The stars will never align, and the traffic lights of life will never
साउदी अरेविया (Saudi Arabia)
खाडी मुलुकभित्र पर्ने साउदी अरवमा बर्षको धेरैजसो समय गर्मी हुने गर्दछ । जनवरी, फेब्रुअरीमा भनें मौसम चिसो हुन्छ । खाडीका अन्य मुलुकको तुलनामा साउदी अरवमा बढी खेतीयोग्य जमिन छ । साउदी अरवमा मुख्य रूपमा खजुर (छोकडा), तरकारी तथा फलफूलको खेती हुन्छ । निर्माण, कृषि क्षेत्र, उद्योग तथा कलकारखाना, सेवा (सुपरमार्केट, हाईपर मार्केट, होटल) जस्ता क्षेत्रमा नेपालीले रोजगारी गर्दछन् । साउदी अरवको राजधानी रियाद हो । सो मुलुकको मुद्रालाई साउदी रियाल भनिन्छ । साउदी अरवमा इस्लाम धर्म मानिन्छ भनें सरकारी कामकाजको भाषा अरवी हो ।
साउदी अरेविया सम्बन्धि थप जानकारी लिनको लागि वैदेशिक रोजगार बोर्ड सचिवालयको वेबसाइट
https://feb.gov.np/extra_upload/5d667517a46f7_Inner_Prawas_Diary_2076_CTP_Final.pdf बाट पिडिएफ फाइल डाउनलोड़ गरी अध्ययन गर्नुहोस् ।
यसैगरी रियादस्थित नेपाली दूतावासले राखेको जानकारी पढ्न तलको लिंकमा क्लीक गर्नुहोस्
साउदी अरबलाई वैदेशिक रोजगारीको गन्तव्य बनाउने सोचाइमा रहनुभएका नेपालीहरूमा नेपाली राजदूतावास, रियाद, साउदी अरबको अनुरोध । – Embassy of Nepal – Riyadh, Saudi Arabia (nepalembassy.gov.np)
नेपाली राजदूतावास साउदी अरेबिया
विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । साउदी अरेबियामा नेपाली राजदूतावास रियादमा रहेको छ । रियादस्थित दूतावासको फोन नं. ००९६६-११४६१११०८ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://sa.nepalembassy.gov.np/
महावाणिज्य राजदूतावास जेद्धा, साउदी अरेबिया
भौगोलिक रुपमा ठूलो मुलुक साउदी अरेवियामा रियादमा नेपाली दूतावास रहेको छ भनें जेद्धामा महावाणिज्य दूतावास रहेको छ । महावाणिज्य दूतावासबाट पनि नेपाली नागरिकले सहयोग लिन सक्दछन् । जेद्धास्थित महावाणिज्य राजदूतावासको फोन नं. +९६६-१२-६२२६६६५ वा +९६६-१२-६२२६६८३ वा +९६६-१२-६२२५५८३ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ |
साउदी अरबको मौसमी वातावरण कस्तो हुन्छ ?
न्यूनतम १० डिग्री से. देखि अधिकतम् ५२ डिग्री
साउदी अरबको भिसा लागेको नलागेको चेक गर्ने तरिका
https://muqeem.sa/#/visa-validity/check
Tags:-
१.साउदी अरव २. खाडी मुलुक ३. कल्याणकारी कोष ४. नेपाली राजदूतावास साउदी अरव ५. श्रम सम्झौता र करार अवधि
साउदी अरवको सामाजिक सुरक्षा बिमा (गोसी) भर्न आवश्यक कागजातहरु
साउदी अरवमा कार्यरत आप्रवासी श्रमिकको काम गर्ने शिलशिलामा दुर्घटनामा परेर मृत्यु भएमा सामाजिक सुरक्षा बिमा कार्यक्रम (गोसी) मार्फत मृतकको परिवारले बिमा रकम प्राप्त गर्दछन् ।
त्यस्तो बिमा रकम प्राप्त गर्न कस्ता कागजातहरु आवश्यक पर्दछन् भन्ने जानकारीका लागि तलको लिंकमा क्लीक गरि अध्ययन गर्नुहोस् ।
Tags:-
१.साउदी अरव २. गोसी ३. नेपाली राजदूतावास ४. बिमा ५. आप्रवासी श्रमिक
साउदी अरवमा रोजगारीका लागि जान चाहनेहरुले थाहा पाउनु पर्ने कुराहरु
रोजगारीका लागि साउदी अरव जान चाहने नेपाली वा साउदी अरवमा कार्यरत नेपालीहरुले सो मुलुकको हावापानी, धर्मसंस्कृति, सरकारी प्रकृया लगायतका बारेमा जानकारी राख्नु आवश्यक छ । यसका बारेमा जानकारीका लागि तलको लिंकमा क्लीक गरी अध्ययन गर्न सक्नुहुन्छ ।
साउदी अरबमा आउने सोचाइमा रहनुभएका नेपाली कामदारहरूमा नेपाली राजदूतावास, रियादको पुनः अनुरोध ।
Embassy of Nepal – Riyadh, Saudi Arabia
Tags:-
१.साउदी अरव २. सरकारी प्रकृया ३. नेपाली राजदूतावास ४. रियाद ५. थाहा पाउनु पर्ने कुराहरु
संविधान, ऐन, नियमावली तथा निर्देशिकाहरु
नेपालको संविधान
नेपालको संविधानको धारा ३३ मा रोजगारीको हक सम्बन्धि व्यवस्था छ । सो धारामा हरेक नागरिकलाई रोजगारीको, कामको छनौटको हक साथै नागरिकलाई कुनै पनि पेसा, रोजगार, उद्योग र व्यापार गर्ने स्वतन्त्रता र त्यसका लागि एक ठाउँबाट अर्को ठाउँमा घुमफिर गर्न पाउने स्वतन्त्रताको ग्यारेण्टी गरिएको छ । यसैगरि धारा ५१ (झ) मा श्रम र रोजगार सम्बन्धि निति अन्तर्गत वैदेशिक रोजगारको विषयमा व्यवस्था गरिएको छ । नेपालको संविधान, २०७२ पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
नेपालको संविधान – नेपाल कानून आयोग (lawcommission.gov.np)
Tags:-
१.नेपालको संविधान २०७२ २. रोजगारीको हक ३. वैदेशिक रोजगार ४. रोजगारी ५. वैदेशिक रोजगार सम्वन्धि कानून
वैदेशिक रोजगार ऐन, २०६४
वैदेशिक रोजगार ऐन, २०६४ नेपालमा वैदेशिक रोजगारलाई व्यवस्थीत र नियमन गर्ने मुख्य कानुनी व्यवस्था हो । यस ऐनले वैदेशिक रोजगार सञ्चालन, व्यवस्थापन सम्वन्धि सम्पूर्ण व्यवस्था गरेको छ । सो ऐन पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
Ministry Of Labour, Employment and Social Security (moless.gov.np)
Tags:-
१.वैदेशिक रोजगार ऐन , २०६४ २. वैदेशिक रोजगारमा कसुर ३. वैदेशिक रोजगार नियमावली ४. वैदेशिक रोजगार र ठगि ५. दण्ड सजाय
वैदेशिक रोजगार नियमावली, २०६४
वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारलाई व्यवस्थीत गर्न गरेको व्यवस्था कार्यान्वयनका लागि बनाइएको यस नियमावलीले वैदेशिक रोजगारको इजाजत दिने प्रकृया, नियमनको व्यवस्था, श्रम स्वीकृति, तालिम, अभिमुखिकरण तालिम लगायतको व्यवस्था गरेको छ । सो नियमावली पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
Regulation | Department of Foreign Employment (dofe.gov.np)
Tags:-
१.वैदेशिक रोजगार ऐन , २०६४ २. वैदेशिक रोजगार नियमावली २०६४ ३. श्रम स्वीकृति ४. इजाजतपत्र ५. अभिमुखिकरण तालिम
स्थानिय सरकार सञ्चालन ऐन, २०७४
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा वैदेशिक रोजगारको व्यवस्थापन सम्वन्धमा पालिकाहरुको भूमिका सम्वन्धि व्यवस्था छ । सो ऐनको परिच्छेद ३ मा रहेको गाउँपालिका तथा नगरपालिकाको काम कर्तब्य र अधिकार अन्तर्गत दफा ११ को उपदफा २(थ) मा सो सम्वन्धि उल्लेख छ । थप जानकारीका लागि सो ऐन पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
स्थानीय-सरकार-सञ्चालन-ऐन-२०७४.pdf (lawcommission.gov.np)
Tags:-
१.स्थानीय सरकार सञ्चालन ऐन, २०७४ २. वैदेशिक रोजगार र स्थानीय तह ३. वैदेशिक रोजगार र पालिकाहरु ४. वैदेशिक रोजगार ५. वैदेशिक रोजगार र सुचना
आप्रवासी कामदारका लागि नि:शुल्क परामर्श सेवा
वैदेशिक रोजगारमा नाममा वा वैदेशिक रोजगारका क्रममा कुनै ठगिमा परेमा त्यस्ता व्यक्तिले नि:शुल्क कानूनी सहायता प्राप्त गर्दछन् । नेपालमा केहि सामाजिक संघसंस्थाहरुले यस्तो नि:शुल्क कानूनी सहायता उपलव्ध गराउँछन् । मानव अधिकारका लागि जनमञ्च (पुपुल फोरम) ले उपलव्ध गराउने कानूनी सहायताका विषयमा थप जान्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
Free Legal Aid – People Forum for Human Rights Nepal
Tags:-
१.वैदेशिक रोजगार २. वैदेशिक रोजगारमा ठगि ३. कानूनी सहायता ४. नि:शुल्क कानुनी सहायता ५. पिपुल फोरम
वैदेशिक रोजगार र उजुरी सम्वन्धि व्यवस्था
वैदेशिक रोजगारीमा जानेहरुले नेपालमा हुँदा गरिएको करार बमोजिमको सुविधा गन्तव्य मुलुकमा पुगेपछि प्राप्त नभएमा वा भनिए भन्दा फरक काममा लगाएमा वैदेशिक रोजगार विभागमा उजुरी दिन पाउने कानूनी व्यवस्था छ । यसका बारेमा थप जान्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
Ministry Of Labour, Employment and Social Security (moless.gov.np)
Tags:-
१.काम तलव फरक २. वैदेशिक रोजगार ३. वैदेशिक रोजगारमा ठगि ४. रोजगारी ५. कसुर तथा दण्ड सजाय
गन्तव्य मुलुकको कानूनी व्यवस्था
इजराइलको श्रम कानून
इजरायलको श्रम कानूनले लिखित रोजगार करार सम्झौतालाई अनिवार्य गरेको छ । रोजगार करार सम्झौता श्रमिकले बुझ्ने भाषामा र हिब्रु भाषामा गरिएको हुनु पर्दछ । इजरायलको श्रम कानून, प्रायोजक परिवर्तन, रोजगार करार/सम्झौता, काम गर्ने समय, न्यूनतम ज्याला, बिदा, कार्यस्थलको विवाद सम्बन्धि थप जानकारी लिन वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १२२ देखि पृष्ठ १२७ सम्म अध्ययन गर्न सकिन्छ । सो सामग्री पिडिएफमा डाउनलोड गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np)
Tags:-
१.काम तलव फरक २. नेपाली राजदुतावास ३. श्रम कानून ४. हिब्रु ५. वैदेशिक रोजगार बोर्ड
मलेसियाको श्रम कानून
मलेसियाको कानून अनुसार स्वदेशी र आप्रवासी श्रमिकका बीचमा भेदभाव गर्न पाइदैन । रोजगारदाता परिवर्तन, रोजगार करार, काम गर्ने समय, रोजगारदाता र श्रमिकबीच विवाद उत्पन्न भएमा त्यसको छिनोफानो गर्ने विधि कानूनमा नै तोकिएको छ । मलेसियाको श्रम सम्वन्धि कानूनका बारेमा जानकारी लिन चाहनुहुन्छ भनें वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १९७ देखि २०१ सम्म अध्ययन गर्नुहोस् । सो सामग्री पिडिएफमा डाउनलोड गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np)
Tags:-
१.मलेसिया २. नेपाली राजदुतावास ३. श्रम कानून ४. सोक्सो ५. वैदेशिक रोजगार बोर्ड
कतारको श्रम कानून
कतारको श्रम कानूनले सो मुलुकमा काम गर्ने विदेशी श्रमिकलाई रोजगारदाताको नो अबजेक्सन लेटर विना नै निश्चित प्रकृया पुरा गरेर रोजगारदाता परिवर्तन गर्नसक्ने अधिकार दिएको छ । यसैगरी रोजगारदाताको अनुमति विना पनि स्वदेश फर्कन पाउने व्यवस्था छ । यसका लागि सम्बन्धित सरकारी निकाय मार्फत प्रक्रिया गर्नु पर्दछ । कतारमा रोजगारदाता परिवर्तन, रोजगार करार, काम गर्ने समय, न्यूनतम ज्याला तथा तलव र बिदा लगायतका विषयहरु वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १५५ देखि १५९ सम्म समेटिएको छ । सो सामग्री पिडिएफमा डाउनलोड गरेर अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np)
Tags:-
१.कतार २. नेपाली राजदुतावास दोहा ३. कतारको कानून ४. वैदेशिक रोजगार बोर्ड ५. आइएलो
साउदी अरवको श्रम कानून
साउदी अरवमा हाल कार्यन्वयनमा रहेको श्रम कानून सन् २००५ मा लागु भएको हो । साउदी अरवले सन् २०२१ देखि कफाला प्रणालीमा सुधार गर्दै निश्चित प्रक्रियाहरू पूरा गरेर तथा निश्चित क्षेत्रमा काम गर्ने श्रमिकहरूले रोजगारदाता परिवर्तन गर्न पाउने तथा मुलुक छोडेर बाहिर पाउने व्यवस्था गरेको छ । सो मुलुकको श्रम कानूनको दफा ३८ ले रोजगारदाताले श्रम स्वीकृतिमा उल्लेख भएको बाहेकको काममा श्रमिकलाई काम लगाउन नपाउने व्यवस्था गरेको छ ।
वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १५९ देखि १६४ सम्म साउदी अरवको श्रम ऐन विषयमा थप जानकारीहरु उपलव्ध छ । सो सामग्री अध्ययन गर्न तलको लिंकबाट पिडिएफ डाउनलोड गर्नुहोस् ।
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np)
Tags:-
१.साउदी २. नेपाली राजदुतावास रियाद ३. पिएनसिसी ४. वैदेशिक रोजगार बोर्ड ५. कफला प्रणाली
कुवेतको श्रम कानून
कुवेतको हाल कार्यन्वयनमा रहेको श्रम कानून विगतका विभिन्न श्रमसम्वद्ध कानूनहरूलाई संशोधन गर्दै सन् २०१० देखि लागु भएको हो । आप्रवासी श्रमिकले पहिलो रोजगार करार/सम्झौता पूरा गरेपछि वा तीन वर्षसम्म लगातार एउटै रोजगारदाता/प्रायोजकको लागि काम गरेपछि मात्र प्रायोजक परिवर्तन गर्न पाउने व्यवस्था छ । तर घरेलु श्रमिकको हकमा भने यो व्यवस्था लागु हुँदैन । कुवेतको श्रम कानूनले दैनिक काम गर्ने समय ८ घण्टा र साप्ताहिक ४८ घण्टा तोकेको छ । यसैगरी रमादानको महिनामा भने काम गर्ने समय साप्ताहिक ३६ घण्टा तोकेको छ ।
वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १४५ देखि १४९ सम्म कुवेतको श्रम ऐनको विषयमा थप जानकारीहरु उपलव्ध छ । सो सामग्री अध्ययन गर्न तलको लिंकबाट पिडिएफ डाउनलोड गर्नुहोस् ।
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np)
Tags:-
१.कुवेत २. नेपाली राजदुतावास कुवेत ३. श्रम ऐन ४. स्वास्थ्य उपचार ५. कल्याणकारी कोष
ओमानको श्रम कानून
ओमानको हाल कार्यन्वयनमा रहेको श्रम कानून सन् २०१२ मा लागु भएको हो । यो कानूनले घरेलु श्रमिकहरू (घरभित्रको काम गर्ने, सवारी चालक, माली लगायत) काम गर्नेहरूलाई समेट्दैन । श्रमिकको सबै कानुनी तथा सामाजिक उत्तरदायित्व रोजगारदाता र प्रायोजकमा निहित रहने भएकाले तोकिएको करार अवधि भित्र रोजगारदाता/प्रायोजकको अनुमति विना तोकिएको भन्दा फरक रोजागारदाताका लागि काम गर्न ओमानको कानूनले निषेध गरेको छ । काम गर्ने समय, रोजगारदातासँग वेमेल भएमा के कस्तो कानूनी व्यवस्था छ भन्ने जानकारीका लागि वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १५० देखि १५४ सम्म अध्ययन गर्न सक्नुहुन्छ । सो सामग्री पिडीएफमा अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np)
Tags:-
१.ओमान २. घरेलु श्रमिक ३. श्रम कानून ४. प्रायोजक परिवर्तन ५. नि:शुल्क सीप तालिम
युएईको श्रम कानून
युएईको परिवर्तित श्रम कानून अनुसार श्रमिकलाई इच्छाविपरीत रोजगारदाताले काममा लगाउन पाउँदैनन् । कामप्रति चित्त नबुझेको खण्डमा श्रमिकले स्वदेश नफर्की अर्को रोजगारदातासँग करारपत्र सम्झौता गरी काम गर्न पाउने व्यवस्था छ । तर ६ महिनाभित्र कम्पनी परिवर्तन गर्नुपरेमा भने एक महिनाअघि नै सूचना दिनुपर्ने व्यवस्था छ । ६ महिना पूरा गरेका श्रमिकले दुई साताको पूर्वसूचना दिई कम्पनी परिवर्तन गर्न पाउछन् । करार अवधि समाप्त भएपछि रोजगारदाताले श्रमिकको इच्छाविपरीत स्वदेश पठाउन पाउने छैनन । पुरानो कम्पनीसँगको करार अवधि समाप्त भएपछि श्रमिकले आफ्नो क्षमताअनुसार नयाँ रोजगारदाता खोजेर काम गर्न पाउँछन् । थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
यूएईमा नयाँ श्रम कानुन (ceslam.org)
Tags:-
१.युएई २. नेपाली राजदुतावास अबुधाबी ३. श्रम कानून ४. भिजिट भिसा ५. कतार
बहाराइनको श्रम कानून
श्रम बजारलाई नियमन गर्ने गरी बहराईन सरकारले सन् २००६ मा Labor Market Regulatory Authority (LMRA) कार्यान्वयनमा ल्याएको छ । सन् २०१७ मा Flexi Permit भन्ने नयाँ व्यवस्था लागु भयो जसले आप्रवासी श्रमिकहरूलाई स्वतन्त्र रूपमा एक भन्दा बढि रोजगारदाताकोमा काम गर्न सक्ने प्रावधानको व्यवस्था गरिएको छ । बहराईनको श्रम कानून अनुसार अन्य जुनसुकै भाषामा करार अनुवाद गरिए तापनि अरवी भाषामा गरिएको करारलाई नै आधिकारिक मान्यता दिईन्छ । रोजगार करार सम्झौता लिखित रूपमा गरिएको हुनुपर्दछ ।
वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १४० देखि १४४ सम्म बहराइनको श्रम कानून सम्बन्धि चर्चा गरिएको छ । सो सामग्री अध्ययन गर्न तलको लिंकबाट पिडिएफ डाउनलोड गर्नुहोस् ।
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np)
Tags:-
१.बहराइन २. कफला प्रणाली ३. श्रम स्वीकृति ४. फ्लेक्सी पर्मिट ५. Labor Market Regulatory Authority (LMRA)
जोर्डनको श्रम कानून
जोर्डनले सन् १९९६ मा औपचारिक क्षेत्रलाई लक्षित गरि श्रम कानून ल्याएको थियो जसमा घरेलु, कृषि लगायतका क्षेत्रमा काम गर्ने श्रमिकलाई समेटिएको थिएन । सन् २००२, सन् २००८ तथा सन् २०१९ मा श्रम कानून संशोधन गरि श्रमिकका विविध पक्षहरूलाई सम्बोधन गर्ने प्रयास गर्ने गरी संशोधित ऐन ल्याएको छ ।
काम गर्ने समय, रोजगारदातासँग वेमेल भएमा त्यसको समाधान गर्ने कानूनी व्यवस्था के छ लगायतका जानकारीहरु वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १७९ देखि १८५ सम्म समेटिएको छ । सो सामग्री अध्ययन गर्न तलको लिंकबाट पिडिएफ डाउनलोड गर्नुहोस् ।
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np)
Tags:-
१.जोर्डन २. श्रमिक ३. स्वास्थ्य र उपचार ४. गार्मेण्टको काम ५. वैदेशिक रोजगार बोर्ड
दक्षिण कोरियाको श्रम कानून
दक्षिण कोरियाले श्रमिकको हक, अधिकार र संरक्षण गर्नको लागि सन् २०२१ मा श्रम ऐन जारी गरेको छ । सो ऐनले ज्याला, काम गर्ने घण्टा, बिदा जस्ता मापदण्डहरू तोकेको छ । श्रमिकहरुको आधारभूत जीविकोपार्जनको सुनिश्चितता र सुधारको लागि कानुनी आधारहरु रहेका छन् ।
साप्ताहिक बिदा, अवकाश समय, ज्याला, बर्खास्तीको अग्रिम सूचना, सेवानिवृत्ति लाभहरू सम्बन्धि थप जानकारी अंग्रेजी भाषामा पढ्न चाहनुहुन्छ भनें https://www.moel.go.kr/english मा क्लीक गर्नुहोस् ।
Tags:-
१.दक्षिण कोरिया २. नेपाली राजदुतावास दक्षिण कोरिया ३. स्वास्थ्य र उपचार ४. इपिएस ५. वैदेशिक रोजगार बोर्ड
वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुन:एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७९
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुले वैदेशिक रोजगारीको क्रममा आर्जन गरेको पुँजी, सीप, प्रविधि र अनुभव नेपालमा नै उद्धमशीलताको विकास तथा सीपको प्रवद्र्वनमा उपयोग गर्ने उद्धेश्यले सरकारले निर्देशिका बनाएको छ । सो निर्देशिका पुरा पढ्न तलको लिङ्कमा क्लीक गर्नुहोस् ।
https://www.feb.gov.np/extra_upload/62cec56dc5bdb_reintegration.pdf
Tags:-
१.वैदेशिक रोजगारी २. पुन:एकीकरण निर्देशिका ३. सीपको प्रवद्वन ४. सामाजिक तथ्य आर्थिक पुन:एकीकरण ५. वैदेशिक रोजगारीबाट फर्केका श्रमिक
फ्री भिसा, फ्री टिकटको नीति
नेपाल सरकारले २०७२ साल देखि फ्री भिसा, फ्री टिकटको नीति कार्यन्वयनमा ल्याएको छ । सो नीतिले रोजगारीका लागि मलेसिया र खाडी मुलुकहरुमा जाने श्रमिकहरुको हवाई टिकट तथा भिसाको शुल्क श्रमिकसँग लिन नपाइने व्यवस्था गरेको छ । सो नीति पछि नेपालले मलेसिया र संयुक्त अरव इमिरेट्स (युएई) सँग गरेको श्रम समझदारी अनुसार श्रमिकको सम्पूर्ण लागत खर्च रोजगारदाताले व्यहोर्नु पर्दछ । खाडीका अन्य मुलुकहरुमा श्रमिक पठाउँदा रोजगारदाताबाट सेवा शुल्क नपाएको भएमा नेपालका मेनपावर कम्पनीहरुले श्रमिकसँग बढीमा १० हजार लिन पाउने कानुनी व्यवस्था छ । थप जानकारीको लागि तलको लिङ्कमा क्लीक गर्नुहोस् ।
https://www.ceslam.org/news/free-visa-free-ticket-nitile-parne
Tags:-
१.फ्री भिसा, फ्री टिकट २. शुल्क ३. रोजगारदाता ४. मेनपावर ५. मलेसिया
कतार भिसा सेन्टर
रोजगारीका लागि कतार जाने श्रमिकको रोजगार करार, स्वास्थ्य परीक्षण लगायत भिसा प्रकृया सम्वन्धि आवश्यक काम गर्ने उद्धेश्यले काठमाडौंमा कतार भिसा सेण्टर सञ्चालनमा छ । थप जानकारीका लागि कतार भिसा सेन्टरको वेभसाइट QVC | Qatar Visa Center मा हेर्नुहोस् ।
Tags:-
१.कतार भिसा सेन्टर २. भिसा प्रोसेसिङ्ग ३. नेपाली श्रमिकहरुको तथ्यांक ४. सेवाग्राही ५. सरकारी प्रकृया
विदेशस्थित नेपाली नियोगहरू
नेपाली राजदूतावास मलेसिया
विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । मलेसियामा नेपालको राजदूतावास क्वालालम्पुरमा रहेको छ । क्वालालम्पुरस्थित दूतावासको फोन नं. ०३-२०२० १८९८ वा ०३-२०२० १९०१ साथै हटलाइन मोबाइल नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् |
https://my.nepalembassy.gov.np/
Tags:-
१.वैदेशिक रोजगारी २. मलेसिया ३. दूतावास ४. नेपाली राजदूतावास मलेसिया ५. सहयोग
नेपाली राजदूतावास कुवेत
विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । कुवेतमा नेपाली राजदूतावास कुवेत सिटीमा रहेको छ । कुवेत सिटीस्थित दूतावासको फोन नं. ००९६५-२५३२१६०३ वा ००९६५-२५३२१६०४ वा ००९६५-२५३२१६०५ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://kw.nepalembassy.gov.np/
Tags:-
१.वैदेशिक रोजगारी २. कुवेत ३. दूतावास ४. सम्पर्क ५. सहयोग
नेपाली राजदूतावास ओमन
विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । ओमनमा नेपाली राजदूतावास मस्कटमा रहेको छ । मस्कटस्थित दूतावासको फोन नं. +९६८-२४६९६१७७ वा +९६८-२४६९६८८३ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://om.nepalembassy.gov.np/
Tags:-
१.वैदेशिक रोजगारी २. ओमान ३. दूतावास ४. सम्पर्क ५. सहयोग
नेपाली राजदूतावास कतार
विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । कतारमा नेपाली राजदूतावास दोहामा रहेको छ । दोहास्थित दूतावासको फोन नं. +९७४-४४६७५६८१ वा +९७४-४४६७५६८३ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://qa.nepalembassy.gov.np/
Tags:-
१.वैदेशिक रोजगारी २. कतार ३. दूतावास ४. सम्पर्क ५. सहयोग
नेपाली राजदूतावास साउदी अरेबिया
विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । साउदी अरेबियामा नेपाली राजदूतावास रियादमा रहेको छ । रियादस्थित दूतावासको फोन नं. ००९६६-११४६१११०८ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://sa.nepalembassy.gov.np/
Tags:-
१.वैदेशिक रोजगारी २. साउदी अरेबिया ३. दूतावास ४. साउदी अरब ५. सहयोग
महावाणिज्य राजदूतावास जेद्धा, साउदी अरेबिया
भौगोलिक रुपमा ठूलो मुलुक साउदी अरेवियामा रियादमा नेपाली दूतावास रहेको छ भनें जेद्धामा महावाणिज्य दूतावास रहेको छ । महावाणिज्य दूतावासबाट पनि नेपाली नागरिकले सहयोग लिन सक्दछन् । जेद्धास्थित महावाणिज्य राजदूतावासको फोन नं. +९६६-१२-६२२६६६५ वा +९६६-१२-६२२६६८३ वा +९६६-१२-६२२५५८३ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ |
नेपाली राजदूतावास बहराइन
विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । बहराइनमा नेपाली राजदूतावास मनामामा रहेको छ । बहराइनस्थित दूतावासको फोन नं. +९७३-१७७२५५८३ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://bh.nepalembassy.gov.np/
Tags:-
१.वैदेशिक रोजगारी २. बहराइन ३. दूतावास ४. नेपाली राजदूतावास बहराइन ५. मनामा
नेपाली राजदूतावास युएई
विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । संयुक्त अरव इमिरेट्स (युएई) मा नेपाली राजदूतावास अबुधावीमा रहेको छ । अबुधावीस्थित दूतावासको फोन नं. +९७१-२-६३४ ४७६७ वा +९७१-२-६३४ ४३८५ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://ae.nepalembassy.gov.np/
Tags:-
१.वैदेशिक रोजगारी २. युएई ३. दूतावास ४. सहयोग ५. सम्पर्क
नेपाली राजदूतावास दक्षिण कोरिया
विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । दक्षिण कोरियामा नेपाली दूतावास सिओलमा रहेको छ । सिओलस्थित दूतावासको फोन नं. ००८२-०२-३७८९९७७० वा ००८२-०२-३७८९९७७१ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://kr.nepalembassy.gov.np/
Tags:-
१.वैदेशिक रोजगारी २. दक्षिण कोरिया ३. दूतावास ४. सहयोग ५. सम्पर्क
गैर आवासीय नेपाली संघ (NRNA)
नेपाली प्रवासी (डायस्पोरा) लाई एउटै छातामुनि एकताबद्ध गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (NRNA) को स्थापना सन् २००३ अक्टोबर ११ मा भएको हो। ८५ देशमा राष्ट्रिय समन्वय परिषद् (NCC) को रुपमा नेपाली मूलका प्रवासीहरुको सञ्जाल स्थापना गरी उनीहरूको हित, चासो र प्रतिबद्धताहरूको प्रतिनिधित्व यस संस्थाले गर्दछ ।
NRNA का बारेमा https://bh.nrna.org/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
विभिन्न मुलुकमा रहेका NRNA का NCC को बारेमा https://nrna.org/our-nccs/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
Tags:-
१.गैरआवासीय नेपाली संघ २. डायस्पोरा ३. राष्ट्रिय समन्वय परिषद् ४. सञ्जाल ५. सम्विदेशमा रहेका नेपालीपर्क
ह्युमन राइट्स कमिशन अफ मलेसिया (SUHAKAM)
ह्युमन राइट्स कमिशन अफ मलेसिया (SUHAKAM) मलेसियाको मानव अधिकार आयोग ऐन १९९९ , ऐन ५९७ अन्तर्गत स्थापित संस्था हो | यस आयोगले मानव अधिकार सम्बन्धी चेतना बढाउन र शिक्षा प्रदान गर्न; कानुन र कार्यविधि तर्जुमा गर्न सरकारलाई सल्लाह र सहयोग गर्ने र लिनुपर्ने आवश्यक उपायहरू सिफारिस गर्ने; मानव अधिकार उल्लङ्घन सम्बन्धी उजुरीहरूको छानबिन गर्ने जस्ता कार्यहरू गर्दछ ।
SUHAKAM का बारेमा अंग्रेजी भाषामा थप पढ्न https://suhakam.org.my/ मा क्लिक गर्नुहोस् ।
Tags:-
१.सुहाकम २. मानव अधिकार आयोग ३. मानव अधिकार ४. कानुन ५. मलेसिया
नेशनल ह्युमन राइट्स कमिटी (NHRC) कतार
राष्ट्रिय मानव अधिकार समिति, कतारले सो मुलुकमा रहेका व्यक्तिहरुको मानवअधिकारको विषयमा चासो राख्ने र त्यसको संरक्षण गर्ने गर्दछ ।
NHRC कतारका बारेमा अंग्रेजी भाषामा पढ्न https://www.nhrc-qa.org/ मा क्लिक गर्नुहोस् ।
Tags:-
१.कतार २. मानव अधिकार ३. आयोग ४. कानुन ५. संरक्षण
जिफन्ट सपोर्ट ग्रुप – बहराइन
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को सहयोगी प्रवास कमिटी बहराइनमा कार्यरत छ | वैदेशिक रोजगारीका सिलसिलामा तपाईं बहराइनमा समस्यामा पर्नुभयो भने जिफण्ट सहयोग समूहको सहयोग लिन सक्नुहुन्छ ।
जिफन्टका बारेमा https://www.gefont.org/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
Tags:-
१.जिफण्ट २. बहराइन ३. वैदेशिक रोजगारी ४. प्रवास ५. जिफण्ट सहयोग समूह
जिफन्ट सपोर्ट ग्रुप – कतार
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को सहयोगी प्रवास कमिटी कतारमा कार्यरत छ | वैदेशिक रोजगारीका सिलसिलामा तपाईं कतारमा समस्यामा पर्नुभयो भने जिफण्ट सहयोग समूहको सहयोग लिन सक्नुहुन्छ ।
जिफन्टका बारेमा https://www.gefont.org/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
Tags:-
१.जिफण्ट २. कतार ३. वैदेशिक रोजगारी ४. प्रवास ५. जिफण्ट सहयोग समूह
जिफन्ट सपोर्ट ग्रुप – मलेसिया
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को सहयोगी प्रवास कमिटी मलेसियामा कार्यरत छ | वैदेशिक रोजगारीका सिलसिलामा तपाईं मलेसियामा समस्यामा पर्नुभयो भने जिफण्ट सहयोग समूहको सहयोग लिन सक्नुहुन्छ ।
जिफण्टका बारेमा https://www.gefont.org/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
Tags:-
१.जिफण्ट २. मलेसिया ३. वैदेशिक रोजगारी ४. प्रवास ५. जिफण्ट सहयोग समूह
जिफन्ट सपोर्ट ग्रुप – युएई
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सहयोगी प्रवास कमिटी युएईमा कार्यरत छ | वैदेशिक रोजगारीका सिलसिलामा युएईमा समस्यामा परेमा यो संस्थामा सम्पर्क गर्न सकिन्छ । जिफन्टका बारेमा https://www.gefont.org/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ
Tags:-
१.जिफण्ट २. युएई ३. वैदेशिक रोजगारी ४. प्रवास ५. जिफण्ट सहयोग समूह
जिफन्ट सपोर्ट ग्रुप – दक्षिण कोरिया
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सहयोगी प्रवास कमिटी दक्षिण कोरियामा कार्यरत छ | वैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा समस्यामा परेमा यो संस्थामा सम्पर्क गर्न सकिन्छ ।
जिफन्टका बारेमा https://www.gefont.org/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
Tags:-
१.जिफण्ट २. दक्षिण कोरिया ३. वैदेशिक रोजगारी ४. प्रवास ५. जिफण्ट सहयोग समूह
जिफन्ट सपोर्ट ग्रुप – कुवेत
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सहयोगी प्रवास कमिटी कुवेतमा कार्यरत छ | वैदेशिक रोजगारीका सिलसिलामा कुवेतमा समस्यामा परेमा यो संस्थामा सम्पर्क गर्न सकिन्छ ।
जिफन्टका बारेमाhttps://www.gefont.org/ बाट थप जानकारी प्राप्त गर्न सकिन्छ ।
Tags:-
१.जिफण्ट २. कुवेत ३. वैदेशिक रोजगारी ४. प्रवास ५. जिफण्ट सहयोग समूह
संयुक्त अरव इमिरेट्स (युएई) खाडी मुलुक मध्येको एक मुलुक हो । यो मुलुक ओमान र साउदी अरवसँग सीमाना जोडिएको छ । सो मुलुकमा बर्षमा अधिकाँश महिना गर्मी हुन्छ । युएईमा सेवा क्षेत्र (होटेल), उद्योग तथा कलकारखाना, सुपरमार्केट, हाईपर मार्केट लगायतका क्षेत्रमा नेपालीले रोजगारी गर्दछन् । युएईको राजधानी अबुधाबी हो । सो मुलुकको मुद्रालाई दिराम (दिरहम) भनिन्छ । इस्लाम धर्म मानिने युएईको सरकारी कामकाजको भाषा अरवी हो ।
सो मुलुकको रोजगारीमा रहँदा आवश्यक जानकारी सहित अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले प्रकाशन गरेको यात्रामा चनाखो काममा चुस्त भन्ने यो जानकारीमूलक सामग्री पिडिएफमा डाउनलोड गरि अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.ilo.org/wcmsp5/groups/public/—asia/—ro-bangkok/—ilo-kathmandu/documents/publication/wcms_379002.pdf
युएई सम्बन्धि थप जानकारी लिनको लागि वैदेशिक रोजगार बोर्ड सचिवालयको वेबसाइट
https://feb.gov.np/extra_upload/5d667517a46f7_Inner_Prawas_Diary_2076_CTP_Final.pdfबाट पिडिएफ फाइल डाउनलोड़ गरी अध्ययन गर्नुहोस् ।
नेपाली राजदूतावास युएई
विदेशमा हुँदा कुनै समस्या आइपरेमा सम्पर्क गर्ने ठाउँ हो सो मुलुकमा रहेको आफ्नो देशको राजदूतावास । संयुक्त अरव इमिरेट्स (युएई) मा नेपाली राजदूतावास अबुधावीमा रहेको छ । अबुधावीस्थित दूतावासको फोन नं. +९७१-२-६३४ ४७६७ वा +९७१-२-६३४ ४३८५ मा सम्पर्क गरेर सहयोग प्राप्त गर्न सक्नुहुन्छ | दूतावासको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://ae.nepalembassy.gov.np/
युएईको मौसमी वातावरण कस्तो हुन्छ ?
न्यूनतम १० डिग्री देखि अधिकतम् ५० डिग्री. सम्म
युएईको भिसा लागेको नलागेको चेक गर्ने तरिका
https://www.smartservices.icp.gov.ae/echannels/web/client/default.html#/applicationTracking
Tags:-
१.युएई २. नेपाली श्रमिक ३. खाडी मुलुक ४. नेपाली राजदूतावास अबुधाबी ५. अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)