The stars will never align, and the traffic lights of life will never
रोजगारीको अवसरका बारेमा आफैं थाहा पाउने
रोजगारीका लागि सकेसम्म त स्वदेशमा नै रोजगारीका अवसरहरुको पहिचान गर्नु, त्यसका लागि आवश्यक पर्ने सीप दक्षता हासिल गर्नु राम्रो हुन्छ । यदि तपाईले वैदेशिक रोजगारमा नै जाने योजना बनाइसक्नु भएको छ भनें आफैंले कुन देशमा कस्तो रोजगारीका लागि जाने, त्यसका लागि कस्तो सीप आवश्यक पर्दछ भन्ने थाहा पाउनु पर्दछ । सो अनुरुपको सीप सिकेर उचित मेनपावर कम्पनी मार्फत वैदेशिक रोजगारमा जानु भएमा तपाईको वैदेशिक रोजगारको यात्रा तुलनात्मक रुपमा फलदायी हुन सक्दछ । कुन मेनपावर कम्पनीले कुन देशको कुन कम्पनीमा कस्तो रोजगारीका लागि माग ल्याएका छन् भन्ने कुरा वैदेशिक रोजगार विभागको वेभसाइटमा नै हेर्न सकिन्छ । सो हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
Foreign Job Search (dofe.gov.np)
किन जाने परदेश ?
तपाई रोजगारीको योजनामा हुनुहुन्छ भनें सुरुमा आफ्नो ठाउँ वा स्वदेशमा नै रोजगारीका अवसरहरु के छन् भन्ने पहिचान गर्नु राम्रो हुन्छ । कसैको देखासिकी वा लहैलहैमा परेर वैदेशिक रोजगारमा जाने योजना बनाउनु हुन्न । वैदेशिक रोजगार बोर्डले तयार पारेको गिति सन्देश हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
किन परदेशमा, श्रम गरौं आफ्नै देशमा
गन्तव्य मुलुकमा सूचना प्रविधिको प्रयोग
टेलिफोन एवम् मोबाइलको प्रयोग
रोजगारीका लागि गन्तव्य मुलुकमा पुगेपछि आफूसँग रहेको मोबाइलमा सो मुलुकमा रहेको उपयुक्त मोबाइल कम्पनीको सिम कार्ड राखेर मोबाइल चलाउन सकिन्छ | आफू विदेशमा रहँदा परिवारका सदस्यहरूसँग नियमित रुपमा सम्पर्कमा रहनु पर्दछ | रोजगारीका क्रममा विदेशमा रहँदा नेपालमा फोन गर्नुपर्ने भएमा नेपालमा आफूलेले फोन गर्ने नम्बरको अगाडि ००९७७ लेखेर फोन नं वा मोबाईल नं डायल गर्नुपर्दछ । यदि ल्याण्डलाईनबाट फोन गर्नुपर्ने भएमा आफ्नो जिल्लाको एरिया कोड ००९७७ पछि डायल गर्नुपर्दछ । उदाहरणका लागि काठमाडौंको कुनै ल्यान्डलाईन नम्बरमा फोन गर्नुपर्ने भएमा ००९७७ र १ पछि सम्बन्धित फोन नम्बर डायल गर्नुपर्दछ ।
सामाजिक सञ्जालको सावधानीपूर्वक प्रयोग:
गन्तव्य मुलुकमा रहँदा साथीभाई, आफन्त आदिसँग सम्पर्कमा रहन र देश दुनियाँको खबर बुझ्न फेसबुक, ट्वीटर, ईमो, भाइवर, ह्वाट्सएप, यूट्यूव, ईन्स्टाग्राम गुगल म्याप आदि माध्यमको प्रयोग गर्न सकिन्छ | विभिन्न सामाजिक सञ्जाल तथा अनलाईनमा आउने भ्रामक समाचार प्रति सजग रहुनपर्दछ ।
इन्टरनेट प्रविधिको प्रयोग:
फेसबुक, ट्वीटर, ईमो, ह्वाट्सएप, युट्यूव जस्ता माध्यमको प्रयोग गर्दा विभिन्न कुरामा ध्यान दिनु पर्दछ | ती माध्यममा स्टाटस लेख्दा वा शेयर गर्दा सावधानीपूर्वक गर्नुपर्दछ अन्यथा समस्यामा पर्न सकिन्छ | उदाहरणका लागि खाडीका अधिकांश मुलुकहरूमा कुनैपनि दुर्घटनाको तस्वीर वा भिडियो फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप, ईमो वा भाइवर ग्रुप, यूट्युवमा अपलोड गर्नु वा अरु कसैले राखेमा त्यसलाई शेयर, लाइक र कमेण्ट गर्न हुँदैन । यसलाई कानून विपरितको काम मानिन्छ । यसैगरी सो मुलुकको कानून, धर्म, रीतिरिवाज विपरितका कुरा सामाजिक सञ्जालमा लेख्नुहुँदैन ।
विभिन्न एप्सको प्रयोग: वैदेशिक रोजगारका बारेमा जानकारी दिने उद्देश्यले तयार पारिएका मोबाइल एप तथा वेबसाइटबाट वैदेशिक रोजगार सम्बन्धी सुचना तथा जानकारी लिन सकिन्छ | उदाहरणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको वैदेशिक रोजगारी एप्सबाट वैदेशिक रोजगार सम्बन्धी सुचना तथा जानकारी, उजुरी गर्ने व्यवस्था, महत्वपूर्ण सम्पर्कहरू, पुनः श्रम स्वीकृति, श्रोतहरुका बारेमा जानकारी लिन सकिन्छ ।
यसैगरी माईग्रेन्ट रिक्रुमेन्ट एडभाईजर (www.recruitmentadvisor.org) वेबसाइट तथा शुभयात्रा, उज्वल सपना जस्ता एपहरूले पनि वैदेशिक रोजगारका बारेमा यथेष्ट जानकारी दिन्छन् ।
सूचना प्रविधिको प्रयोग बारेमा नेपाल सरकारको पुर्व प्रस्थान अभिमुखिकरण तालिम प्रशिक्षक मार्गदर्शन २०७६ मा रहेको विषय ७: सम्पर्क तथा सुचना प्रविधिको प्रयोगबारे जानकारी हेर्नुहोला | सो मार्गदर्शन अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस्
वैदेशिक रोजगार बोर्डको सचिवालय (feb.gov.np)
Tags:-
१.सूचना प्रविधि २. वैदेशिक रोजगारी ३. मोबाइल टेलिफोन ४. फेसबुक, ह्वाट्सएप ५. सामाजिक सञ्जाल
यी प्रशिक्षण स्रोतहरू आप्रवासी र उनीहरूका परिवारका सदस्यहरूलाई सहयोग गर्ने संस्थाहरूको प्रयोगको लागि विकास गरिएको हो। कृपया तालिमका स्रोतहरूसँग संलग्न मार्गदर्शन नोटहरू प्रयोग गर्नुहोस्
चिठ्ठा परेको भनेर हुने ठगि
रोजगारीका क्रममा विदेशमा हुँदा चिठ्ठा परेको भन्दै मोवाइलमा ह्वाट्सएप लगायतका माध्यममा आउने सन्देशबाट जोगिनु पर्दछ । त्यस्ता सन्देश पठाउनेहरुले सोही माध्यम मार्फत ठग्ने गरेका घटनाहरु हुने गरेका छन् । तलको लिंकमा क्लीक गरी यस्तै घटनामा ठगि गरिएको विषयमा जानकारी लिन सकिन्छ ।
https://kendrabindu.com/world/167051-1612474254.html
Tags:-
१.चिठ्ठा २. वैदेशिक रोजगार ३. ह्वाट्सएप ४. सन्देश ५. ठगि
वैदेशिक रोजगार र वित्तिय साक्षरताको महत्व
वित्तिय साक्षरता सबैका लागि जरुरी छ । अझ वैदेशिक रोजगारमा जानेहरु र उनीहरुको परिवारका सदस्यहरुलाई यसको महत्व बढी छ । वैदेशिक रोजगारमा जानेहरुलाई वित्तिय साक्षरता किन आवश्यक छ जान्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
www.facebook.com/watch/?v=2761863427290716
Tags:-
१.वित्तिय साक्षरता २. वैदेशिक रोजगार ३. बचत ४. व्यवसाय ५. सूचना
वैदेशिक रोजगार बचतपत्र
मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैर आवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी नेपाल राष्ट्र बैंकले नेपाली रूपैंयाँमा जारी गरिएको मध्यमकालीन अवधिको बचतपत्र “वैदेशिक रोजगार बचतपत्र” हो । यो बचतपत्रको अवधि ५ वर्षको हुन्छ । बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) का नाममा खरिद गर्न पाउँछन् । नेपाल राष्ट्र बैंकको https://www.nrb.org.np/ लिंक क्लिक गरी थप जानकारी लिन सकिन्छ |
Tags:-
१.वैदेशिक रोजगार बचतपत्र २. गैर आवासीय नेपाली ३. नेपाल राष्ट्र बैंक ४. विदेशी मुद्रा ५. वैदेशिक रोजगारी
Legal Provision on Gender Based Violence Related Cybercrime
श्रिमतीले दिएको भरोसापछि सुरु भएको कुल्फि व्यवसाय
आप्रवासी स्रोत केन्द्रको महत्त्व र दिगोपनाका लागि भएका प्रयास
सुरक्षित वैदेशिक रोजगारको लागि अभिमुखीकरण तालिम
वैदेशिक रोजगारमा जानुभन्दा अगावै गर्नुपर्ने पुर्व तयारी
विदेश जाँदा ध्यान दिनुपर्ने कुराहरु
पहिलो पटक बिंदेश जानेले ध्यान दिनै गर्नै पर्ने कुरा
वैदेशिक रोजगारमा सिकेको सीप
किन आवश्यक छ श्रम स्वीकृति ?
अनलाइन श्रम स्वीकृति लिन यसरी गर्नुहोस् प्रक्रिया
आप्रवासी स्रोत केन्द्रको महत्त्व र दिगोपनाका लागि भएका प्रयास
वित्तीय साक्षरता कक्षामा बसेपछि सीप सिकेर आत्मनिर्भर भएँ
अनलाइन मार्फत श्रम स्वीकृति भयो कि भएन हेर्ने तरिका
हिसाब-किताब राख्न थालेपछि सुध्रियो सम्बन्ध, फेरियो जीवनशैली
वैदेशिक रोजगारीका लागि सीप किन महत्त्वपूर्ण छ?
वैदेशिक रोजगारमा रहेका व्यक्तिले कसरी सामाजिक सुरक्षा कोषमा अवद्दा हुन सकिन्छ ?
श्रम स्वीकृति भए नभएको कसरी थाहा पाउने?
विदेश जाँदा ट्रान्जिटको यात्रा कसरी गर्ने ?
तनाव व्यवस्थापन कसरी गर्ने ?
दार्चुलाका अमर २० वर्षदेखि युएईको जेलमा
दार्चुलाको दुहुँ गाउँपालिका– ४ दौला ९तत्कालीन धारी गाविस०का अमरबहादुर बम २० वर्षदेखि हत्या आरोपमा युनाइटेड इमिरेट्स अरब (युएई)को जेलमा छन् । सन् २००३ मा दुबईको क्लबमा भारतीय नागरिक शरद सेठ्ठीको हत्यामा त्यहाँको उच्च न्यायालयले अमरलाई मतियारका रूपमा मृत्युदण्डको फैसला सुनाएको थियो ।
दार्चुलाका अमर २० वर्षदेखि युएईको जेलमा (nayapatrikadaily.com)
फेरिँदै नेपाली श्रमिकको गन्तव्य
नेपाली श्रमिकका लागि वैदेशिक रोजगारीको गन्तव्य फेरिन थालेको छ । दुई दशकदेखि खाडी क्षेत्रमा रहेको चाप बिस्तारै युरोप र पूर्वी एसियाली मुलुकतिर सर्न थालेको आँकडाले देखाएको छ । आर्थिक वर्ष २०७९र८० मा अहिलेसम्मकै बढी ७ लाख ७१ हजार नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
फेरिँदै नेपाली श्रमिकको गन्तव्य- समाचार – कान्तिपुर समाचार (ekantipur.com)
अध्यागमनले किन फर्कायो श्रम स्वीकृति लिएर कुवेत हिँडेका ११७ श्रमिक?
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत हिँडेका ११७ श्रमिकलाई विमानस्थलबाट फिर्ता पठाएको छ। श्रम स्वीकृति लिएर हिँडेका ११७ श्रमिकहरूको कागजात शंकास्पद भेटिएपछि फर्काइएको कार्यालय प्रमुख रामबन्धु सुवेदीले जानकारी दिए।
अध्यागमनले किन फर्कायो श्रम स्वीकृति लिएर कुवेत हिँडेका ११७ श्रमिक? :: निर्मला घिमिरे :: Setopati
अभिमुखिकरण तालिम प्रदायक संस्थाहरु
वैदेशिक रोजगारमा जाने व्यक्तिले विदेश प्रस्थान गर्नु अगावै कम्तीमा दुई दिनको अभिमुखिकरण तालिम लिएको हुनु पर्ने नेपालको कानुनी व्यवस्था छ । सो तालिममा वैदेशिक रोजगारमा जाँदा ध्यान दिनुपर्ने कुराहरु, विदेशमा काम गर्दा आइपर्न सक्ने समस्याहरु र त्यस्ता समस्याको समाधान कसरी गर्ने जानकारी, गन्तव्य मुलुकको मौषम, सडक प्रयोग लगायतका विषयको जानकारी, आफू जान लागेको मुलुकको श्रम कानुन, समस्या आइपरेमा कहाँ सम्पर्क गर्ने लगायतका महत्वपूर्ण जानकारीहरु दिइन्छ । तसर्थ पूर्व प्रस्थान अभिमुखिकरण तालिम अनिवार्य रुपमा लिनु पर्दछ । अभिमुखिकरण तालिम प्रदान गर्न वैदेशिक रोजगार विभागमा त्यस्ता तालिम दिने संस्थाहरु (तालिम प्रदायक) अनिवार्य रुपमा दर्ता हुनु पर्दछ । विभागमा दर्ता रहेका संस्थाहरुको नामावली (सूचि) हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://dofe.gov.np/Orientation-Center.aspx
वैदेशिक रोजगारमा पठाउने इजाजतपत्रवाला (मेनपावर कम्पनीहरु)
वैदेशिक रोजगारमा पठाउने संस्थाहरुलाई वैदेशिक रोजगार ऐन, २०६४ ले इजाजतपत्रवाला भन्ने व्यवस्था गरेको छ । बोलिचालिको भाषामा तिनलाई मेनपावर कम्पनी भनेर चिनिन्छ । त्यस्ता संस्थाहरुले कुनै पनि नेपाली नागरिकलाई रोजगारीका लागि विदेश पठाउनु अगाडि वैदेशिक रोजगार विभागबाट इजाजत लिएको हुनु पर्दछ । कतिपय व्यक्ति वा संस्थाहरुले र्वदेशिक रोजगार विभागको अनुमति नर्लिइ पनि वैदेशिक रोजगारमा पठाउने गरेका छन् । तर त्यसरी अवैधानिक संस्था वा व्यक्ति मार्फत वैदेशिक रोजगारमा जाँदा कुनै समस्यामा परेमा उद्धारमा कठिनाई, क्षतिपूर्ति प्राप्त गर्ने सम्भावना न्यून हुने गर्दछ । तसर्थ वैदेशिक रोजगारमा जाँदा आधिकारिक रुपमा वैदेशिक रोजगार विभागबाट श्रमिक विदेश पठाउन अनुमति लिएको संस्था मार्फत मात्र जानु पर्दछ । त्यसरी अनुमति लिएका संस्थाहरुको नामावली (सूचि) हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
Recruiting Agencies | Department of Foreign Employment (dofe.gov.np)
सामीको मनोसामाजिक परामर्श
परामर्शपछि फेरिएको सोच ।
मनोपरामर्शले आत्मबल दियो, पालिकाले अवसर
मनोपरामर्शपछि लाग्यो – मर्नु समस्याको समाधान होइन रहेछ
शरीरका घाउको मात्र होइन मनको पीडाको पनि ख्याल गर्नु पर्ने रहेछ
तनाव व्यवस्थापन कसरी गर्ने ?
वैदेशिक रोजगारका क्रममा रहँदा विभिन्न कारणले तनाव उत्पन्न हुन सक्दछ । घरबाट टाढा हुँदा एक्लो महशुश हुने, सामाजिक वा आर्थिक कारणले पनि तनाव उत्पन्न हुन सक्दछ । त्यस्तो अवस्थामा के गर्ने भन्ने जानकारीका लागि तलको भिडियो हेर्नुहोस् ।
वैदेशिक रोजगार, एचआईभी र एड्स तथा यौनरोग
सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराई तोकिएको होलोग्राम भएको स्वास्थ्य परीक्षण प्रमाण पत्र लिनुपर्दछ । वैदेशिक रोजगारमा जाँदा असुरक्षित यौन सम्वन्ध राख्नु हुन्न । यसले तपाईलाई र तपाईको जीवनसाथिलाई जीवनभरका लागि एचआईभी र एड्सको संक्रमणमा पार्दछ । यसका बारेमा थप जानकारीका लागि तलको लिंकहरुमा पढ्नुहोस् ।
HIV/AIDS Tokyo Sexual Health (ncgm.go.jp)
एचआईभी संक्रमण: जीवन लम्ब्याउन सुरक्षित यौन व्यवहार अपनाउनुपर्छ- स्वास्थ्य – कान्तिपुर समाचार (ekantipur.com)
यौनजन्य सरुवा रोगहरु के–के हुन र कसरी बच्न सकिन्छ ?::Nepali News Portal from Nepal (dhorpatannews.com)
मानसिक स्वास्थ्यको महत्व के छ ?
स्वदेशमा भएपनि वा विदेशमा रहेपनि शारिरीक तथा मानसिक रुपमा स्वस्थ हुन जरुरी छ । मानसिक तनावलाई व्यवस्थापन गर्न सकिएन भनें विभिन्न प्रकारका दुर्घटनाहरु आइपर्न सक्दछन् । मानसिक स्वास्थ्यको महत्वका बारेमा बुझ्न तलको भिडियो हेर्नुहोस् ।
Tags:-
१.शारिरीक स्वास्थ्य २. मानसिक स्वास्थ्य ३. दुर्घटना ४. स्वास्थ्य निति ५. वैदेशिक रोजगार
सम्भव छ आत्महत्याको रोकथाम
मानसिक समस्या बेलैमा परामर्शको उपचार गरिएन, तपाईं आत्महत्या गर्न सक्नुहुन्छ भन्ने कुरालाई उपस्थित गरौं । आत्महत्याको विरोध कसरी गर्न सकिन्छ भन्ने बारे जान तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://www.edcd.gov.np/public/uploads/resource/613d613950268.pdf
Tags:-
१.शारिरीक स्वास्थ्य २. मानसिक स्वास्थ्य ३. दुर्घटना ४. स्वास्थ्य निति ५. वैदेशिक रोजगार
वैदेशिक रोजगार र बीमा सम्वन्धि व्यवस्था
वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई विदेशमा कुनै स्वास्थ्य समस्या आइपरेर वा अन्य कारणवस मृत्यु भएमा मृतकका परिवारलाई आर्थिक सहायता उपलव्ध गराउने उद्धेश्यले सरकारले वैदेशिक रोजगारमा जाने हरेक व्यक्तिको जीवन बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । यसरी वैदेशिक रोजगारमा जानेहरुको विमा गर्ने अनुमति प्रदान गरिएका कम्पनीहरुको सूचि वैदेशिक रोजगार विभागको वेभसाइटमा हेर्न सकिन्छ । वैदेशिक रोजगारमा जानेहरुको बीमा गर्ने अनुमति प्राप्त गरेका विमा कम्पनीहरुको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://dofe.gov.np/Insurance-Company.aspx
Tags:-
१.विमा २. वैदेशिक रोजगार स्वास्थ्य परिक्षण ३. जीवन विमा ४. वैदेशिक रोजगार विभाग ५. वैदेशिक रोजगार जीवन बीमा
वैदेशिक रोजगार र बीमा सम्वन्धि व्यवस्था
वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई विदेशमा कुनै स्वास्थ्य समस्या आइपरेर वा अन्य कारणवस मृत्यु भएमा मृतकका परिवारलाई आर्थिक सहायता उपलव्ध गराउने उद्धेश्यले सरकारले वैदेशिक रोजगारमा जाने हरेक व्यक्तिको जीवन बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । यसरी वैदेशिक रोजगारमा जानेहरुको विमा गर्ने अनुमति प्रदान गरिएका कम्पनीहरुको सूचि वैदेशिक रोजगार विभागक वेभसाइटमा हेर्न सकिन्छ । वैदेशिक रोजगारमा जानेहरुको बीमा गर्ने अनुमति प्राप्त गरेका विमा कम्पनीहरुको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://dofe.gov.np/Insurance-Company.aspx
keywords
१.<a href=“https://pardesi.org.np/?s=विमा”>विमा</a> २. वैदेशिक रोजगार स्वास्थ्य परिक्षण ३. जीवन विमा ४. वैदेशिक रोजगार विभाग ५. वैदेशिक रोजगार जीवन बीमा