The stars will never align, and the traffic lights of life will never
करार समाप्त भईसकेपछि पनि रोजगारदाताले घर फर्कन नदिएमा के गर्ने ?
करार अवधि समाप्त भईसकेपछि पनि रोजगारदाताले स्वदेश फर्कन नदिएमा श्रमिक स्वयं वा निजको नजिकको नातेदारले इजाजतपत्रवाला (मेनपावर कम्पनी) लाई जानकारी गराउनुपर्दछ । यसरी जानकारी गराएपश्चात पनि स्वदेश फर्काउन मेनपावर कम्पनीले सहयोग नगरेको खण्डमा वैदेशिक रोजगार विभागमा उजुरी दिनुपर्दछ । यसका साथै कन्सुलर सेवा विभाग वा वैदेशिक रोजगार बोर्डमा निवेदन पनि दिन सकिन्छ । श्रमिक स्वयं वा निजको नजिकको नातेदारले गन्तव्य मुलुकस्थित नेपाली नियोगमा पनि जानकारी दिन सक्नेछन । कन्सुलर सेवा विभागले यस्ता गुनासोहरु व्यवस्थापन गर्नका लागि अनलाइन सूचना व्यवस्थापनको समेत व्यवस्था गरेको छ ।
उद्दार तथा उजुरी गर्नको लागि यो लिंकमा https://legal.nepalconsular.gov.np/ गई खाता बनाएर घरमै बसी उजुरी गर्न सकिनेछ ।
Tags:-
१.कन्सुलर सेवा विभाग २. नेपाली राजदुतावास ३. मेनपावर कम्पनी ४. रोजगारी ५. प्रवासी नेपाली समन्वय समिति
श्रमिक जेल परेमा के गर्ने ?
वैदेशिक रोजगारको सिलसिलामा गन्तव्य मुलुकमा रहेको अवस्थामा कुनै श्रमिक कुनै कारणले जेल परेर उद्वार गर्नुपर्ने भएमा श्रमिकको सम्पूर्ण विवरण सहित कन्सुलर सेवा विभागको अनलाईन सूचना व्यवस्थापन प्रणालीमा दर्ता गर्न सकिन्छ ।
थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.जेल २. वैदेशिक रोजगार बोर्ड ३. मुद्दा ४. करार अवधि ५. श्रम स्वीकृति
वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने कानुनी प्रतिरक्षा सम्बन्धमा
श्रम स्वीकृती लिइ वैदेशिक रोजगारीमा गएका श्रमिकलाई करार अवधि भित्र फौजदारी कसूरको अभियोग लागेमा त्यस्ता श्रमिकको लागि वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको कानुनी प्रतिरक्षा सम्वन्धी निर्देशिका २०७५ को अधिनमा रही कानूनी प्रतिरक्षा तथा वहस पैरवीको व्यवस्था नेपाल सरकारले गरेको छ । त्यस्तो मद्धत आवश्यक परेका श्रमिक वा निजका परिवारले कानुनी प्रतिरक्षा तथा वहस पैरवीका लागि विदेशमा भए सम्वन्धित नियोग र स्वदेशमा भए परिवारले बोर्ड सचिवालयमा निवेदन दिन सक्छन् ।
थप जानकारी प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.वैदेशिक रोजगार बोर्ड २. फौजदारी कसुर ३. कानुनी प्रतिरक्षा ४. करार अवधि ५. वहस पैरवी
करार अनुसार काम वा तलब नपाएमा के गर्ने ?
नेपालमा हुँदा इजाजतपत्रवाला (मेनपावर कम्पनी) ले कुनै श्रमिकसँग एउटा कम्पनीमा काम गर्ने भनी करार गरी सोभन्दा कम पारिश्रमिक र सुविधा पाउने गरी वा कामको प्रकृति नै फरक पारी अर्को कम्पनीमा काम लगाएमा वा जुन कामका लागि वैदेशिक रोजगारमा पठाएको हो सो काममा नलगाइ अर्को काममा लगाएमा वा जति पारिश्रमिक र सुविधा दिने भनी लगेको हो सो भन्दा कम पारिश्रमिक र सुविधामा काममा लगाएमा वैदेशिक रोजगार विभाग वा जिल्लास्थित प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिन सकिन्छ । साथै गन्तव्य मुलकको नेपाली कूटनीतिक नियोगमा गुनासो वा उजुरी समेत गर्न सकिन्छ ।
थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.मेनपावर कम्पनी २. प्रमुख जिल्ला अधिकारी ३. कूटनीतिक नियोग ४. प्रवासी नेपाली समन्वय समिति ५. श्रम स्वीकृति
सम्पर्कविहिन भई खोजतलास गर्नु परेमा
वैदेशिक रोजगारीको क्रममा विभिन्न कारणले श्रमिक सम्पर्कविहिन भई खोजतलास गर्नु परेमा कन्सुलर सेवा विभाग वा सम्वन्धित मुलुकमा रहेको नेपाली नियोग (राजदूतावास) मा श्रमिकको परिवार वा नजिकको व्यक्तिले सम्पर्क गर्न सकिन्छ ।
थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.नेपाली राजदुतावास २. देश परदेश ३. श्रम मन्त्रालय ४. सम्पर्कविहिन ५. कन्सुलर सेवा विभाग
गन्तव्य मुलुकमा रोजगारदाता लिन नआएर अथवा काम नदिएर अलपत्र परेमा
गन्तव्य मुलुकमा पुगेपछि रोजगारदाता लिन नआएमा वा काम नदिइ अलपत्र पारेमा नेपाली राजदुतावासमा जानकारी गराउनु पर्दछ । साथै वैदेशिक रोजगारमा पठाउने मेनपावर कम्पनीमा समेत खबर गर्नुपर्दछ ।
थप जानकारी प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.मेनपावर कम्पनी २. नेपाली राजदुतावास ३. मानव अधिकार ४. प्रवासी नेपाली समन्वय समिति ५. श्रम स्वीकृति
गन्तव्य मुलूकमा दैवी प्रकोपका कारण अलपत्र परेर उद्दार गर्नुपर्ने भएमा
नेपाली श्रमिकहरु रहेको मुलुकमा युद्ध, महामारी, प्राकृतिक बिपत्ती परेर श्रमिकलाई तत्काल फिर्ता गर्नुपर्ने भएमा नेपाल सरकारले कुटनितिक नियोग वा श्रम सहचारी मार्फत श्रमिक फिर्ता गर्ने व्यवस्था छ । यस्तो अवस्थामा आवश्यक कागजपत्रसहित कन्सुलर सेवा विभाग, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार विभाग वा सम्वन्धित मुलुकमा रहेको नेपाली राजदूतावासमा निवेदन दिनु पर्दछ ।
थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.प्राकृतिक बिपत्ती २. वैदेशिक रोजगार बोर्ड ३. मानव अधिकार ४. प्रवासी नेपाली समन्वय समिति ५. वैदेशिक रोजगार विभाग
दुर्घटनामा परेर अङ्गभङ्ग भएको अवस्थामा वा गम्भीर बिरामी भएमा कसरी स्वदेश फिर्ता हुन सकिन्छ ?
विभागबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका लागि गएका श्रमिक बिरामीको कारण अशक्त भई वा दुर्घटनाको कारण काम गर्न नसक्ने भएको अवस्थामा स्वदेश फिर्ता हुनु परेमा सो कुराको जानकारी प्रभावित/पिडित स्वयं वा निजको नजिकका हकवालाले विदेशमा भए नेपाली दुतावासमा, नेपालमा भए वैदेशिक रोजगार बोर्डको सचिवालयमा निवेदन दिनुपर्दछ ।
उद्दार कार्यका लागि कन्सूलर सेवा मार्फत उजुरी गर्न https://legal.nepalconsular.gov.np/ मा गई खाता खोलि घरमै बसी उजुरी गर्न सकिनेछ। थप जानकारी प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.कल्याणकारी कोष २. वैदेशिक रोजगार बोर्ड ३. स्वदेश फिर्ता ४. कन्सूलर सेवा ५. नेपाली दुतावास
गन्तव्य मुलुकमा स्वास्थ्य परिक्षण फेल भएमा के गर्ने?
स्वास्थ्य परिक्षण गराई वैदेशिक रोजगारमा गएको श्रमिक ‘मेडिकल फेल’ भइ स्वदेश फर्कनु परेमा क्षतिपूर्ति प्राप्त गर्ने कानुनी व्यवस्था छ । यस्तो अवस्थामा वैदेशिक रोजगारमा जाँदा र फिर्ता हुँदा लागेको खर्च श्रमिकले फिर्ता पाउन स्वदेश फिर्ता भएको मितिले ९० दिनभित्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा वैदेशिक रोजगार विभाग वा वैदेशिक रोजगार बोर्ड वा वैदेशिक रोजगार सम्बन्धी कामकाज गर्न अधिकार प्राप्त श्रम तथा रोजगार कार्यालयमा निवेदन दिनु पर्दछ ।
थप जानकारी वैदेशिक रोजगार बोर्ड सचिवालयको वेवसाइट वैदेशिक रोजगार बोर्डको सचिवालय (feb.gov.np) मा गएर लिन सकिनेछ । वा अन्य जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.स्वास्थ्य संस्था २. वैदेशिक रोजगार बोर्ड ३. स्वास्थ्य परिक्षण ४. श्रम मन्त्रालय ५. श्रम तथा रोजगार कार्यालय
घरेलु श्रमिकलाई उद्धार गर्नुपरेमा
घरेलु श्रमिकको उद्दारका लागि श्रमिक आफैं र आफैं उपलब्ध हुन नसक्ने अवस्थामा नजिकको नातेदारले वैदेशिक रोजगार विभागमा निवेदन दिन सक्ने व्यवस्था छ । यसका साथै कन्सुलर सेवा विभाग वा वैदेशिक रोजगार बोर्डमा पनि निवेदन दिन सकिन्छ । गन्तव्य मुलुकस्थित राजदूतावासमा पनि निवेदन दिन सकिन्छ ।
कन्सूलर सेवा विभाग मार्फत निवेदन दिने भएमा https://legal.nepalconsular.gov.np/ मा क्लीक गरेर खाता खोलि घरमै बसेर उजुरी गर्न सकिन्छ ।
(नोट: यो सामग्री तयार पारेको समयमा नेपालबाट घरेलु श्रमिकका रुपमा खाडीका मुलुकहरुमा जान बन्देज लगाइएका कारण यस सम्वन्धि अद्यावधिक जानकारी लिन हामी तपाईलाई सुझाव दिन्छौं ।)
Tags:-
१.प्रवासी नेपाली समन्यवय समिति २. सुरक्षित अप्रवासन ३. घरेलु श्रमिक ४. अनलाइन सूचना व्यवस्थापन ५. राजदूतावास
मानव बेचबिखनमा तथा ओसारपसारमा परेका श्रमिकको स्वदेशफिर्ति गर्नुपरेमा के गर्ने ?
पछिल्लो समयमा आकर्षक तलव, सुविधा उपलव्ध गराइदिने नाममा वैदेशिक रोजगारको नाममा हुने मानव तस्करी, मानव बेचविखन र ओसारपसारका घटनाहरु बढेका छन् । त्यसैले सजग रहनु पर्दछ । कसैले मानव बेचबिखन तथा ओसारपसारको कसुर गरेको, गरिरहेको वा गर्न लागेको थाहा पाउने जुनसुकै व्यक्तिले नजिकको प्रहरी कार्यलय वा मानव वेचविखन अनुसन्धान ब्युरोमा उजुरी गर्न सक्छन् ।
थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.मानव वेचविखन अनुसन्धान ब्युरो २. वैदेशिक रोजगार विभाग ३. मानव बेचबिखन तथा ओसारपसार ४. प्रहरी ५. श्रम स्वीकृति
गन्तव्य मुलुकका रोजगारदाताले आवासीय परिचय पत्र नदिएमा अथवा नविकरण नगरेमा के गर्ने?
गन्तव्य मुलुकमा रोजगारदाताले आवासीय परिचय पत्र नदिएमा वा नविकरण नगरेमा श्रमिक स्वयंले मेनपावर कम्पनी र गन्तव्य मुलुकस्थित नेपाली नियोगमा जानकारी दिनुपर्दछ । यसरी जानकारी दिए पश्चात मेनपावर कम्पनीले सहयोग नगरेको खण्डमा वैदेशिक रोजगार विभागमा र सम्वन्धित मुलुकमा रहेको नेपाली राजदूतावासमा उजुरी दिन सकिन्छ ।
थप जानकारी लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.गन्तव्य मुलुक २. वैदेशिक रोजगार विभाग ३. उजुरी ४. कुटनितिक नियोग ५. श्रम स्वीकृति
न्यायमा पहुँच: गन्तव्य मुलुकमा रहेको कानुनी व्यवस्था
अनलाईन मार्फत् नेपाली राजदुतावासहरुमा गुनासो टिपाउन सकिने
आफ्ना देशका नागरिकहरुको गुनासो सुन्न र समस्या समाधानमा सहयोग गर्ने उद्धेश्यले नेपाली राजदुतावास मलेसिया र कतारले वेबसाइट मार्फत् समस्याको संक्षिप्त विवरण लिने व्यवस्था गरेको छ । आफु समस्यामा परेको बेला गुनासो गर्नको लागि निम्न लिंकमा गएर उजुरी दर्ता गर्न सकिन्छ ।
मलेसियाको हकमा
https://shorturl.at/mnHQ0
कतारको हकमा
https://shorturl.at/bfMO2
Tags:-
१.साउदी अरब २. ओमान ३. अनलाइन उजुरी ४. अभिमुखीकरण तालिम ५. नेपाली दुतावास मलेसिया
गन्तव्य मुलुकबाट शव नेपाल झिकाउन के-के प्रक्रिया रहेका छन् ?
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपाली श्रमिकको शव झिकाउनका लागि कन्सुलर सेवा विभागमा शव नेपाल झिकाई पाउँ भन्ने निवेदन सम्बन्धित श्रमिकको परिवारका सदस्य वा इच्छाईएको व्यक्तिले दिन सक्नेछन् । कन्सुलर सेवा विभागको वेबसाइट https://legal.nepalconsular.gov.np/ मा गएर आवश्यक कागजातहरु सहित निवेदन दिन सकिन्छ ।
थप जानकारी प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.वैदेशिक रोजगार बोर्ड २. कल्याणकारी कोष ३. अनलाइन उजुरी ४. मृत्यु ५. श्रम स्वीकृति
अलेखबद्ध भएका श्रमिकको शव नेपाल ल्याउने प्रकृया
गन्तव्य मुलुकमा अलेखबद्ध भएका श्रमिकको मुत्यु भएमा श्रमिकको परिवारले स्थानीय निकायबाट नाता प्रमाणित तथा गन्तव्य मुलुकमा अवैधानिक रुपमा बसेर काम गरिरहेको जानकारी गराइएको सिफारिसहित वैदेशिक रोजगार बोर्डमा निवेदन दिनुपर्दछ । साथै आर्थिक अवस्था कमजोर रहेको जनाउंदै शव नेपाल झिकाउनका लागि अनुरोध गर्नुपर्दछ । थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.वैदेशिक रोजगार बोर्ड २. मानव अधिकार आयोग ३. सीपका फाइदाहरु ४. मृत्यु ५. श्रम स्वीकृति
युएईबाट शव नेपाल पठाउन आवश्यक प्रक्रिया तथा कागजातहरु
रोजगारीका क्रममा युएईमा कुनै नेपालीको मृत्यु भएमा निजको शवलाई नेपाल पठाउन सकिने व्यवस्था छ । यदि मृतकको शव युएईमा दाहसंस्कार गर्ने हो भनें त्यसका लागि दूतावासबाट प्रमाणीकरण पत्र उपलव्ध गराएको हुनु पर्दछ । थप जानकारीका लागि नेपाली राजदुतावास, अबुधाबीको वेवसाइट https://ae.nepalembassy.gov.np/dead-body-repatriation/ मा हेर्न सकिन्छ ।
Tags:-
१.युएई २. दूतावास ३. नेपाली राजदुतावास अबुधाबी ४. दाहसंस्कार ५. श्रम स्वीकृति
युएईबाट क्षतिपुर्ती दावी गर्ने व्यवस्था
रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत कुनै नेपालीको दुर्घटनामा मृत्यु भएमा मृतकका हकदारले क्षतिपूर्ति पाउने कानुनी व्यवस्था छ । यसका लागि आवश्यक पर्ने कागजात लगायतका विषयमा युएईस्थित नेपाली दुतावासको वेभसाइट https://ae.nepalembassy.gov.np/compensation/ मा थप जानकारी लिन सकिन्छ ।
Tags:-
१.युएई २. गोसी ३. नि:शुल्क सीप र तालिम ४. दाहसंस्कार ५. स्वास्थ्य परिक्षण
साउदी अरबबाट शव नेपाल पठाउने आवश्यक प्रक्रिया तथा कागजातहरु
साउदी अरबमा कुनै नेपालीको मृत्यु भएमा निजको शव नेपाल पठाउन रोजगारदाताले अनिवार्य रुपमा नेपाली दुतावासमा लिखित रुपमा जानकारी दिनु पर्दछ । थप आवश्यक कागजात तथा प्रक्रियाको बारेमा नेपाली राजदुतावास रियादको वेभसाइट https://sa.nepalembassy.gov.np/death-case-formalities-2/ मा जानकारी लिन सकिन्छ ।
Tags:-
१.क्षतिपुर्ती २. नेपाली राजदुतावास रियाद ३. वैदेशिक रोजगार बोर्ड ४. प्रहरी ५. साउदी अरब
गोसी (GOSI) सम्बन्धी जानकारी (साउदी अरबका लागि)
वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहँदा कार्यस्थलमा दुर्घटना (work-related accident) मा परी मृत्यु भएमा श्रमिकको सामाजिक सुरक्षा बीमा (social insurance) वापतको रकम मृतकको परिवारले प्राप्त गर्ने व्यवस्था छ । यसका लागि आवश्यक कागजात र प्रकृयाका बारेमा जानकारी लिन साउदी अरबस्थित नेपाली राजदूतावासको वेभसाइट https://sa.nepalembassy.gov.np/gosi_information/ मा हेर्नुहोस् ।
Tags:-
१.गोसी २. वैदेशिक रोजगारी ३. वैदेशिक रोजगार बोर्ड ४. नेपाली राजदूतावास ५. साउदी अरब
कतारबाट शव नेपाल पठाउने प्रक्रिया तथा आवश्यक कागजातहरु
वैदेशिक रोजगारको क्रममा कतारमा कुनै श्रमिकको मृत्यु भएमा ति श्रमिकले पाउन बाँकी रकम, अन्य सुविधा वापतको रकम, व्यक्तिगत सामान सहित शव नेपाल पठाउनु पर्ने कानुनी व्यवस्था छ ।
थप जानकारीका लागि कतारस्थित नेपाली दूतावासको वेभसाइट https://qa.nepalembassy.gov.np/deadbody-repatriation/ मा हेर्न सक्नुहुन्छ ।
Tags:-
१.कतार २. शव ३. श्रमिकको मृत्यु ४. नेपाली राजदुतावास कतार ५. कल्याणकारी कोष
गन्तव्य मुलुकमा दाहसंस्कार गर्नु परेमा
कुनै व्यक्तिको रोजगारीका क्रममा विदेशमा मृत्यु भएमा र सोही मुलुकमा अन्त्येष्टि गर्नुपर्ने भएमा आवश्यक प्रकृयाहरु पुरा गर्नुपर्ने हुन्छ । यसका लागि मृतकको नजिकको हकवालासँगको नाता प्रमाणित, हकवालाको मन्जुरीनामा र सिफारिस (मलेसियाको हकमा) कन्सुलर सेवा विभाग मार्फत गन्तब्य मुलुकको नियोगमा पठाउनु पर्दछ । ध्यान दिनुहोस् नाता प्रमाणित र सिफारिस वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालयबाट बनाउन सकिन्छ भने मञ्जुरीनामा कन्सुलर सेवा विभागबाट बनाउनु पर्दछ ।
थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.शव झिकाउने प्रक्रिया २. वडा कार्यालय ३. जिल्ला प्रशासन कार्यालय ४. नाता प्रमाणित ५. मञ्जुरीनामा
वैदेशिक रोजगारीमा ठगिए कसरी न्याय पाउने ?
ठगी भनेको के हो ? नेपालको कानूनमा के छ व्यवस्था ?
जिल्लासम्म शव पुर्याउन शव वाहनको व्यवस्था
वैदेशिक रोजगारका क्रममा विदेशमा मृत्यु भएका व्यक्तिको शव जिल्लासम्म पुर्याउनका लागि वैदेशिक रोजगार बोर्डले शव वाहनको व्यवस्था गर्दछ ।
यसका बारेमा थप जानकारी प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.नेपाली राजदुतावास २. वैदेशिक रोजगार बोर्ड ३. मलेसिया ४. शव वाहन ५. स्थानीय सरकार
विदेशमा मृत्यु भएकाहरुको नजिकको हकवालाले नेपालस्थित बिमा कम्पनीबाट विमित रकम प्राप्त गर्ने प्रक्रिया
वैदेशिक रोजगारका क्रममा श्रम स्वीकृति लिएर गएको व्यक्तिको बीमा अवधि बाँकी नै रहेको अवस्थामा मृत्यु भएमा नेपालको बीमा कम्पनीबाट आर्थिक सहायता प्राप्त गर्ने कानुनी व्यवस्था छ ।
यसका बारेमा थप जान्न प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.बीमा २. वैदेशिक रोजगार बोर्ड ३. श्रम मन्त्रालय ४. स्वास्थ्य परिक्षण ५. श्रम स्वीकृति
विदेशमा मृत्यु भएका श्रमिकको नजिकको हकवालाले विदेशस्थित बीमा कम्पनीबाट विमित रकम प्राप्त गर्नका लागि प्रक्रिया
गन्तव्य मलुकमा करार अवधि भित्र कार्यस्थल दुर्घटना (कामको समयमा) वा सडक दुर्घटनामा परेर मृत्यु भएको अवस्था भएमा श्रमिकको नजिकको हकवालाले कन्सुलर सेवा विभाग मार्फत बीमाको रकम दावी गर्न पाउँछन् । यसका लागि कन्सूलर सेवा विभाग मार्फत अनलाइन नै निवेदन दिन पाइने व्यवस्था छ ।
यसका लागि https://legal.nepalconsular.gov.np/ मा गई खाता खोलि निवेदन दिन सकिन्छ । बीमा रकम प्राप्त गर्ने तरिका गन्तव्य मुलुक अनुसार फरक पर्न सक्छ । थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.कार्यस्थल दुर्घटना २. कन्सूलर सेवा विभाग ३. अनलाइन आवेदन ४. श्रम स्वीकृति ५. कल्याणकारी कोष
साउदी अरबको बीमा कम्पनीबाट बीमा रकम दावी गर्ने प्रक्रिया
वैदेशिक रोजगारको क्रममा साउदी अरबमा कुनै श्रमिकको मृत्यु भएको खण्डमा निजको नजिकको हकवालाले विदेशस्थित बीमा कम्पनीबाट बीमा वापतको रकम दावी गर्न पाउँदछन् ।
यस्तो आवेदन कन्सुलर सेवा विभागको अनलाइन सिष्टम https://legal.nepalconsular.gov.np/ बाट गर्न सकिन्छ । बीमा वापतको रकम दावी गर्न गोसी फारम भर्नु पर्दछ । यस सम्वन्धि थप जानकारी प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.साउदी अरब २. साउदी अरबको भिसा चेक गर्ने तरिका ३. तालिम प्रदायक संस्थाहरु ४. बीमा कम्पनि ५. गोशी फारम
मलेसियाको बीमा कम्पनीबाट बीमा रकम दावी गर्ने प्रक्रिया
वैदेशिक रोजगारको क्रममा मलेसियामा कुनै श्रमिकको मृत्यु भएको खण्डमा निजको नजिकको हकवालाले विदेशस्थित विमा कम्पनीबाट बीमा वापतको रकम दावी गर्न पाउँछन् । यस्तो दावी कन्सुलर सेवा विभागमा अनलाइन मार्फत आवेदन दिएर गर्न पाइन्छ ।
त्यसका लागि के कस्ता कागजातहरु आवश्यक पर्दछन् भन्ने जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.मलेसिया २. कन्सुलर सेवा विभाग ३. स्वास्थ्य परिक्षण ४. बीमा ५. श्रम स्वीकृति
कतारको बीमा कम्पनीबाट बीमा रकम दावी गर्ने प्रक्रिया
रोजगारीको क्रममा कतारमा सडक दुर्घटना वा कार्यस्थल दुर्घटनामा परेर कुनै श्रमिकको मृत्यु भएको खण्डमा निजको नजिकको हकवालालाई कतारको कम्पनी स्वयंले गन्तव्य मुलुकस्थित नेपाली नियोगसँग समन्वय गरी नेपालको परराष्ट्र मन्त्रालय मार्फत बीमा वापतको रकम पठाउँदछ । कन्सुलर सेवा विभागले परिवारलाई सम्पर्क गरेर जिल्ला प्रशासन कार्यालयले मृतकको परिवारलाई रकम प्रदान गर्दछ ।
थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
Tags:-
१.कल्याणकारी कोष २. सुरक्षित आप्रवासन ३. कतार ४. ईसारा नेपाल ५. नेपाल विमा प्राधिकरण
गन्तव्य मुलुकमा सूचना प्रविधिको प्रयोग
टेलिफोन एवम् मोबाइलको प्रयोग
रोजगारीका लागि गन्तव्य मुलुकमा पुगेपछि आफूसँग रहेको मोबाइलमा सो मुलुकमा रहेको उपयुक्त मोबाइल कम्पनीको सिम कार्ड राखेर मोबाइल चलाउन सकिन्छ | आफू विदेशमा रहँदा परिवारका सदस्यहरूसँग नियमित रुपमा सम्पर्कमा रहनु पर्दछ | रोजगारीका क्रममा विदेशमा रहँदा नेपालमा फोन गर्नुपर्ने भएमा नेपालमा आफूलेले फोन गर्ने नम्बरको अगाडि ००९७७ लेखेर फोन नं वा मोबाईल नं डायल गर्नुपर्दछ । यदि ल्याण्डलाईनबाट फोन गर्नुपर्ने भएमा आफ्नो जिल्लाको एरिया कोड ००९७७ पछि डायल गर्नुपर्दछ । उदाहरणका लागि काठमाडौंको कुनै ल्यान्डलाईन नम्बरमा फोन गर्नुपर्ने भएमा ००९७७ र १ पछि सम्बन्धित फोन नम्बर डायल गर्नुपर्दछ ।
सामाजिक सञ्जालको सावधानीपूर्वक प्रयोग:
गन्तव्य मुलुकमा रहँदा साथीभाई, आफन्त आदिसँग सम्पर्कमा रहन र देश दुनियाँको खबर बुझ्न फेसबुक, ट्वीटर, ईमो, भाइवर, ह्वाट्सएप, यूट्यूव, ईन्स्टाग्राम गुगल म्याप आदि माध्यमको प्रयोग गर्न सकिन्छ | विभिन्न सामाजिक सञ्जाल तथा अनलाईनमा आउने भ्रामक समाचार प्रति सजग रहुनपर्दछ ।
इन्टरनेट प्रविधिको प्रयोग:
फेसबुक, ट्वीटर, ईमो, ह्वाट्सएप, युट्यूव जस्ता माध्यमको प्रयोग गर्दा विभिन्न कुरामा ध्यान दिनु पर्दछ | ती माध्यममा स्टाटस लेख्दा वा शेयर गर्दा सावधानीपूर्वक गर्नुपर्दछ अन्यथा समस्यामा पर्न सकिन्छ | उदाहरणका लागि खाडीका अधिकांश मुलुकहरूमा कुनैपनि दुर्घटनाको तस्वीर वा भिडियो फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप, ईमो वा भाइवर ग्रुप, यूट्युवमा अपलोड गर्नु वा अरु कसैले राखेमा त्यसलाई शेयर, लाइक र कमेण्ट गर्न हुँदैन । यसलाई कानून विपरितको काम मानिन्छ । यसैगरी सो मुलुकको कानून, धर्म, रीतिरिवाज विपरितका कुरा सामाजिक सञ्जालमा लेख्नुहुँदैन ।
विभिन्न एप्सको प्रयोग: वैदेशिक रोजगारका बारेमा जानकारी दिने उद्देश्यले तयार पारिएका मोबाइल एप तथा वेबसाइटबाट वैदेशिक रोजगार सम्बन्धी सुचना तथा जानकारी लिन सकिन्छ | उदाहरणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको वैदेशिक रोजगारी एप्सबाट वैदेशिक रोजगार सम्बन्धी सुचना तथा जानकारी, उजुरी गर्ने व्यवस्था, महत्वपूर्ण सम्पर्कहरू, पुनः श्रम स्वीकृति, श्रोतहरुका बारेमा जानकारी लिन सकिन्छ ।
यसैगरी माईग्रेन्ट रिक्रुमेन्ट एडभाईजर (www.recruitmentadvisor.org) वेबसाइट तथा शुभयात्रा, उज्वल सपना जस्ता एपहरूले पनि वैदेशिक रोजगारका बारेमा यथेष्ट जानकारी दिन्छन् ।
सूचना प्रविधिको प्रयोग बारेमा नेपाल सरकारको पुर्व प्रस्थान अभिमुखिकरण तालिम प्रशिक्षक मार्गदर्शन २०७६ मा रहेको विषय ७: सम्पर्क तथा सुचना प्रविधिको प्रयोगबारे जानकारी हेर्नुहोला | सो मार्गदर्शन अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस्
वैदेशिक रोजगार बोर्डको सचिवालय (feb.gov.np)
Tags:-
१.सूचना प्रविधि २. वैदेशिक रोजगारी ३. मोबाइल टेलिफोन ४. फेसबुक, ह्वाट्सएप ५. सामाजिक सञ्जाल
यी प्रशिक्षण स्रोतहरू आप्रवासी र उनीहरूका परिवारका सदस्यहरूलाई सहयोग गर्ने संस्थाहरूको प्रयोगको लागि विकास गरिएको हो। कृपया तालिमका स्रोतहरूसँग संलग्न मार्गदर्शन नोटहरू प्रयोग गर्नुहोस्
तथ्यांकमा महिला श्रमिक
आर्थिक वर्ष सन् १९९३/९४ देखि सन् २०२०/२१ सम्म नेपाल सरकारले ८२ लाख ४ हजार ९ सय ६२ वटा श्रम स्वीकृति जारी गरेको छ जसमध्ये ४.५८ प्रतिशत अर्थात् ३ लाख ७५ हजार ८ सय २७ वटा श्रम स्वीकृति महिला श्रमिकको लागि रहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशन गरेको श्रम आप्रवासन प्रतिवेदन २०२२ बाट यस सम्बन्धी थप जानकारी लिन सकिन्छ |
यसका लागि यस https://moless.gov.np/np/post/show/501 लिंकमा क्लिक गरेर प्रतिवेदन अध्ययन गर्न सकिन्छ ।
संस्थागत रूपमा पछिल्ला केही वर्षयता श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने महिलाहरूको सङ्ख्या बढेको छ । तर भारत तथा अनियमित बाटो भएर अन्य मुलुकमा रोजगारीका लागि गएका महिला तथा पुरुष श्रमिकको तथ्याङ्क भने छैन ।
Tags:-
१.महिला श्रमिक २. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ३. श्रम स्वीकृति ४. अनियमित बाटो ५. वैदेशिक रोजगार
वैदेशिक रोजगामा महिला श्रमिक: अवसर र चुनौति
वैदेशिक रोजगारमा जाने महिलाको संख्या पुरुषको तुलनामा न्यून छ । त्यसरी जानेहरु मध्ये पनि बहुसंख्यक सीप विनाको काममा जाने गरेका छन् । वैदेशिक रोजगारमा जाने महिलाले भोग्दै आएका चुनौति के छन् ? अवसरहरु के छन् ? यस विषयमा थप जानकारीका लागि तलका लिंकहरु क्लीक गरेर पढ्नुहोस् ।
वैदेशिक रोजगारीमा महिलाका चुनौती « (karobardaily.com)
रेमिट्यान्समा महिलाको योगदान (nayapatrikadaily.com)
Tags:-
१.महिला श्रमिक २. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ३. श्रम स्वीकृति ४. अनियमित बाटो ५. चुनौति
महिला श्रम सहचारीको व्यवस्था:
वैदेशिक रोजगार ऐनको दफा ६८ (१) बमोजिम एक हजार वा सो भन्दा बढी महिला श्रमिक गएको मुलुकमा महिला श्रम सहचारीको नियुक्ति गर्न सकिने प्रावधान वैदेशिक रोजगार नियमावली, २०६४ मा रहेको छ । नियमावली पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://moics.gov.np/uploads/shares/rules/baideshik%20rojgar%20rules%202064.pdf
Tags:-
१.वैदेशिक रोजगार ऐन २. घरेलु कामदार ३. वैदेशिक रोजगारी ४. लैङ्गिक विभेद ५. श्रम आप्रवासन प्रतिवेदन
आरक्षण तथा घरेलु श्रमिकका रुपमा काम गर्न जाने सम्वन्धि निर्देशिका
नेपाल सरकारले वैदेशिक रोजगारमा जाने महिला श्रमिकलाई विशेष सुविधा प्रदान गर्न सक्ने र इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगारमा श्रमिक पठाउँदा महिलालाई आरक्षण प्रदान गर्नु पर्ने व्यवस्था ऐनले गरेको छ । वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने निर्देशिका, २०७२ अनुसार घरेलु श्रमिकका रुपमा साउदी अरब, कतार, कुवेत, युएई, ओमन, बहराइन, लेवनान र मलेसिया जाने महिला श्रमिकको उमेर २४ वर्ष पूरा भएको हुनुपर्दछ । साथै, निर्देशिकाको दफा ३ (४) ले घरेलु श्रमिकको रुपमा वैदेशिक रोजगारमा जाने महिला श्रमिकको बच्चा २ वर्ष भन्दा कम उमेर भएको हुनु हुने छैन भनी उल्लेख गरेको छ । यस बारेमा https://shorturl.at/uCGRY तथा https://shorturl.at/lxyMN लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ ।
सन् १९८५ देखि विभिन्न समयमा सरकारले महिलालाई घरेलु श्रमिकका रुपमा वैदेशिक रोजगारमा जान प्रतिबन्ध लगाउँदै आएको छ | यस सम्बन्धमा IOM द्वारा प्रकाशित Migration in Nepal: A Country Profile 2019 पृष्ठ ५३-५४ हेरेर थप जानकारी प्राप्त गर्न सकिन्छ । यसका लागि https://publications.iom.int/books/migration-nepal-country-profile-2019 लिंकमा क्लिक गर्नुहोस् |
Tags:-
१.महिला श्रमिक २. घरेलु श्रमिक ३. वैदेशिक रोजगार व्यवसायी ४. भिजिट भिसा ५. खाडी मुलुक
महिला श्रमिक र अभिमुखीकरण तालिम वापतको शुल्क सोधभर्ना
महिला श्रमिकले अभिमुखीकरण तालिम लिँदा तिरेको शुल्क वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सोधभर्ना पाइन्छ । यसका लागि तालिम केन्द्रले शुल्क लिएको सक्कल रसिद, तालिम प्रमाणपत्रको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि र राहदानी (पासपोर्ट) को प्रतिलिपि राखेर बोर्ड सचिवालयमा निवेदन दिनुपर्दछ ।थप जानकारी तलको लिंकमा उल्लेख छ ।
https://www.sajhasabal.com/orentation/106279
Tags:-
१.अभिमुखीकरण २. महिला श्रमिक ३. तालिम केन्द्र ४. वैदेशिक रोजगार बोर्डको सचिवालय ५. राहदानी
घरेलु श्रमिक
अन्तराष्ट्रिय श्रम संगठनका अनुसार विश्वमा ६ करोड ७० लाख भन्दा बढी घरेलु श्रमिकहरु छन् । त्यसमध्ये ८० प्रतिशत महिला छन् । त्यसैले घरेलु श्रम भन्ने वित्तिकै महिलाबहुल श्रम क्षेत्रमा पर्दछ । नेपालमा घरेलु श्रमिकको अवस्था र चुनौति तथा आइएलओ अभिसन्धि १८९ को विषयमा जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
अझै राज्यको पर्वाह बाहिर छन् लाखौं घरेलु श्रमिकहरु | देश परदेश Desh Paradesh
Tags:-
१.घरेलु श्रमिक २. चुनौति ३. आइएलओ अभिसन्धि १८९ ४. महिला श्रमिक ५. वैदेशिक रोजगार बोर्डको सचिवालय
घरेलु श्रमिक माथि पूर्ण प्रतिबन्ध
नेपालबाट खाडीका मुलुकहरुमा घरेलु श्रमिकको रुपमा काम गर्न जानेहरुलाई विभिन्न समयमा वन्देज लाग्दै आएको छ । सोही क्रममा सन् २०१७ मार्च देखि खाडी मुलुकमा घरेलु काम गर्न जान पूर्ण प्रतिबन्ध छ। व्यक्तिको सुरक्षालाई प्राथमिकता दिंदै नेपाल सरकारले लगाएको प्रतिवन्ध र त्यसले पारेको प्रभावका बारेमा जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.onlinekhabar.com/2017/04/565438
https://www.himalkhabar.com/news/9252
Tags:-
१.घरेलु श्रमिक २. नेपाल सरकार ३. झुटो करार ४. भिजिट भिसा ५. खाडी मुलुक
युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय
आफूसँग भएको सीप नै सबैभन्दा ठूलो सम्पत्ति हो। युवा तथा साना उद्यमी विकास कोषले व्यावसायिक खेती, पशुपालन, कृषि र वनजन्य उद्योग, घरेलु तथा साना उद्योग तथा अन्य उद्योग, रिक्सा, ठेलालगायतका सेवामूलक व्यवसाय, विभिन्न जाति जनजातिको परम्परागत पेसामा आधारित व्यवसाय, घरबास, बहुमूल्य धातुसम्बन्धी उद्योग र सीपलाई स्वरोजगारका लागि कर्जा दिने प्राथमिकताका क्षेत्रमा तोकेको छ। तसर्थ, कोषमार्फत स्वरोजगार कर्जा लिन चाहने युवाहरूमा यीमध्ये कुनै सीप भएमा लाभदायी हुनेछ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषले स्वरोजगार कार्यक्रम अन्तर्गत कर्जा लिने युवाहरूलाई सीप विकास तालिम प्रदान गर्छन्।
कोष सम्बन्धि थप जानकारी http://ysef.gov.np/skill-development.html बाट लिन सकिन्छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि सामाजिक सुरक्षा कोष
वैदेशिक रोजगारीमा रहेका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा समेटिने उद्देश्यका साथ सामाजिक सुरक्षा कोषले २०७९ चैत ८ मा एक कार्यक्रम आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको छ । नेपालको सामाजिक सुरक्षा कोषमा आवद्ध हुनको लागि https://sosys.ssf.gov.np/ वेबपेजमा गई वैदेशिक रोजगारी सूचीकरणमा क्लिक गरी अनलाईन आवेदन फाराम भर्न सकिन्छ |
Tags:-
१.सामाजिक सुरक्षा कोष २. श्रमिक ३. वैदेशिक रोजगारी ४. आवेदन ५. सूचीकरण
विदेशमा रहेका नेपाली सामाजिक सुरक्षा कोषमा कसरी जोडिन सक्छन् ?
वैदेशिक रोजगारमा जाने प्रकृयामा रहेकाहरु वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने क्रममा नै र विदेशमा कार्यरतहरु कोषमा आवेदन दिएर सामाजिक सुरक्षामा जोडिने व्यवस्था रहेको छ । यसका बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस ।
www.bbc.com/nepali/articles/crgj2203m3yo
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पेन्सनसहितको सामाजिक सुरक्षा दिन सुरु– समाचार – कान्तिपुर समाचार (ekantipur.com)
Tags:-
१.सामाजिक सुरक्षा कोष २. श्रमिक ३. वैदेशिक रोजगार ४. आवेदन ५. सूचीकरण
विदेशमा काम गरी फर्केका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई न्यूनतम एक वर्ष काम गरी स्वदेश फर्किएर नेपालमा न्यूनतम एक वर्ष देखि उद्यम व्यवसाय सञ्चालन गरेर बसेका उद्यमीहरूलाई प्रत्येक वर्ष राष्ट्रिय सम्मान तथा पुरस्कार दिने व्यवस्था गरेको छ | मन्त्रालयमा रहने सिफारिश समितिले देशका सबै प्रदेशबाट उपलब्ध भएसम्म १ जना नछुट्नेगरी एक जनालाई रु. एक लाख पचास हजार रकमको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र बढीमा सात जनासम्मलाई जनही रु. पचहत्तर हजारको उद्यमी राष्ट्रिय पुरस्कारको लागि सिफारिश गर्दछ ।
यस बारेमा मन्त्रालयको वेभसाइट https://moless.gov.np/np मा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
Tags:-
१.पुरस्कार २. श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ३. वैदेशिक रोजगार ४. उद्यमी ५. राष्ट्रिय सम्मान
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिमेडिसिन सेवा
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी वैदेशिक रोजगार बोर्डको सचिवालयले २०७९ चैत १५ गते बुधबार बिहान १० बजेदेखि टेलिमेडिसिन सेवा सुरुवात गरेको छ । यो सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो लगायतका सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् । यो सेवा पूर्णतः निशुल्क हो ।
यस सम्बन्धमा https://shorturl.at/blwG6 लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
Tags:-
१.टेलिमेडिसिन सेवा २. वैदेशिक रोजगारी ३. वैदेशिक रोजगार बोर्ड ४. श्रमिक ५. सामाजिक सञ्जाल
प्राथमिक शेयर निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण
आर्थिक वर्ष २०७९/८० को बजेटले प्राथमिक शेयर निष्कासन (आईपीओ) मा वैदेशिक रोजगारीमा गएकाहरुका लागि आरक्षणको व्यवस्था गरेको छ । ‘धितोपत्र दर्ता तथा निष्कासन (छैठौं संशोधन) नियमावली, २०७९’ ले सङ्गठित संस्थाले सर्वसाधारणलाई निष्कासन गर्ने सेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीलाई छुट्याउनुपर्ने व्यवस्था गरेको हो ।
यस बारेमा https://shorturl.at/aforX लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
Tags:-
१.वैदेशिक रोजगार २. आरक्षण ३. आईपीओ ४. बजेट ५. प्राथमिक शेयर
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
नेपालमा श्रमसँग सम्वन्धित विषयका कानुन तथा नितिहरु बनाउने र तिनिहरूको प्रभावकारी कार्यान्वयन गर्ने/गराउने जिम्मेवारी प्राप्त सरकारी निकाय हो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय । वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनु तथा वैदेशिक रोजगारीबाट आर्जित सीप, प्रविधि र पुँजीको उपयोगबाट आन्तरिक रोजगारी प्रवर्द्धन गर्नु पनि यस मन्त्रालयको जिम्मेवारी हो। वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने कार्यमा संलग्न सरकारी निकायहरु वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड यस मन्त्रालय मातहतका मुख्य निकायहरू हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वेबसाइट https://moless.gov.np बाट तपाईले थप जानकारी पाउन सक्नुहुन्छ ।
Tags:-
१.श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय २. वैदेशिक रोजगार विभाग ३. रोजगारी ४. वैदेशिक रोजगार बोर्ड ५. वैदेशिक रोजगार
वैदेशिक रोजगार विभाग
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको निकाय हो वैदेशिक रोजगार विभाग । यस विभागले रोजगारीका लागि विदेश जाने व्यक्तिहरुलाई श्रम स्वीकृति दिने, वैदेशिक रोजगारमा पठाइदिने नाममा गलत काम गर्ने व्यक्ति वा संस्था (बोलिचालिको भाषामा मेनपावर कम्पनी) लाई कारवाही गर्ने, श्रमिकको उजुरी लिने र अनुसन्धान गरी पीडितलाई न्याय दिलाउनेसम्मको काम गर्दछ । विभागको अनुसन्धानबाट किनारा नलागेका उजुरीहरुलाई यस विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा पठाउने गर्दछ ।
अनलाइन मार्फत गुनासो दर्ता गर्ने सुविधा पनि यस विभागले उपलव्ध गराएको छ । (श्रम कल सेन्टर | श्रम कल सेन्टर)
वैदेशिक रोजगार विभागको वेभसाइट https://dofe.gov.np/ बाट तपाईले यस विभागका बारेमा थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।
Tags:-
१.मेनपावर कम्पनी २. वैदेशिक रोजगार विभाग ३. श्रम स्वीकृति ४. वैदेशिक रोजगार न्यायाधिकरण ५. उजुरी
वैदेशिक रोजगार बोर्ड
वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई सुचना, जानकारी प्रदान गर्ने, श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकको श्रम स्वीकृतिको अवधिभित्र दुर्घटनामा परेर अङ्गभङ्ग भएमा वा गम्भीर विरामी परेमा त्यस्ता व्यक्तिलाई वा मृत्यु भएमा सम्वन्धित परिवारका हकवालालाई यस बोर्डले आर्थिक सहायता उपलव्ध गराउँछ । हाल वैदेशिक रोजगारका क्रममा मृत्यु भएका व्यक्तिका परिवारले बोर्ड मार्फत रु. ७ लाख प्राप्त गर्दछन् । यसैगरी अङ्गभङ्ग भएमा वा गम्भीर विरामी परेमा क्षतिको प्रकृति अनुसार रु. ७ लाखसम्म प्रदान गर्दछ । रोजगारीका क्रममा विदेशमा मृत्यु भएका व्यक्तिको शवलाई नेपालको विमानस्थलदेखि निजको घरसम्म नि:शुल्क पुर्याउने व्यवस्था पनि बोर्डले गर्दै आएको छ ।वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएको/अङ्गभङ्ग भएको/गम्भीर बिरामी परेको श्रमिकको विद्यालयतहमा पढ्ने छोराछोरीलाई तोकिएको छात्रवृत्ति रकम पनि यस बोर्डले उपलव्ध गराउँदछ ।
वैदेशिक रोजगार बोर्डको वेभसाइट https://feb.gov.np/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
Tags:-
१.वैदेशिक रोजगार बोर्ड २. आर्थिक सहायता ३. शव ढुवानी ४. श्रम स्वीकृति ५. सुचना
वैदेशिक रोजगार न्यायाधिकरण
वैदेशिक रोजगारसँग सम्वन्धित मुद्धाहरु मध्ये वैदेशिक रोजगार विभागबाट छिनोफानो हुन नसकेका मुद्धाहरुको सुनुवाई गरी फैसला दिने काम वैदेशिक रोजगार न्यायाधिकरणले गर्दछ । कसैले अनुमति नलिइ वैदेशिक रोजगार व्यवसाय गरेमा वा श्रमिक विदेश पठाएमा, सरकारले रोजगारीमा जान पाउने गरी खुल्ला नगरेका मुलुकमा कसैलाई पठाएमा वा नाबालिकलाई वैदेशिक रोजगारमा पठाएमा लगायतका तोकिएका मुद्धाहरु यस न्यायाधिकरणले हेर्ने गर्दछ । त्यस्तो काम गर्ने व्यक्ति वा संस्था विरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिनु पर्दछ । विभागले अनुसन्धान गरी यस न्यायाधिकरणमा अभियोग पत्र पेश गर्दछ । वैदेशिक रोजगारसँग सम्वन्धित मुद्धा सरकारवादी मुद्धा हुने भएका कारण सरकारी वकिलले मुद्धा लड्दछन् ।
वैदेशिक रोजगार न्यायाधिकरणका बारेमा https://fet.gov.np/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
Tags:-
१.वैदेशिक रोजगार न्यायाधिकरण २. मुद्धा ३. न्यायाधिकरण ४. सरकारवादी मुद्धा ५. नाबालिक
राष्ट्रिय मानव अधिकार आयोग
नेपालमा स्वतन्त्र संवैधानिक निकायका रूपमा राष्ट्रिय मानवअधिकार आयोगको स्थापना सन् २००० मा भएको हो । आयोगले सुरक्षित वैदेशिक रोजगारका लागि सरकारलाई सिफारिस गर्ने, वैदेशिक रोजगार तथा मानव बेचबिखनका सम्बन्धमा अध्ययन अनुसन्धानगरी प्रतिवेदन प्रकाशन गर्ने र विभिन्न गन्तव्य मुलुकस्थित मानव अधिकार आयोगहरुसँग सो मुलुकमा काम गरिरहेका नेपाली आप्रवासी श्रमिकहरूको मानव अधिकार रक्षाका लागि दुई पक्षीय सम्झौता गर्ने लगायतका काम गर्दछ । राष्ट्रिय मानवअधिकार आयोगको बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.nhrcnepal.org/
Tags:-
१.वैदेशिक रोजगार २. मानव अधिकार ३. न्यायाधिकरण ४. वैदेशिक रोजगार ५. मानव बेचबिखन
मानव बेचबिखन अनुसन्धान ब्यूरो
मानव बेचबिखन अनुसन्धान ब्यूरो मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी अपराध नियन्त्रण गर्न स्थापित नेपाल प्रहरीको एउटा विशिष्टिकृत ईकाई हो । वि. सं. २०७५ सालमा स्थापना गरिएको ब्यूरोले मानव बेचबिखनसँग सम्बन्धीत अपराधको अनुसन्धान गर्ने र त्यस्तो कसुर हुन नदिन आवश्यक व्यवस्था मिलाउने गर्दछ । ब्यूरोको बारेमा थप जानकारी लिनका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://ahtb.nepalpolice.gov.np/
Tags:-
१.मानव बेचबिखन अनुसन्धान ब्यूरो २. अपराध ३. मानव बेचबिखन ४. ओसारपसार ५. नेपाल प्रहरी
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (NNSM)
श्रम आप्रवासनका क्षेत्रमा काम गर्ने नेपालका गैरसरकारी संस्थाहरूको छाता संगठन हो सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल । यो सञ्जाल वि. सं. २०६५ सालमा स्थापना भएको हो । यस सञ्जालले वैदेशिक रोजगारलाई सुरक्षित, उपलव्धीमूलक बनाउन, श्रमिकको पक्षमा नितिगत व्यवस्थाका लागि पहल, पैरवी, अभियान सञ्चालन लगायतका काम गर्दछ । सञ्जालका बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस्
https://nnsmnepal.org/
Tags:-
१.सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल २. वैदेशिक रोजगार ३. सुरक्षित वैदेशिक रोजगार ४. आप्रवासन ५. नेपाली आप्रवासी श्रमिक
महिला बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल (एटविन)
महिला बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल (एटविन) गैरसरकारी संस्थाहरूको राष्ट्रियस्तरको छाता संगठन हो । यस संस्थाले महिला र बालबालिकाहरुको मानव अधिकारमा केन्द्रित रहेर मानव बेचबिखन विरुद्धको अभियान र मानव अधिकारलाई बलियो बनाउने लगायतका काम गर्दछ । एटविनका बारेमा थप जानकारी तथा सम्पर्कका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://aatwin.org.np/
Tags:-
१.एटविन २. महिला तथा बालबालिका ३. बेचबिखन ४. मानव अधिकार ५. अभियान
प्रवासी नेपाली समन्वय समिति (PNCC)
प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत गैरसरकारी सामाजिक संस्था हो । यस संस्थाले विशेषगरी खाडी मुलुकहरू तथा मलेशियामा अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरूको उद्दार गर्ने काम गर्दछ । यस संस्थाले वैदेशिक रोजगारबाट काठमाडौं आइपुगेका र आवासको व्यवस्था नभएका व्यक्तिलाई अल्पकालिन (केहि दिनका लागि) काठमाडौंमा आवास सेवा प्रदान गर्दछ । यस संस्थाका कर्मचारीहरु कतार र मलेसियामा पनि छन् । उनीहरुले ति मुलुकमा समस्यामा परेका नेपाली श्रमिकलाई आवश्यक सहयोग गर्दछन् ।
पिएनसीसीका बारेमा जानकारी र सम्पर्कका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://pncc.org.np/
Tags:-
१.प्रवासी नेपाली समन्वय समिति २. खाडी मुलुक ३. उद्धार ४. आवास सेवा ५. वैदेशिक रोजगारी
मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम)
मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) वैदेशिक रोजगारको नाममा वा क्रममा ठगिमा परेका श्रमिकहरुलाई नि:शुल्क कानुनी सहायता प्रदान गर्ने गैरसरकारी संस्था हो । यस संस्थाले ठगि वा समस्यामा परेका व्यक्तिहरुलाई वैदेशिक रोजगार विभागमा मुद्धा दर्ता लगायतका प्रकृयामा नि:शुल्क सहयोग प्रदान गर्दछ । पिपुल फोरमका बारेमा थप जान्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://peopleforum.org.np/
Tags:-
१.पिपुल फोरम २. कानुनी सहायता ३. नि:शुल्क कानुनी सहायता ४. ठगी ५. वैदेशिक रोजगारी
पौरखी नेपाल
पौरखी नेपाल वैदेशिक रोजगारबाट फर्केका महिलाहरुले स्थापना गरेको गैरसरकारी संस्था हो । यस संस्थाले वैदेशिक रोजगारको क्रममा रहँदा समस्यामा परेका महिला श्रमिकलाई नि:शुल्क कानुनी सेवा तथा परामर्श प्रदान, वैदेशिक रोजगारका क्रममा अलपत्र परेका महिला श्रमिकलाई सुरक्षित रुपमा स्वदेश फर्काउने कार्यमा समन्वय र सहयोग तथा नेपाल फर्केका महिला श्रमिकलाई आवश्यकताका आधारमा सुरक्षित आवास गृह सेवा उपलब्ध गराउँदछ । पौरखी नेपालको बारेमा थप जानकारी तथा सम्पर्कका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://pourakhi.org.np/
Tags:-
१.पौरखी नेपाल २. कानुनी सेवा ३. आवास गृह ४. महिला आप्रवासी श्रमिक ५. वैदेशिक रोजगारी
आप्रवासी महिला कामदार समूह नेपाल (AMKAS Nepal)
वैदेशिक रोजगारबाट फर्केका महिलाहरूले स्थापना गरेको गैरसरकारी सामाजिक संस्था हो आप्रवासी महिला कामदार समूह (आमकास) नेपाल । । वैदेशिक रोजगारका क्रममा समस्यामा परेर स्वदेश फर्केका वा फर्काइएका महिला श्रमिकहरूका लागि यस संस्थाले काठमाडौंमा सुरक्षित आवास गृह सञ्चालन गर्दै आएको छ । साथै वैदेशिक रोजगारको क्रममा अलपत्र परेका महिला श्रमिकलाई सुरक्षित रुपमा स्वदेश फर्काउन सहयोग तथा समन्वय, नि:शुल्क कानुनी सेवा तथा परामर्श प्रदान गर्दछ । आप्रवासी महिला कामदार समूहका बारेमा थप जानकारी तथा सम्पर्कका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
आमकास नेपालको बारेमा थप जानकारी हासिल गर्न तथा सम्पर्क गर्न तलको लिंक क्लीक गर्नुहोस्
https://amkas.org.np/
Tags:-
१.आमकास नेपाल २. निःशुल्क कानुनी सेवा ३. आवास गृह ४. महिला आप्रवासी श्रमिक ५. वैदेशिक रोजगारी
माइती नेपाल
बालबालिका तथा महिलामाथि हुने बेचबिखन लगायतका हिंसा र शोषणविरुद्धको क्षेत्रमा काम गर्ने सामाजिक संस्था हो माइती नेपाल । यस संस्थाले बेचबिखनमा परेकाहरुको उद्धार, पुनर्स्थापना, परामर्श तथा उनीहरुलाई नि:शुल्क कानूनी सहायता उपलव्ध गराउँदै आएको छ । माइती नेपालका बारेमा थप जान्न वा सम्पर्कका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://maitinepal.org/
Tags:-
१.माइती नेपाल २. निःशुल्क कानुनी सहायता ३. उद्धार ४. बेचबिखन ५. महिला
महिला पुनर्स्थापना केन्द्र (ओरेक नेपाल)
महिला पुनर्स्थापना केन्द्र (ओरेक नेपाल) महिला अधिकार र सामाजिक न्यायको सुनिश्चितताको पक्षमा काम गर्ने गैरसरकारी सामाजिक संस्था हो । महिलाको गतिशिलता र मर्यादित कामको अधिकार, सुरक्षित वैदेशिक रोजगार तथा मानव बेचबिखनका विरुद्धमा यस संस्थाले अभियानहरु सञ्चालन, नितिगत वहसहरु सञ्चालन गर्ने गर्दछ । सवै प्रकारका हिंसा प्रभावित महिला (वैदेशिक रोजगारका क्रममा हिंसामा परेर फर्केका महिलाहरू समेत) का लागि यस संस्थाले काठमाडौं र अन्य केही जिल्लाहरुमा सुरक्षित आवास गृह सञ्चालन गर्दै आएको छ । ओरेक नेपालका बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.worecnepal.org/
Tags:-
१.ओरेक नेपाल २. मर्यादित काम ३. बेचबिखन ४. महिला ५. वैदेशिक रोजगार
महिला, कानुन र विकास मञ्च (FWLD)
महिला, कानून र विकास मञ्च (एफडव्लुएलडी) गैरसरकारी सामाजिक संस्था हो । यस संस्थाले सुरक्षित वैदेशिक रोजगार र मानव अधिकारको रक्षाका लागि कानुन तथा निति निर्माणका लागि वहस पैरवी गर्दछ । यसैगरी मानव बेचविखन विरुद्ध जनचेतना अभिवृद्धि, न्याय प्राप्तिका लागि पीडितलाई सहयोग गर्दै आएको छ । यस संस्थाले वैदेशिक रोजगारको नाममा वा वैदेशिक रोजगारको क्रममा ठगिमा परेकाहरू तथा बेचबिखन प्रभावितहरुलाई नि:शुल्क कानुनी सहायता उपलव्ध गराउँदछ । महिला, कानून र विकास मञ्चको बारेमा थप जान्न वा सम्पर्क गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://fwld.org/
Tags:-
१.महिला, कानून र विकास मञ्च २. निःशुल्क कानुनी सहायता ३. बेचबिखन ४. मानव अधिकार ५. वैदेशिक रोजगार
एबीसी नेपाल
गैरसरकारी सामाजिक संस्था एविसी नेपालले स्थापनाकालदेखि नै मानव बेचबिखनको विरुद्धमा आवाज उठाउने, कानुन निर्माण तथा सुधारका लागि नीतिगत पैरवी, जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस संस्थाले काठमाडौं, विराटनगर तथा भैरहवामा गरी तीनवटा ट्राञ्जिट होम (अल्पकालिन आवास गृह) सञ्चालन गर्दछ । बेचबिखनमा परेका, वैदेशिक रोजगारबाट समस्यामा परेर फर्केका महिलाले ती ट्राञ्जिट होममार्फत आवासको सेवा प्राप्त गर्न सक्दछन् । थप जानकारी तथा एविसी नेपालमा सम्पर्कका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
http://abcnepal.org.np/wp/
Tags:-
१.एबीसी नेपाल २. आवास गृह ३. बेचबिखन ४. पैरवी ५. वैदेशिक रोजगार
अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) – नेपाल
अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) सरकार, रोजगारदाता र श्रमिकलाई एक थलोमा ल्याउने त्रिपक्षीय संयुक्त राष्ट्र संघीय निकाय हो | यसले मर्यादित काम, सुरक्षित कार्यस्थल आदिलाई प्रवर्द्धन गर्ने उद्देश्य सहित काम गर्दछ । हालसम्म संसारका १८७ वटा राष्ट्रहरूमा यस निकायले काम गरिरहेको छ । नेपालमा पनि वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित बनाउन तथा वैदेशिक रोजगारमा हुने श्रमिक भर्ना प्रक्रियालाई स्वच्छ, निष्पक्ष बनाउन यस संस्थाले अध्ययन अनुसन्धानको माध्यमबाट सरोकारवालाहरूसँग समन्वय र सहकार्य गरिरहेको छ ।
आईएलओ नेपालका बारेमा https://www.ilo.org/kathmandu/lang–en/index.htm बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
Tags:-
१.अन्तर्राष्ट्रिय श्रम संगठन २. रोजगारदाता ३. संयुक्त राष्ट्र संघ ४. वैदेशिक रोजगार ५. सुरक्षित कार्यस्थल
आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (IOM) – नेपाल
आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (IOM) १७५ सदस्य राष्ट्रहरू र १०० भन्दा बढी देशहरूमा कार्यरत छ । व्यवस्थित आप्रवासनलाई प्रवर्द्धन गर्नु यसको एउटा काम हो । नेपालमा सन् २००६ देखि आईओएम कार्यरत छ ।
आईओएम नेपालका बारेमा https://nepal.iom.int/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
Tags:-
१.आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन २. व्यवस्थित आप्रवासन ३. संयुक्त राष्ट्र संघ ४. वैदेशिक रोजगार ५. जीसीएम
देश परदेश डट कम
देश परदेश डट कम नेपालीको सीप, समृद्धि र सुरक्षित वैदेशिक रोजगारीमा समर्पित डिजिटल पत्रिका हो । यसमा रोजगारीका लागि आवश्यक पर्ने सीप, त्यस्तो सीप सिक्ने स्थानहरू तथा सीप सिकेपछि प्राप्त हुने अवसरका बारेमा जानकारी समेटिने गर्दछ ।
देश परदेश डट कमका बारेमा https://www.deshparadesh.com/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
Tags:-
१.देश परदेश २. अवसर ३. डिजिटल पत्रिका ४. वैदेशिक रोजगार ५. सीप
उज्यालो
उज्यालो रेडियो नेटवर्कले देश परदेश नामको रेडियो कार्यक्रम सञ्चालन गर्ने गर्दछ । यसले सञ्चालन गर्ने उज्यालो अनलाइनले पनि वैदेशिक रोजगारसँग सम्वन्धित विषयमा सुचना, समाचार, लेखहरु प्रकाशन गर्ने गर्दछ ।
https://ujyaaloonline.com/desh-pradesh/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
Tags:-
१.उज्यालो २. देश परदेश ३. रेडियो ४. वैदेशिक रोजगार ५. अनलाइन समाचार
सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी (सेस्लम)
सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी (सेस्लम), सोशल साइन्स बहाः, काठमाडौं अन्तर्गत सन् २०११ मा स्थापित अनुसन्धान केन्द्र हो । यसले श्रम आप्रवासनका बारेमा अध्ययन अनुसन्धान गर्दछ |
सेस्लमका बारेमा https://www.ceslam.org/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
Tags:-
१.सेस्लम २. सोशल साइन्स बहाः ३. श्रम आप्रवासन ४. अनुसन्धान ५. लेबर एन्ड मोबिलिटी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
महिला, बालबालिका तथा समाज कल्याण सम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने सरकारी निकाय हो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय । यस मन्त्रालयले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण शाखा, लैंगिक हिंसा निवारण शाखा लगायतको माध्यमबाट बेचबिखन विरुद्धका कार्यक्रमहरू सञ्चालन तथा समन्वय गर्नुका साथै घरेलु हिंसाबाट प्रभावित महिलाहरूका लागि सुरक्षित अल्पकालिन आश्रय सहितका सेवा केन्द्रहरू तथा मानव बेचबिखनबाट प्रभावितहरूका लागि पुनर्स्थापना केन्द्र सञ्चालनका लागि समन्वयकारी काम गर्दछ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको वेबसाइट https://mowcsc.gov.np/ बाट तपाईले थप जानकारी पाउन सक्नुहुन्छ ।
Tags:-
१.महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय २. मानव बेचबिखन ३. अल्पकालिन आश्रय ४. पुनर्स्थापना केन्द्र ५. लैंगिक हिंसा
कन्सुलर सेवा विभाग
परराष्ट्र मन्त्रालय मातहतको सरकारी निकाय हो कन्सुलर सेवा विभाग । नेपाल भन्दा बाहिर विभिन्न पेशा व्यवसाय गरिरहेका नेपाली नागरिकहरूलाई आवश्यक पर्ने कानूनी सहयोग, क्षतिपूर्ति तथा बीमा रकम कानूनी हकदारलाई दिलाउने, अलपत्र परेका नेपालीहरूको उद्धार, मृत्यु भएका नेपालीको शव नेपाल झिकाउने जस्ता काममा यस विभागले विदेशस्थित नेपाली नियोगहरूसँग आवश्यक समन्वय गर्ने काम गर्दछ । यसैगरी विदेशमा पेश गर्ने प्रयोजनको लागि नेपाली नागरिकलाई सरकारी निकायबाट जारी गरिएका कागजातको कन्सुलर प्रमाणीकरण गर्ने काम पनि यस विभागले गर्दछ ।
कन्सुलर सेवा विभागका बारेमा https://nepalconsular.gov.np/np/ लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
Tags:-
१.परराष्ट्र मन्त्रालय २. कन्सुलर सेवा विभाग ३. कानूनी सहयोग ४. बीमा ५. प्रमाणीकरण
अध्यागमन विभाग
अध्यागमन विभाग गृह मन्त्रालय मातहतको सरकारी निकाय हो | नेपाली नागरिक विदेश जाने र आउने विषयलाई व्यवस्थित गर्ने काम यस विभागले गर्दछ । राहदानी वा भिषा जाली भएमा, भ्रमणको उद्धेश्य विपरित श्रम गर्ने उद्धेश्यले विदेश जान खोजेको पाइएमा, मानव तस्करी तथा बेचबिखनको जोखिममा पर्ने देखिएमा लगायतका अवस्थामा यस विभागले नेपाली नागरिकलाई विदेश प्रस्थानको अनुमति दिँदैन |
अध्यागमन विभागका बारेमा https://www.immigration.gov.np/ लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
Tags:-
१.गृह मन्त्रालय २. अध्यागमन विभाग ३. अध्यागमन कार्यालय ४. त्रिभुवन विमानस्थल ५. मानव तस्करी तथा बेचबिखन
स्थानीय पालिका
मुलुकमा संघीय संरचना लागू भएपश्चात स्थानीय तह (गाउँपालिका/नगरपालिका) लाई समेत वैदेशिक रोजगार सम्बन्धी विषयमा काम गर्ने गरी केही जिम्मेवारी तोकिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार वैदेशिक रोजगार सम्बन्धी सूचना सम्प्रेषण, तथ्याङ्क संकलन, सीपमूलक तालिम सञ्चालन, विदेशमा सिकेको सीप उपयोग लगायतका विषयमा काम गर्ने जिम्मेवारी पालिकाहरूको हो । यससम्वन्धी जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
वैदेशिक रोजगार व्यवस्थापनमा स्थानीय सरकारको दायित्व | देश परदेश Desh Paradesh
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ पूरा पढ्न चाहनुहुन्छ भनें https://shorturl.at/hjlQT मा क्लिक गरी हेर्न सकिन्छ |
Tags:-
१.संघीय संरचना २. स्थानीय तह ३. वैदेशिक रोजगार ४. स्थानीय सरकार सञ्चालन ऐन ५. सीपमूलक तालिम
सामाजिक न्यायका लागि नीति नियम मञ्च (LAPSOJ)
सामाजिक न्यायका लागि नीति नियम मञ्च (LAPSOJ) ले खोजमूलक तथा रणनीतिक रुपमा सार्वजनिक सरोकारका मुद्दाहरूको उठान तथा पैरवी गर्दछ | यसभित्र वैदेशिक रोजगारका मुद्दा पनि पर्छन् |
लाप्सोजका बारेमा https://lapsoj.org/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
Tags:-
१.लाप्सोज २. वैदेशिक रोजगार ३. मानव अधिकार ४. सामाजिक न्याय ५. कानुन व्यवसायी
सेन्टर फर माइग्रेसन एन्ड इन्टरनेसनल रिलेसन्स (CMIR)
सेन्टर फर माइग्रेसन एन्ड इन्टरनेसनल रिलेसन्स (CMIR) काठमाडौंमा रहेको एक गैर नाफामूलक संस्था हो । यसले आप्रवासी श्रमिक तथा तिनका परिवारको अधिकारको लागि काम गर्दछ |
सिएमआइआरका बारेमा https://cmir.org.np/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
Tags:-
१.सिएमआइआर २. आप्रवासी श्रमिक ३. श्रम आप्रवासन ४. अनुसन्धान ५. इन्टरनेसनल रिलेसन्स
नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघ (FEONA)
नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघ (फियोना) वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरूको छाता संगठन हो । यो महासंघ वि. सं. २०६८ सालमा स्थापना भएको हो । यस महासंघमा आवद्ध तालिम प्रदायक संस्थाहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई आफू जान लागेको देशका बारेमा विदेश जानुपूर्व अभिमुखिकरण तालिम प्रदान गर्ने गर्दछन् ।
फियोनाका बारेमा https://shorturl.at/wyCL6 लिंकमा क्लिक गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ ।
Tags:-
१.फियोना २. वैदेशिक रोजगार ३. अभिमुखीकरण तालिम ४. तालिम प्रदायक संस्थाहरू ५. सूचना
सहयोगी समाज नेपाल
सहयोगी समाज नेपाल सन् २०१० मा स्थापना भएको गैरनाफामूलक गैरसरकारी संस्था हो । यो संस्था सर्लाही जिल्लामा अवस्थित छ । यस संस्थाले सुरक्षित वैदेशिक रोजगारमा जाने योजना बनाइरहेका व्यक्तिहरूलाई विभिन्न माध्यम मार्फत सूचना प्रवाह गर्नुका साथै वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरु तथा वैदेशिक रोजगारमा गएका व्यक्तिका परिवारका सदस्यहरूलाई उद्यमशीलता सम्बन्धी तालिम पनि प्रदान गर्ने कार्य गर्दै आएको छ ।
यस संस्थाका बारेमा https://www.facebook.com/profile.php?id=100064856493945 लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
Tags:-
१.सहयोगी समाज नेपाल २. वैदेशिक रोजगार ३. योजना ४. सूचना ५. उद्यमशीलता तालिम
शक्ति समूह
चेलिबेटी बेचबिखन विरुद्ध सन् १९९६ देखि अनौपचारिक रुपमा काम थालेको शक्ति समूह आधिकारिक रुपमा सन् २००० मा दर्ता भएको हो । यस संस्थाले स्थापनाकाल देखि नै मानव बेचबिखनका प्रभावितहरूको सामाजिक न्यायका पक्षमा काम गर्दै आएको छ । यसैगरी बेचविखनको जोखिममा रहेकाहरूको क्षमता अभिवृद्धि, समुदायस्तरसम्म जनचेतना जगाउने कार्यमा यो संस्था केन्द्रित छ ।
यस संस्थाले सुरक्षित आवास गृह पनि सञ्चालन गर्दै आएको छ । यस संस्थाका बारेमा http://shaktisamuha.org.np/ लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
Tags:-
१.शक्ति समूह २. चेलिबेटी बेचबिखन ३. मानव बेचबिखन ४. सामाजिक न्याय ५. सुरक्षित आवास गृह
वैदेशिक रोजगार लोक कल्याणकारी कोष (FEWWF)
वैदेशिक रोजगार लोक कल्याणकारी कोष (FEWWF) समाजको सीमान्तकृत परिवारको आप्रवासन सम्बन्धी सामाजिक मुद्दामा काम गर्ने एक गैर-नाफामूलक संस्था हो । यो संस्थाको स्थापना सन् २०१७ मा भएको हो | विभिन्न कार्यक्रम, अनुसन्धान, वकालत र सचेतनाका माध्यमबाट प्रवासी श्रमिक परिवारको समग्र उन्नति प्रगति सुनिश्चित गर्ने प्रयासका साथ यस संस्थाले काम गरिरहेको छ ।
यस संस्थाका बारेमा http://fewwf.org/ लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
Tags:-
१.वैदेशिक रोजगार लोक कल्याणकारी कोष २. प्रवासी ३. श्रमिक ४. आप्रवासन ५. अनुसन्धान
कारितास नेपाल (Caritas Nepal)
कारितास नेपाल सन् १९९० मा स्थापना भएको गैरनाफामूलक संस्था हो | Caritas Nepal ले सामाजिक न्याय र सामुदायिक विकास, विपद् जोखिम व्यवस्थापन, दिगो जीविकोपार्जन, आप्रवासी, शरणार्थी र बेचबिखन विरुद्ध, आपतकालीन र पुनर्प्राप्ति सहयोगका साथै सामाजिक सरोकारहरूको वकालत गर्ने क्षेत्रमा काम गर्दछ।
यस संस्थाका बारेमा https://www.caritasnepal.org/ लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
Tags:-
१.कारितास नेपाल २. सामाजिक न्याय ३. विपद् जोखिम व्यवस्थापन ४. आप्रवासी ५. बेचबिखन
श्रम रोजगार पत्रकार समूह (LEJoG)
श्रम रोजगारको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारले सन् २०१९ मा स्थापना गरेको संस्था हो श्रम रोजगार पत्रकार समूह (LEJoG) | श्रमिकको मानवअधिकारको लागि सरकार, अन्तर्राष्ट्रिय समुदाय, सरोकारवाला निकाय र पत्रकारहरूबीच सामूहिक सहकार्य, निरन्तर पैरवी र पहलकदमीका साथ यस संस्थाले काम गरिरहेको छ ।
यस संस्थाका बारेमा https://www.facebook.com/LEJoG2076/ लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
Tags:-
१.श्रम रोजगार पत्रकार समूह २. मानवअधिकार ३. सरकार ४. पैरवी ५. अन्तर्राष्ट्रिय समुदाय
सामाजिक परिवर्तन केन्द्र (CSC)
सन् २०१५ मा स्थापित सामाजिक परिवर्तन केन्द्र (CSC) काठमाडौंस्थित एक गैर-नाफामूलक सामाजिक थिंक-ट्याङ्क हो | यस संस्थाले अनुसन्धान, शिक्षा, वकालत र सामुदायिक परिचालन मार्फत नेपाली समाजको परिवर्तनशील सामाजिक-राजनीतिक गतिशीलतामा काम गर्दछ । CSC का हालका कार्यहरू द्वन्द्व रूपान्तरण र शान्ति निर्माण, लोकतन्त्र र शासन, आप्रवासन र मानव गतिशीलता, श्रम र रोजगारी, लगायतका मुद्दाहरूमा केन्द्रित छन् ।
यस संस्थाका बारेमा “https://socialchange.org.np/ लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
Tags:-
१.सामाजिक परिवर्तन केन्द्र (CSC) २. अनुसन्धान ३. आप्रवासन ४. श्रम र रोजगारी ५. वकालत
नेपाल विकास अध्ययन संस्था (NIDS)
नेपाल विकास अध्ययन संस्था (NIDS) सन् १९९८ मा स्थापित गैर-सरकारी संस्था हो | यस संस्थाले नेपालको विकासका प्राथमिकतामा परेका मुद्दाहरूमा आप्रवासनलाई मुख्य रूपमा केन्द्रित गर्दै आएको छ ।
NIDS का बारेमा https://www.facebook.com/nidsnep/ लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
Tags:-
१.नेपाल विकास अध्ययन संस्था (NIDS) २. अनुसन्धान ३. आप्रवासन ४. मुद्दा ५. विकास
सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालनमा छ । यो कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र १५६ वटा स्थानीय सरकारहरूको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकार विकास सहयोग (SDC) को तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिक र तिनको परिवारको उचित संरक्षण, गन्तव्य मुलुकमा सुरक्षित र सम्मानजनक रुपमा काम गर्न सक्ने गरी श्रमिकलाई सूचना, सीप, परामर्श लगायतको सहयोग प्रदान गर्ने र वैदेशिक रोजगारमा सम्बद्ध निकायहरूको क्षमता अभिवृद्धि मार्फत वैदेशिक रोजगारीका प्रतिफल वृद्धि गर्ने यस कार्यक्रमको मुख्य उद्धेश्य हो।
सामीका बारेमा https://www.sami.org.np/index लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
Tags:-
१.सुरक्षित आप्रवासन (सामी) २. हेल्भेटास ३. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ४. वैदेशिक रोजगारी ५. सीप
माइग्रेन्ट फोरम इन एसिया (MFA)
सन् १९९४ मा स्थापित माइग्रेन्ट फोरम इन एसिया (MFA) गैर-सरकारी संस्थाहरूको क्षेत्रीय सञ्जाल हो जसमा आप्रवासी कामदारहरूको अधिकार र कल्याणको संरक्षण र प्रवर्द्धन का लागि कार्यरत ट्रेड युनियनहरू र अधिवक्ताहरू पनि विविध रुपमा संलग्न छन् । यो संस्था विशेषगरी आप्रवासी कामदारहरूको लागि मानव अधिकार र सम्मान, सामाजिक न्याय र लैङ्गिक समानता, सम्मानमा आधारित रहेर काम गरिरहेको छ | हाल यो संस्था फिलिपिन्समा अवस्थित छ |
यस संस्थाका बारेमाhttps://mfasia.org/ लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
Tags:-
१.माइग्रेन्ट फोरम इन एसिया २. आप्रवासी कामदार ३. सञ्जाल ४. मानव अधिकार ५. लैङ्गिक समानता