The stars will never align, and the traffic lights of life will never
गन्तव्य मुलुकमा सूचना प्रविधिको प्रयोग
टेलिफोन एवम् मोबाइलको प्रयोग
रोजगारीका लागि गन्तव्य मुलुकमा पुगेपछि आफूसँग रहेको मोबाइलमा सो मुलुकमा रहेको उपयुक्त मोबाइल कम्पनीको सिम कार्ड राखेर मोबाइल चलाउन सकिन्छ | आफू विदेशमा रहँदा परिवारका सदस्यहरूसँग नियमित रुपमा सम्पर्कमा रहनु पर्दछ | रोजगारीका क्रममा विदेशमा रहँदा नेपालमा फोन गर्नुपर्ने भएमा नेपालमा आफूलेले फोन गर्ने नम्बरको अगाडि ००९७७ लेखेर फोन नं वा मोबाईल नं डायल गर्नुपर्दछ । यदि ल्याण्डलाईनबाट फोन गर्नुपर्ने भएमा आफ्नो जिल्लाको एरिया कोड ००९७७ पछि डायल गर्नुपर्दछ । उदाहरणका लागि काठमाडौंको कुनै ल्यान्डलाईन नम्बरमा फोन गर्नुपर्ने भएमा ००९७७ र १ पछि सम्बन्धित फोन नम्बर डायल गर्नुपर्दछ ।
सामाजिक सञ्जालको सावधानीपूर्वक प्रयोग:
गन्तव्य मुलुकमा रहँदा साथीभाई, आफन्त आदिसँग सम्पर्कमा रहन र देश दुनियाँको खबर बुझ्न फेसबुक, ट्वीटर, ईमो, भाइवर, ह्वाट्सएप, यूट्यूव, ईन्स्टाग्राम गुगल म्याप आदि माध्यमको प्रयोग गर्न सकिन्छ | विभिन्न सामाजिक सञ्जाल तथा अनलाईनमा आउने भ्रामक समाचार प्रति सजग रहुनपर्दछ ।
इन्टरनेट प्रविधिको प्रयोग:
फेसबुक, ट्वीटर, ईमो, ह्वाट्सएप, युट्यूव जस्ता माध्यमको प्रयोग गर्दा विभिन्न कुरामा ध्यान दिनु पर्दछ | ती माध्यममा स्टाटस लेख्दा वा शेयर गर्दा सावधानीपूर्वक गर्नुपर्दछ अन्यथा समस्यामा पर्न सकिन्छ | उदाहरणका लागि खाडीका अधिकांश मुलुकहरूमा कुनैपनि दुर्घटनाको तस्वीर वा भिडियो फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप, ईमो वा भाइवर ग्रुप, यूट्युवमा अपलोड गर्नु वा अरु कसैले राखेमा त्यसलाई शेयर, लाइक र कमेण्ट गर्न हुँदैन । यसलाई कानून विपरितको काम मानिन्छ । यसैगरी सो मुलुकको कानून, धर्म, रीतिरिवाज विपरितका कुरा सामाजिक सञ्जालमा लेख्नुहुँदैन ।
विभिन्न एप्सको प्रयोग: वैदेशिक रोजगारका बारेमा जानकारी दिने उद्देश्यले तयार पारिएका मोबाइल एप तथा वेबसाइटबाट वैदेशिक रोजगार सम्बन्धी सुचना तथा जानकारी लिन सकिन्छ | उदाहरणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको वैदेशिक रोजगारी एप्सबाट वैदेशिक रोजगार सम्बन्धी सुचना तथा जानकारी, उजुरी गर्ने व्यवस्था, महत्वपूर्ण सम्पर्कहरू, पुनः श्रम स्वीकृति, श्रोतहरुका बारेमा जानकारी लिन सकिन्छ ।
यसैगरी माईग्रेन्ट रिक्रुमेन्ट एडभाईजर (www.recruitmentadvisor.org) वेबसाइट तथा शुभयात्रा, उज्वल सपना जस्ता एपहरूले पनि वैदेशिक रोजगारका बारेमा यथेष्ट जानकारी दिन्छन् ।
सूचना प्रविधिको प्रयोग बारेमा नेपाल सरकारको पुर्व प्रस्थान अभिमुखिकरण तालिम प्रशिक्षक मार्गदर्शन २०७६ मा रहेको विषय ७: सम्पर्क तथा सुचना प्रविधिको प्रयोगबारे जानकारी हेर्नुहोला | सो मार्गदर्शन अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस्
वैदेशिक रोजगार बोर्डको सचिवालय (feb.gov.np)
Tags:-
१.सूचना प्रविधि २. वैदेशिक रोजगारी ३. मोबाइल टेलिफोन ४. फेसबुक, ह्वाट्सएप ५. सामाजिक सञ्जाल
यी प्रशिक्षण स्रोतहरू आप्रवासी र उनीहरूका परिवारका सदस्यहरूलाई सहयोग गर्ने संस्थाहरूको प्रयोगको लागि विकास गरिएको हो। कृपया तालिमका स्रोतहरूसँग संलग्न मार्गदर्शन नोटहरू प्रयोग गर्नुहोस्
चिठ्ठा परेको भनेर हुने ठगि
रोजगारीका क्रममा विदेशमा हुँदा चिठ्ठा परेको भन्दै मोवाइलमा ह्वाट्सएप लगायतका माध्यममा आउने सन्देशबाट जोगिनु पर्दछ । त्यस्ता सन्देश पठाउनेहरुले सोही माध्यम मार्फत ठग्ने गरेका घटनाहरु हुने गरेका छन् । तलको लिंकमा क्लीक गरी यस्तै घटनामा ठगि गरिएको विषयमा जानकारी लिन सकिन्छ ।
https://kendrabindu.com/world/167051-1612474254.html
Tags:-
१.चिठ्ठा २. वैदेशिक रोजगार ३. ह्वाट्सएप ४. सन्देश ५. ठगि
वैदेशिक रोजगार र वित्तिय साक्षरताको महत्व
वित्तिय साक्षरता सबैका लागि जरुरी छ । अझ वैदेशिक रोजगारमा जानेहरु र उनीहरुको परिवारका सदस्यहरुलाई यसको महत्व बढी छ । वैदेशिक रोजगारमा जानेहरुलाई वित्तिय साक्षरता किन आवश्यक छ जान्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
www.facebook.com/watch/?v=2761863427290716
Tags:-
१.वित्तिय साक्षरता २. वैदेशिक रोजगार ३. बचत ४. व्यवसाय ५. सूचना
वैदेशिक रोजगार बचतपत्र
मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैर आवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी नेपाल राष्ट्र बैंकले नेपाली रूपैंयाँमा जारी गरिएको मध्यमकालीन अवधिको बचतपत्र “वैदेशिक रोजगार बचतपत्र” हो । यो बचतपत्रको अवधि ५ वर्षको हुन्छ । बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) का नाममा खरिद गर्न पाउँछन् । नेपाल राष्ट्र बैंकको https://www.nrb.org.np/ लिंक क्लिक गरी थप जानकारी लिन सकिन्छ |
Tags:-
१.वैदेशिक रोजगार बचतपत्र २. गैर आवासीय नेपाली ३. नेपाल राष्ट्र बैंक ४. विदेशी मुद्रा ५. वैदेशिक रोजगारी
वैदेशिक रोजगार र बीमा सम्वन्धि व्यवस्था
वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई विदेशमा कुनै स्वास्थ्य समस्या आइपरेर वा अन्य कारणवस मृत्यु भएमा मृतकका परिवारलाई आर्थिक सहायता उपलव्ध गराउने उद्धेश्यले सरकारले वैदेशिक रोजगारमा जाने हरेक व्यक्तिको जीवन बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । यसरी वैदेशिक रोजगारमा जानेहरुको विमा गर्ने अनुमति प्रदान गरिएका कम्पनीहरुको सूचि वैदेशिक रोजगार विभागको वेभसाइटमा हेर्न सकिन्छ । वैदेशिक रोजगारमा जानेहरुको बीमा गर्ने अनुमति प्राप्त गरेका विमा कम्पनीहरुको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://dofe.gov.np/Insurance-Company.aspx
Tags:-
१.विमा २. वैदेशिक रोजगार स्वास्थ्य परिक्षण ३. जीवन विमा ४. वैदेशिक रोजगार विभाग ५. वैदेशिक रोजगार जीवन बीमा
वैदेशिक रोजगार र बीमा सम्वन्धि व्यवस्था
वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई विदेशमा कुनै स्वास्थ्य समस्या आइपरेर वा अन्य कारणवस मृत्यु भएमा मृतकका परिवारलाई आर्थिक सहायता उपलव्ध गराउने उद्धेश्यले सरकारले वैदेशिक रोजगारमा जाने हरेक व्यक्तिको जीवन बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । यसरी वैदेशिक रोजगारमा जानेहरुको विमा गर्ने अनुमति प्रदान गरिएका कम्पनीहरुको सूचि वैदेशिक रोजगार विभागक वेभसाइटमा हेर्न सकिन्छ । वैदेशिक रोजगारमा जानेहरुको बीमा गर्ने अनुमति प्राप्त गरेका विमा कम्पनीहरुको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://dofe.gov.np/Insurance-Company.aspx
keywords
१.<a href=“https://pardesi.org.np/?s=विमा”>विमा</a> २. वैदेशिक रोजगार स्वास्थ्य परिक्षण ३. जीवन विमा ४. वैदेशिक रोजगार विभाग ५. वैदेशिक रोजगार जीवन बीमा
स्वास्थ्य परिक्षणका लागि सूचिकृत स्वास्थ्य संस्थाहरु
वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परिक्षण गर्न नेपाल सरकारको नियमअनुसार दर्ता भएका स्वास्थ्य संस्थाहरुले वैदेशिक रोजगार विभागबाट अनुमति लिएको हुनु पर्दछ । रोजगारीका लागि विदेश जानेहरुको स्वास्थ्य परिक्षणका लागि वैदेशिक रोजगार विभागले अनुमति दिएका स्वास्थ्य संस्थाहरुको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://dofe.gov.np/Medical-Center.aspx
keywords
१. स्वास्थ्य परिक्षण २. वैदेशिक रोजगार ३. प्रवास डायरी ४. वैदेशिक रोजगार विभाग ५. स्वास्थ्य संस्थाहरु
विदेश जानु अगाडी खाता खोल्नु पर्ने व्यवस्था
वैदेशिक रोजगारमा जानु अगाडी रोजगारीका लागि जाने व्यक्तिको बैंक खाता अनिवार्य रुपमा खोल्नुपर्ने व्यवस्था सरकारले गरेको छ । त्यस्तो खाता नेपाल सरकारबाट अनुमति लिएर सञ्चालनमा रहेको कुनै पनि बैंकमा खोल्न सकिन्छ । यसैगरी वैदेशिक रोजगारमा रहँदा तिनै बैंक मार्फत बैकिङ कारोवार गर्नु पर्दछ । वैदेशिक रोजगारमा कमाएको रकम नेपाल भित्रियाउन वैदेशिक रोजगार विभागले सूचिकृत गरेका बैंकहरुको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://dofe.gov.np/Banks.aspx
Tags:-
१.बैंक २. वैदेशिक रोजगारमा रहेका व्यक्ति ३. बैंक खाता ४. बैकिङ कारोवार ५. वैदेशिक रोजगारमा कमाएको रकम
वैदेशिक रोजगार र बीमा सम्वन्धि व्यवस्था
वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई विदेशमा कुनै स्वास्थ्य समस्या आइपरेर वा अन्य कारणवस मृत्यु भएमा मृतकका परिवारलाई आर्थिक सहायता उपलव्ध गराउने उद्धेश्यले सरकारले वैदेशिक रोजगारमा जाने हरेक व्यक्तिको जीवन बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । यसरी वैदेशिक रोजगारमा जानेहरुको विमा गर्ने अनुमति प्रदान गरिएका कम्पनीहरुको सूचि वैदेशिक रोजगार विभागको वेभसाइटमा हेर्न सकिन्छ । वैदेशिक रोजगारमा जानेहरुको बीमा गर्ने अनुमति प्राप्त गरेका विमा कम्पनीहरुको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://dofe.gov.np/Insurance-Company.aspx
Keywords
१. विमा २. वैदेशिक रोजगार स्वास्थ्य परिक्षण ३. जीवन विमा ४. वैदेशिक रोजगार विभाग ५. वैदेशिक रोजगार जीवन बीमा
विदेशमा कमाएको रकम सुरक्षित रुपमा स्वदेश पठाउने प्रकृया
रोजगारीका क्रममा विदेशमा कमाएको रकम सुरक्षित रुपमा स्वदेश पठाउनु पर्दछ । त्यसरी पठाउने माध्यम भनेको बैंक वा रेमिट कम्पनीहरु मार्फत पठाउनु हो । यसरी पठाएको रकम डुव्ने खतरा हुँदैन । कतिपय व्यक्तिले केहि बढी लाभ हुने आशामा हुण्डी जस्ता गैरकानूनी माध्यम मार्फत रकम पठाउने गर्दछन् । यसरी पठाइएको रकम डुव्न सक्ने खतरा सदैव रहन्छ । हुण्डी के हो भन्ने बारेमा जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
हुण्डी रोक्ने नीति ल्याउन सरकारलाई निर्देशन – BBC News नेपाली
Tags:-
१.विदेशमा कमाएको रकम २. रकम ३. बैंक खाता ४. हुण्डी ५. हुण्डी के हो
कतारबाट रकम नेपाल पठाउन
वैदेशिक रोजगारमा रहने श्रमिकले नेपालमा पैसा पठाउने क्रममा सुरक्षित रुपमा पठाउनु पर्दछ । हुण्डी जस्ता अनौपचारिक माध्यमको प्रयोग गर्दा ठगिमा पर्नसक्ने सम्भावना हुन्छ । तपाई कतारमा कार्यरत हुनुहुन्छ र नेपालमा रकम पठाउँदै हुनुहुन्छ भनें विभिन्न रेमिट कम्पनीहरु मार्फत सुरक्षित रुपमा सो रकम पठाउन सकिन्छ । ति कम्पनीहरुका वेभसाइटहरु अंग्रेजी भाषामा रहेका छन् ।
आइएमई
आईएमईको माध्ययमबाट कसरी नेपाल पैसा पठाउने भन्ने जानकारीका लागि तलको लिंकमा क्लीक गरी हेर्नुहोस् (भाषा अंग्रेजीमा रहेको छ)
https://imeremit.com.np/send-money-from-qatar
मोनितो
मोनितोको माध्ययमबाट कसरी नेपाल रकम पठाउने भन्ने जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् (भाषा अंग्रेजीमा रहेको छ)
https://www.monito.com/send-money/qatar/nepal/qar/npr
ई–सेवा
कतारबाट ई सेवाको माध्ययमबाट पनि नेपालमा रकम पठाउन सकिन्छ । यसका बारेमा थप जानकारी तलको लिंकबाट पाउन सकिन्छ । (भाषा अंग्रेजीमा रहेको छ)
https://esewamoneytransfer.com/send-money/QA
वेष्टर्न युनियन मनि ट्रान्फर
कतारबाट वेष्टर्न युनियन मनि ट्रान्फर मार्फत पनि नेपालमा रकम पठाउन सकिन्छ । यसका बारेमा थप जानकारी तलको लिंकबाट पाउन सकिन्छ (भाषा अंग्रेजीमा रहेको छ)
https://www.westernunion.com/np/en/home.html
एभरेष्ट बैंक
कतारबाट एभरेष्ट बैंक मार्फत पनि नेपालमा रकम पठाउन सकिन्छ । यसका बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् (भाषा अंग्रेजी रहेको छ)
Qatar – Everest Bank (everestbankltd.com)
ग्लोबल आइएमई बैंक
कतारबाट ग्लोबल आइएमई बैंक मार्फत पनि सहजै रुपमा नेपालमा पैसा पठाउन सकिन्छ । थप जानकारी तलको लिंकबाट प्राप्त गर्न सकिन्छ (भाषा अंग्रेजी रहेको छ)
https://globalimebank.com/global-remit.html
प्रभु मनि ट्रान्सफर
कतारबाट प्रभु मनि ट्रान्सफर मार्फत पनि सहजै रुपमा नेपालमा पैसा पठाउन सकिन्छ । यसका बारेमा जानकारीका लागि तलको लिंक क्लीक गर्नुहोस् (भाषा अंग्रेजी रहेको छ)
https://prabhumoneytransfer.com.np/
नेपालको संविधान २०७२ मा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्वन्धि व्यवस्था
नेपालको संविधान २०७२ मा बालबालिका र महिलाको निम्ति विशेष अधिकारहरु व्यवस्था गरिएका छन्। मानिसलाई बेचबिखन गर्न, दास वा वाँधा बनाउन नपाइने, प्रत्येक बालबालिकालाई शारीरिक, मानसिक वा अन्य कुनै पनि किसिमको शोषण विरुद्धको हक हुने, यस्तो शोषणजन्य काम कानुनद्वारा दण्डनीय हुने र त्यस्तो व्यवहारको लागि कानुन अनुसार निर्धारण गरे बमोजिम क्षतिपुर्ति दिने व्यवस्था छ। थप जानकारीका लागि नेपालको संविधान २०७२ अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
नेपालको संविधान – नेपाल कानून आयोग (lawcommission.gov.np)
Tags:-
१.नेपालको संविधान २. मानव बेचबिखन ३. क्षतिपुर्ति ४. कानुन ५. शोषण
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४
नेपाल सरकारले मानव बेचविखन नियन्त्रणका लागि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ जारी गरेको छ । सो ऐन अनुसार कुनै पनि उद्धेश्यले मानिस किन्ने वा बेच्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानुन अनुसार बाहेक मानिसको अङ्ग झिक्ने र वेश्यागमन गर्ने कामलाई बेचविखन भनेर बुझिन्छ । यस ऐनले मानव बेचबिखन गर्नु अवैध र दण्डनीय ठहर्याउँछ र अपराधीहरुलाई दण्डित गर्न अधिकार प्रदान गरेको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ पुरा पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://shorturl.at/goLYZ
साथै यसका बारेमा अंग्रेजी भाषामा लेखिएको जानकारी पढ्न चाहनुहुन्छ भनें तलको लिंकमा क्लीक गर्नुहोस् ।
Human Trafficking – Forum for Women, Law and Development – FWLD
Tags:-
१.मानव बेचबिखन नियन्त्रण ऐन २. मानव बेचबिखन ३. ओसारपसार ४. मानिस किन्ने वा बेच्ने ५. वेश्यावृत्ति
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण नियमावली, २०६५
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण नियमावली, २०६५ मानव बेचविखन र ओसारपसारलाई नियन्त्रणका लागि बनाइएको नेपालको महत्वपूर्ण कानून हो। सो नियमावली पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
मानव बेचबिखन तथा ओसारपसार
Tags:-
१.मानव बेचबिखन २. ओसारपसार ३. नियमावली ४.मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण नियमावली २०६५ ५.मानव तस्करी
मानव बेचबिखनको उजुरी गर्दा प्रमाण कसले जुटाउनु पर्दछ ?
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको मुद्दामा अभियोग लागेको व्यक्तिले नै आफु निर्दोष भएको प्रमाण जुटाउनु पर्दछ । पीडितले प्रमाण जुटाउनु वा प्रमाणित गरिरहनु पर्दैन। यसका बारेमा थप जान्न तलको लिंकमा क्लीक गरी दफा ९ पढ्नुहोस् ।
http://www.ccwb.gov.np/uploads/Resource/international%20conventions/United%20Nations-%20Nepali/Human%20trafficking%20and%20transportatiocontrol%20Ain,2064.pdf
Tags:-
१.मानव बेचबिखन २. ओसारपसार ३. कसुर ४.पीडित ५.प्रमाण
मानव बेचबिखन मुद्दामा पीडकलाई कति सजाय हुन्छ ?
मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र दुई लाख रुपैया जरिवाना हुन्छ। कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनेलाई कसुरको मात्रा अनुसार १० वर्ष देखि १५ वर्षसम्म कैद र ५० हजार रुपैंया देखि १ लाख रुपैंयासम्म जरिवाना हुन्छ। अङ्ग झिकेको, वेश्यागमन गर्ने लगायतलाई सजायको प्रकृति फरक-फरक छ । थप जानकारीका लागि तलको लिंकमा क्लीक गरी पढ्नुहोस् ।
https://shorturl.at/bpqMU
Tags:-
१.मानव बेचबिखन मुद्दा २. कैद ३. जरिवाना ४.सजाय ५.बालबालिका
वैदेशिक रोजगारीका क्रममा बेचिएको वा ओसारपसारमा भएमा उद्धार
मानव बेचबिखनको धेरै रुपहरु मध्ये वैदेशिक रोजगारीको नाममा हुने बेचबिखन एक हो । वैदेशिक रोजगारीका नाममा बेचबिखनमा परेका व्यक्तिको उद्दार तथा स्वदेश फिर्तीको जिम्मेवारी सरकारको हुन्छ । यसमा सम्वन्धित मन्त्रालयहरु, नेपाल प्रहरीले समन्वय गरी काम गर्दछन् । थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
http://fwld.org/wp-content/uploads/2016/07/Analysis-of-Judicial-Decisions-on-Migrant-Workers.pdf
Tags:-
१.वैदेशिक रोजगार २.स्वदेश फिर्ती ३. वैदेशिक रोजगार बोर्ड ४.नेपाल प्रहरी ५.उद्दार
देश भित्र बेचबिखन परेको व्यक्तिहरुको उद्दार कसले गर्छ ?
देश भित्र वा जिल्ला भित्रै बेचबिखनमा परेको व्यक्तिहरुको उद्दार तथा संरक्षणको जिम्मेवारी सम्बन्धित जिल्ला समितिको हुन्छ । थप जानकारीका लागि मानव बेचबिखन तथा ओसारपसारबाट पिडित तथा प्रभावितहरुको हेरचाह तथा संरक्षणका लागि राष्ट्रिय न्युनतम मापदण्ड २०६८ पढ्न तलको लिंक क्लीक गर्नुहोस् ।
https://www.nhrcnepal.org/uploads/publication/TIP_Report_Inner_compressed.pdf
Tags:-
१.उद्दार २.हेरचाह तथा संरक्षण ३. जिल्ला समिति ४.बेचबिखन ५.ओसारपसार
उद्दार गरिएको पिडित वा प्रभावितलाई अस्थायी आवास तथा सुरक्षा
मानव बेचबिखन तथा ओसारपसार पिडित/प्रभावितहरुको उद्दार गरि अस्थायी आवास तथा सुरक्षा र पुनर्स्थापना सेवा प्रदान गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले आवास गृहहरु सञ्चालन गर्न सक्छन। यसैगरि उनीहरुले गैरसरकारी संस्थाहरुबाट सञ्चालित गृहहरुमा खर्च उपलब्ध गराउने गरि सेवाका लागि सिफारिस गर्न मिल्छ। कुन जिल्लामा कुन संस्थाले पुनर्स्थापना केन्द्रहरु सञ्चालन गरेका छन् भन्ने जानकारी लागि तलको लिंकमा क्लीक गर्नुहोस् र पृष्ठ नं ७५ मा हेर्नुहोस् ।
TIP_Report_Inner_compressed.pdf (nhrcnepal.org)
Tags:-
१.पुनर्स्थापना २.हेरचाह तथा संरक्षण ३. अस्थायी आवास ४.बेचबिखन ५.ओसारपसार
कानुनी प्रक्रियामा पिडित/प्रभावितलाई संरक्षण गर्नको लागि कस्तो व्यवस्था छ ?
पिडितको नाम गोप्य रहन्छ । पिडितको बयान उजुरी गर्दाकै बखत प्रमाणित गर्नुपर्छ । पिडितलाई आत्मारक्षाको अधिकार हुन्छ। पिडितले सरकारी वकिल बाहेक छुट्टै कानुन व्यवसायी राख्न पाउँछन् । उजुरीकर्ता तथा पिडितको सुरक्षाको व्यवस्था गरिएको हुन्छ । पिडित र साक्षिको लागि बकपत्र गर्न आउँदा जाँदाको भत्ताको व्यवस्था कानुनले गरेको छ । यसैगरी क्षतिपुर्तिको लागि पुनर्स्थापना कोषको व्यवस्था छ। थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
http://fwld.org/wp-content/uploads/2020/10/Position-paper-19-Oct-2020.pdf
Tags:-
१.कानुनी प्रक्रिया २.उजुरीकर्ता तथा पिडितको सुरक्षा ३.क्षतिपुर्ति ४.सरकारी वकिल ५.साक्षि
मानव बेचबिखनका पिडित प्रभावितहरुलाई कुन निकायले कस्तो सहयोग गर्दछन् ?
मानव बेचविखनका पिडित तथा प्रभावितहरुलाई विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले विभिन्न प्रकृतिको सहयोग गर्दछन् । कुन निकायबाट कस्तो सेवा उपलव्ध हुन्छ वा कस्ता कार्यक्रमहरु ति निकायको जिम्मेवारी भित्र पर्दछ भन्ने जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
मानव बेचबिखन: पिडित/प्रभावितहरुलाई कुन निकायले कस्तो मद्धत गर्छन् ? | देश परदेश Desh Paradesh
Tags:-
१.मानव बेचविखन २.सरकारी तथा गैरसरकारी निकायहरु ३.सेवा ४.सरकारी वकिल ५.साक्षि
तथ्यांकमा महिला श्रमिक
आर्थिक वर्ष सन् १९९३/९४ देखि सन् २०२०/२१ सम्म नेपाल सरकारले ८२ लाख ४ हजार ९ सय ६२ वटा श्रम स्वीकृति जारी गरेको छ जसमध्ये ४.५८ प्रतिशत अर्थात् ३ लाख ७५ हजार ८ सय २७ वटा श्रम स्वीकृति महिला श्रमिकको लागि रहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशन गरेको श्रम आप्रवासन प्रतिवेदन २०२२ बाट यस सम्बन्धी थप जानकारी लिन सकिन्छ |
यसका लागि यस https://moless.gov.np/np/post/show/501 लिंकमा क्लिक गरेर प्रतिवेदन अध्ययन गर्न सकिन्छ ।
संस्थागत रूपमा पछिल्ला केही वर्षयता श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने महिलाहरूको सङ्ख्या बढेको छ । तर भारत तथा अनियमित बाटो भएर अन्य मुलुकमा रोजगारीका लागि गएका महिला तथा पुरुष श्रमिकको तथ्याङ्क भने छैन ।
Tags:-
१.महिला श्रमिक २. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ३. श्रम स्वीकृति ४. अनियमित बाटो ५. वैदेशिक रोजगार
वैदेशिक रोजगामा महिला श्रमिक: अवसर र चुनौति
वैदेशिक रोजगारमा जाने महिलाको संख्या पुरुषको तुलनामा न्यून छ । त्यसरी जानेहरु मध्ये पनि बहुसंख्यक सीप विनाको काममा जाने गरेका छन् । वैदेशिक रोजगारमा जाने महिलाले भोग्दै आएका चुनौति के छन् ? अवसरहरु के छन् ? यस विषयमा थप जानकारीका लागि तलका लिंकहरु क्लीक गरेर पढ्नुहोस् ।
वैदेशिक रोजगारीमा महिलाका चुनौती « (karobardaily.com)
रेमिट्यान्समा महिलाको योगदान (nayapatrikadaily.com)
Tags:-
१.महिला श्रमिक २. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ३. श्रम स्वीकृति ४. अनियमित बाटो ५. चुनौति
महिला श्रम सहचारीको व्यवस्था:
वैदेशिक रोजगार ऐनको दफा ६८ (१) बमोजिम एक हजार वा सो भन्दा बढी महिला श्रमिक गएको मुलुकमा महिला श्रम सहचारीको नियुक्ति गर्न सकिने प्रावधान वैदेशिक रोजगार नियमावली, २०६४ मा रहेको छ । नियमावली पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://moics.gov.np/uploads/shares/rules/baideshik%20rojgar%20rules%202064.pdf
Tags:-
१.वैदेशिक रोजगार ऐन २. घरेलु कामदार ३. वैदेशिक रोजगारी ४. लैङ्गिक विभेद ५. श्रम आप्रवासन प्रतिवेदन
आरक्षण तथा घरेलु श्रमिकका रुपमा काम गर्न जाने सम्वन्धि निर्देशिका
नेपाल सरकारले वैदेशिक रोजगारमा जाने महिला श्रमिकलाई विशेष सुविधा प्रदान गर्न सक्ने र इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगारमा श्रमिक पठाउँदा महिलालाई आरक्षण प्रदान गर्नु पर्ने व्यवस्था ऐनले गरेको छ । वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने निर्देशिका, २०७२ अनुसार घरेलु श्रमिकका रुपमा साउदी अरब, कतार, कुवेत, युएई, ओमन, बहराइन, लेवनान र मलेसिया जाने महिला श्रमिकको उमेर २४ वर्ष पूरा भएको हुनुपर्दछ । साथै, निर्देशिकाको दफा ३ (४) ले घरेलु श्रमिकको रुपमा वैदेशिक रोजगारमा जाने महिला श्रमिकको बच्चा २ वर्ष भन्दा कम उमेर भएको हुनु हुने छैन भनी उल्लेख गरेको छ । यस बारेमा https://shorturl.at/uCGRY तथा https://shorturl.at/lxyMN लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ ।
सन् १९८५ देखि विभिन्न समयमा सरकारले महिलालाई घरेलु श्रमिकका रुपमा वैदेशिक रोजगारमा जान प्रतिबन्ध लगाउँदै आएको छ | यस सम्बन्धमा IOM द्वारा प्रकाशित Migration in Nepal: A Country Profile 2019 पृष्ठ ५३-५४ हेरेर थप जानकारी प्राप्त गर्न सकिन्छ । यसका लागि https://publications.iom.int/books/migration-nepal-country-profile-2019 लिंकमा क्लिक गर्नुहोस् |
Tags:-
१.महिला श्रमिक २. घरेलु श्रमिक ३. वैदेशिक रोजगार व्यवसायी ४. भिजिट भिसा ५. खाडी मुलुक
महिला श्रमिक र अभिमुखीकरण तालिम वापतको शुल्क सोधभर्ना
महिला श्रमिकले अभिमुखीकरण तालिम लिँदा तिरेको शुल्क वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सोधभर्ना पाइन्छ । यसका लागि तालिम केन्द्रले शुल्क लिएको सक्कल रसिद, तालिम प्रमाणपत्रको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि र राहदानी (पासपोर्ट) को प्रतिलिपि राखेर बोर्ड सचिवालयमा निवेदन दिनुपर्दछ ।थप जानकारी तलको लिंकमा उल्लेख छ ।
https://www.sajhasabal.com/orentation/106279
Tags:-
१.अभिमुखीकरण २. महिला श्रमिक ३. तालिम केन्द्र ४. वैदेशिक रोजगार बोर्डको सचिवालय ५. राहदानी
घरेलु श्रमिक
अन्तराष्ट्रिय श्रम संगठनका अनुसार विश्वमा ६ करोड ७० लाख भन्दा बढी घरेलु श्रमिकहरु छन् । त्यसमध्ये ८० प्रतिशत महिला छन् । त्यसैले घरेलु श्रम भन्ने वित्तिकै महिलाबहुल श्रम क्षेत्रमा पर्दछ । नेपालमा घरेलु श्रमिकको अवस्था र चुनौति तथा आइएलओ अभिसन्धि १८९ को विषयमा जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
अझै राज्यको पर्वाह बाहिर छन् लाखौं घरेलु श्रमिकहरु | देश परदेश Desh Paradesh
Tags:-
१.घरेलु श्रमिक २. चुनौति ३. आइएलओ अभिसन्धि १८९ ४. महिला श्रमिक ५. वैदेशिक रोजगार बोर्डको सचिवालय
घरेलु श्रमिक माथि पूर्ण प्रतिबन्ध
नेपालबाट खाडीका मुलुकहरुमा घरेलु श्रमिकको रुपमा काम गर्न जानेहरुलाई विभिन्न समयमा वन्देज लाग्दै आएको छ । सोही क्रममा सन् २०१७ मार्च देखि खाडी मुलुकमा घरेलु काम गर्न जान पूर्ण प्रतिबन्ध छ। व्यक्तिको सुरक्षालाई प्राथमिकता दिंदै नेपाल सरकारले लगाएको प्रतिवन्ध र त्यसले पारेको प्रभावका बारेमा जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.onlinekhabar.com/2017/04/565438
https://www.himalkhabar.com/news/9252
Tags:-
१.घरेलु श्रमिक २. नेपाल सरकार ३. झुटो करार ४. भिजिट भिसा ५. खाडी मुलुक