारदातासँग करारपत्र सम्झौता गरी काम गर्न पाउने व्यवस्था छ । तर ६ महिनाभित्र कम्पनी परिवर्तन गर्नुपरेमा भने एक महिनाअघि नै सूचना दिनुपर्ने व्यवस्था छ । ६ महिना पूरा गरेका श्रमिकले दुई साताको पूर्वसूचना दिई कम्पनी परिवर्तन गर्न पाउछन् । करार अवधि समाप्त भएपछि रोजगारदाताले श्रमिकको इच्छाविपरीत स्वदेश पठाउन पाउने छैनन । पुरानो कम्पनीसँगको करार अवधि समाप्त भएपछि श्रमिकले आफ्नो क्षमताअनुसार नयाँ रोजगारदाता खोजेर काम गर्न पाउँछन् । थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
 यूएईमा नयाँ श्रम कानुन (ceslam.org)

 

Tags:-
१.युएई २. नेपाली राजदुतावास अबुधाबी ३. श्रम कानून ४. भिजिट भिसा ५. कतार
 
बहाराइनको श्रम कानून

श्रम बजारलाई नियमन गर्ने गरी बहराईन सरकारले सन् २००६ मा Labor Market Regulatory Authority (LMRA) कार्यान्वयनमा ल्याएको छ । सन् २०१७ मा Flexi Permit भन्ने नयाँ व्यवस्था लागु भयो जसले आप्रवासी श्रमिकहरूलाई स्वतन्त्र रूपमा एक भन्दा बढि रोजगारदाताकोमा काम गर्न सक्ने प्रावधानको व्यवस्था गरिएको छ । बहराईनको श्रम कानून अनुसार अन्य जुनसुकै भाषामा करार अनुवाद गरिए तापनि अरवी भाषामा गरिएको करारलाई नै आधिकारिक मान्यता दिईन्छ । रोजगार करार सम्झौता लिखित रूपमा गरिएको हुनुपर्दछ ।
 
वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १४० देखि १४४ सम्म बहराइनको श्रम कानून सम्बन्धि चर्चा गरिएको छ । सो सामग्री अध्ययन गर्न तलको लिंकबाट पिडिएफ डाउनलोड गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 

Tags:-
१.बहराइन २. कफला प्रणाली ३. श्रम स्वीकृति ४. फ्लेक्सी पर्मिट ५. Labor Market Regulatory Authority (LMRA)
 
जोर्डनको श्रम कानून

जोर्डनले सन् १९९६ मा औपचारिक क्षेत्रलाई लक्षित गरि श्रम कानून ल्याएको थियो जसमा घरेलु, कृषि लगायतका क्षेत्रमा काम गर्ने श्रमिकलाई समेटिएको थिएन । सन् २००२, सन् २००८ तथा सन् २०१९ मा श्रम कानून संशोधन गरि श्रमिकका विविध पक्षहरूलाई सम्बोधन गर्ने प्रयास गर्ने गरी संशोधित ऐन ल्याएको छ ।

काम गर्ने समय, रोजगारदातासँग वेमेल भएमा त्यसको समाधान गर्ने कानूनी व्यवस्था के छ लगायतका जानकारीहरु वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १७९ देखि १८५ सम्म समेटिएको छ । सो सामग्री अध्ययन गर्न तलको लिंकबाट पिडिएफ डाउनलोड गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 

Tags:-
१.जोर्डन २. श्रमिक ३. स्वास्थ्य र उपचार ४. गार्मेण्टको काम ५. वैदेशिक रोजगार बोर्ड
 
दक्षिण कोरियाको श्रम कानून

दक्षिण कोरियाले श्रमिकको हक, अधिकार र संरक्षण गर्नको लागि सन् २०२१ मा श्रम ऐन जारी गरेको छ । सो ऐनले ज्याला, काम गर्ने घण्टा, बिदा जस्ता मापदण्डहरू तोकेको छ । श्रमिकहरुको आधारभूत जीविकोपार्जनको सुनिश्चितता र सुधारको लागि कानुनी आधारहरु रहेका छन् ।
साप्ताहिक बिदा, अवकाश समय, ज्याला, बर्खास्तीको अग्रिम सूचना, सेवानिवृत्ति लाभहरू सम्बन्धि थप जानकारी अंग्रेजी भाषामा पढ्न चाहनुहुन्छ भनें
https://www.moel.go.kr/english मा क्लीक गर्नुहोस् । 
 

Tags:-
१.दक्षिण कोरिया २. नेपाली राजदुतावास दक्षिण कोरिया ३. स्वास्थ्य र उपचार ४. इपिएस ५. वैदेशिक रोजगार बोर्ड

 

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुन:एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७९

वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुले वैदेशिक रोजगारीको क्रममा आर्जन गरेको पुँजी, सीप, प्रविधि र अनुभव नेपालमा नै उद्धमशीलताको विकास तथा सीपको प्रवद्र्वनमा उपयोग गर्ने उद्धेश्यले सरकारले निर्देशिका बनाएको छ । सो निर्देशिका पुरा पढ्न तलको लिङ्कमा क्लीक गर्नुहोस् ।
 
https://www.feb.gov.np/extra_upload/62cec56dc5bdb_reintegration.pdf 
 

Tags:-
१.वैदेशिक रोजगारी २. पुन:एकीकरण निर्देशिका ३. सीपको प्रवद्वन ४. सामाजिक तथ्य आर्थिक पुन:एकीकरण ५. वैदेशिक रोजगारीबाट फर्केका श्रमिक
 

फ्री भिसा, फ्री टिकटको नीति

नेपाल सरकारले २०७२ साल देखि फ्री भिसा, फ्री टिकटको नीति कार्यन्वयनमा ल्याएको छ । सो नीतिले रोजगारीका लागि मलेसिया र खाडी मुलुकहरुमा जाने श्रमिकहरुको हवाई टिकट तथा भिसाको शुल्क श्रमिकसँग लिन नपाइने व्यवस्था गरेको छ । सो नीति पछि नेपालले मलेसिया र संयुक्त अरव इमिरेट्स (युएई) सँग गरेको श्रम समझदारी अनुसार श्रमिकको सम्पूर्ण लागत खर्च रोजगारदाताले व्यहोर्नु पर्दछ । खाडीका अन्य मुलुकहरुमा श्रमिक पठाउँदा रोजगारदाताबाट सेवा शुल्क नपाएको भएमा नेपालका मेनपावर कम्पनीहरुले श्रमिकसँग बढीमा १० हजार लिन पाउने कानुनी व्यवस्था छ । थप जानकारीको लागि तलको लिङ्कमा क्लीक गर्नुहोस् ।
 
https://www.ceslam.org/news/free-visa-free-ticket-nitile-parne 
 

Tags:-
१.फ्री भिसा, फ्री टिकट २. शुल्क ३. रोजगारदाता ४. मेनपावर ५. मलेसिया
 

कतार भिसा सेन्टर

रोजगारीका लागि कतार जाने श्रमिकको रोजगार करार, स्वास्थ्य परीक्षण लगायत भिसा प्रकृया सम्वन्धि आवश्यक काम गर्ने उद्धेश्यले काठमाडौंमा कतार भिसा सेण्टर सञ्चालनमा छ । थप जानकारीका लागि कतार भिसा सेन्टरको वेभसाइट QVC | Qatar Visa Center   मा हेर्नुहोस् । 
 

Tags:-
१.कतार भिसा सेन्टर २. भिसा प्रोसेसिङ्ग ३. नेपाली श्रमिकहरुको तथ्यांक ४. सेवाग्राही ५. सरकारी प्रकृया

Read More
उत्पत्तिको देश

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

नेपालमा श्रमसँग सम्वन्धित विषयका कानुन तथा नितिहरु बनाउने र तिनिहरूको प्रभावकारी कार्यान्वयन गर्ने/गराउने जिम्मेवारी प्राप्त सरकारी निकाय हो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय । वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनु तथा वैदेशिक रोजगारीबाट आर्जित सीप, प्रविधि र पुँजीको उपयोगबाट आन्तरिक रोजगारी प्रवर्द्धन गर्नु पनि यस मन्त्रालयको जिम्मेवारी हो। वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने कार्यमा संलग्न सरकारी निकायहरु वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड यस मन्त्रालय मातहतका मुख्य निकायहरू हुन् ।
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वेबसाइट https://moless.gov.np बाट तपाईले थप जानकारी पाउन सक्नुहुन्छ ।  
 

Tags:-
१.श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय  २. वैदेशिक रोजगार विभाग ३.  रोजगारी ४. वैदेशिक रोजगार बोर्ड ५. वैदेशिक रोजगार
 

वैदेशिक रोजगार विभाग

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको निकाय हो वैदेशिक रोजगार विभाग । यस विभागले रोजगारीका लागि विदेश जाने व्यक्तिहरुलाई श्रम स्वीकृति दिने, वैदेशिक रोजगारमा पठाइदिने नाममा गलत काम गर्ने व्यक्ति वा संस्था (बोलिचालिको भाषामा मेनपावर कम्पनी) लाई कारवाही गर्ने, श्रमिकको उजुरी लिने र अनुसन्धान गरी पीडितलाई न्याय दिलाउनेसम्मको काम गर्दछ । विभागको अनुसन्धानबाट किनारा नलागेका उजुरीहरुलाई यस विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा पठाउने गर्दछ ।
 
अनलाइन मार्फत गुनासो दर्ता गर्ने सुविधा पनि यस विभागले उपलव्ध गराएको छ ।
(श्रम कल सेन्टर | श्रम कल सेन्टर)
 
वैदेशिक रोजगार विभागको वेभसाइट https://dofe.gov.np/ बाट तपाईले यस विभागका बारेमा थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।
 

Tags:-
१.मेनपावर कम्पनी  २. वैदेशिक रोजगार विभाग ३.  श्रम स्वीकृति ४. वैदेशिक रोजगार न्यायाधिकरण ५. उजुरी
 

वैदेशिक रोजगार बोर्ड

वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई सुचना, जानकारी प्रदान गर्ने, श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकको श्रम स्वीकृतिको अवधिभित्र दुर्घटनामा परेर अङ्गभङ्ग भएमा वा गम्भीर विरामी परेमा त्यस्ता व्यक्तिलाई वा मृत्यु भएमा सम्वन्धित परिवारका हकवालालाई यस बोर्डले आर्थिक सहायता उपलव्ध गराउँछ । हाल वैदेशिक रोजगारका क्रममा मृत्यु भएका व्यक्तिका परिवारले बोर्ड मार्फत रु. ७ लाख प्राप्त गर्दछन् । यसैगरी अङ्गभङ्ग भएमा वा गम्भीर विरामी परेमा क्षतिको प्रकृति अनुसार रु. ७ लाखसम्म प्रदान गर्दछ । रोजगारीका क्रममा विदेशमा मृत्यु भएका व्यक्तिको शवलाई नेपालको विमानस्थलदेखि निजको घरसम्म नि:शुल्क पुर्याउने व्यवस्था पनि बोर्डले गर्दै आएको छ ।वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएको/अङ्गभङ्ग भएको/गम्भीर बिरामी परेको श्रमिकको विद्यालयतहमा पढ्ने छोराछोरीलाई तोकिएको छात्रवृत्ति रकम पनि यस बोर्डले उपलव्ध गराउँदछ ।
 
वैदेशिक रोजगार बोर्डको वेभसाइट https://feb.gov.np/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
 

Tags:-
१.वैदेशिक रोजगार बोर्ड २. आर्थिक सहायता ३. शव ढुवानी ४. श्रम स्वीकृति ५. सुचना
  

वैदेशिक रोजगार न्यायाधिकरण

वैदेशिक रोजगारसँग सम्वन्धित मुद्धाहरु मध्ये वैदेशिक रोजगार विभागबाट छिनोफानो हुन नसकेका मुद्धाहरुको सुनुवाई गरी फैसला दिने काम वैदेशिक रोजगार न्यायाधिकरणले गर्दछ । कसैले अनुमति नलिइ वैदेशिक रोजगार व्यवसाय गरेमा वा श्रमिक विदेश पठाएमा, सरकारले रोजगारीमा जान पाउने गरी खुल्ला नगरेका मुलुकमा कसैलाई पठाएमा वा नाबालिकलाई वैदेशिक रोजगारमा पठाएमा लगायतका तोकिएका मुद्धाहरु यस न्यायाधिकरणले हेर्ने गर्दछ । त्यस्तो काम गर्ने व्यक्ति वा संस्था विरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिनु पर्दछ । विभागले अनुसन्धान गरी यस न्यायाधिकरणमा अभियोग पत्र पेश गर्दछ । वैदेशिक रोजगारसँग सम्वन्धित मुद्धा सरकारवादी मुद्धा हुने भएका कारण सरकारी वकिलले मुद्धा लड्दछन् ।
 
वैदेशिक रोजगार न्यायाधिकरणका बारेमा https://fet.gov.np/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ । 
 

Tags:-
१.वैदेशिक रोजगार न्यायाधिकरण २. मुद्धा ३. न्यायाधिकरण ४. सरकारवादी मुद्धा ५. नाबालिक
 

राष्ट्रिय मानव अधिकार आयोग

नेपालमा स्वतन्त्र संवैधानिक निकायका रूपमा राष्ट्रिय मानवअधिकार आयोगको स्थापना सन् २००० मा भएको हो । आयोगले सुरक्षित वैदेशिक रोजगारका लागि सरकारलाई सिफारिस गर्ने, वैदेशिक रोजगार तथा मानव बेचबिखनका सम्बन्धमा अध्ययन अनुसन्धानगरी प्रतिवेदन प्रकाशन गर्ने र विभिन्न गन्तव्य मुलुकस्थित मानव अधिकार आयोगहरुसँग सो मुलुकमा काम गरिरहेका नेपाली आप्रवासी श्रमिकहरूको मानव अधिकार रक्षाका लागि दुई पक्षीय सम्झौता गर्ने लगायतका काम गर्दछ । राष्ट्रिय मानवअधिकार आयोगको बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://www.nhrcnepal.org/
 
Tags:-
१.वैदेशिक रोजगार २. मानव अधिकार ३. न्यायाधिकरण ४. वैदेशिक रोजगार ५. मानव बेचबिखन
 
मानव बेचबिखन अनुसन्धान ब्यूरो

मानव बेचबिखन अनुसन्धान ब्यूरो मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी अपराध नियन्त्रण गर्न स्थापित नेपाल प्रहरीको एउटा विशिष्टिकृत ईकाई हो । वि. सं. २०७५ सालमा स्थापना गरिएको ब्यूरोले मानव बेचबिखनसँग सम्बन्धीत अपराधको अनुसन्धान गर्ने र त्यस्तो कसुर हुन नदिन आवश्यक व्यवस्था मिलाउने गर्दछ । ब्यूरोको बारेमा थप जानकारी लिनका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://ahtb.nepalpolice.gov.np/
 

Tags:-
१.मानव बेचबिखन अनुसन्धान ब्यूरो २. अपराध ३. मानव बेचबिखन ४. ओसारपसार ५. नेपाल प्रहरी

 

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (NNSM)

श्रम आप्रवासनका क्षेत्रमा काम गर्ने नेपालका गैरसरकारी संस्थाहरूको छाता संगठन हो सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल । यो सञ्जाल वि. सं. २०६५ सालमा स्थापना भएको हो । यस सञ्जालले वैदेशिक रोजगारलाई सुरक्षित, उपलव्धीमूलक बनाउन, श्रमिकको पक्षमा नितिगत व्यवस्थाका लागि पहल, पैरवी, अभियान सञ्चालन लगायतका काम गर्दछ । सञ्जालका बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् 
 
https://nnsmnepal.org/
 

Tags:-
१.सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल २. वैदेशिक रोजगार ३. सुरक्षित वैदेशिक रोजगार ४. आप्रवासन ५. नेपाली आप्रवासी श्रमिक

 

महिला बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल (एटविन)

महिला बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल (एटविन) गैरसरकारी संस्थाहरूको राष्ट्रियस्तरको छाता संगठन हो । यस संस्थाले महिला र बालबालिकाहरुको मानव अधिकारमा केन्द्रित रहेर मानव बेचबिखन विरुद्धको अभियान र मानव अधिकारलाई बलियो बनाउने लगायतका काम गर्दछ । एटविनका बारेमा थप जानकारी तथा सम्पर्कका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://aatwin.org.np/
 

Tags:-
१.एटविन २. महिला तथा बालबालिका ३. बेचबिखन ४. मानव अधिकार ५. अभियान

 

प्रवासी नेपाली समन्वय समिति (PNCC)

प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत गैरसरकारी सामाजिक संस्था हो । यस संस्थाले विशेषगरी खाडी मुलुकहरू तथा मलेशियामा अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरूको उद्दार गर्ने काम गर्दछ । यस संस्थाले वैदेशिक रोजगारबाट काठमाडौं आइपुगेका र आवासको व्यवस्था नभएका व्यक्तिलाई अल्पकालिन (केहि दिनका लागि) काठमाडौंमा आवास सेवा प्रदान गर्दछ । यस संस्थाका कर्मचारीहरु कतार र मलेसियामा पनि छन् । उनीहरुले ति मुलुकमा समस्यामा परेका नेपाली श्रमिकलाई आवश्यक सहयोग गर्दछन् । 

 पिएनसीसीका बारेमा जानकारी र सम्पर्कका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://pncc.org.np/
 

Tags:-
१.प्रवासी नेपाली समन्वय समिति २. खाडी मुलुक ३. उद्धार ४. आवास सेवा ५. वैदेशिक रोजगारी

 

मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम)

मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) वैदेशिक रोजगारको नाममा वा क्रममा ठगिमा परेका श्रमिकहरुलाई नि:शुल्क कानुनी सहायता प्रदान गर्ने गैरसरकारी संस्था हो । यस संस्थाले ठगि वा समस्यामा परेका व्यक्तिहरुलाई वैदेशिक रोजगार विभागमा मुद्धा दर्ता लगायतका प्रकृयामा नि:शुल्क सहयोग प्रदान गर्दछ । पिपुल फोरमका बारेमा थप जान्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://peopleforum.org.np/
 

Tags:-
१.पिपुल फोरम २. कानुनी सहायता ३. नि:शुल्क कानुनी सहायता ४. ठगी ५. वैदेशिक रोजगारी

 

पौरखी नेपाल

पौरखी नेपाल वैदेशिक रोजगारबाट फर्केका महिलाहरुले स्थापना गरेको गैरसरकारी संस्था हो । यस संस्थाले वैदेशिक रोजगारको क्रममा रहँदा समस्यामा परेका महिला श्रमिकलाई नि:शुल्क कानुनी सेवा तथा परामर्श प्रदान, वैदेशिक रोजगारका क्रममा अलपत्र परेका महिला श्रमिकलाई सुरक्षित रुपमा स्वदेश फर्काउने कार्यमा समन्वय र सहयोग तथा नेपाल फर्केका महिला श्रमिकलाई आवश्यकताका आधारमा सुरक्षित आवास गृह सेवा उपलब्ध गराउँदछ । पौरखी नेपालको बारेमा थप जानकारी तथा सम्पर्कका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://pourakhi.org.np/
 

Tags:-
१.पौरखी नेपाल २. कानुनी सेवा ३. आवास गृह ४. महिला आप्रवासी श्रमिक ५. वैदेशिक रोजगारी

 

आप्रवासी महिला कामदार समूह नेपाल (AMKAS Nepal)

वैदेशिक रोजगारबाट फर्केका महिलाहरूले स्थापना गरेको गैरसरकारी सामाजिक संस्था हो आप्रवासी महिला कामदार समूह (आमकास) नेपाल । । वैदेशिक रोजगारका क्रममा समस्यामा परेर स्वदेश फर्केका वा फर्काइएका महिला श्रमिकहरूका लागि यस संस्थाले काठमाडौंमा सुरक्षित आवास गृह सञ्चालन गर्दै आएको छ । साथै वैदेशिक रोजगारको क्रममा अलपत्र परेका महिला श्रमिकलाई सुरक्षित रुपमा स्वदेश फर्काउन सहयोग तथा समन्वय, नि:शुल्क कानुनी सेवा तथा परामर्श प्रदान गर्दछ । आप्रवासी महिला कामदार समूहका बारेमा थप जानकारी तथा सम्पर्कका लागि तलको लिंकमा क्लीक गर्नुहोस् । 
 
आमकास नेपालको बारेमा थप जानकारी हासिल गर्न तथा सम्पर्क गर्न तलको लिंक क्लीक गर्नुहोस् 
 
https://amkas.org.np/ 
 
Tags:-
१.आमकास  नेपाल २. निःशुल्क कानुनी सेवा ३. आवास गृह ४. महिला आप्रवासी श्रमिक ५. वैदेशिक रोजगारी

 

माइती नेपाल

बालबालिका तथा महिलामाथि हुने बेचबिखन लगायतका हिंसा र शोषणविरुद्धको क्षेत्रमा काम गर्ने सामाजिक संस्था हो माइती नेपाल । यस संस्थाले बेचबिखनमा परेकाहरुको उद्धार, पुनर्स्थापना, परामर्श तथा उनीहरुलाई नि:शुल्क कानूनी सहायता उपलव्ध गराउँदै आएको छ । माइती नेपालका बारेमा थप जान्न वा सम्पर्कका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://maitinepal.org/
 

Tags:-
१.माइती नेपाल २. निःशुल्क कानुनी सहायता ३. उद्धार ४. बेचबिखन ५. महिला

 

महिला पुनर्स्थापना केन्द्र (ओरेक नेपाल)

महिला पुनर्स्थापना केन्द्र (ओरेक नेपाल) महिला अधिकार र सामाजिक न्यायको सुनिश्चितताको पक्षमा काम गर्ने गैरसरकारी सामाजिक संस्था हो । महिलाको गतिशिलता र मर्यादित कामको अधिकार, सुरक्षित वैदेशिक रोजगार तथा मानव बेचबिखनका विरुद्धमा यस संस्थाले अभियानहरु सञ्चालन, नितिगत वहसहरु सञ्चालन गर्ने गर्दछ । सवै प्रकारका हिंसा प्रभावित महिला (वैदेशिक रोजगारका क्रममा हिंसामा परेर फर्केका महिलाहरू समेत) का लागि यस संस्थाले काठमाडौं र अन्य केही जिल्लाहरुमा सुरक्षित आवास गृह सञ्चालन गर्दै आएको छ । ओरेक नेपालका बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://www.worecnepal.org/  
 

Tags:-
१.ओरेक नेपाल २. मर्यादित काम ३. बेचबिखन ४. महिला ५. वैदेशिक रोजगार

 

महिला, कानुन र विकास मञ्च (FWLD)

महिला, कानून र विकास मञ्च (एफडव्लुएलडी) गैरसरकारी सामाजिक संस्था हो । यस संस्थाले सुरक्षित वैदेशिक रोजगार र मानव अधिकारको रक्षाका लागि कानुन तथा निति निर्माणका लागि वहस पैरवी गर्दछ । यसैगरी मानव बेचविखन विरुद्ध जनचेतना अभिवृद्धि, न्याय प्राप्तिका लागि पीडितलाई सहयोग गर्दै आएको छ । यस संस्थाले वैदेशिक रोजगारको नाममा वा वैदेशिक रोजगारको क्रममा ठगिमा परेकाहरू तथा बेचबिखन प्रभावितहरुलाई नि:शुल्क कानुनी सहायता उपलव्ध गराउँदछ । महिला, कानून र विकास मञ्चको बारेमा थप जान्न वा सम्पर्क गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://fwld.org/
 

Tags:-
१.महिला, कानून र विकास मञ्च २. निःशुल्क कानुनी सहायता ३. बेचबिखन ४. मानव अधिकार ५. वैदेशिक रोजगार

 

एबीसी नेपाल

गैरसरकारी सामाजिक संस्था एविसी नेपालले स्थापनाकालदेखि नै मानव बेचबिखनको विरुद्धमा आवाज उठाउने, कानुन निर्माण तथा सुधारका लागि नीतिगत पैरवी, जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस संस्थाले काठमाडौं, विराटनगर तथा भैरहवामा गरी तीनवटा ट्राञ्जिट होम (अल्पकालिन आवास गृह) सञ्चालन गर्दछ । बेचबिखनमा परेका, वैदेशिक रोजगारबाट समस्यामा परेर फर्केका महिलाले ती ट्राञ्जिट होममार्फत आवासको सेवा प्राप्त गर्न सक्दछन् । थप जानकारी तथा एविसी नेपालमा सम्पर्कका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
http://abcnepal.org.np/wp/
 

Tags:-
१.एबीसी नेपाल २. आवास गृह ३. बेचबिखन ४. पैरवी ५. वैदेशिक रोजगार

 

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) – नेपाल

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) सरकार, रोजगारदाता र श्रमिकलाई एक थलोमा ल्याउने त्रिपक्षीय संयुक्त राष्ट्र संघीय निकाय हो | यसले  मर्यादित काम, सुरक्षित कार्यस्थल आदिलाई प्रवर्द्धन गर्ने उद्देश्य सहित काम गर्दछ । हालसम्म संसारका १८७ वटा राष्ट्रहरूमा यस निकायले काम गरिरहेको छ । नेपालमा पनि वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित बनाउन तथा वैदेशिक रोजगारमा हुने श्रमिक भर्ना प्रक्रियालाई स्वच्छ, निष्पक्ष बनाउन यस संस्थाले अध्ययन अनुसन्धानको माध्यमबाट सरोकारवालाहरूसँग समन्वय र सहकार्य गरिरहेको छ ।
 
आईएलओ नेपालका बारेमा
https://www.ilo.org/kathmandu/lang–en/index.htm बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
 

Tags:-
१.अन्तर्राष्ट्रिय श्रम संगठन २. रोजगारदाता ३. संयुक्त राष्ट्र संघ ४. वैदेशिक रोजगार ५. सुरक्षित कार्यस्थल

 

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (IOM) – नेपाल

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (IOM) १७५ सदस्य राष्ट्रहरू र १०० भन्दा बढी देशहरूमा कार्यरत छ । व्यवस्थित आप्रवासनलाई प्रवर्द्धन गर्नु यसको एउटा काम हो । नेपालमा सन् २००६ देखि आईओएम कार्यरत छ ।
 
आईओएम नेपालका बारेमा
https://nepal.iom.int/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
 

Tags:-
१.आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन २. व्यवस्थित आप्रवासन ३. संयुक्त राष्ट्र संघ ४. वैदेशिक रोजगार ५. जीसीएम

 

देश परदेश डट कम

देश परदेश डट कम नेपालीको सीप, समृद्धि र सुरक्षित वैदेशिक रोजगारीमा समर्पित डिजिटल पत्रिका हो । यसमा रोजगारीका लागि आवश्यक पर्ने सीप, त्यस्तो सीप सिक्ने स्थानहरू तथा सीप सिकेपछि प्राप्त हुने अवसरका बारेमा जानकारी समेटिने गर्दछ ।
 
देश परदेश डट कमका बारेमा
https://www.deshparadesh.com/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
 

Tags:-
१.देश परदेश २. अवसर ३. डिजिटल पत्रिका ४. वैदेशिक रोजगार ५. सीप

 

उज्यालो

उज्यालो रेडियो नेटवर्कले देश परदेश नामको रेडियो कार्यक्रम सञ्चालन गर्ने गर्दछ । यसले सञ्चालन गर्ने उज्यालो अनलाइनले पनि वैदेशिक रोजगारसँग सम्वन्धित विषयमा सुचना, समाचार, लेखहरु प्रकाशन गर्ने गर्दछ ।
 
 https://ujyaaloonline.com/desh-pradesh/  बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
 

Tags:-
१.उज्यालो २. देश परदेश ३. रेडियो ४. वैदेशिक रोजगार ५. अनलाइन समाचार

 

सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी (सेस्लम)

सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी (सेस्लम), सोशल साइन्स बहाः, काठमाडौं अन्तर्गत सन् २०११ मा स्थापित अनुसन्धान केन्द्र हो । यसले श्रम आप्रवासनका बारेमा अध्ययन अनुसन्धान गर्दछ |
 
सेस्लमका बारेमा
https://www.ceslam.org/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
 

Tags:-
१.सेस्लम २. सोशल साइन्स बहाः ३. श्रम आप्रवासन ४. अनुसन्धान ५. लेबर एन्ड मोबिलिटी
 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

महिला, बालबालिका तथा समाज कल्याण सम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने सरकारी निकाय हो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय । यस मन्त्रालयले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण शाखा, लैंगिक हिंसा निवारण शाखा लगायतको माध्यमबाट बेचबिखन विरुद्धका कार्यक्रमहरू सञ्चालन तथा समन्वय गर्नुका साथै घरेलु हिंसाबाट प्रभावित महिलाहरूका लागि सुरक्षित अल्पकालिन आश्रय सहितका सेवा केन्द्रहरू तथा मानव बेचबिखनबाट प्रभावितहरूका लागि पुनर्स्थापना केन्द्र सञ्चालनका लागि समन्वयकारी काम गर्दछ ।
 
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको वेबसाइट
https://mowcsc.gov.np/ बाट तपाईले थप जानकारी पाउन सक्नुहुन्छ ।   
 

Tags:-
१.महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय २. मानव बेचबिखन ३. अल्पकालिन आश्रय ४. पुनर्स्थापना केन्द्र ५. लैंगिक हिंसा

 

कन्सुलर सेवा विभाग

परराष्ट्र मन्त्रालय मातहतको सरकारी निकाय हो कन्सुलर सेवा विभाग । नेपाल भन्दा बाहिर विभिन्न पेशा व्यवसाय गरिरहेका नेपाली नागरिकहरूलाई आवश्यक पर्ने कानूनी सहयोग, क्षतिपूर्ति तथा बीमा रकम कानूनी हकदारलाई दिलाउने, अलपत्र परेका नेपालीहरूको उद्धार, मृत्यु भएका नेपालीको शव नेपाल झिकाउने जस्ता काममा यस विभागले विदेशस्थित नेपाली नियोगहरूसँग आवश्यक समन्वय गर्ने काम गर्दछ । यसैगरी विदेशमा पेश गर्ने प्रयोजनको लागि नेपाली नागरिकलाई सरकारी निकायबाट जारी गरिएका कागजातको कन्सुलर प्रमाणीकरण गर्ने काम पनि यस विभागले गर्दछ ।
 
कन्सुलर सेवा विभागका बारेमा
https://nepalconsular.gov.np/np/ लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
 

Tags:-
१.परराष्ट्र मन्त्रालय २. कन्सुलर सेवा विभाग ३. कानूनी सहयोग ४. बीमा ५. प्रमाणीकरण

 

अध्यागमन विभाग

अध्यागमन विभाग गृह मन्त्रालय मातहतको सरकारी निकाय हो | नेपाली नागरिक विदेश जाने र आउने विषयलाई व्यवस्थित गर्ने काम यस विभागले गर्दछ । राहदानी वा भिषा जाली भएमा, भ्रमणको उद्धेश्य विपरित श्रम गर्ने उद्धेश्यले विदेश जान खोजेको पाइएमा, मानव तस्करी तथा बेचबिखनको जोखिममा पर्ने देखिएमा लगायतका अवस्थामा यस विभागले नेपाली नागरिकलाई विदेश प्रस्थानको अनुमति दिँदैन |
 
अध्यागमन विभागका बारेमा
https://www.immigration.gov.np/ लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
 
Tags:-
१.गृह मन्त्रालय २. अध्यागमन विभाग ३. अध्यागमन कार्यालय ४. त्रिभुवन विमानस्थल ५. मानव तस्करी तथा बेचबिखन
 

स्थानीय पालिका

मुलुकमा संघीय संरचना लागू भएपश्चात स्थानीय तह (गाउँपालिका/नगरपालिका) लाई समेत वैदेशिक रोजगार सम्बन्धी विषयमा काम गर्ने गरी केही जिम्मेवारी तोकिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार वैदेशिक रोजगार सम्बन्धी सूचना सम्प्रेषण, तथ्याङ्क संकलन, सीपमूलक तालिम सञ्चालन, विदेशमा सिकेको सीप उपयोग लगायतका विषयमा काम गर्ने जिम्मेवारी पालिकाहरूको हो । यससम्वन्धी जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
वैदेशिक रोजगार व्यवस्थापनमा स्थानीय सरकारको दायित्व | देश परदेश Desh Paradesh
 
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ पूरा पढ्न चाहनुहुन्छ भनें  https://shorturl.at/hjlQT मा क्लिक गरी हेर्न सकिन्छ |
 

Tags:-
१.संघीय संरचना २. स्थानीय तह ३. वैदेशिक रोजगार ४. स्थानीय सरकार सञ्चालन ऐन ५. सीपमूलक तालिम

 
सामाजिक न्यायका लागि नीति नियम मञ्च (LAPSOJ)

सामाजिक न्यायका लागि नीति नियम मञ्च (LAPSOJ) ले खोजमूलक तथा रणनीतिक रुपमा सार्वजनिक सरोकारका मुद्दाहरूको उठान तथा पैरवी गर्दछ | यसभित्र वैदेशिक रोजगारका मुद्दा पनि पर्छन् |
 
लाप्सोजका बारेमा
https://lapsoj.org/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।

 
 

Tags:-
१.लाप्सोज २. वैदेशिक रोजगार ३. मानव अधिकार ४. सामाजिक न्याय ५. कानुन व्यवसायी

 

सेन्टर फर माइग्रेसन एन्ड इन्टरनेसनल रिलेसन्स (CMIR)

सेन्टर फर माइग्रेसन एन्ड इन्टरनेसनल रिलेसन्स (CMIR) काठमाडौंमा रहेको एक गैर नाफामूलक संस्था हो । यसले आप्रवासी श्रमिक तथा तिनका परिवारको अधिकारको लागि काम गर्दछ |
 
सिएमआइआरका बारेमा
https://cmir.org.np/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
 

Tags:-
१.सिएमआइआर २. आप्रवासी श्रमिक ३. श्रम आप्रवासन ४. अनुसन्धान ५. इन्टरनेसनल रिलेसन्स
 

नेपाल वैदेशिक रोजगार अभिमुखीकरण  व्यवसायी महासंघ (FEONA)
नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघ (फियोना) वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरूको छाता संगठन हो । यो महासंघ वि. सं. २०६८ सालमा स्थापना भएको हो । यस महासंघमा आवद्ध तालिम प्रदायक संस्थाहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई आफू जान लागेको देशका बारेमा विदेश जानुपूर्व अभिमुखिकरण तालिम प्रदान गर्ने गर्दछन् ।

 

फियोनाका बारेमा https://shorturl.at/wyCL6 लिंकमा क्लिक गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ ।
 

Tags:-
१.फियोना २. वैदेशिक रोजगार ३. अभिमुखीकरण तालिम ४. तालिम प्रदायक संस्थाहरू ५. सूचना
 

सहयोगी समाज नेपाल

सहयोगी समाज नेपाल सन् २०१० मा स्थापना भएको गैरनाफामूलक गैरसरकारी संस्था हो । यो संस्था सर्लाही जिल्लामा अवस्थित छ । यस संस्थाले सुरक्षित वैदेशिक रोजगारमा जाने योजना बनाइरहेका व्यक्तिहरूलाई विभिन्न माध्यम मार्फत सूचना प्रवाह गर्नुका साथै वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरु तथा वैदेशिक रोजगारमा गएका व्यक्तिका परिवारका सदस्यहरूलाई उद्यमशीलता सम्बन्धी तालिम पनि प्रदान गर्ने कार्य गर्दै आएको छ ।
 

यस संस्थाका बारेमा https://www.facebook.com/profile.php?id=100064856493945 लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |

 
Tags:-
१.सहयोगी समाज नेपाल २. वैदेशिक रोजगार ३. योजना ४. सूचना ५. उद्यमशीलता तालिम
 

शक्ति समूह

चेलिबेटी बेचबिखन विरुद्ध सन् १९९६ देखि अनौपचारिक रुपमा काम थालेको शक्ति समूह आधिकारिक रुपमा सन् २०००  मा दर्ता भएको हो । यस संस्थाले स्थापनाकाल देखि नै मानव बेचबिखनका प्रभावितहरूको सामाजिक न्यायका पक्षमा काम गर्दै आएको छ । यसैगरी बेचविखनको जोखिममा रहेकाहरूको क्षमता अभिवृद्धि, समुदायस्तरसम्म जनचेतना जगाउने कार्यमा यो संस्था केन्द्रित छ ।
 

यस संस्थाले सुरक्षित आवास गृह पनि सञ्चालन गर्दै आएको छ ।  यस संस्थाका बारेमा http://shaktisamuha.org.np/ लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |

 
Tags:-
१.शक्ति समूह २. चेलिबेटी बेचबिखन ३. मानव बेचबिखन ४. सामाजिक न्याय ५. सुरक्षित आवास गृह
 

वैदेशिक रोजगार लोक कल्याणकारी कोष (FEWWF)
  
वैदेशिक रोजगार लोक कल्याणकारी कोष (FEWWF) समाजको सीमान्तकृत परिवारको आप्रवासन  सम्बन्धी सामाजिक मुद्दामा काम गर्ने एक गैर-नाफामूलक संस्था हो । यो संस्थाको स्थापना सन् २०१७ मा भएको हो | विभिन्न कार्यक्रम, अनुसन्धान, वकालत र सचेतनाका माध्यमबाट प्रवासी श्रमिक परिवारको समग्र उन्नति प्रगति सुनिश्चित गर्ने प्रयासका साथ यस संस्थाले काम गरिरहेको छ ।
 

यस संस्थाका बारेमा http://fewwf.org/ लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |

 

Tags:-
१.वैदेशिक रोजगार लोक कल्याणकारी कोष २. प्रवासी ३. श्रमिक ४. आप्रवासन ५. अनुसन्धान
 
कारितास नेपाल (Caritas Nepal)
कारितास नेपाल सन् १९९० मा स्थापना भएको गैरनाफामूलक संस्था हो | Caritas Nepal ले सामाजिक न्याय र सामुदायिक विकास, विपद् जोखिम व्यवस्थापन, दिगो जीविकोपार्जन, आप्रवासी, शरणार्थी र बेचबिखन विरुद्ध, आपतकालीन र पुनर्प्राप्ति सहयोगका साथै सामाजिक सरोकारहरूको वकालत गर्ने क्षेत्रमा काम गर्दछ।
 

यस संस्थाका बारेमा https://www.caritasnepal.org/ लिंकमा  क्लिक गरेर थप जानकारी लिन सकिन्छ |

 

Tags:-
१.कारितास नेपाल २. सामाजिक न्याय ३. विपद् जोखिम व्यवस्थापन ४. आप्रवासी ५. बेचबिखन

 

श्रम रोजगार पत्रकार समूह (LEJoG)
श्रम रोजगारको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारले सन् २०१९ मा स्थापना गरेको संस्था हो श्रम रोजगार पत्रकार समूह (LEJoG) | श्रमिकको मानवअधिकारको लागि सरकार, अन्तर्राष्ट्रिय समुदाय, सरोकारवाला निकाय र पत्रकारहरूबीच सामूहिक सहकार्य, निरन्तर पैरवी र पहलकदमीका साथ यस संस्थाले काम गरिरहेको छ ।
 

यस संस्थाका बारेमा https://www.facebook.com/LEJoG2076/ लिंकमा  क्लिक गरेर थप जानकारी लिन सकिन्छ |

 

Tags:-
१.श्रम रोजगार पत्रकार समूह २. मानवअधिकार ३. सरकार ४. पैरवी ५. अन्तर्राष्ट्रिय समुदाय
 

सामाजिक परिवर्तन केन्द्र (CSC)
सन् २०१५ मा स्थापित सामाजिक परिवर्तन केन्द्र (CSC) काठमाडौंस्थित एक गैर-नाफामूलक सामाजिक थिंक-ट्याङ्क हो | यस संस्थाले अनुसन्धान, शिक्षा, वकालत र सामुदायिक परिचालन मार्फत नेपाली समाजको परिवर्तनशील सामाजिक-राजनीतिक गतिशीलतामा काम गर्दछ । CSC का हालका कार्यहरू द्वन्द्व रूपान्तरण र शान्ति निर्माण, लोकतन्त्र र शासन, आप्रवासन र मानव गतिशीलता, श्रम र रोजगारी, लगायतका मुद्दाहरूमा केन्द्रित छन् ।
 

यस संस्थाका बारेमा “https://socialchange.org.np/  लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |

 
Tags:-
१.सामाजिक परिवर्तन केन्द्र (CSC) २. अनुसन्धान ३. आप्रवासन ४. श्रम र रोजगारी ५. वकालत
 

नेपाल विकास अध्ययन संस्था (NIDS)

नेपाल विकास अध्ययन संस्था (NIDS) सन् १९९८ मा स्थापित गैर-सरकारी संस्था हो | यस संस्थाले नेपालको विकासका प्राथमिकतामा परेका मुद्दाहरूमा आप्रवासनलाई मुख्य रूपमा केन्द्रित गर्दै आएको छ ।
 

NIDS का बारेमा https://www.facebook.com/nidsnep/ लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |

 
Tags:-
१.नेपाल विकास अध्ययन संस्था (NIDS) २. अनुसन्धान ३. आप्रवासन ४. मुद्दा ५. विकास

 
सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको  द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालनमा छ । यो कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र १५६ वटा स्थानीय सरकारहरूको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकार विकास सहयोग (SDC) को तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिक र तिनको परिवारको उचित संरक्षण, गन्तव्य मुलुकमा सुरक्षित र सम्मानजनक रुपमा काम गर्न सक्ने गरी श्रमिकलाई सूचना, सीप, परामर्श लगायतको सहयोग प्रदान गर्ने र वैदेशिक रोजगारमा सम्बद्ध निकायहरूको क्षमता अभिवृद्धि मार्फत वैदेशिक रोजगारीका प्रतिफल वृद्धि गर्ने यस कार्यक्रमको मुख्य उद्धेश्य हो।
 

सामीका बारेमा https://www.sami.org.np/index लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |

 
Tags:-
१.सुरक्षित आप्रवासन (सामी) २. हेल्भेटास ३. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ४. वैदेशिक रोजगारी ५. सीप

 
माइग्रेन्ट फोरम इन एसिया (MFA)
सन् १९९४ मा स्थापित माइग्रेन्ट फोरम इन एसिया (MFA) गैर-सरकारी संस्थाहरूको क्षेत्रीय सञ्जाल हो जसमा आप्रवासी कामदारहरूको अधिकार र कल्याणको संरक्षण र प्रवर्द्धन का लागि कार्यरत ट्रेड युनियनहरू र अधिवक्ताहरू पनि विविध रुपमा संलग्न छन् । यो संस्था विशेषगरी आप्रवासी कामदारहरूको लागि मानव अधिकार र सम्मान, सामाजिक न्याय र लैङ्गिक समानता, सम्मानमा आधारित रहेर काम गरिरहेको छ |  हाल यो संस्था फिलिपिन्समा अवस्थित छ |
 

यस संस्थाका बारेमाhttps://mfasia.org/ लिंकमा  क्लिक गरेर थप जानकारी लिन सकिन्छ |

 
Tags:-
१.माइग्रेन्ट फोरम इन एसिया २. आप्रवासी कामदार ३. सञ्जाल ४. मानव अधिकार ५. लैङ्गिक समानता

Read More