The stars will never align, and the traffic lights of life will never
रोजगारीको अवसरका बारेमा आफैं थाहा पाउने
रोजगारीका लागि सकेसम्म त स्वदेशमा नै रोजगारीका अवसरहरुको पहिचान गर्नु, त्यसका लागि आवश्यक पर्ने सीप दक्षता हासिल गर्नु राम्रो हुन्छ । यदि तपाईले वैदेशिक रोजगारमा नै जाने योजना बनाइसक्नु भएको छ भनें आफैंले कुन देशमा कस्तो रोजगारीका लागि जाने, त्यसका लागि कस्तो सीप आवश्यक पर्दछ भन्ने थाहा पाउनु पर्दछ । सो अनुरुपको सीप सिकेर उचित मेनपावर कम्पनी मार्फत वैदेशिक रोजगारमा जानु भएमा तपाईको वैदेशिक रोजगारको यात्रा तुलनात्मक रुपमा फलदायी हुन सक्दछ । कुन मेनपावर कम्पनीले कुन देशको कुन कम्पनीमा कस्तो रोजगारीका लागि माग ल्याएका छन् भन्ने कुरा वैदेशिक रोजगार विभागको वेभसाइटमा नै हेर्न सकिन्छ । सो हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
Foreign Job Search (dofe.gov.np)
किन जाने परदेश ?
तपाई रोजगारीको योजनामा हुनुहुन्छ भनें सुरुमा आफ्नो ठाउँ वा स्वदेशमा नै रोजगारीका अवसरहरु के छन् भन्ने पहिचान गर्नु राम्रो हुन्छ । कसैको देखासिकी वा लहैलहैमा परेर वैदेशिक रोजगारमा जाने योजना बनाउनु हुन्न । वैदेशिक रोजगार बोर्डले तयार पारेको गिति सन्देश हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
किन परदेशमा, श्रम गरौं आफ्नै देशमा
गन्तव्य मुलुकमा सूचना प्रविधिको प्रयोग
टेलिफोन एवम् मोबाइलको प्रयोग
रोजगारीका लागि गन्तव्य मुलुकमा पुगेपछि आफूसँग रहेको मोबाइलमा सो मुलुकमा रहेको उपयुक्त मोबाइल कम्पनीको सिम कार्ड राखेर मोबाइल चलाउन सकिन्छ | आफू विदेशमा रहँदा परिवारका सदस्यहरूसँग नियमित रुपमा सम्पर्कमा रहनु पर्दछ | रोजगारीका क्रममा विदेशमा रहँदा नेपालमा फोन गर्नुपर्ने भएमा नेपालमा आफूलेले फोन गर्ने नम्बरको अगाडि ००९७७ लेखेर फोन नं वा मोबाईल नं डायल गर्नुपर्दछ । यदि ल्याण्डलाईनबाट फोन गर्नुपर्ने भएमा आफ्नो जिल्लाको एरिया कोड ००९७७ पछि डायल गर्नुपर्दछ । उदाहरणका लागि काठमाडौंको कुनै ल्यान्डलाईन नम्बरमा फोन गर्नुपर्ने भएमा ००९७७ र १ पछि सम्बन्धित फोन नम्बर डायल गर्नुपर्दछ ।
सामाजिक सञ्जालको सावधानीपूर्वक प्रयोग:
गन्तव्य मुलुकमा रहँदा साथीभाई, आफन्त आदिसँग सम्पर्कमा रहन र देश दुनियाँको खबर बुझ्न फेसबुक, ट्वीटर, ईमो, भाइवर, ह्वाट्सएप, यूट्यूव, ईन्स्टाग्राम गुगल म्याप आदि माध्यमको प्रयोग गर्न सकिन्छ | विभिन्न सामाजिक सञ्जाल तथा अनलाईनमा आउने भ्रामक समाचार प्रति सजग रहुनपर्दछ ।
इन्टरनेट प्रविधिको प्रयोग:
फेसबुक, ट्वीटर, ईमो, ह्वाट्सएप, युट्यूव जस्ता माध्यमको प्रयोग गर्दा विभिन्न कुरामा ध्यान दिनु पर्दछ | ती माध्यममा स्टाटस लेख्दा वा शेयर गर्दा सावधानीपूर्वक गर्नुपर्दछ अन्यथा समस्यामा पर्न सकिन्छ | उदाहरणका लागि खाडीका अधिकांश मुलुकहरूमा कुनैपनि दुर्घटनाको तस्वीर वा भिडियो फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप, ईमो वा भाइवर ग्रुप, यूट्युवमा अपलोड गर्नु वा अरु कसैले राखेमा त्यसलाई शेयर, लाइक र कमेण्ट गर्न हुँदैन । यसलाई कानून विपरितको काम मानिन्छ । यसैगरी सो मुलुकको कानून, धर्म, रीतिरिवाज विपरितका कुरा सामाजिक सञ्जालमा लेख्नुहुँदैन ।
विभिन्न एप्सको प्रयोग: वैदेशिक रोजगारका बारेमा जानकारी दिने उद्देश्यले तयार पारिएका मोबाइल एप तथा वेबसाइटबाट वैदेशिक रोजगार सम्बन्धी सुचना तथा जानकारी लिन सकिन्छ | उदाहरणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको वैदेशिक रोजगारी एप्सबाट वैदेशिक रोजगार सम्बन्धी सुचना तथा जानकारी, उजुरी गर्ने व्यवस्था, महत्वपूर्ण सम्पर्कहरू, पुनः श्रम स्वीकृति, श्रोतहरुका बारेमा जानकारी लिन सकिन्छ ।
यसैगरी माईग्रेन्ट रिक्रुमेन्ट एडभाईजर (www.recruitmentadvisor.org) वेबसाइट तथा शुभयात्रा, उज्वल सपना जस्ता एपहरूले पनि वैदेशिक रोजगारका बारेमा यथेष्ट जानकारी दिन्छन् ।
सूचना प्रविधिको प्रयोग बारेमा नेपाल सरकारको पुर्व प्रस्थान अभिमुखिकरण तालिम प्रशिक्षक मार्गदर्शन २०७६ मा रहेको विषय ७: सम्पर्क तथा सुचना प्रविधिको प्रयोगबारे जानकारी हेर्नुहोला | सो मार्गदर्शन अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस्
वैदेशिक रोजगार बोर्डको सचिवालय (feb.gov.np)
Tags:-
१.सूचना प्रविधि २. वैदेशिक रोजगारी ३. मोबाइल टेलिफोन ४. फेसबुक, ह्वाट्सएप ५. सामाजिक सञ्जाल
यी प्रशिक्षण स्रोतहरू आप्रवासी र उनीहरूका परिवारका सदस्यहरूलाई सहयोग गर्ने संस्थाहरूको प्रयोगको लागि विकास गरिएको हो। कृपया तालिमका स्रोतहरूसँग संलग्न मार्गदर्शन नोटहरू प्रयोग गर्नुहोस्
वैदेशिक रोजगार र स्वास्थ्य परिक्षण
वैदेशिक रोजगारमा जाने हरेक व्यक्तिको प्रस्थानपूर्व स्वास्थ्य परिक्षण गर्नु पर्ने कानूनी व्यवस्था छ । यदि स्वास्थ्य परिक्षण गरेर स्वस्थ भनेर रोजगारीका लागि गएका व्यक्ति विदेशमा पुगेपछि गरिने स्वास्थ्य परिक्षणमा अनुत्तिर्ण भएर फर्किनु परेमा त्यस्ता व्यक्तिले क्षतिपूर्ति पाउँछन् । वैदेशिक रोजगारमा जानुपूर्व किन स्वास्थ्य परीक्षण गर्न आवश्यक छ भन्ने थप जानकारीका लागि वैदेशिक रोजगार बोर्डको प्रवास डायरी पेज नं ३ र ४ मा लेखिएको छ । सो अध्ययनका लागि तलको लिंकमा क्लीक गर्नुहोस्
5d667517a46f7_Inner_Prawas_Diary_2076_CTP_Final.pdf (feb.gov.np)
प्रस्थानपूर्व गरिने स्वास्थ्य परिक्षणका विषयमा थप जानकारी लिन चाहनुहुन्छ भनें तलको लिंकबाट पनि लिन सक्नुहुन्छ । प्रशिक्षक मार्गदर्शनको पृष्ठ नम्वर ८१ देखि ८२ सम्म यो जानकारी समेटिएको छ ।
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np)
Tags:-
१.स्वास्थ्य परिक्षण २. स्वास्थ्य परिक्षणमा अनुत्तिर्ण ३. प्रवास डायरी ४. रोजगारी ५. वैदेशिक रोजगार
नसर्ने रोगहरुका बारेमा जानकारी
वैदेशिक रोजगारमा जाने कामदारहरुले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्दछ । सरुवा रोग मात्र होइन पछिल्लो समयमा उच्च रक्तचाप (हाई व्लड प्रेसर), मधुमेह (सुगर), मृगौलाको समस्या लगायतका नसर्ने रोगहरु धेरै हुने गरेका कारण त्यसमा सजग रहनु पर्दछ । यसका बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोस् ।
विदेशमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सुरक्षाको विषयमा नेपालको स्वास्थ्य निति, २०७६ मा विशेष व्यवस्था छ । सो नितिमा के कस्ता विषयहरु समेटिएका छन् ? अध्ययनका लागि तलको लिंकमा क्लीक गरि पेज नम्बर २१ मा अध्ययन गर्न सकिन्छ ।
http://climate.mohp.gov.np/downloads/National_Health_Policy_2076.pdf
Tags:-
१.वैदेशिक रोजगार २. स्वास्थ्य निति ३. स्वास्थ्य सुरक्षा ४. स्वास्थ्य ५. नसर्ने रोग
स्वास्थ्यमा सचेत रहनुहोस
वैदेशिक रोजगारमा जाने श्रमिक आफ्नो स्वास्थ्यप्रति विशेष रुपमा सचेत रहनु पर्दछ । कुन रोग सर्ने हुन् र कुन रोग सर्दैनन् भन्ने जानकारीका लागि तलको लिंकमा क्लीक गरी पेज नम्वर ८२ पढ्न सक्नुहुन्छ ।
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np)
Tags:-
१.वैदेशिक रोजगार २. स्वास्थ्य ३. रोग ४. सरुवा रोग ५. नसर्ने रोग
डेंगुबाट कसरी जोगिने
डेंगु पछिल्ला केहि वर्षयता नेपालमा एउटा स्वास्थ्य समस्याका रुपमा देखा परेको छ । यसैगरी रोजगारीका लागि नेपाली श्रमिक पुग्ने कतिपय मुलुकमा पनि यसको जोखिम हुन सक्दछ । डेंगुबाट कसरी बच्ने भन्ने जानकारीका लागि तलको लिंकमा क्लीक गरेर अध्ययन गर्न सक्नुहुन्छ ।
डेंगु के हो ? कसरी बच्ने
Key words (tags)
१. डेंगु २. स्वास्थ्य समस्या ३. श्रमिक ४. डेंगुबाट कसरी बच्ने ५. वैदेशिक रोजगार
औलोबाट कसरी बच्ने
रोजगारीका लागि आफू जाने मुलुकमा औलोको कत्तिको समस्या छ भन्ने बारेमा बुझ्नु पर्दछ । औलो भनेर चिनिने मलेरियाका लक्षण र यसबाट बच्ने उपायका बारेमा जानकारीका लागि तलको लिंकमा क्लीक गरि अध्ययन गर्न सक्नुहुन्छ ।
औलोका ६ लक्षण र बच्ने उपाय – स्वास्थ्यखबर :: Swasthya Khabarpatrika
Key words (tags)
१. औलो २. स्वास्थ्य समस्या ३. मलेरिया ४. मलेरियाबाट कसरी बच्ने ५. वैदेशिक रोजगार
वैदेशिक रोजगारमा गएका व्यक्तिको अङ्गभङ्ग भएमा
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका व्यक्तिको करार अवधिभित्रै अङ्गभङ्ग भएमा घाइते भएका व्यक्ति नेपाल फर्केको एक वर्षभित्रमा वैदेशिक रोजगार बोर्ड सचिवालयमा निवेदन दिएर आर्थिक सहायता लिन पाइने व्यवस्था छ ।
आर्थिक सहायताका लागि वैदेशिक रोजगार बोर्डको सचिवालय (feb.gov.np) मा क्लीक गरी आवेदन फारमहरु डाउनलोड गर्न सकिन्छ ।
यसैगरी बोर्ड सचिवालयमा सम्पर्कका लागि वैदेशिक रोजगार बोर्डको सचिवालय (feb.gov.np) मा क्लीक गर्नुहोस् ।
Tags:-
१.वैदेशिक रोजगार २. श्रम स्वीकृति ३. आर्थिक सहायता ४. आवेदन फारमहरु ५. करार अवधि
नेपालको संविधान २०७२ मा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्वन्धि व्यवस्था
नेपालको संविधान २०७२ मा बालबालिका र महिलाको निम्ति विशेष अधिकारहरु व्यवस्था गरिएका छन्। मानिसलाई बेचबिखन गर्न, दास वा वाँधा बनाउन नपाइने, प्रत्येक बालबालिकालाई शारीरिक, मानसिक वा अन्य कुनै पनि किसिमको शोषण विरुद्धको हक हुने, यस्तो शोषणजन्य काम कानुनद्वारा दण्डनीय हुने र त्यस्तो व्यवहारको लागि कानुन अनुसार निर्धारण गरे बमोजिम क्षतिपुर्ति दिने व्यवस्था छ। थप जानकारीका लागि नेपालको संविधान २०७२ अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
नेपालको संविधान – नेपाल कानून आयोग (lawcommission.gov.np)
Tags:-
१.नेपालको संविधान २. मानव बेचबिखन ३. क्षतिपुर्ति ४. कानुन ५. शोषण
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४
नेपाल सरकारले मानव बेचविखन नियन्त्रणका लागि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ जारी गरेको छ । सो ऐन अनुसार कुनै पनि उद्धेश्यले मानिस किन्ने वा बेच्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानुन अनुसार बाहेक मानिसको अङ्ग झिक्ने र वेश्यागमन गर्ने कामलाई बेचविखन भनेर बुझिन्छ । यस ऐनले मानव बेचबिखन गर्नु अवैध र दण्डनीय ठहर्याउँछ र अपराधीहरुलाई दण्डित गर्न अधिकार प्रदान गरेको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ पुरा पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://shorturl.at/goLYZ
साथै यसका बारेमा अंग्रेजी भाषामा लेखिएको जानकारी पढ्न चाहनुहुन्छ भनें तलको लिंकमा क्लीक गर्नुहोस् ।
Human Trafficking – Forum for Women, Law and Development – FWLD
Tags:-
१.मानव बेचबिखन नियन्त्रण ऐन २. मानव बेचबिखन ३. ओसारपसार ४. मानिस किन्ने वा बेच्ने ५. वेश्यावृत्ति
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण नियमावली, २०६५
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण नियमावली, २०६५ मानव बेचविखन र ओसारपसारलाई नियन्त्रणका लागि बनाइएको नेपालको महत्वपूर्ण कानून हो। सो नियमावली पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
मानव बेचबिखन तथा ओसारपसार
Tags:-
१.मानव बेचबिखन २. ओसारपसार ३. नियमावली ४.मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण नियमावली २०६५ ५.मानव तस्करी
मानव बेचबिखनको उजुरी गर्दा प्रमाण कसले जुटाउनु पर्दछ ?
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको मुद्दामा अभियोग लागेको व्यक्तिले नै आफु निर्दोष भएको प्रमाण जुटाउनु पर्दछ । पीडितले प्रमाण जुटाउनु वा प्रमाणित गरिरहनु पर्दैन। यसका बारेमा थप जान्न तलको लिंकमा क्लीक गरी दफा ९ पढ्नुहोस् ।
http://www.ccwb.gov.np/uploads/Resource/international%20conventions/United%20Nations-%20Nepali/Human%20trafficking%20and%20transportatiocontrol%20Ain,2064.pdf
Tags:-
१.मानव बेचबिखन २. ओसारपसार ३. कसुर ४.पीडित ५.प्रमाण
मानव बेचबिखन मुद्दामा पीडकलाई कति सजाय हुन्छ ?
मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र दुई लाख रुपैया जरिवाना हुन्छ। कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनेलाई कसुरको मात्रा अनुसार १० वर्ष देखि १५ वर्षसम्म कैद र ५० हजार रुपैंया देखि १ लाख रुपैंयासम्म जरिवाना हुन्छ। अङ्ग झिकेको, वेश्यागमन गर्ने लगायतलाई सजायको प्रकृति फरक-फरक छ । थप जानकारीका लागि तलको लिंकमा क्लीक गरी पढ्नुहोस् ।
https://shorturl.at/bpqMU
Tags:-
१.मानव बेचबिखन मुद्दा २. कैद ३. जरिवाना ४.सजाय ५.बालबालिका
वैदेशिक रोजगारीका क्रममा बेचिएको वा ओसारपसारमा भएमा उद्धार
मानव बेचबिखनको धेरै रुपहरु मध्ये वैदेशिक रोजगारीको नाममा हुने बेचबिखन एक हो । वैदेशिक रोजगारीका नाममा बेचबिखनमा परेका व्यक्तिको उद्दार तथा स्वदेश फिर्तीको जिम्मेवारी सरकारको हुन्छ । यसमा सम्वन्धित मन्त्रालयहरु, नेपाल प्रहरीले समन्वय गरी काम गर्दछन् । थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
http://fwld.org/wp-content/uploads/2016/07/Analysis-of-Judicial-Decisions-on-Migrant-Workers.pdf
Tags:-
१.वैदेशिक रोजगार २.स्वदेश फिर्ती ३. वैदेशिक रोजगार बोर्ड ४.नेपाल प्रहरी ५.उद्दार
देश भित्र बेचबिखन परेको व्यक्तिहरुको उद्दार कसले गर्छ ?
देश भित्र वा जिल्ला भित्रै बेचबिखनमा परेको व्यक्तिहरुको उद्दार तथा संरक्षणको जिम्मेवारी सम्बन्धित जिल्ला समितिको हुन्छ । थप जानकारीका लागि मानव बेचबिखन तथा ओसारपसारबाट पिडित तथा प्रभावितहरुको हेरचाह तथा संरक्षणका लागि राष्ट्रिय न्युनतम मापदण्ड २०६८ पढ्न तलको लिंक क्लीक गर्नुहोस् ।
https://www.nhrcnepal.org/uploads/publication/TIP_Report_Inner_compressed.pdf
Tags:-
१.उद्दार २.हेरचाह तथा संरक्षण ३. जिल्ला समिति ४.बेचबिखन ५.ओसारपसार
उद्दार गरिएको पिडित वा प्रभावितलाई अस्थायी आवास तथा सुरक्षा
मानव बेचबिखन तथा ओसारपसार पिडित/प्रभावितहरुको उद्दार गरि अस्थायी आवास तथा सुरक्षा र पुनर्स्थापना सेवा प्रदान गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले आवास गृहहरु सञ्चालन गर्न सक्छन। यसैगरि उनीहरुले गैरसरकारी संस्थाहरुबाट सञ्चालित गृहहरुमा खर्च उपलब्ध गराउने गरि सेवाका लागि सिफारिस गर्न मिल्छ। कुन जिल्लामा कुन संस्थाले पुनर्स्थापना केन्द्रहरु सञ्चालन गरेका छन् भन्ने जानकारी लागि तलको लिंकमा क्लीक गर्नुहोस् र पृष्ठ नं ७५ मा हेर्नुहोस् ।
TIP_Report_Inner_compressed.pdf (nhrcnepal.org)
Tags:-
१.पुनर्स्थापना २.हेरचाह तथा संरक्षण ३. अस्थायी आवास ४.बेचबिखन ५.ओसारपसार
कानुनी प्रक्रियामा पिडित/प्रभावितलाई संरक्षण गर्नको लागि कस्तो व्यवस्था छ ?
पिडितको नाम गोप्य रहन्छ । पिडितको बयान उजुरी गर्दाकै बखत प्रमाणित गर्नुपर्छ । पिडितलाई आत्मारक्षाको अधिकार हुन्छ। पिडितले सरकारी वकिल बाहेक छुट्टै कानुन व्यवसायी राख्न पाउँछन् । उजुरीकर्ता तथा पिडितको सुरक्षाको व्यवस्था गरिएको हुन्छ । पिडित र साक्षिको लागि बकपत्र गर्न आउँदा जाँदाको भत्ताको व्यवस्था कानुनले गरेको छ । यसैगरी क्षतिपुर्तिको लागि पुनर्स्थापना कोषको व्यवस्था छ। थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
http://fwld.org/wp-content/uploads/2020/10/Position-paper-19-Oct-2020.pdf
Tags:-
१.कानुनी प्रक्रिया २.उजुरीकर्ता तथा पिडितको सुरक्षा ३.क्षतिपुर्ति ४.सरकारी वकिल ५.साक्षि
मानव बेचबिखनका पिडित प्रभावितहरुलाई कुन निकायले कस्तो सहयोग गर्दछन् ?
मानव बेचविखनका पिडित तथा प्रभावितहरुलाई विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले विभिन्न प्रकृतिको सहयोग गर्दछन् । कुन निकायबाट कस्तो सेवा उपलव्ध हुन्छ वा कस्ता कार्यक्रमहरु ति निकायको जिम्मेवारी भित्र पर्दछ भन्ने जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
मानव बेचबिखन: पिडित/प्रभावितहरुलाई कुन निकायले कस्तो मद्धत गर्छन् ? | देश परदेश Desh Paradesh
Tags:-
१.मानव बेचविखन २.सरकारी तथा गैरसरकारी निकायहरु ३.सेवा ४.सरकारी वकिल ५.साक्षि
तथ्यांकमा महिला श्रमिक
आर्थिक वर्ष सन् १९९३/९४ देखि सन् २०२०/२१ सम्म नेपाल सरकारले ८२ लाख ४ हजार ९ सय ६२ वटा श्रम स्वीकृति जारी गरेको छ जसमध्ये ४.५८ प्रतिशत अर्थात् ३ लाख ७५ हजार ८ सय २७ वटा श्रम स्वीकृति महिला श्रमिकको लागि रहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशन गरेको श्रम आप्रवासन प्रतिवेदन २०२२ बाट यस सम्बन्धी थप जानकारी लिन सकिन्छ |
यसका लागि यस https://moless.gov.np/np/post/show/501 लिंकमा क्लिक गरेर प्रतिवेदन अध्ययन गर्न सकिन्छ ।
संस्थागत रूपमा पछिल्ला केही वर्षयता श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने महिलाहरूको सङ्ख्या बढेको छ । तर भारत तथा अनियमित बाटो भएर अन्य मुलुकमा रोजगारीका लागि गएका महिला तथा पुरुष श्रमिकको तथ्याङ्क भने छैन ।
Tags:-
१.महिला श्रमिक २. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ३. श्रम स्वीकृति ४. अनियमित बाटो ५. वैदेशिक रोजगार
वैदेशिक रोजगामा महिला श्रमिक: अवसर र चुनौति
वैदेशिक रोजगारमा जाने महिलाको संख्या पुरुषको तुलनामा न्यून छ । त्यसरी जानेहरु मध्ये पनि बहुसंख्यक सीप विनाको काममा जाने गरेका छन् । वैदेशिक रोजगारमा जाने महिलाले भोग्दै आएका चुनौति के छन् ? अवसरहरु के छन् ? यस विषयमा थप जानकारीका लागि तलका लिंकहरु क्लीक गरेर पढ्नुहोस् ।
वैदेशिक रोजगारीमा महिलाका चुनौती « (karobardaily.com)
रेमिट्यान्समा महिलाको योगदान (nayapatrikadaily.com)
Tags:-
१.महिला श्रमिक २. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ३. श्रम स्वीकृति ४. अनियमित बाटो ५. चुनौति
महिला श्रम सहचारीको व्यवस्था:
वैदेशिक रोजगार ऐनको दफा ६८ (१) बमोजिम एक हजार वा सो भन्दा बढी महिला श्रमिक गएको मुलुकमा महिला श्रम सहचारीको नियुक्ति गर्न सकिने प्रावधान वैदेशिक रोजगार नियमावली, २०६४ मा रहेको छ । नियमावली पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://moics.gov.np/uploads/shares/rules/baideshik%20rojgar%20rules%202064.pdf
Tags:-
१.वैदेशिक रोजगार ऐन २. घरेलु कामदार ३. वैदेशिक रोजगारी ४. लैङ्गिक विभेद ५. श्रम आप्रवासन प्रतिवेदन
आरक्षण तथा घरेलु श्रमिकका रुपमा काम गर्न जाने सम्वन्धि निर्देशिका
नेपाल सरकारले वैदेशिक रोजगारमा जाने महिला श्रमिकलाई विशेष सुविधा प्रदान गर्न सक्ने र इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगारमा श्रमिक पठाउँदा महिलालाई आरक्षण प्रदान गर्नु पर्ने व्यवस्था ऐनले गरेको छ । वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने निर्देशिका, २०७२ अनुसार घरेलु श्रमिकका रुपमा साउदी अरब, कतार, कुवेत, युएई, ओमन, बहराइन, लेवनान र मलेसिया जाने महिला श्रमिकको उमेर २४ वर्ष पूरा भएको हुनुपर्दछ । साथै, निर्देशिकाको दफा ३ (४) ले घरेलु श्रमिकको रुपमा वैदेशिक रोजगारमा जाने महिला श्रमिकको बच्चा २ वर्ष भन्दा कम उमेर भएको हुनु हुने छैन भनी उल्लेख गरेको छ । यस बारेमा https://shorturl.at/uCGRY तथा https://shorturl.at/lxyMN लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ ।
सन् १९८५ देखि विभिन्न समयमा सरकारले महिलालाई घरेलु श्रमिकका रुपमा वैदेशिक रोजगारमा जान प्रतिबन्ध लगाउँदै आएको छ | यस सम्बन्धमा IOM द्वारा प्रकाशित Migration in Nepal: A Country Profile 2019 पृष्ठ ५३-५४ हेरेर थप जानकारी प्राप्त गर्न सकिन्छ । यसका लागि https://publications.iom.int/books/migration-nepal-country-profile-2019 लिंकमा क्लिक गर्नुहोस् |
Tags:-
१.महिला श्रमिक २. घरेलु श्रमिक ३. वैदेशिक रोजगार व्यवसायी ४. भिजिट भिसा ५. खाडी मुलुक
महिला श्रमिक र अभिमुखीकरण तालिम वापतको शुल्क सोधभर्ना
महिला श्रमिकले अभिमुखीकरण तालिम लिँदा तिरेको शुल्क वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सोधभर्ना पाइन्छ । यसका लागि तालिम केन्द्रले शुल्क लिएको सक्कल रसिद, तालिम प्रमाणपत्रको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि र राहदानी (पासपोर्ट) को प्रतिलिपि राखेर बोर्ड सचिवालयमा निवेदन दिनुपर्दछ ।थप जानकारी तलको लिंकमा उल्लेख छ ।
https://www.sajhasabal.com/orentation/106279
Tags:-
१.अभिमुखीकरण २. महिला श्रमिक ३. तालिम केन्द्र ४. वैदेशिक रोजगार बोर्डको सचिवालय ५. राहदानी
घरेलु श्रमिक
अन्तराष्ट्रिय श्रम संगठनका अनुसार विश्वमा ६ करोड ७० लाख भन्दा बढी घरेलु श्रमिकहरु छन् । त्यसमध्ये ८० प्रतिशत महिला छन् । त्यसैले घरेलु श्रम भन्ने वित्तिकै महिलाबहुल श्रम क्षेत्रमा पर्दछ । नेपालमा घरेलु श्रमिकको अवस्था र चुनौति तथा आइएलओ अभिसन्धि १८९ को विषयमा जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
अझै राज्यको पर्वाह बाहिर छन् लाखौं घरेलु श्रमिकहरु | देश परदेश Desh Paradesh
Tags:-
१.घरेलु श्रमिक २. चुनौति ३. आइएलओ अभिसन्धि १८९ ४. महिला श्रमिक ५. वैदेशिक रोजगार बोर्डको सचिवालय
घरेलु श्रमिक माथि पूर्ण प्रतिबन्ध
नेपालबाट खाडीका मुलुकहरुमा घरेलु श्रमिकको रुपमा काम गर्न जानेहरुलाई विभिन्न समयमा वन्देज लाग्दै आएको छ । सोही क्रममा सन् २०१७ मार्च देखि खाडी मुलुकमा घरेलु काम गर्न जान पूर्ण प्रतिबन्ध छ। व्यक्तिको सुरक्षालाई प्राथमिकता दिंदै नेपाल सरकारले लगाएको प्रतिवन्ध र त्यसले पारेको प्रभावका बारेमा जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.onlinekhabar.com/2017/04/565438
https://www.himalkhabar.com/news/9252
Tags:-
१.घरेलु श्रमिक २. नेपाल सरकार ३. झुटो करार ४. भिजिट भिसा ५. खाडी मुलुक
करार समाप्त भईसकेपछि पनि रोजगारदाताले घर फर्कन नदिएमा के गर्ने ?
करार अवधि समाप्त भईसकेपछि पनि रोजगारदाताले स्वदेश फर्कन नदिएमा श्रमिक स्वयं वा निजको नजिकको नातेदारले इजाजतपत्रवाला (मेनपावर कम्पनी) लाई जानकारी गराउनुपर्दछ । यसरी जानकारी गराएपश्चात पनि स्वदेश फर्काउन मेनपावर कम्पनीले सहयोग नगरेको खण्डमा वैदेशिक रोजगार विभागमा उजुरी दिनुपर्दछ । यसका साथै कन्सुलर सेवा विभाग वा वैदेशिक रोजगार बोर्डमा निवेदन पनि दिन सकिन्छ । श्रमिक स्वयं वा निजको नजिकको नातेदारले गन्तव्य मुलुकस्थित नेपाली नियोगमा पनि जानकारी दिन सक्नेछन । कन्सुलर सेवा विभागले यस्ता गुनासोहरु व्यवस्थापन गर्नका लागि अनलाइन सूचना व्यवस्थापनको समेत व्यवस्था गरेको छ ।
उद्दार तथा उजुरी गर्नको लागि यो लिंकमा https://legal.nepalconsular.gov.np/ गई खाता बनाएर घरमै बसी उजुरी गर्न सकिनेछ ।
Tags:-
१.कन्सुलर सेवा विभाग २. नेपाली राजदुतावास ३. मेनपावर कम्पनी ४. रोजगारी ५. प्रवासी नेपाली समन्वय समिति
श्रमिक जेल परेमा के गर्ने ?
वैदेशिक रोजगारको सिलसिलामा गन्तव्य मुलुकमा रहेको अवस्थामा कुनै श्रमिक कुनै कारणले जेल परेर उद्वार गर्नुपर्ने भएमा श्रमिकको सम्पूर्ण विवरण सहित कन्सुलर सेवा विभागको अनलाईन सूचना व्यवस्थापन प्रणालीमा दर्ता गर्न सकिन्छ ।
थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.जेल २. वैदेशिक रोजगार बोर्ड ३. मुद्दा ४. करार अवधि ५. श्रम स्वीकृति
वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने कानुनी प्रतिरक्षा सम्बन्धमा
श्रम स्वीकृती लिइ वैदेशिक रोजगारीमा गएका श्रमिकलाई करार अवधि भित्र फौजदारी कसूरको अभियोग लागेमा त्यस्ता श्रमिकको लागि वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको कानुनी प्रतिरक्षा सम्वन्धी निर्देशिका २०७५ को अधिनमा रही कानूनी प्रतिरक्षा तथा वहस पैरवीको व्यवस्था नेपाल सरकारले गरेको छ । त्यस्तो मद्धत आवश्यक परेका श्रमिक वा निजका परिवारले कानुनी प्रतिरक्षा तथा वहस पैरवीका लागि विदेशमा भए सम्वन्धित नियोग र स्वदेशमा भए परिवारले बोर्ड सचिवालयमा निवेदन दिन सक्छन् ।
थप जानकारी प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.वैदेशिक रोजगार बोर्ड २. फौजदारी कसुर ३. कानुनी प्रतिरक्षा ४. करार अवधि ५. वहस पैरवी
करार अनुसार काम वा तलब नपाएमा के गर्ने ?
नेपालमा हुँदा इजाजतपत्रवाला (मेनपावर कम्पनी) ले कुनै श्रमिकसँग एउटा कम्पनीमा काम गर्ने भनी करार गरी सोभन्दा कम पारिश्रमिक र सुविधा पाउने गरी वा कामको प्रकृति नै फरक पारी अर्को कम्पनीमा काम लगाएमा वा जुन कामका लागि वैदेशिक रोजगारमा पठाएको हो सो काममा नलगाइ अर्को काममा लगाएमा वा जति पारिश्रमिक र सुविधा दिने भनी लगेको हो सो भन्दा कम पारिश्रमिक र सुविधामा काममा लगाएमा वैदेशिक रोजगार विभाग वा जिल्लास्थित प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिन सकिन्छ । साथै गन्तव्य मुलकको नेपाली कूटनीतिक नियोगमा गुनासो वा उजुरी समेत गर्न सकिन्छ ।
थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.मेनपावर कम्पनी २. प्रमुख जिल्ला अधिकारी ३. कूटनीतिक नियोग ४. प्रवासी नेपाली समन्वय समिति ५. श्रम स्वीकृति
सम्पर्कविहिन भई खोजतलास गर्नु परेमा
वैदेशिक रोजगारीको क्रममा विभिन्न कारणले श्रमिक सम्पर्कविहिन भई खोजतलास गर्नु परेमा कन्सुलर सेवा विभाग वा सम्वन्धित मुलुकमा रहेको नेपाली नियोग (राजदूतावास) मा श्रमिकको परिवार वा नजिकको व्यक्तिले सम्पर्क गर्न सकिन्छ ।
थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.नेपाली राजदुतावास २. देश परदेश ३. श्रम मन्त्रालय ४. सम्पर्कविहिन ५. कन्सुलर सेवा विभाग
गन्तव्य मुलुकमा रोजगारदाता लिन नआएर अथवा काम नदिएर अलपत्र परेमा
गन्तव्य मुलुकमा पुगेपछि रोजगारदाता लिन नआएमा वा काम नदिइ अलपत्र पारेमा नेपाली राजदुतावासमा जानकारी गराउनु पर्दछ । साथै वैदेशिक रोजगारमा पठाउने मेनपावर कम्पनीमा समेत खबर गर्नुपर्दछ ।
थप जानकारी प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.मेनपावर कम्पनी २. नेपाली राजदुतावास ३. मानव अधिकार ४. प्रवासी नेपाली समन्वय समिति ५. श्रम स्वीकृति
गन्तव्य मुलूकमा दैवी प्रकोपका कारण अलपत्र परेर उद्दार गर्नुपर्ने भएमा
नेपाली श्रमिकहरु रहेको मुलुकमा युद्ध, महामारी, प्राकृतिक बिपत्ती परेर श्रमिकलाई तत्काल फिर्ता गर्नुपर्ने भएमा नेपाल सरकारले कुटनितिक नियोग वा श्रम सहचारी मार्फत श्रमिक फिर्ता गर्ने व्यवस्था छ । यस्तो अवस्थामा आवश्यक कागजपत्रसहित कन्सुलर सेवा विभाग, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार विभाग वा सम्वन्धित मुलुकमा रहेको नेपाली राजदूतावासमा निवेदन दिनु पर्दछ ।
थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.प्राकृतिक बिपत्ती २. वैदेशिक रोजगार बोर्ड ३. मानव अधिकार ४. प्रवासी नेपाली समन्वय समिति ५. वैदेशिक रोजगार विभाग
दुर्घटनामा परेर अङ्गभङ्ग भएको अवस्थामा वा गम्भीर बिरामी भएमा कसरी स्वदेश फिर्ता हुन सकिन्छ ?
विभागबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका लागि गएका श्रमिक बिरामीको कारण अशक्त भई वा दुर्घटनाको कारण काम गर्न नसक्ने भएको अवस्थामा स्वदेश फिर्ता हुनु परेमा सो कुराको जानकारी प्रभावित/पिडित स्वयं वा निजको नजिकका हकवालाले विदेशमा भए नेपाली दुतावासमा, नेपालमा भए वैदेशिक रोजगार बोर्डको सचिवालयमा निवेदन दिनुपर्दछ ।
उद्दार कार्यका लागि कन्सूलर सेवा मार्फत उजुरी गर्न https://legal.nepalconsular.gov.np/ मा गई खाता खोलि घरमै बसी उजुरी गर्न सकिनेछ। थप जानकारी प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.कल्याणकारी कोष २. वैदेशिक रोजगार बोर्ड ३. स्वदेश फिर्ता ४. कन्सूलर सेवा ५. नेपाली दुतावास
गन्तव्य मुलुकमा स्वास्थ्य परिक्षण फेल भएमा के गर्ने?
स्वास्थ्य परिक्षण गराई वैदेशिक रोजगारमा गएको श्रमिक ‘मेडिकल फेल’ भइ स्वदेश फर्कनु परेमा क्षतिपूर्ति प्राप्त गर्ने कानुनी व्यवस्था छ । यस्तो अवस्थामा वैदेशिक रोजगारमा जाँदा र फिर्ता हुँदा लागेको खर्च श्रमिकले फिर्ता पाउन स्वदेश फिर्ता भएको मितिले ९० दिनभित्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा वैदेशिक रोजगार विभाग वा वैदेशिक रोजगार बोर्ड वा वैदेशिक रोजगार सम्बन्धी कामकाज गर्न अधिकार प्राप्त श्रम तथा रोजगार कार्यालयमा निवेदन दिनु पर्दछ ।
थप जानकारी वैदेशिक रोजगार बोर्ड सचिवालयको वेवसाइट वैदेशिक रोजगार बोर्डको सचिवालय (feb.gov.np) मा गएर लिन सकिनेछ । वा अन्य जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.स्वास्थ्य संस्था २. वैदेशिक रोजगार बोर्ड ३. स्वास्थ्य परिक्षण ४. श्रम मन्त्रालय ५. श्रम तथा रोजगार कार्यालय
घरेलु श्रमिकलाई उद्धार गर्नुपरेमा
घरेलु श्रमिकको उद्दारका लागि श्रमिक आफैं र आफैं उपलब्ध हुन नसक्ने अवस्थामा नजिकको नातेदारले वैदेशिक रोजगार विभागमा निवेदन दिन सक्ने व्यवस्था छ । यसका साथै कन्सुलर सेवा विभाग वा वैदेशिक रोजगार बोर्डमा पनि निवेदन दिन सकिन्छ । गन्तव्य मुलुकस्थित राजदूतावासमा पनि निवेदन दिन सकिन्छ ।
कन्सूलर सेवा विभाग मार्फत निवेदन दिने भएमा https://legal.nepalconsular.gov.np/ मा क्लीक गरेर खाता खोलि घरमै बसेर उजुरी गर्न सकिन्छ ।
(नोट: यो सामग्री तयार पारेको समयमा नेपालबाट घरेलु श्रमिकका रुपमा खाडीका मुलुकहरुमा जान बन्देज लगाइएका कारण यस सम्वन्धि अद्यावधिक जानकारी लिन हामी तपाईलाई सुझाव दिन्छौं ।)
Tags:-
१.प्रवासी नेपाली समन्यवय समिति २. सुरक्षित अप्रवासन ३. घरेलु श्रमिक ४. अनलाइन सूचना व्यवस्थापन ५. राजदूतावास
मानव बेचबिखनमा तथा ओसारपसारमा परेका श्रमिकको स्वदेशफिर्ति गर्नुपरेमा के गर्ने ?
पछिल्लो समयमा आकर्षक तलव, सुविधा उपलव्ध गराइदिने नाममा वैदेशिक रोजगारको नाममा हुने मानव तस्करी, मानव बेचविखन र ओसारपसारका घटनाहरु बढेका छन् । त्यसैले सजग रहनु पर्दछ । कसैले मानव बेचबिखन तथा ओसारपसारको कसुर गरेको, गरिरहेको वा गर्न लागेको थाहा पाउने जुनसुकै व्यक्तिले नजिकको प्रहरी कार्यलय वा मानव वेचविखन अनुसन्धान ब्युरोमा उजुरी गर्न सक्छन् ।
थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.मानव वेचविखन अनुसन्धान ब्युरो २. वैदेशिक रोजगार विभाग ३. मानव बेचबिखन तथा ओसारपसार ४. प्रहरी ५. श्रम स्वीकृति
गन्तव्य मुलुकका रोजगारदाताले आवासीय परिचय पत्र नदिएमा अथवा नविकरण नगरेमा के गर्ने?
गन्तव्य मुलुकमा रोजगारदाताले आवासीय परिचय पत्र नदिएमा वा नविकरण नगरेमा श्रमिक स्वयंले मेनपावर कम्पनी र गन्तव्य मुलुकस्थित नेपाली नियोगमा जानकारी दिनुपर्दछ । यसरी जानकारी दिए पश्चात मेनपावर कम्पनीले सहयोग नगरेको खण्डमा वैदेशिक रोजगार विभागमा र सम्वन्धित मुलुकमा रहेको नेपाली राजदूतावासमा उजुरी दिन सकिन्छ ।
थप जानकारी लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.गन्तव्य मुलुक २. वैदेशिक रोजगार विभाग ३. उजुरी ४. कुटनितिक नियोग ५. श्रम स्वीकृति
न्यायमा पहुँच: गन्तव्य मुलुकमा रहेको कानुनी व्यवस्था
अनलाईन मार्फत् नेपाली राजदुतावासहरुमा गुनासो टिपाउन सकिने
आफ्ना देशका नागरिकहरुको गुनासो सुन्न र समस्या समाधानमा सहयोग गर्ने उद्धेश्यले नेपाली राजदुतावास मलेसिया र कतारले वेबसाइट मार्फत् समस्याको संक्षिप्त विवरण लिने व्यवस्था गरेको छ । आफु समस्यामा परेको बेला गुनासो गर्नको लागि निम्न लिंकमा गएर उजुरी दर्ता गर्न सकिन्छ ।
मलेसियाको हकमा
https://shorturl.at/mnHQ0
कतारको हकमा
https://shorturl.at/bfMO2
Tags:-
१.साउदी अरब २. ओमान ३. अनलाइन उजुरी ४. अभिमुखीकरण तालिम ५. नेपाली दुतावास मलेसिया
गन्तव्य मुलुकबाट शव नेपाल झिकाउन के-के प्रक्रिया रहेका छन् ?
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपाली श्रमिकको शव झिकाउनका लागि कन्सुलर सेवा विभागमा शव नेपाल झिकाई पाउँ भन्ने निवेदन सम्बन्धित श्रमिकको परिवारका सदस्य वा इच्छाईएको व्यक्तिले दिन सक्नेछन् । कन्सुलर सेवा विभागको वेबसाइट https://legal.nepalconsular.gov.np/ मा गएर आवश्यक कागजातहरु सहित निवेदन दिन सकिन्छ ।
थप जानकारी प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.वैदेशिक रोजगार बोर्ड २. कल्याणकारी कोष ३. अनलाइन उजुरी ४. मृत्यु ५. श्रम स्वीकृति
अलेखबद्ध भएका श्रमिकको शव नेपाल ल्याउने प्रकृया
गन्तव्य मुलुकमा अलेखबद्ध भएका श्रमिकको मुत्यु भएमा श्रमिकको परिवारले स्थानीय निकायबाट नाता प्रमाणित तथा गन्तव्य मुलुकमा अवैधानिक रुपमा बसेर काम गरिरहेको जानकारी गराइएको सिफारिसहित वैदेशिक रोजगार बोर्डमा निवेदन दिनुपर्दछ । साथै आर्थिक अवस्था कमजोर रहेको जनाउंदै शव नेपाल झिकाउनका लागि अनुरोध गर्नुपर्दछ । थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.वैदेशिक रोजगार बोर्ड २. मानव अधिकार आयोग ३. सीपका फाइदाहरु ४. मृत्यु ५. श्रम स्वीकृति
युएईबाट शव नेपाल पठाउन आवश्यक प्रक्रिया तथा कागजातहरु
रोजगारीका क्रममा युएईमा कुनै नेपालीको मृत्यु भएमा निजको शवलाई नेपाल पठाउन सकिने व्यवस्था छ । यदि मृतकको शव युएईमा दाहसंस्कार गर्ने हो भनें त्यसका लागि दूतावासबाट प्रमाणीकरण पत्र उपलव्ध गराएको हुनु पर्दछ । थप जानकारीका लागि नेपाली राजदुतावास, अबुधाबीको वेवसाइट https://ae.nepalembassy.gov.np/dead-body-repatriation/ मा हेर्न सकिन्छ ।
Tags:-
१.युएई २. दूतावास ३. नेपाली राजदुतावास अबुधाबी ४. दाहसंस्कार ५. श्रम स्वीकृति
युएईबाट क्षतिपुर्ती दावी गर्ने व्यवस्था
रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत कुनै नेपालीको दुर्घटनामा मृत्यु भएमा मृतकका हकदारले क्षतिपूर्ति पाउने कानुनी व्यवस्था छ । यसका लागि आवश्यक पर्ने कागजात लगायतका विषयमा युएईस्थित नेपाली दुतावासको वेभसाइट https://ae.nepalembassy.gov.np/compensation/ मा थप जानकारी लिन सकिन्छ ।
Tags:-
१.युएई २. गोसी ३. नि:शुल्क सीप र तालिम ४. दाहसंस्कार ५. स्वास्थ्य परिक्षण
साउदी अरबबाट शव नेपाल पठाउने आवश्यक प्रक्रिया तथा कागजातहरु
साउदी अरबमा कुनै नेपालीको मृत्यु भएमा निजको शव नेपाल पठाउन रोजगारदाताले अनिवार्य रुपमा नेपाली दुतावासमा लिखित रुपमा जानकारी दिनु पर्दछ । थप आवश्यक कागजात तथा प्रक्रियाको बारेमा नेपाली राजदुतावास रियादको वेभसाइट https://sa.nepalembassy.gov.np/death-case-formalities-2/ मा जानकारी लिन सकिन्छ ।
Tags:-
१.क्षतिपुर्ती २. नेपाली राजदुतावास रियाद ३. वैदेशिक रोजगार बोर्ड ४. प्रहरी ५. साउदी अरब
गोसी (GOSI) सम्बन्धी जानकारी (साउदी अरबका लागि)
वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहँदा कार्यस्थलमा दुर्घटना (work-related accident) मा परी मृत्यु भएमा श्रमिकको सामाजिक सुरक्षा बीमा (social insurance) वापतको रकम मृतकको परिवारले प्राप्त गर्ने व्यवस्था छ । यसका लागि आवश्यक कागजात र प्रकृयाका बारेमा जानकारी लिन साउदी अरबस्थित नेपाली राजदूतावासको वेभसाइट https://sa.nepalembassy.gov.np/gosi_information/ मा हेर्नुहोस् ।
Tags:-
१.गोसी २. वैदेशिक रोजगारी ३. वैदेशिक रोजगार बोर्ड ४. नेपाली राजदूतावास ५. साउदी अरब
कतारबाट शव नेपाल पठाउने प्रक्रिया तथा आवश्यक कागजातहरु
वैदेशिक रोजगारको क्रममा कतारमा कुनै श्रमिकको मृत्यु भएमा ति श्रमिकले पाउन बाँकी रकम, अन्य सुविधा वापतको रकम, व्यक्तिगत सामान सहित शव नेपाल पठाउनु पर्ने कानुनी व्यवस्था छ ।
थप जानकारीका लागि कतारस्थित नेपाली दूतावासको वेभसाइट https://qa.nepalembassy.gov.np/deadbody-repatriation/ मा हेर्न सक्नुहुन्छ ।
Tags:-
१.कतार २. शव ३. श्रमिकको मृत्यु ४. नेपाली राजदुतावास कतार ५. कल्याणकारी कोष
गन्तव्य मुलुकमा दाहसंस्कार गर्नु परेमा
कुनै व्यक्तिको रोजगारीका क्रममा विदेशमा मृत्यु भएमा र सोही मुलुकमा अन्त्येष्टि गर्नुपर्ने भएमा आवश्यक प्रकृयाहरु पुरा गर्नुपर्ने हुन्छ । यसका लागि मृतकको नजिकको हकवालासँगको नाता प्रमाणित, हकवालाको मन्जुरीनामा र सिफारिस (मलेसियाको हकमा) कन्सुलर सेवा विभाग मार्फत गन्तब्य मुलुकको नियोगमा पठाउनु पर्दछ । ध्यान दिनुहोस् नाता प्रमाणित र सिफारिस वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालयबाट बनाउन सकिन्छ भने मञ्जुरीनामा कन्सुलर सेवा विभागबाट बनाउनु पर्दछ ।
थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.शव झिकाउने प्रक्रिया २. वडा कार्यालय ३. जिल्ला प्रशासन कार्यालय ४. नाता प्रमाणित ५. मञ्जुरीनामा
वैदेशिक रोजगारीमा ठगिए कसरी न्याय पाउने ?
ठगी भनेको के हो ? नेपालको कानूनमा के छ व्यवस्था ?
युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय
आफूसँग भएको सीप नै सबैभन्दा ठूलो सम्पत्ति हो। युवा तथा साना उद्यमी विकास कोषले व्यावसायिक खेती, पशुपालन, कृषि र वनजन्य उद्योग, घरेलु तथा साना उद्योग तथा अन्य उद्योग, रिक्सा, ठेलालगायतका सेवामूलक व्यवसाय, विभिन्न जाति जनजातिको परम्परागत पेसामा आधारित व्यवसाय, घरबास, बहुमूल्य धातुसम्बन्धी उद्योग र सीपलाई स्वरोजगारका लागि कर्जा दिने प्राथमिकताका क्षेत्रमा तोकेको छ। तसर्थ, कोषमार्फत स्वरोजगार कर्जा लिन चाहने युवाहरूमा यीमध्ये कुनै सीप भएमा लाभदायी हुनेछ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषले स्वरोजगार कार्यक्रम अन्तर्गत कर्जा लिने युवाहरूलाई सीप विकास तालिम प्रदान गर्छन्।
कोष सम्बन्धि थप जानकारी http://ysef.gov.np/skill-development.html बाट लिन सकिन्छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि सामाजिक सुरक्षा कोष
वैदेशिक रोजगारीमा रहेका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा समेटिने उद्देश्यका साथ सामाजिक सुरक्षा कोषले २०७९ चैत ८ मा एक कार्यक्रम आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको छ । नेपालको सामाजिक सुरक्षा कोषमा आवद्ध हुनको लागि https://sosys.ssf.gov.np/ वेबपेजमा गई वैदेशिक रोजगारी सूचीकरणमा क्लिक गरी अनलाईन आवेदन फाराम भर्न सकिन्छ |
Tags:-
१.सामाजिक सुरक्षा कोष २. श्रमिक ३. वैदेशिक रोजगारी ४. आवेदन ५. सूचीकरण
विदेशमा रहेका नेपाली सामाजिक सुरक्षा कोषमा कसरी जोडिन सक्छन् ?
वैदेशिक रोजगारमा जाने प्रकृयामा रहेकाहरु वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने क्रममा नै र विदेशमा कार्यरतहरु कोषमा आवेदन दिएर सामाजिक सुरक्षामा जोडिने व्यवस्था रहेको छ । यसका बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस ।
www.bbc.com/nepali/articles/crgj2203m3yo
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पेन्सनसहितको सामाजिक सुरक्षा दिन सुरु– समाचार – कान्तिपुर समाचार (ekantipur.com)
Tags:-
१.सामाजिक सुरक्षा कोष २. श्रमिक ३. वैदेशिक रोजगार ४. आवेदन ५. सूचीकरण
विदेशमा काम गरी फर्केका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई न्यूनतम एक वर्ष काम गरी स्वदेश फर्किएर नेपालमा न्यूनतम एक वर्ष देखि उद्यम व्यवसाय सञ्चालन गरेर बसेका उद्यमीहरूलाई प्रत्येक वर्ष राष्ट्रिय सम्मान तथा पुरस्कार दिने व्यवस्था गरेको छ | मन्त्रालयमा रहने सिफारिश समितिले देशका सबै प्रदेशबाट उपलब्ध भएसम्म १ जना नछुट्नेगरी एक जनालाई रु. एक लाख पचास हजार रकमको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र बढीमा सात जनासम्मलाई जनही रु. पचहत्तर हजारको उद्यमी राष्ट्रिय पुरस्कारको लागि सिफारिश गर्दछ ।
यस बारेमा मन्त्रालयको वेभसाइट https://moless.gov.np/np मा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
Tags:-
१.पुरस्कार २. श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ३. वैदेशिक रोजगार ४. उद्यमी ५. राष्ट्रिय सम्मान
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिमेडिसिन सेवा
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी वैदेशिक रोजगार बोर्डको सचिवालयले २०७९ चैत १५ गते बुधबार बिहान १० बजेदेखि टेलिमेडिसिन सेवा सुरुवात गरेको छ । यो सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो लगायतका सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् । यो सेवा पूर्णतः निशुल्क हो ।
यस सम्बन्धमा https://shorturl.at/blwG6 लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
Tags:-
१.टेलिमेडिसिन सेवा २. वैदेशिक रोजगारी ३. वैदेशिक रोजगार बोर्ड ४. श्रमिक ५. सामाजिक सञ्जाल
प्राथमिक शेयर निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण
आर्थिक वर्ष २०७९/८० को बजेटले प्राथमिक शेयर निष्कासन (आईपीओ) मा वैदेशिक रोजगारीमा गएकाहरुका लागि आरक्षणको व्यवस्था गरेको छ । ‘धितोपत्र दर्ता तथा निष्कासन (छैठौं संशोधन) नियमावली, २०७९’ ले सङ्गठित संस्थाले सर्वसाधारणलाई निष्कासन गर्ने सेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीलाई छुट्याउनुपर्ने व्यवस्था गरेको हो ।
यस बारेमा https://shorturl.at/aforX लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
Tags:-
१.वैदेशिक रोजगार २. आरक्षण ३. आईपीओ ४. बजेट ५. प्राथमिक शेयर
जिल्लासम्म शव पुर्याउन शव वाहनको व्यवस्था
वैदेशिक रोजगारका क्रममा विदेशमा मृत्यु भएका व्यक्तिको शव जिल्लासम्म पुर्याउनका लागि वैदेशिक रोजगार बोर्डले शव वाहनको व्यवस्था गर्दछ ।
यसका बारेमा थप जानकारी प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.नेपाली राजदुतावास २. वैदेशिक रोजगार बोर्ड ३. मलेसिया ४. शव वाहन ५. स्थानीय सरकार
विदेशमा मृत्यु भएकाहरुको नजिकको हकवालाले नेपालस्थित बिमा कम्पनीबाट विमित रकम प्राप्त गर्ने प्रक्रिया
वैदेशिक रोजगारका क्रममा श्रम स्वीकृति लिएर गएको व्यक्तिको बीमा अवधि बाँकी नै रहेको अवस्थामा मृत्यु भएमा नेपालको बीमा कम्पनीबाट आर्थिक सहायता प्राप्त गर्ने कानुनी व्यवस्था छ ।
यसका बारेमा थप जान्न प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.बीमा २. वैदेशिक रोजगार बोर्ड ३. श्रम मन्त्रालय ४. स्वास्थ्य परिक्षण ५. श्रम स्वीकृति
विदेशमा मृत्यु भएका श्रमिकको नजिकको हकवालाले विदेशस्थित बीमा कम्पनीबाट विमित रकम प्राप्त गर्नका लागि प्रक्रिया
गन्तव्य मलुकमा करार अवधि भित्र कार्यस्थल दुर्घटना (कामको समयमा) वा सडक दुर्घटनामा परेर मृत्यु भएको अवस्था भएमा श्रमिकको नजिकको हकवालाले कन्सुलर सेवा विभाग मार्फत बीमाको रकम दावी गर्न पाउँछन् । यसका लागि कन्सूलर सेवा विभाग मार्फत अनलाइन नै निवेदन दिन पाइने व्यवस्था छ ।
यसका लागि https://legal.nepalconsular.gov.np/ मा गई खाता खोलि निवेदन दिन सकिन्छ । बीमा रकम प्राप्त गर्ने तरिका गन्तव्य मुलुक अनुसार फरक पर्न सक्छ । थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.कार्यस्थल दुर्घटना २. कन्सूलर सेवा विभाग ३. अनलाइन आवेदन ४. श्रम स्वीकृति ५. कल्याणकारी कोष
साउदी अरबको बीमा कम्पनीबाट बीमा रकम दावी गर्ने प्रक्रिया
वैदेशिक रोजगारको क्रममा साउदी अरबमा कुनै श्रमिकको मृत्यु भएको खण्डमा निजको नजिकको हकवालाले विदेशस्थित बीमा कम्पनीबाट बीमा वापतको रकम दावी गर्न पाउँदछन् ।
यस्तो आवेदन कन्सुलर सेवा विभागको अनलाइन सिष्टम https://legal.nepalconsular.gov.np/ बाट गर्न सकिन्छ । बीमा वापतको रकम दावी गर्न गोसी फारम भर्नु पर्दछ । यस सम्वन्धि थप जानकारी प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.साउदी अरब २. साउदी अरबको भिसा चेक गर्ने तरिका ३. तालिम प्रदायक संस्थाहरु ४. बीमा कम्पनि ५. गोशी फारम
मलेसियाको बीमा कम्पनीबाट बीमा रकम दावी गर्ने प्रक्रिया
वैदेशिक रोजगारको क्रममा मलेसियामा कुनै श्रमिकको मृत्यु भएको खण्डमा निजको नजिकको हकवालाले विदेशस्थित विमा कम्पनीबाट बीमा वापतको रकम दावी गर्न पाउँछन् । यस्तो दावी कन्सुलर सेवा विभागमा अनलाइन मार्फत आवेदन दिएर गर्न पाइन्छ ।
त्यसका लागि के कस्ता कागजातहरु आवश्यक पर्दछन् भन्ने जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.मलेसिया २. कन्सुलर सेवा विभाग ३. स्वास्थ्य परिक्षण ४. बीमा ५. श्रम स्वीकृति
कतारको बीमा कम्पनीबाट बीमा रकम दावी गर्ने प्रक्रिया
रोजगारीको क्रममा कतारमा सडक दुर्घटना वा कार्यस्थल दुर्घटनामा परेर कुनै श्रमिकको मृत्यु भएको खण्डमा निजको नजिकको हकवालालाई कतारको कम्पनी स्वयंले गन्तव्य मुलुकस्थित नेपाली नियोगसँग समन्वय गरी नेपालको परराष्ट्र मन्त्रालय मार्फत बीमा वापतको रकम पठाउँदछ । कन्सुलर सेवा विभागले परिवारलाई सम्पर्क गरेर जिल्ला प्रशासन कार्यालयले मृतकको परिवारलाई रकम प्रदान गर्दछ ।
थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.कल्याणकारी कोष २. सुरक्षित आप्रवासन ३. कतार ४. ईसारा नेपाल ५. नेपाल विमा प्राधिकरण
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका सिलसिलामा करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा अशक्त वा गम्भीर बिरामी भएका नेपाली श्रमिकका छोराछोरीलाई वैदेशिक रोजगार बोर्डको तर्फबाट शैक्षिक छात्रवृत्ति प्रदान गरिन्छ |
यसका बारेमा https://feb.gov.np/ मा क्लिक गरी थप जानकारी लिन सकिन्छ |
Tags:-
१.वैदेशिक रोजगार बोर्ड २. वैदेशिक रोजगारी ३. श्रमिक ४. आवेदन ५. छात्रवृत्ति
वैदेशिक रोजगारमा रहेका व्यक्तिका परिवारका लागि स्वास्थ्य सुविधा
वैदेशिक रोजगारीमा गएका कुनै नेपाली कामदारको परिवारको सदस्य विरामी परी उपचार गराउन आर्थिक समस्या परेको प्रमाणसहित निवेदन दिएमा क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन तथा अल्जाइमरको उपचारका लागि वैदेशिक रोजगार बोर्डको सचिवालय मार्फत रु. ५० हजार रुपैंयासम्म एक पटकका लागि दिने व्यवस्था छ । यस्तो सहायताका लागि दिने निवेदनको ढाँचा वैदेशिक रोजगार बोर्डको सचिवालयको वेभसाइटबाट डाउनलोड गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
वैदेशिक रोजगार बोर्डको सचिवालय (feb.gov.np)
Tags:-
१.वैदेशिक रोजगारमा रहेका व्यक्तिका परिवार २. वैदेशिक रोजगार ३. स्वास्थ्य सुविधा ४. वैदेशिक रोजगार विभाग ५. आर्थिक सहायता