Pardesi is number one site in Nepal

The stars will never align, and the traffic lights of life will never

खाडीका ६ वटा मुलुकहरु मध्येको एक मुलुक हो कतार । सो मुलुकमा नेपाली श्रमिकहरु निर्माण, सुरक्षा गार्ड, होटल, कलकारखाना र पसल लगायतका क्षेत्रमा काम गर्दछन् । सानो संख्यामा कृषि क्षेत्रमा काम गर्नेहरुको पनि रहेको छ । नेपालको तुलनामा कतारमा बढी गर्मी हुन्छ । उच्च तापक्रमका कारण सिर्जना हुन सक्ने स्वास्थ्य समस्याबाट बच्न गर्मी महिनामा प्रशस्त मात्रामा पानी पिएर, पर्याप्त आराम गरेर विशेष सावधानी अपनाउनु पर्दछ । कतारको राजधानी दोहा हो । सो मुलुकको मुद्रालाई कतारी रियाल भनिन्छ । इस्लाम धर्म मान्ने कतारको सरकारी कामकाजको भाषा अरवी हो ।
अन्न्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले प्रकाशन गरेको यात्रामा चनाखो काममा चुस्त भन्ने यो जानकारीमूलक सामग्री पिडिएफमा डाउनलोड गरि अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 

https://www.ilo.org/wcmsp5/groups/public/—asia/—ro-bangkok/—ilo-kathmandu/documents/publication/wcms_379018.pdf
 
कतार सम्बन्धि थप जानकारी लिनको लागि वैदेशिक रोजगार बोर्ड सचिवालयको वेबसाइट
 
https://feb.gov.np/extra_upload/5d667517a46f7_Inner_Prawas_Diary_2076_CTP_Final.pdf  बाट पिडिएफ फाइल डाउनलोड़ गरी अध्ययन गर्नुहोस् । 
 
नेपाली राजदूतावास कतार

विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । कतारमा नेपाली राजदूतावास दोहामा रहेको छ । दोहास्थित दूतावासको फोन नं. +९७४-४४६७५६८१ वा +९७४-४४६७५६८३ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://qa.nepalembassy.gov.np/
 
कतारको मौसमी वातावरण कस्तो हुन्छ ?

न्यूनतम १२–१४ डिग्री से. देखि अधिकतम् ५२ डिग्री से. सम्म ।
 
कतारको भिसा अनलाईनबाट चेक गर्ने तरिका
 
https://portal.moi.gov.qa/wps/portal/MOIInternet/services/inquiries/visaservices/enquiryandprinting
 

Tags:-
१.कतार २. नेपाली श्रमिक ३.  श्रम सम्झौता र करार अवधि ४. नेपाली राजदूतावास कतार ५. कल्याणकारी कोष
 

कतारमा निर्माण श्रमिकका रुपमा काम गर्दा ध्यान दिनुपर्ने कुराहरु

रोजगारीका क्रममा विदेशमा निर्माण श्रमिकका रुपमा काम गर्ने भएमा केहि विषयमा विशेष सावधानी अपनाउनु पर्दछ । अग्लो, खुल्ला ठाउँमा काम गर्दा के कस्ता कुरामा सावधानी अपनाउनु पर्दछ भन्ने जानकारीका लागि तलको भिडियो हेर्न सक्नुहुन्छ ।

 

 
Tags:-
१.निर्माण श्रमिक २. सावधानी ३. अग्लो ठाउँको काम ४. खुल्ला ठाउँको काम ५. वैदेशिक रोजगार

 

रोजगार करार सम्झौताका बारेमा जान्नुपर्ने कुराहरु

रोजगारीका लागि विदेश जानेहरुले गन्तव्य मुलुकको रोजगारदातासँग करार सम्झौता गर्नु पर्दछ । करार सम्झौताको विषयमा जानकारी हासिल गर्न यो भिडियो हेर्न सक्नुहुन्छ ।

 


 
Tags:-
१.गन्तव्य मुलुक २. रोजगारदाता ३. करार सम्झौता ४. विदेश जानेहरु ५. वैदेशिक रोजगार

 
कतारमा घरेलु श्रमिकका अधिकार र दायित्वहरु

कतारमा घरेलु श्रमिकका रुपमा कार्यरत रहँदा आप्रवासी श्रमिकका अधिकार र दायित्वहरु हुन्छन् । ति अधिकार र दायित्वहरु के हुन् त < जानकारीका लागि भिडियो हेर्न तलको लिंक क्लीक गर्नुहोस् ।

 


 

Tags:-
१.कतार २. घरेलु श्रमिक ३. आप्रवासी श्रमिक ४. श्रमिकको अधिकारहरु ५. श्रमिकका दायित्वहरु
 

कतारमा रोजगारदाताका दायित्वहरु

कतारमा कार्यरत श्रमिकहरुलाई रोजगारदाताले करार पत्र अनुसारकै काम, समयमा तलव भुक्तानी गर्नुपर्न त्यहाँको कानुनी व्यवस्था छ । यदि करारपत्र विपरित काममा लगाएमा वा तलव भुक्तानी नगरेमा कतारको सरकारी निकायबाट कस्तो सहयोग प्राप्त गर्न सकिन्छ भन्ने जानकारीका लागि यो भिडियो हेर्नेहोस् ।

 

Tags:-
१.कतार २. रोजगारदाता ३. करारपत्र ४. तलव ५. सरकारी निकाय

 
कतारमा आप्रवासी श्रमिकका हक अधिकार र ध्यान दिनुपर्ने कुराहरु

आप्रवासी श्रमिकको अधिकारलाई सम्मान गर्दै विभिन्न मुलुकहरुले आफ्नो कानुनमा त्यसको सुनिश्चितता गरेका हुन्छन् । कतारमा रोजगारीका लागि जाने आप्रवासी श्रमिकले ध्यान दिनुपर्ने कुराहरु तथा उनीहरुको अधिकारका बारेमा जानकारी हासिल गर्न यो भिडियो हेर्नुहोस् ।

 

 
Tags:-
१.कतार २. आप्रवासी श्रमिक ३. कानुन ४. श्रमिकको अधिकारहरु ५. श्रमिकका दायित्वहरु

 

कतारमा काम गर्दा व्यक्तिगत कागजातको सुरक्षा

कतारमा काम गर्ने आप्रवासी श्रमिकको भर्ना, व्यक्तिगत कागजातको सुरक्षा, कार्यसमय लगायतका विषयमा त्यहाँको कानुनले नै व्यवस्था गरेको छ । के छन् त ति विषयहरु ? जानकारीका लागि तलको भिडियो हेर्नुहोस् ।

 

 
Tags:-
१.कतार २. श्रमिकको भर्ना प्रकृया ३. आप्रवासी श्रमिक ४. व्यक्तिगत कागजातको सुरक्षा ५. वैदेशिक रोजगार

Read More
उत्पत्तिको देश

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

नेपालमा श्रमसँग सम्वन्धित विषयका कानुन तथा नितिहरु बनाउने र तिनिहरूको प्रभावकारी कार्यान्वयन गर्ने/गराउने जिम्मेवारी प्राप्त सरकारी निकाय हो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय । वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनु तथा वैदेशिक रोजगारीबाट आर्जित सीप, प्रविधि र पुँजीको उपयोगबाट आन्तरिक रोजगारी प्रवर्द्धन गर्नु पनि यस मन्त्रालयको जिम्मेवारी हो। वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने कार्यमा संलग्न सरकारी निकायहरु वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड यस मन्त्रालय मातहतका मुख्य निकायहरू हुन् ।
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वेबसाइट https://moless.gov.np बाट तपाईले थप जानकारी पाउन सक्नुहुन्छ ।  
 

Tags:-
१.श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय  २. वैदेशिक रोजगार विभाग ३.  रोजगारी ४. वैदेशिक रोजगार बोर्ड ५. वैदेशिक रोजगार
 

वैदेशिक रोजगार विभाग

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको निकाय हो वैदेशिक रोजगार विभाग । यस विभागले रोजगारीका लागि विदेश जाने व्यक्तिहरुलाई श्रम स्वीकृति दिने, वैदेशिक रोजगारमा पठाइदिने नाममा गलत काम गर्ने व्यक्ति वा संस्था (बोलिचालिको भाषामा मेनपावर कम्पनी) लाई कारवाही गर्ने, श्रमिकको उजुरी लिने र अनुसन्धान गरी पीडितलाई न्याय दिलाउनेसम्मको काम गर्दछ । विभागको अनुसन्धानबाट किनारा नलागेका उजुरीहरुलाई यस विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा पठाउने गर्दछ ।
 
अनलाइन मार्फत गुनासो दर्ता गर्ने सुविधा पनि यस विभागले उपलव्ध गराएको छ ।
(श्रम कल सेन्टर | श्रम कल सेन्टर)
 
वैदेशिक रोजगार विभागको वेभसाइट https://dofe.gov.np/ बाट तपाईले यस विभागका बारेमा थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।
 

Tags:-
१.मेनपावर कम्पनी  २. वैदेशिक रोजगार विभाग ३.  श्रम स्वीकृति ४. वैदेशिक रोजगार न्यायाधिकरण ५. उजुरी
 

वैदेशिक रोजगार बोर्ड

वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई सुचना, जानकारी प्रदान गर्ने, श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकको श्रम स्वीकृतिको अवधिभित्र दुर्घटनामा परेर अङ्गभङ्ग भएमा वा गम्भीर विरामी परेमा त्यस्ता व्यक्तिलाई वा मृत्यु भएमा सम्वन्धित परिवारका हकवालालाई यस बोर्डले आर्थिक सहायता उपलव्ध गराउँछ । हाल वैदेशिक रोजगारका क्रममा मृत्यु भएका व्यक्तिका परिवारले बोर्ड मार्फत रु. ७ लाख प्राप्त गर्दछन् । यसैगरी अङ्गभङ्ग भएमा वा गम्भीर विरामी परेमा क्षतिको प्रकृति अनुसार रु. ७ लाखसम्म प्रदान गर्दछ । रोजगारीका क्रममा विदेशमा मृत्यु भएका व्यक्तिको शवलाई नेपालको विमानस्थलदेखि निजको घरसम्म नि:शुल्क पुर्याउने व्यवस्था पनि बोर्डले गर्दै आएको छ ।वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएको/अङ्गभङ्ग भएको/गम्भीर बिरामी परेको श्रमिकको विद्यालयतहमा पढ्ने छोराछोरीलाई तोकिएको छात्रवृत्ति रकम पनि यस बोर्डले उपलव्ध गराउँदछ ।
 
वैदेशिक रोजगार बोर्डको वेभसाइट https://feb.gov.np/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
 

Tags:-
१.वैदेशिक रोजगार बोर्ड २. आर्थिक सहायता ३. शव ढुवानी ४. श्रम स्वीकृति ५. सुचना
  

वैदेशिक रोजगार न्यायाधिकरण

वैदेशिक रोजगारसँग सम्वन्धित मुद्धाहरु मध्ये वैदेशिक रोजगार विभागबाट छिनोफानो हुन नसकेका मुद्धाहरुको सुनुवाई गरी फैसला दिने काम वैदेशिक रोजगार न्यायाधिकरणले गर्दछ । कसैले अनुमति नलिइ वैदेशिक रोजगार व्यवसाय गरेमा वा श्रमिक विदेश पठाएमा, सरकारले रोजगारीमा जान पाउने गरी खुल्ला नगरेका मुलुकमा कसैलाई पठाएमा वा नाबालिकलाई वैदेशिक रोजगारमा पठाएमा लगायतका तोकिएका मुद्धाहरु यस न्यायाधिकरणले हेर्ने गर्दछ । त्यस्तो काम गर्ने व्यक्ति वा संस्था विरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिनु पर्दछ । विभागले अनुसन्धान गरी यस न्यायाधिकरणमा अभियोग पत्र पेश गर्दछ । वैदेशिक रोजगारसँग सम्वन्धित मुद्धा सरकारवादी मुद्धा हुने भएका कारण सरकारी वकिलले मुद्धा लड्दछन् ।
 
वैदेशिक रोजगार न्यायाधिकरणका बारेमा https://fet.gov.np/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ । 
 

Tags:-
१.वैदेशिक रोजगार न्यायाधिकरण २. मुद्धा ३. न्यायाधिकरण ४. सरकारवादी मुद्धा ५. नाबालिक
 

राष्ट्रिय मानव अधिकार आयोग

नेपालमा स्वतन्त्र संवैधानिक निकायका रूपमा राष्ट्रिय मानवअधिकार आयोगको स्थापना सन् २००० मा भएको हो । आयोगले सुरक्षित वैदेशिक रोजगारका लागि सरकारलाई सिफारिस गर्ने, वैदेशिक रोजगार तथा मानव बेचबिखनका सम्बन्धमा अध्ययन अनुसन्धानगरी प्रतिवेदन प्रकाशन गर्ने र विभिन्न गन्तव्य मुलुकस्थित मानव अधिकार आयोगहरुसँग सो मुलुकमा काम गरिरहेका नेपाली आप्रवासी श्रमिकहरूको मानव अधिकार रक्षाका लागि दुई पक्षीय सम्झौता गर्ने लगायतका काम गर्दछ । राष्ट्रिय मानवअधिकार आयोगको बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://www.nhrcnepal.org/
 
Tags:-
१.वैदेशिक रोजगार २. मानव अधिकार ३. न्यायाधिकरण ४. वैदेशिक रोजगार ५. मानव बेचबिखन
 
मानव बेचबिखन अनुसन्धान ब्यूरो

मानव बेचबिखन अनुसन्धान ब्यूरो मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी अपराध नियन्त्रण गर्न स्थापित नेपाल प्रहरीको एउटा विशिष्टिकृत ईकाई हो । वि. सं. २०७५ सालमा स्थापना गरिएको ब्यूरोले मानव बेचबिखनसँग सम्बन्धीत अपराधको अनुसन्धान गर्ने र त्यस्तो कसुर हुन नदिन आवश्यक व्यवस्था मिलाउने गर्दछ । ब्यूरोको बारेमा थप जानकारी लिनका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://ahtb.nepalpolice.gov.np/
 

Tags:-
१.मानव बेचबिखन अनुसन्धान ब्यूरो २. अपराध ३. मानव बेचबिखन ४. ओसारपसार ५. नेपाल प्रहरी

 

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (NNSM)

श्रम आप्रवासनका क्षेत्रमा काम गर्ने नेपालका गैरसरकारी संस्थाहरूको छाता संगठन हो सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल । यो सञ्जाल वि. सं. २०६५ सालमा स्थापना भएको हो । यस सञ्जालले वैदेशिक रोजगारलाई सुरक्षित, उपलव्धीमूलक बनाउन, श्रमिकको पक्षमा नितिगत व्यवस्थाका लागि पहल, पैरवी, अभियान सञ्चालन लगायतका काम गर्दछ । सञ्जालका बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् 
 
https://nnsmnepal.org/
 

Tags:-
१.सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल २. वैदेशिक रोजगार ३. सुरक्षित वैदेशिक रोजगार ४. आप्रवासन ५. नेपाली आप्रवासी श्रमिक

 

महिला बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल (एटविन)

महिला बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल (एटविन) गैरसरकारी संस्थाहरूको राष्ट्रियस्तरको छाता संगठन हो । यस संस्थाले महिला र बालबालिकाहरुको मानव अधिकारमा केन्द्रित रहेर मानव बेचबिखन विरुद्धको अभियान र मानव अधिकारलाई बलियो बनाउने लगायतका काम गर्दछ । एटविनका बारेमा थप जानकारी तथा सम्पर्कका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://aatwin.org.np/
 

Tags:-
१.एटविन २. महिला तथा बालबालिका ३. बेचबिखन ४. मानव अधिकार ५. अभियान

 

प्रवासी नेपाली समन्वय समिति (PNCC)

प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत गैरसरकारी सामाजिक संस्था हो । यस संस्थाले विशेषगरी खाडी मुलुकहरू तथा मलेशियामा अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरूको उद्दार गर्ने काम गर्दछ । यस संस्थाले वैदेशिक रोजगारबाट काठमाडौं आइपुगेका र आवासको व्यवस्था नभएका व्यक्तिलाई अल्पकालिन (केहि दिनका लागि) काठमाडौंमा आवास सेवा प्रदान गर्दछ । यस संस्थाका कर्मचारीहरु कतार र मलेसियामा पनि छन् । उनीहरुले ति मुलुकमा समस्यामा परेका नेपाली श्रमिकलाई आवश्यक सहयोग गर्दछन् । 

 पिएनसीसीका बारेमा जानकारी र सम्पर्कका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://pncc.org.np/
 

Tags:-
१.प्रवासी नेपाली समन्वय समिति २. खाडी मुलुक ३. उद्धार ४. आवास सेवा ५. वैदेशिक रोजगारी

 

मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम)

मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) वैदेशिक रोजगारको नाममा वा क्रममा ठगिमा परेका श्रमिकहरुलाई नि:शुल्क कानुनी सहायता प्रदान गर्ने गैरसरकारी संस्था हो । यस संस्थाले ठगि वा समस्यामा परेका व्यक्तिहरुलाई वैदेशिक रोजगार विभागमा मुद्धा दर्ता लगायतका प्रकृयामा नि:शुल्क सहयोग प्रदान गर्दछ । पिपुल फोरमका बारेमा थप जान्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://peopleforum.org.np/
 

Tags:-
१.पिपुल फोरम २. कानुनी सहायता ३. नि:शुल्क कानुनी सहायता ४. ठगी ५. वैदेशिक रोजगारी

 

पौरखी नेपाल

पौरखी नेपाल वैदेशिक रोजगारबाट फर्केका महिलाहरुले स्थापना गरेको गैरसरकारी संस्था हो । यस संस्थाले वैदेशिक रोजगारको क्रममा रहँदा समस्यामा परेका महिला श्रमिकलाई नि:शुल्क कानुनी सेवा तथा परामर्श प्रदान, वैदेशिक रोजगारका क्रममा अलपत्र परेका महिला श्रमिकलाई सुरक्षित रुपमा स्वदेश फर्काउने कार्यमा समन्वय र सहयोग तथा नेपाल फर्केका महिला श्रमिकलाई आवश्यकताका आधारमा सुरक्षित आवास गृह सेवा उपलब्ध गराउँदछ । पौरखी नेपालको बारेमा थप जानकारी तथा सम्पर्कका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://pourakhi.org.np/
 

Tags:-
१.पौरखी नेपाल २. कानुनी सेवा ३. आवास गृह ४. महिला आप्रवासी श्रमिक ५. वैदेशिक रोजगारी

 

आप्रवासी महिला कामदार समूह नेपाल (AMKAS Nepal)

वैदेशिक रोजगारबाट फर्केका महिलाहरूले स्थापना गरेको गैरसरकारी सामाजिक संस्था हो आप्रवासी महिला कामदार समूह (आमकास) नेपाल । । वैदेशिक रोजगारका क्रममा समस्यामा परेर स्वदेश फर्केका वा फर्काइएका महिला श्रमिकहरूका लागि यस संस्थाले काठमाडौंमा सुरक्षित आवास गृह सञ्चालन गर्दै आएको छ । साथै वैदेशिक रोजगारको क्रममा अलपत्र परेका महिला श्रमिकलाई सुरक्षित रुपमा स्वदेश फर्काउन सहयोग तथा समन्वय, नि:शुल्क कानुनी सेवा तथा परामर्श प्रदान गर्दछ । आप्रवासी महिला कामदार समूहका बारेमा थप जानकारी तथा सम्पर्कका लागि तलको लिंकमा क्लीक गर्नुहोस् । 
 
आमकास नेपालको बारेमा थप जानकारी हासिल गर्न तथा सम्पर्क गर्न तलको लिंक क्लीक गर्नुहोस् 
 
https://amkas.org.np/ 
 
Tags:-
१.आमकास  नेपाल २. निःशुल्क कानुनी सेवा ३. आवास गृह ४. महिला आप्रवासी श्रमिक ५. वैदेशिक रोजगारी

 

माइती नेपाल

बालबालिका तथा महिलामाथि हुने बेचबिखन लगायतका हिंसा र शोषणविरुद्धको क्षेत्रमा काम गर्ने सामाजिक संस्था हो माइती नेपाल । यस संस्थाले बेचबिखनमा परेकाहरुको उद्धार, पुनर्स्थापना, परामर्श तथा उनीहरुलाई नि:शुल्क कानूनी सहायता उपलव्ध गराउँदै आएको छ । माइती नेपालका बारेमा थप जान्न वा सम्पर्कका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://maitinepal.org/
 

Tags:-
१.माइती नेपाल २. निःशुल्क कानुनी सहायता ३. उद्धार ४. बेचबिखन ५. महिला

 

महिला पुनर्स्थापना केन्द्र (ओरेक नेपाल)

महिला पुनर्स्थापना केन्द्र (ओरेक नेपाल) महिला अधिकार र सामाजिक न्यायको सुनिश्चितताको पक्षमा काम गर्ने गैरसरकारी सामाजिक संस्था हो । महिलाको गतिशिलता र मर्यादित कामको अधिकार, सुरक्षित वैदेशिक रोजगार तथा मानव बेचबिखनका विरुद्धमा यस संस्थाले अभियानहरु सञ्चालन, नितिगत वहसहरु सञ्चालन गर्ने गर्दछ । सवै प्रकारका हिंसा प्रभावित महिला (वैदेशिक रोजगारका क्रममा हिंसामा परेर फर्केका महिलाहरू समेत) का लागि यस संस्थाले काठमाडौं र अन्य केही जिल्लाहरुमा सुरक्षित आवास गृह सञ्चालन गर्दै आएको छ । ओरेक नेपालका बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://www.worecnepal.org/  
 

Tags:-
१.ओरेक नेपाल २. मर्यादित काम ३. बेचबिखन ४. महिला ५. वैदेशिक रोजगार

 

महिला, कानुन र विकास मञ्च (FWLD)

महिला, कानून र विकास मञ्च (एफडव्लुएलडी) गैरसरकारी सामाजिक संस्था हो । यस संस्थाले सुरक्षित वैदेशिक रोजगार र मानव अधिकारको रक्षाका लागि कानुन तथा निति निर्माणका लागि वहस पैरवी गर्दछ । यसैगरी मानव बेचविखन विरुद्ध जनचेतना अभिवृद्धि, न्याय प्राप्तिका लागि पीडितलाई सहयोग गर्दै आएको छ । यस संस्थाले वैदेशिक रोजगारको नाममा वा वैदेशिक रोजगारको क्रममा ठगिमा परेकाहरू तथा बेचबिखन प्रभावितहरुलाई नि:शुल्क कानुनी सहायता उपलव्ध गराउँदछ । महिला, कानून र विकास मञ्चको बारेमा थप जान्न वा सम्पर्क गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://fwld.org/
 

Tags:-
१.महिला, कानून र विकास मञ्च २. निःशुल्क कानुनी सहायता ३. बेचबिखन ४. मानव अधिकार ५. वैदेशिक रोजगार

 

एबीसी नेपाल

गैरसरकारी सामाजिक संस्था एविसी नेपालले स्थापनाकालदेखि नै मानव बेचबिखनको विरुद्धमा आवाज उठाउने, कानुन निर्माण तथा सुधारका लागि नीतिगत पैरवी, जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस संस्थाले काठमाडौं, विराटनगर तथा भैरहवामा गरी तीनवटा ट्राञ्जिट होम (अल्पकालिन आवास गृह) सञ्चालन गर्दछ । बेचबिखनमा परेका, वैदेशिक रोजगारबाट समस्यामा परेर फर्केका महिलाले ती ट्राञ्जिट होममार्फत आवासको सेवा प्राप्त गर्न सक्दछन् । थप जानकारी तथा एविसी नेपालमा सम्पर्कका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
http://abcnepal.org.np/wp/
 

Tags:-
१.एबीसी नेपाल २. आवास गृह ३. बेचबिखन ४. पैरवी ५. वैदेशिक रोजगार

 

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) – नेपाल

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) सरकार, रोजगारदाता र श्रमिकलाई एक थलोमा ल्याउने त्रिपक्षीय संयुक्त राष्ट्र संघीय निकाय हो | यसले  मर्यादित काम, सुरक्षित कार्यस्थल आदिलाई प्रवर्द्धन गर्ने उद्देश्य सहित काम गर्दछ । हालसम्म संसारका १८७ वटा राष्ट्रहरूमा यस निकायले काम गरिरहेको छ । नेपालमा पनि वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित बनाउन तथा वैदेशिक रोजगारमा हुने श्रमिक भर्ना प्रक्रियालाई स्वच्छ, निष्पक्ष बनाउन यस संस्थाले अध्ययन अनुसन्धानको माध्यमबाट सरोकारवालाहरूसँग समन्वय र सहकार्य गरिरहेको छ ।
 
आईएलओ नेपालका बारेमा
https://www.ilo.org/kathmandu/lang–en/index.htm बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
 

Tags:-
१.अन्तर्राष्ट्रिय श्रम संगठन २. रोजगारदाता ३. संयुक्त राष्ट्र संघ ४. वैदेशिक रोजगार ५. सुरक्षित कार्यस्थल

 

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (IOM) – नेपाल

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (IOM) १७५ सदस्य राष्ट्रहरू र १०० भन्दा बढी देशहरूमा कार्यरत छ । व्यवस्थित आप्रवासनलाई प्रवर्द्धन गर्नु यसको एउटा काम हो । नेपालमा सन् २००६ देखि आईओएम कार्यरत छ ।
 
आईओएम नेपालका बारेमा
https://nepal.iom.int/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
 

Tags:-
१.आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन २. व्यवस्थित आप्रवासन ३. संयुक्त राष्ट्र संघ ४. वैदेशिक रोजगार ५. जीसीएम

 

देश परदेश डट कम

देश परदेश डट कम नेपालीको सीप, समृद्धि र सुरक्षित वैदेशिक रोजगारीमा समर्पित डिजिटल पत्रिका हो । यसमा रोजगारीका लागि आवश्यक पर्ने सीप, त्यस्तो सीप सिक्ने स्थानहरू तथा सीप सिकेपछि प्राप्त हुने अवसरका बारेमा जानकारी समेटिने गर्दछ ।
 
देश परदेश डट कमका बारेमा
https://www.deshparadesh.com/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
 

Tags:-
१.देश परदेश २. अवसर ३. डिजिटल पत्रिका ४. वैदेशिक रोजगार ५. सीप

 

उज्यालो

उज्यालो रेडियो नेटवर्कले देश परदेश नामको रेडियो कार्यक्रम सञ्चालन गर्ने गर्दछ । यसले सञ्चालन गर्ने उज्यालो अनलाइनले पनि वैदेशिक रोजगारसँग सम्वन्धित विषयमा सुचना, समाचार, लेखहरु प्रकाशन गर्ने गर्दछ ।
 
 https://ujyaaloonline.com/desh-pradesh/  बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
 

Tags:-
१.उज्यालो २. देश परदेश ३. रेडियो ४. वैदेशिक रोजगार ५. अनलाइन समाचार

 

सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी (सेस्लम)

सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी (सेस्लम), सोशल साइन्स बहाः, काठमाडौं अन्तर्गत सन् २०११ मा स्थापित अनुसन्धान केन्द्र हो । यसले श्रम आप्रवासनका बारेमा अध्ययन अनुसन्धान गर्दछ |
 
सेस्लमका बारेमा
https://www.ceslam.org/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
 

Tags:-
१.सेस्लम २. सोशल साइन्स बहाः ३. श्रम आप्रवासन ४. अनुसन्धान ५. लेबर एन्ड मोबिलिटी
 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

महिला, बालबालिका तथा समाज कल्याण सम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने सरकारी निकाय हो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय । यस मन्त्रालयले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण शाखा, लैंगिक हिंसा निवारण शाखा लगायतको माध्यमबाट बेचबिखन विरुद्धका कार्यक्रमहरू सञ्चालन तथा समन्वय गर्नुका साथै घरेलु हिंसाबाट प्रभावित महिलाहरूका लागि सुरक्षित अल्पकालिन आश्रय सहितका सेवा केन्द्रहरू तथा मानव बेचबिखनबाट प्रभावितहरूका लागि पुनर्स्थापना केन्द्र सञ्चालनका लागि समन्वयकारी काम गर्दछ ।
 
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको वेबसाइट
https://mowcsc.gov.np/ बाट तपाईले थप जानकारी पाउन सक्नुहुन्छ ।   
 

Tags:-
१.महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय २. मानव बेचबिखन ३. अल्पकालिन आश्रय ४. पुनर्स्थापना केन्द्र ५. लैंगिक हिंसा

 

कन्सुलर सेवा विभाग

परराष्ट्र मन्त्रालय मातहतको सरकारी निकाय हो कन्सुलर सेवा विभाग । नेपाल भन्दा बाहिर विभिन्न पेशा व्यवसाय गरिरहेका नेपाली नागरिकहरूलाई आवश्यक पर्ने कानूनी सहयोग, क्षतिपूर्ति तथा बीमा रकम कानूनी हकदारलाई दिलाउने, अलपत्र परेका नेपालीहरूको उद्धार, मृत्यु भएका नेपालीको शव नेपाल झिकाउने जस्ता काममा यस विभागले विदेशस्थित नेपाली नियोगहरूसँग आवश्यक समन्वय गर्ने काम गर्दछ । यसैगरी विदेशमा पेश गर्ने प्रयोजनको लागि नेपाली नागरिकलाई सरकारी निकायबाट जारी गरिएका कागजातको कन्सुलर प्रमाणीकरण गर्ने काम पनि यस विभागले गर्दछ ।
 
कन्सुलर सेवा विभागका बारेमा
https://nepalconsular.gov.np/np/ लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
 

Tags:-
१.परराष्ट्र मन्त्रालय २. कन्सुलर सेवा विभाग ३. कानूनी सहयोग ४. बीमा ५. प्रमाणीकरण

 

अध्यागमन विभाग

अध्यागमन विभाग गृह मन्त्रालय मातहतको सरकारी निकाय हो | नेपाली नागरिक विदेश जाने र आउने विषयलाई व्यवस्थित गर्ने काम यस विभागले गर्दछ । राहदानी वा भिषा जाली भएमा, भ्रमणको उद्धेश्य विपरित श्रम गर्ने उद्धेश्यले विदेश जान खोजेको पाइएमा, मानव तस्करी तथा बेचबिखनको जोखिममा पर्ने देखिएमा लगायतका अवस्थामा यस विभागले नेपाली नागरिकलाई विदेश प्रस्थानको अनुमति दिँदैन |
 
अध्यागमन विभागका बारेमा
https://www.immigration.gov.np/ लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
 
Tags:-
१.गृह मन्त्रालय २. अध्यागमन विभाग ३. अध्यागमन कार्यालय ४. त्रिभुवन विमानस्थल ५. मानव तस्करी तथा बेचबिखन
 

स्थानीय पालिका

मुलुकमा संघीय संरचना लागू भएपश्चात स्थानीय तह (गाउँपालिका/नगरपालिका) लाई समेत वैदेशिक रोजगार सम्बन्धी विषयमा काम गर्ने गरी केही जिम्मेवारी तोकिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार वैदेशिक रोजगार सम्बन्धी सूचना सम्प्रेषण, तथ्याङ्क संकलन, सीपमूलक तालिम सञ्चालन, विदेशमा सिकेको सीप उपयोग लगायतका विषयमा काम गर्ने जिम्मेवारी पालिकाहरूको हो । यससम्वन्धी जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
वैदेशिक रोजगार व्यवस्थापनमा स्थानीय सरकारको दायित्व | देश परदेश Desh Paradesh
 
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ पूरा पढ्न चाहनुहुन्छ भनें  https://shorturl.at/hjlQT मा क्लिक गरी हेर्न सकिन्छ |
 

Tags:-
१.संघीय संरचना २. स्थानीय तह ३. वैदेशिक रोजगार ४. स्थानीय सरकार सञ्चालन ऐन ५. सीपमूलक तालिम

 
सामाजिक न्यायका लागि नीति नियम मञ्च (LAPSOJ)

सामाजिक न्यायका लागि नीति नियम मञ्च (LAPSOJ) ले खोजमूलक तथा रणनीतिक रुपमा सार्वजनिक सरोकारका मुद्दाहरूको उठान तथा पैरवी गर्दछ | यसभित्र वैदेशिक रोजगारका मुद्दा पनि पर्छन् |
 
लाप्सोजका बारेमा
https://lapsoj.org/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।

 
 

Tags:-
१.लाप्सोज २. वैदेशिक रोजगार ३. मानव अधिकार ४. सामाजिक न्याय ५. कानुन व्यवसायी

 

सेन्टर फर माइग्रेसन एन्ड इन्टरनेसनल रिलेसन्स (CMIR)

सेन्टर फर माइग्रेसन एन्ड इन्टरनेसनल रिलेसन्स (CMIR) काठमाडौंमा रहेको एक गैर नाफामूलक संस्था हो । यसले आप्रवासी श्रमिक तथा तिनका परिवारको अधिकारको लागि काम गर्दछ |
 
सिएमआइआरका बारेमा
https://cmir.org.np/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
 

Tags:-
१.सिएमआइआर २. आप्रवासी श्रमिक ३. श्रम आप्रवासन ४. अनुसन्धान ५. इन्टरनेसनल रिलेसन्स
 

नेपाल वैदेशिक रोजगार अभिमुखीकरण  व्यवसायी महासंघ (FEONA)
नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघ (फियोना) वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरूको छाता संगठन हो । यो महासंघ वि. सं. २०६८ सालमा स्थापना भएको हो । यस महासंघमा आवद्ध तालिम प्रदायक संस्थाहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई आफू जान लागेको देशका बारेमा विदेश जानुपूर्व अभिमुखिकरण तालिम प्रदान गर्ने गर्दछन् ।

 

फियोनाका बारेमा https://shorturl.at/wyCL6 लिंकमा क्लिक गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ ।
 

Tags:-
१.फियोना २. वैदेशिक रोजगार ३. अभिमुखीकरण तालिम ४. तालिम प्रदायक संस्थाहरू ५. सूचना
 

सहयोगी समाज नेपाल

सहयोगी समाज नेपाल सन् २०१० मा स्थापना भएको गैरनाफामूलक गैरसरकारी संस्था हो । यो संस्था सर्लाही जिल्लामा अवस्थित छ । यस संस्थाले सुरक्षित वैदेशिक रोजगारमा जाने योजना बनाइरहेका व्यक्तिहरूलाई विभिन्न माध्यम मार्फत सूचना प्रवाह गर्नुका साथै वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरु तथा वैदेशिक रोजगारमा गएका व्यक्तिका परिवारका सदस्यहरूलाई उद्यमशीलता सम्बन्धी तालिम पनि प्रदान गर्ने कार्य गर्दै आएको छ ।
 

यस संस्थाका बारेमा https://www.facebook.com/profile.php?id=100064856493945 लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |

 
Tags:-
१.सहयोगी समाज नेपाल २. वैदेशिक रोजगार ३. योजना ४. सूचना ५. उद्यमशीलता तालिम
 

शक्ति समूह

चेलिबेटी बेचबिखन विरुद्ध सन् १९९६ देखि अनौपचारिक रुपमा काम थालेको शक्ति समूह आधिकारिक रुपमा सन् २०००  मा दर्ता भएको हो । यस संस्थाले स्थापनाकाल देखि नै मानव बेचबिखनका प्रभावितहरूको सामाजिक न्यायका पक्षमा काम गर्दै आएको छ । यसैगरी बेचविखनको जोखिममा रहेकाहरूको क्षमता अभिवृद्धि, समुदायस्तरसम्म जनचेतना जगाउने कार्यमा यो संस्था केन्द्रित छ ।
 

यस संस्थाले सुरक्षित आवास गृह पनि सञ्चालन गर्दै आएको छ ।  यस संस्थाका बारेमा http://shaktisamuha.org.np/ लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |

 
Tags:-
१.शक्ति समूह २. चेलिबेटी बेचबिखन ३. मानव बेचबिखन ४. सामाजिक न्याय ५. सुरक्षित आवास गृह
 

वैदेशिक रोजगार लोक कल्याणकारी कोष (FEWWF)
  
वैदेशिक रोजगार लोक कल्याणकारी कोष (FEWWF) समाजको सीमान्तकृत परिवारको आप्रवासन  सम्बन्धी सामाजिक मुद्दामा काम गर्ने एक गैर-नाफामूलक संस्था हो । यो संस्थाको स्थापना सन् २०१७ मा भएको हो | विभिन्न कार्यक्रम, अनुसन्धान, वकालत र सचेतनाका माध्यमबाट प्रवासी श्रमिक परिवारको समग्र उन्नति प्रगति सुनिश्चित गर्ने प्रयासका साथ यस संस्थाले काम गरिरहेको छ ।
 

यस संस्थाका बारेमा http://fewwf.org/ लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |

 

Tags:-
१.वैदेशिक रोजगार लोक कल्याणकारी कोष २. प्रवासी ३. श्रमिक ४. आप्रवासन ५. अनुसन्धान
 
कारितास नेपाल (Caritas Nepal)
कारितास नेपाल सन् १९९० मा स्थापना भएको गैरनाफामूलक संस्था हो | Caritas Nepal ले सामाजिक न्याय र सामुदायिक विकास, विपद् जोखिम व्यवस्थापन, दिगो जीविकोपार्जन, आप्रवासी, शरणार्थी र बेचबिखन विरुद्ध, आपतकालीन र पुनर्प्राप्ति सहयोगका साथै सामाजिक सरोकारहरूको वकालत गर्ने क्षेत्रमा काम गर्दछ।
 

यस संस्थाका बारेमा https://www.caritasnepal.org/ लिंकमा  क्लिक गरेर थप जानकारी लिन सकिन्छ |

 

Tags:-
१.कारितास नेपाल २. सामाजिक न्याय ३. विपद् जोखिम व्यवस्थापन ४. आप्रवासी ५. बेचबिखन

 

श्रम रोजगार पत्रकार समूह (LEJoG)
श्रम रोजगारको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारले सन् २०१९ मा स्थापना गरेको संस्था हो श्रम रोजगार पत्रकार समूह (LEJoG) | श्रमिकको मानवअधिकारको लागि सरकार, अन्तर्राष्ट्रिय समुदाय, सरोकारवाला निकाय र पत्रकारहरूबीच सामूहिक सहकार्य, निरन्तर पैरवी र पहलकदमीका साथ यस संस्थाले काम गरिरहेको छ ।
 

यस संस्थाका बारेमा https://www.facebook.com/LEJoG2076/ लिंकमा  क्लिक गरेर थप जानकारी लिन सकिन्छ |

 

Tags:-
१.श्रम रोजगार पत्रकार समूह २. मानवअधिकार ३. सरकार ४. पैरवी ५. अन्तर्राष्ट्रिय समुदाय
 

सामाजिक परिवर्तन केन्द्र (CSC)
सन् २०१५ मा स्थापित सामाजिक परिवर्तन केन्द्र (CSC) काठमाडौंस्थित एक गैर-नाफामूलक सामाजिक थिंक-ट्याङ्क हो | यस संस्थाले अनुसन्धान, शिक्षा, वकालत र सामुदायिक परिचालन मार्फत नेपाली समाजको परिवर्तनशील सामाजिक-राजनीतिक गतिशीलतामा काम गर्दछ । CSC का हालका कार्यहरू द्वन्द्व रूपान्तरण र शान्ति निर्माण, लोकतन्त्र र शासन, आप्रवासन र मानव गतिशीलता, श्रम र रोजगारी, लगायतका मुद्दाहरूमा केन्द्रित छन् ।
 

यस संस्थाका बारेमा “https://socialchange.org.np/  लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |

 
Tags:-
१.सामाजिक परिवर्तन केन्द्र (CSC) २. अनुसन्धान ३. आप्रवासन ४. श्रम र रोजगारी ५. वकालत
 

नेपाल विकास अध्ययन संस्था (NIDS)

नेपाल विकास अध्ययन संस्था (NIDS) सन् १९९८ मा स्थापित गैर-सरकारी संस्था हो | यस संस्थाले नेपालको विकासका प्राथमिकतामा परेका मुद्दाहरूमा आप्रवासनलाई मुख्य रूपमा केन्द्रित गर्दै आएको छ ।
 

NIDS का बारेमा https://www.facebook.com/nidsnep/ लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |

 
Tags:-
१.नेपाल विकास अध्ययन संस्था (NIDS) २. अनुसन्धान ३. आप्रवासन ४. मुद्दा ५. विकास

 
सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको  द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालनमा छ । यो कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र १५६ वटा स्थानीय सरकारहरूको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकार विकास सहयोग (SDC) को तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिक र तिनको परिवारको उचित संरक्षण, गन्तव्य मुलुकमा सुरक्षित र सम्मानजनक रुपमा काम गर्न सक्ने गरी श्रमिकलाई सूचना, सीप, परामर्श लगायतको सहयोग प्रदान गर्ने र वैदेशिक रोजगारमा सम्बद्ध निकायहरूको क्षमता अभिवृद्धि मार्फत वैदेशिक रोजगारीका प्रतिफल वृद्धि गर्ने यस कार्यक्रमको मुख्य उद्धेश्य हो।
 

सामीका बारेमा https://www.sami.org.np/index लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |

 
Tags:-
१.सुरक्षित आप्रवासन (सामी) २. हेल्भेटास ३. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ४. वैदेशिक रोजगारी ५. सीप

 
माइग्रेन्ट फोरम इन एसिया (MFA)
सन् १९९४ मा स्थापित माइग्रेन्ट फोरम इन एसिया (MFA) गैर-सरकारी संस्थाहरूको क्षेत्रीय सञ्जाल हो जसमा आप्रवासी कामदारहरूको अधिकार र कल्याणको संरक्षण र प्रवर्द्धन का लागि कार्यरत ट्रेड युनियनहरू र अधिवक्ताहरू पनि विविध रुपमा संलग्न छन् । यो संस्था विशेषगरी आप्रवासी कामदारहरूको लागि मानव अधिकार र सम्मान, सामाजिक न्याय र लैङ्गिक समानता, सम्मानमा आधारित रहेर काम गरिरहेको छ |  हाल यो संस्था फिलिपिन्समा अवस्थित छ |
 

यस संस्थाका बारेमाhttps://mfasia.org/ लिंकमा  क्लिक गरेर थप जानकारी लिन सकिन्छ |

 
Tags:-
१.माइग्रेन्ट फोरम इन एसिया २. आप्रवासी कामदार ३. सञ्जाल ४. मानव अधिकार ५. लैङ्गिक समानता

Read More