Pardesi is number one site in Nepal

The stars will never align, and the traffic lights of life will never

मानसिक स्वास्थ्य

सामीको मनोसामाजिक परामर्श
 

 
परामर्शपछि फेरिएको सोच ।
 

 
मनोपरामर्शले आत्मबल दियो, पालिकाले अवसर
 

 
मनोपरामर्शपछि लाग्यो – मर्नु समस्याको समाधान होइन रहेछ
 

 
शरीरका घाउको मात्र होइन मनको पीडाको पनि ख्याल गर्नु पर्ने रहेछ
 

 
तनाव व्यवस्थापन कसरी गर्ने ?
 
वैदेशिक रोजगारका क्रममा रहँदा विभिन्न कारणले तनाव उत्पन्न हुन सक्दछ । घरबाट टाढा हुँदा एक्लो महशुश हुने, सामाजिक वा आर्थिक कारणले पनि तनाव उत्पन्न हुन सक्दछ । त्यस्तो अवस्थामा के गर्ने भन्ने जानकारीका लागि तलको भिडियो हेर्नुहोस् ।
 

 
वैदेशिक रोजगार, एचआईभी र एड्स तथा यौनरोग 

सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराई तोकिएको होलोग्राम भएको स्वास्थ्य परीक्षण प्रमाण पत्र लिनुपर्दछ । वैदेशिक रोजगारमा जाँदा असुरक्षित यौन सम्वन्ध राख्नु हुन्न । यसले तपाईलाई र तपाईको जीवनसाथिलाई जीवनभरका लागि एचआईभी र एड्सको संक्रमणमा पार्दछ । यसका बारेमा थप जानकारीका लागि तलको लिंकहरुमा पढ्नुहोस् ।
 
HIV/AIDS Tokyo Sexual Health (ncgm.go.jp)
 
एचआईभी संक्रमण: जीवन लम्ब्याउन सुरक्षित यौन व्यवहार अपनाउनुपर्छ- स्वास्थ्य – कान्तिपुर समाचार (ekantipur.com)
 
यौनजन्य सरुवा रोगहरु के–के हुन र कसरी बच्न सकिन्छ ?::Nepali News Portal from Nepal (dhorpatannews.com)
 
मानसिक स्वास्थ्यको महत्व के छ ?

 

स्वदेशमा भएपनि वा विदेशमा रहेपनि शारिरीक तथा मानसिक रुपमा स्वस्थ हुन जरुरी छ । मानसिक तनावलाई व्यवस्थापन गर्न सकिएन भनें विभिन्न प्रकारका दुर्घटनाहरु आइपर्न सक्दछन् । मानसिक स्वास्थ्यको महत्वका बारेमा बुझ्न तलको भिडियो हेर्नुहोस् ।

 
 
 
Tags:-
१.शारिरीक स्वास्थ्य २. मानसिक स्वास्थ्य ३. दुर्घटना ४. स्वास्थ्य निति ५. वैदेशिक रोजगार

 
सम्भव छ आत्महत्याको रोकथाम

मानसिक समस्या बेलैमा परामर्शको उपचार गरिएन, तपाईं आत्महत्या गर्न सक्नुहुन्छ भन्ने कुरालाई उपस्थित गरौं । आत्महत्याको विरोध कसरी गर्न सकिन्छ भन्ने बारे जान तलको लिंकमा क्लिक गर्नुहोस् ।

 
https://www.edcd.gov.np/public/uploads/resource/613d613950268.pdf
 

Tags:-
१.शारिरीक स्वास्थ्य २. मानसिक स्वास्थ्य ३. दुर्घटना ४. स्वास्थ्य निति ५. वैदेशिक रोजगार

Read More

स्वास्थ्य परिक्षणका लागि सूचिकृत स्वास्थ्य संस्थाहरु

वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परिक्षण गर्न नेपाल सरकारको नियमअनुसार दर्ता भएका स्वास्थ्य संस्थाहरुले वैदेशिक रोजगार विभागबाट अनुमति लिएको हुनु पर्दछ । रोजगारीका लागि विदेश जानेहरुको स्वास्थ्य परिक्षणका लागि वैदेशिक रोजगार विभागले अनुमति दिएका स्वास्थ्य संस्थाहरुको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://dofe.gov.np/Medical-Center.aspx

keywords 

१. स्वास्थ्य परिक्षण २. वैदेशिक रोजगार  ३. प्रवास डायरी ४. वैदेशिक रोजगार विभाग ५. स्वास्थ्य संस्थाहरु

Read More
आप्रवासी अधिकार र न्यायमा पहुँच

करार समाप्त भईसकेपछि पनि रोजगारदाताले घर फर्कन नदिएमा के गर्ने ? 

करार अवधि समाप्त भईसकेपछि पनि रोजगारदाताले स्वदेश फर्कन नदिएमा श्रमिक स्वयं वा निजको नजिकको नातेदारले इजाजतपत्रवाला (मेनपावर कम्पनी) लाई जानकारी गराउनुपर्दछ । यसरी जानकारी गराएपश्चात पनि स्वदेश फर्काउन मेनपावर कम्पनीले सहयोग नगरेको खण्डमा वैदेशिक रोजगार विभागमा उजुरी दिनुपर्दछ । यसका साथै कन्सुलर सेवा विभाग वा वैदेशिक रोजगार बोर्डमा निवेदन पनि दिन सकिन्छ । श्रमिक स्वयं वा निजको नजिकको नातेदारले  गन्तव्य मुलुकस्थित नेपाली नियोगमा पनि जानकारी दिन सक्नेछन । कन्सुलर सेवा विभागले यस्ता गुनासोहरु व्यवस्थापन गर्नका लागि अनलाइन सूचना व्यवस्थापनको समेत व्यवस्था गरेको छ ।
 
उद्दार तथा उजुरी गर्नको लागि यो लिंकमा
https://legal.nepalconsular.gov.np/ गई खाता बनाएर घरमै बसी उजुरी गर्न सकिनेछ । 
 
Tags:-
१.कन्सुलर सेवा विभाग  २. नेपाली राजदुतावास ३. मेनपावर कम्पनी ४. रोजगारी ५. प्रवासी नेपाली समन्वय समिति

 

 

श्रमिक जेल परेमा के गर्ने ? 

वैदेशिक रोजगारको सिलसिलामा गन्तव्य मुलुकमा रहेको अवस्थामा कुनै श्रमिक कुनै कारणले जेल परेर उद्वार गर्नुपर्ने भएमा श्रमिकको सम्पूर्ण विवरण सहित कन्सुलर सेवा विभागको अनलाईन सूचना व्यवस्थापन प्रणालीमा दर्ता गर्न सकिन्छ ।
 
थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट
https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
 

Tags:-
१.जेल  २. वैदेशिक रोजगार बोर्ड ३. मुद्दा ४. करार अवधि ५. श्रम स्वीकृति

 

वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने कानुनी प्रतिरक्षा सम्बन्धमा 

श्रम स्वीकृती लिइ वैदेशिक रोजगारीमा गएका श्रमिकलाई करार अवधि भित्र फौजदारी कसूरको अभियोग लागेमा त्यस्ता श्रमिकको लागि वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको कानुनी प्रतिरक्षा सम्वन्धी निर्देशिका २०७५ को अधिनमा रही कानूनी प्रतिरक्षा तथा वहस पैरवीको व्यवस्था नेपाल सरकारले गरेको छ । त्यस्तो मद्धत आवश्यक परेका श्रमिक वा निजका परिवारले कानुनी प्रतिरक्षा तथा वहस पैरवीका लागि विदेशमा भए सम्वन्धित नियोग र स्वदेशमा भए परिवारले बोर्ड सचिवालयमा निवेदन दिन सक्छन् ।
 
थप जानकारी प्रवासी नेपाली समन्वय समितिको वेवसाइट
https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
 

Tags:-
१.वैदेशिक रोजगार बोर्ड  २. फौजदारी कसुर ३. कानुनी प्रतिरक्षा ४. करार अवधि ५. वहस पैरवी

 

करार अनुसार काम वा तलब नपाएमा के गर्ने ? 

नेपालमा हुँदा इजाजतपत्रवाला (मेनपावर कम्पनी) ले कुनै श्रमिकसँग एउटा कम्पनीमा काम गर्ने भनी करार गरी सोभन्दा कम पारिश्रमिक र सुविधा पाउने गरी वा कामको प्रकृति नै फरक पारी अर्को कम्पनीमा काम लगाएमा वा जुन कामका लागि वैदेशिक रोजगारमा पठाएको हो सो काममा नलगाइ अर्को काममा लगाएमा वा जति पारिश्रमिक र सुविधा दिने भनी लगेको हो सो भन्दा कम पारिश्रमिक र सुविधामा काममा लगाएमा वैदेशिक रोजगार विभाग वा जिल्लास्थित प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिन सकिन्छ । साथै गन्तव्य मुलकको नेपाली कूटनीतिक नियोगमा गुनासो वा उजुरी समेत गर्न सकिन्छ ।
 
थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
 

Tags:-
१.मेनपावर कम्पनी  २. प्रमुख जिल्ला अधिकारी ३. कूटनीतिक नियोग ४. प्रवासी नेपाली समन्वय समिति ५. श्रम स्वीकृति

 

सम्पर्कविहिन भई  खोजतलास गर्नु परेमा 

वैदेशिक रोजगारीको क्रममा विभिन्न कारणले श्रमिक सम्पर्कविहिन भई खोजतलास गर्नु परेमा कन्सुलर सेवा विभाग वा  सम्वन्धित मुलुकमा रहेको नेपाली नियोग (राजदूतावास) मा श्रमिकको परिवार वा नजिकको व्यक्तिले सम्पर्क गर्न सकिन्छ ।
 
थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट
https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
 

Tags:-
१.नेपाली राजदुतावास  २. देश परदेश ३. श्रम मन्त्रालय ४. सम्पर्कविहिन ५. कन्सुलर सेवा विभाग

 
गन्तव्य मुलुकमा रोजगारदाता लिन नआएर अथवा काम नदिएर अलपत्र परेमा 

गन्तव्य मुलुकमा पुगेपछि रोजगारदाता लिन नआएमा वा काम नदिइ अलपत्र पारेमा नेपाली राजदुतावासमा जानकारी गराउनु पर्दछ । साथै वैदेशिक रोजगारमा पठाउने मेनपावर कम्पनीमा समेत खबर गर्नुपर्दछ ।
 
थप जानकारी प्रवासी नेपाली समन्वय समितिको वेवसाइट
https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
 

Tags:-
१.मेनपावर कम्पनी  २. नेपाली राजदुतावास ३. मानव अधिकार ४. प्रवासी नेपाली समन्वय समिति ५. श्रम स्वीकृति
 
गन्तव्य मुलूकमा दैवी प्रकोपका कारण अलपत्र परेर उद्दार गर्नुपर्ने भएमा 

नेपाली श्रमिकहरु रहेको मुलुकमा युद्ध, महामारी, प्राकृतिक बिपत्ती परेर श्रमिकलाई तत्काल फिर्ता गर्नुपर्ने भएमा नेपाल सरकारले कुटनितिक नियोग वा श्रम सहचारी मार्फत श्रमिक फिर्ता गर्ने व्यवस्था छ । यस्तो अवस्थामा आवश्यक कागजपत्रसहित कन्सुलर सेवा विभाग, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार विभाग वा सम्वन्धित मुलुकमा रहेको नेपाली राजदूतावासमा निवेदन दिनु पर्दछ ।
 
थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट
https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
 

Tags:-
१.प्राकृतिक बिपत्ती  २. वैदेशिक रोजगार बोर्ड ३. मानव अधिकार ४. प्रवासी नेपाली समन्वय समिति ५. वैदेशिक रोजगार विभाग

 

दुर्घटनामा परेर अङ्गभङ्ग भएको अवस्थामा वा गम्भीर बिरामी भएमा कसरी स्वदेश फिर्ता हुन सकिन्छ ? 

विभागबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका लागि गएका श्रमिक बिरामीको कारण अशक्त भई वा दुर्घटनाको कारण काम गर्न नसक्ने भएको अवस्थामा स्वदेश फिर्ता हुनु परेमा सो कुराको जानकारी प्रभावित/पिडित स्वयं वा निजको नजिकका हकवालाले विदेशमा भए नेपाली दुतावासमा, नेपालमा भए वैदेशिक रोजगार बोर्डको सचिवालयमा निवेदन दिनुपर्दछ ।
 
उद्दार कार्यका लागि कन्सूलर सेवा मार्फत उजुरी गर्न
https://legal.nepalconsular.gov.np/ मा गई खाता खोलि घरमै बसी उजुरी गर्न सकिनेछ। थप जानकारी प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
 

Tags:-
१.कल्याणकारी कोष  २. वैदेशिक रोजगार बोर्ड ३. स्वदेश फिर्ता ४. कन्सूलर सेवा ५. नेपाली दुतावास

 

गन्तव्य मुलुकमा स्वास्थ्य परिक्षण फेल भएमा के गर्ने? 

स्वास्थ्य परिक्षण गराई वैदेशिक रोजगारमा गएको श्रमिक ‘मेडिकल फेल’ भइ स्वदेश फर्कनु परेमा क्षतिपूर्ति प्राप्त गर्ने कानुनी व्यवस्था छ । यस्तो अवस्थामा वैदेशिक रोजगारमा जाँदा र फिर्ता हुँदा लागेको खर्च श्रमिकले फिर्ता पाउन स्वदेश फिर्ता भएको मितिले ९० दिनभित्र श्रम रोजगार तथा सामाजिक सुरक्षा  मन्त्रालय वा वैदेशिक रोजगार विभाग वा वैदेशिक रोजगार बोर्ड वा वैदेशिक रोजगार सम्बन्धी कामकाज गर्न अधिकार प्राप्त श्रम तथा रोजगार कार्यालयमा निवेदन दिनु पर्दछ । 
 
थप जानकारी वैदेशिक रोजगार बोर्ड सचिवालयको वेवसाइट वैदेशिक रोजगार बोर्डको सचिवालय (feb.gov.np)  मा गएर लिन सकिनेछ । वा अन्य जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
 
Tags:-
१.स्वास्थ्य संस्था  २. वैदेशिक रोजगार बोर्ड ३. स्वास्थ्य परिक्षण ४. श्रम मन्त्रालय ५. श्रम तथा रोजगार कार्यालय
 
घरेलु श्रमिकलाई उद्धार गर्नुपरेमा 

घरेलु श्रमिकको उद्दारका लागि श्रमिक आफैं र आफैं उपलब्ध हुन नसक्ने अवस्थामा नजिकको नातेदारले वैदेशिक रोजगार विभागमा निवेदन दिन सक्ने व्यवस्था छ । यसका साथै कन्सुलर सेवा विभाग वा वैदेशिक रोजगार बोर्डमा पनि निवेदन दिन सकिन्छ । गन्तव्य मुलुकस्थित राजदूतावासमा पनि निवेदन दिन सकिन्छ ।
 
कन्सूलर सेवा विभाग मार्फत निवेदन दिने भएमा
https://legal.nepalconsular.gov.np/ मा क्लीक गरेर खाता खोलि घरमै बसेर उजुरी गर्न सकिन्छ । 
 
(नोट: यो सामग्री तयार पारेको समयमा नेपालबाट घरेलु श्रमिकका रुपमा खाडीका मुलुकहरुमा जान बन्देज लगाइएका कारण यस सम्वन्धि अद्यावधिक जानकारी लिन हामी तपाईलाई सुझाव दिन्छौं ।)
 

Tags:-
१.प्रवासी नेपाली समन्यवय समिति  २. सुरक्षित अप्रवासन ३. घरेलु श्रमिक ४. अनलाइन सूचना व्यवस्थापन ५. राजदूतावास
 
मानव बेचबिखनमा तथा ओसारपसारमा परेका श्रमिकको स्वदेशफिर्ति गर्नुपरेमा के गर्ने ? 

पछिल्लो समयमा आकर्षक तलव, सुविधा उपलव्ध गराइदिने नाममा वैदेशिक रोजगारको नाममा हुने मानव तस्करी, मानव बेचविखन र ओसारपसारका घटनाहरु बढेका छन् । त्यसैले सजग रहनु पर्दछ । कसैले मानव बेचबिखन तथा ओसारपसारको कसुर गरेको, गरिरहेको वा गर्न लागेको थाहा पाउने जुनसुकै व्यक्तिले नजिकको प्रहरी कार्यलय वा मानव वेचविखन अनुसन्धान ब्युरोमा उजुरी गर्न सक्छन् ।
 
थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट
https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
 

Tags:-
१.मानव वेचविखन अनुसन्धान ब्युरो  २. वैदेशिक रोजगार विभाग ३. मानव बेचबिखन तथा ओसारपसार ४. प्रहरी ५. श्रम स्वीकृति
 
गन्तव्य मुलुकका रोजगारदाताले आवासीय परिचय पत्र नदिएमा अथवा नविकरण नगरेमा के गर्ने? 
गन्तव्य मुलुकमा रोजगारदाताले आवासीय परिचय पत्र नदिएमा वा नविकरण नगरेमा श्रमिक स्वयंले मेनपावर कम्पनी र गन्तव्य मुलुकस्थित नेपाली नियोगमा जानकारी दिनुपर्दछ । यसरी जानकारी दिए पश्चात मेनपावर कम्पनीले सहयोग नगरेको खण्डमा वैदेशिक रोजगार विभागमा र सम्वन्धित मुलुकमा रहेको नेपाली राजदूतावासमा उजुरी दिन सकिन्छ ।
 
थप जानकारी लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट
https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
 

Tags:-
१.गन्तव्य मुलुक  २. वैदेशिक रोजगार विभाग ३. उजुरी ४. कुटनितिक नियोग ५. श्रम स्वीकृति

 

न्यायमा पहुँच: गन्तव्य मुलुकमा रहेको कानुनी व्यवस्था
 
अनलाईन मार्फत् नेपाली राजदुतावासहरुमा गुनासो टिपाउन सकिने  

आफ्ना देशका नागरिकहरुको गुनासो सुन्न र समस्या समाधानमा सहयोग गर्ने उद्धेश्यले नेपाली राजदुतावास मलेसिया र कतारले वेबसाइट मार्फत् समस्याको संक्षिप्त विवरण लिने व्यवस्था गरेको छ । आफु समस्यामा परेको बेला गुनासो गर्नको लागि निम्न लिंकमा गएर उजुरी दर्ता गर्न सकिन्छ ।
 
मलेसियाको हकमा
 
https://shorturl.at/mnHQ0
 
कतारको हकमा  
 
https://shorturl.at/bfMO2
 

Tags:-
१.साउदी अरब  २. ओमान ३. अनलाइन उजुरी ४. अभिमुखीकरण तालिम ५. नेपाली दुतावास मलेसिया
 
गन्तव्य मुलुकबाट शव नेपाल झिकाउन के-के प्रक्रिया रहेका छन् ? 
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपाली श्रमिकको शव झिकाउनका लागि कन्सुलर सेवा विभागमा शव नेपाल झिकाई पाउँ भन्ने निवेदन सम्बन्धित श्रमिकको परिवारका सदस्य वा इच्छाईएको व्यक्तिले दिन सक्नेछन् । कन्सुलर सेवा विभागको वेबसाइट https://legal.nepalconsular.gov.np/ मा गएर आवश्यक कागजातहरु सहित निवेदन दिन सकिन्छ ।
 थप जानकारी प्रवासी नेपाली समन्वय समितिको वेवसाइट
https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
 

Tags:-
१.वैदेशिक रोजगार बोर्ड  २. कल्याणकारी कोष ३. अनलाइन उजुरी ४. मृत्यु ५. श्रम स्वीकृति

 

अलेखबद्ध भएका श्रमिकको शव नेपाल ल्याउने प्रकृया 

गन्तव्य मुलुकमा अलेखबद्ध भएका श्रमिकको मुत्यु भएमा श्रमिकको परिवारले स्थानीय निकायबाट नाता प्रमाणित तथा गन्तव्य मुलुकमा अवैधानिक रुपमा बसेर काम गरिरहेको जानकारी गराइएको सिफारिसहित वैदेशिक रोजगार बोर्डमा निवेदन दिनुपर्दछ । साथै आर्थिक अवस्था कमजोर रहेको जनाउंदै शव नेपाल झिकाउनका लागि अनुरोध गर्नुपर्दछ । थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ । 
 

Tags:-
१.वैदेशिक रोजगार बोर्ड  २. मानव अधिकार आयोग ३. सीपका फाइदाहरु ४. मृत्यु ५. श्रम स्वीकृति

 

 

युएईबाट शव नेपाल पठाउन आवश्यक प्रक्रिया तथा कागजातहरु  

रोजगारीका क्रममा युएईमा कुनै नेपालीको मृत्यु भएमा निजको शवलाई नेपाल पठाउन सकिने व्यवस्था छ । यदि मृतकको शव युएईमा दाहसंस्कार गर्ने हो भनें त्यसका लागि दूतावासबाट प्रमाणीकरण पत्र उपलव्ध गराएको हुनु पर्दछ । थप जानकारीका लागि नेपाली राजदुतावास, अबुधाबीको वेवसाइट https://ae.nepalembassy.gov.np/dead-body-repatriation/ मा हेर्न सकिन्छ । 
 

Tags:-
१.युएई  २. दूतावास ३. नेपाली राजदुतावास अबुधाबी ४. दाहसंस्कार ५. श्रम स्वीकृति

 

युएईबाट क्षतिपुर्ती दावी गर्ने व्यवस्था

रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत कुनै नेपालीको दुर्घटनामा मृत्यु भएमा मृतकका हकदारले क्षतिपूर्ति पाउने कानुनी व्यवस्था छ । यसका लागि आवश्यक पर्ने कागजात लगायतका विषयमा युएईस्थित नेपाली  दुतावासको वेभसाइट https://ae.nepalembassy.gov.np/compensation/ मा थप जानकारी लिन सकिन्छ । 
 
Tags:-
१.युएई  २. गोसी ३. नि:शुल्क सीप र तालिम ४. दाहसंस्कार ५. स्वास्थ्य परिक्षण
 
साउदी अरबबाट शव नेपाल पठाउने आवश्यक प्रक्रिया तथा कागजातहरु  
 
साउदी अरबमा कुनै नेपालीको मृत्यु भएमा निजको शव नेपाल पठाउन रोजगारदाताले अनिवार्य रुपमा नेपाली दुतावासमा लिखित रुपमा जानकारी दिनु पर्दछ । थप आवश्यक कागजात तथा प्रक्रियाको बारेमा नेपाली राजदुतावास रियादको वेभसाइट https://sa.nepalembassy.gov.np/death-case-formalities-2/ मा जानकारी लिन सकिन्छ । 
 

Tags:-
१.क्षतिपुर्ती  २. नेपाली राजदुतावास रियाद ३. वैदेशिक रोजगार बोर्ड ४. प्रहरी ५. साउदी अरब
 
गोसी (GOSI) सम्बन्धी जानकारी (साउदी अरबका लागि) 

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहँदा कार्यस्थलमा दुर्घटना (work-related accident) मा परी मृत्यु भएमा श्रमिकको सामाजिक सुरक्षा बीमा (social insurance) वापतको रकम मृतकको परिवारले प्राप्त गर्ने व्यवस्था छ । यसका लागि आवश्यक कागजात र प्रकृयाका बारेमा जानकारी लिन साउदी अरबस्थित नेपाली राजदूतावासको वेभसाइट https://sa.nepalembassy.gov.np/gosi_information/ मा हेर्नुहोस् । 
 

Tags:-
१.गोसी  २. वैदेशिक रोजगारी ३. वैदेशिक रोजगार बोर्ड ४. नेपाली राजदूतावास ५. साउदी अरब
 
कतारबाट शव नेपाल पठाउने प्रक्रिया तथा आवश्यक कागजातहरु  

वैदेशिक रोजगारको क्रममा कतारमा कुनै श्रमिकको मृत्यु भएमा ति श्रमिकले पाउन बाँकी रकम, अन्य सुविधा वापतको रकम, व्यक्तिगत सामान सहित शव नेपाल पठाउनु पर्ने कानुनी व्यवस्था छ ।
 
थप जानकारीका लागि कतारस्थित नेपाली दूतावासको वेभसाइट https://qa.nepalembassy.gov.np/deadbody-repatriation/ मा हेर्न सक्नुहुन्छ ।

 

Tags:-
१.कतार  २. शव ३. श्रमिकको मृत्यु ४. नेपाली राजदुतावास कतार ५. कल्याणकारी कोष

 

गन्तव्य मुलुकमा दाहसंस्कार गर्नु परेमा 

कुनै व्यक्तिको रोजगारीका क्रममा विदेशमा मृत्यु भएमा र सोही मुलुकमा अन्त्येष्टि गर्नुपर्ने भएमा आवश्यक प्रकृयाहरु पुरा गर्नुपर्ने हुन्छ । यसका लागि मृतकको नजिकको हकवालासँगको नाता प्रमाणित, हकवालाको मन्जुरीनामा र सिफारिस (मलेसियाको हकमा) कन्सुलर सेवा विभाग मार्फत गन्तब्य मुलुकको नियोगमा पठाउनु पर्दछ । ध्यान दिनुहोस् नाता प्रमाणित र सिफारिस वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालयबाट बनाउन सकिन्छ भने मञ्जुरीनामा कन्सुलर सेवा विभागबाट बनाउनु पर्दछ ।
 
थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट
https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
 
Tags:-
१.शव झिकाउने प्रक्रिया  २. वडा कार्यालय ३. जिल्ला प्रशासन कार्यालय ४. नाता प्रमाणित ५. मञ्जुरीनामा

 

वैदेशिक रोजगारीमा ठगिए कसरी न्याय पाउने ?

 

ठगी भनेको के हो ? नेपालको कानूनमा के छ व्यवस्था ?

Read More
अन्य

युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय 
 
आफूसँग भएको सीप नै सबैभन्दा ठूलो सम्पत्ति हो। युवा तथा साना उद्यमी विकास कोषले व्यावसायिक खेती, पशुपालन, कृषि र वनजन्य उद्योग, घरेलु तथा साना उद्योग तथा अन्य उद्योग, रिक्सा, ठेलालगायतका सेवामूलक व्यवसाय, विभिन्न जाति जनजातिको परम्परागत पेसामा आधारित व्यवसाय, घरबास, बहुमूल्य धातुसम्बन्धी उद्योग र सीपलाई स्वरोजगारका लागि कर्जा दिने प्राथमिकताका क्षेत्रमा तोकेको छ। तसर्थ, कोषमार्फत स्वरोजगार कर्जा लिन चाहने युवाहरूमा यीमध्ये कुनै सीप भएमा लाभदायी हुनेछ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषले स्वरोजगार कार्यक्रम अन्तर्गत कर्जा लिने युवाहरूलाई सीप विकास तालिम प्रदान गर्छन्।
 
कोष सम्बन्धि थप जानकारी http://ysef.gov.np/skill-development.html बाट लिन सकिन्छ ।
 

वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि सामाजिक सुरक्षा कोष

वैदेशिक रोजगारीमा रहेका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा समेटिने उद्देश्यका साथ सामाजिक सुरक्षा कोषले २०७९ चैत ८ मा एक कार्यक्रम आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको छ । नेपालको सामाजिक सुरक्षा कोषमा आवद्ध हुनको लागि https://sosys.ssf.gov.np/ वेबपेजमा गई वैदेशिक रोजगारी सूचीकरणमा क्लिक गरी अनलाईन आवेदन फाराम भर्न सकिन्छ |

 

Tags:-
.सामाजिक सुरक्षा कोष २श्रमिक ३वैदेशिक रोजगारी ४आवेदन ५सूचीकरण
 
विदेशमा रहेका नेपाली सामाजिक सुरक्षा कोषमा कसरी जोडिन सक्छन् ?
 
वैदेशिक रोजगारमा जाने प्रकृयामा रहेकाहरु वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने क्रममा नै र विदेशमा कार्यरतहरु कोषमा आवेदन दिएर सामाजिक सुरक्षामा जोडिने व्यवस्था रहेको छ । यसका बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस ।
 
www.bbc.com/nepali/articles/crgj2203m3yo
 
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पेन्सनसहितको सामाजिक सुरक्षा दिन सुरु– समाचार – कान्तिपुर समाचार (ekantipur.com)
 
Tags:-
.सामाजिक सुरक्षा कोष २श्रमिक ३वैदेशिक रोजगार ४आवेदन ५सूचीकरण
 

विदेशमा काम गरी फर्केका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कार

श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई न्यूनतम एक वर्ष काम गरी स्वदेश फर्किएर नेपालमा न्यूनतम एक वर्ष देखि उद्यम व्यवसाय सञ्चालन गरेर बसेका उद्यमीहरूलाई प्रत्येक वर्ष राष्ट्रिय सम्मान तथा पुरस्कार दिने व्यवस्था गरेको छ मन्त्रालयमा रहने सिफारिश समितिले देशका सबै प्रदेशबाट उपलब्ध भएसम्म १ जना नछुट्नेगरी एक जनालाई रुएक लाख पचास हजार रकमको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार र बढीमा सात जनासम्मलाई जनही रुपचहत्तर हजारको उद्यमी राष्ट्रिय पुरस्कारको लागि सिफारिश गर्दछ ।

 
यस बारेमा मन्त्रालयको वेभसाइट https://moless.gov.np/np मा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
 
Tags:-
.पुरस्कार २श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ३वैदेशिक रोजगार ४उद्यमी ५राष्ट्रिय सम्मान


 

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिमेडिसिन सेवा
 
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी वैदेशिक रोजगार बोर्डको सचिवालयले २०७९ चैत १५ गते बुधबार बिहान १० बजेदेखि टेलिमेडिसिन सेवा सुरुवात गरेको छ । यो सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो लगायतका सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् । यो सेवा पूर्णतः निशुल्क हो ।
 

यस सम्बन्धमा https://shorturl.at/blwG6 लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |

 

Tags:-
१.टेलिमेडिसिन सेवा २. वैदेशिक रोजगारी ३. वैदेशिक रोजगार बोर्ड ४. श्रमिक ५. सामाजिक सञ्जाल
 
प्राथमिक शेयर निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण
 
आर्थिक वर्ष २०७९/८० को बजेटले प्राथमिक शेयर निष्कासन (आईपीओ) मा वैदेशिक रोजगारीमा गएकाहरुका लागि आरक्षणको व्यवस्था गरेको छ । ‘धितोपत्र दर्ता तथा निष्कासन (छैठौं संशोधन) नियमावली, २०७९’ ले सङ्गठित संस्थाले सर्वसाधारणलाई निष्कासन गर्ने सेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीलाई छुट्याउनुपर्ने व्यवस्था गरेको हो ।
 

यस बारेमा https://shorturl.at/aforX लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |

Tags:-
१.वैदेशिक रोजगार २. आरक्षण ३. आईपीओ ४. बजेट ५. प्राथमिक शेयर

Read More
मृत्यु

जिल्लासम्म शव पुर्‍याउन शव वाहनको व्यवस्था 

वैदेशिक रोजगारका क्रममा विदेशमा मृत्यु भएका व्यक्तिको शव जिल्लासम्म पुर्‍याउनका लागि वैदेशिक रोजगार बोर्डले शव वाहनको व्यवस्था गर्दछ ।
 
यसका बारेमा थप जानकारी
प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
 

Tags:-
१.नेपाली राजदुतावास २. वैदेशिक रोजगार बोर्ड ३. मलेसिया ४. शव वाहन ५. स्थानीय सरकार
 
विदेशमा मृत्यु भएकाहरुको नजिकको हकवालाले नेपालस्थित बिमा कम्पनीबाट विमित रकम प्राप्त गर्ने प्रक्रिया 

वैदेशिक रोजगारका क्रममा श्रम स्वीकृति लिएर गएको व्यक्तिको बीमा अवधि बाँकी नै रहेको अवस्थामा मृत्यु भएमा नेपालको बीमा कम्पनीबाट आर्थिक सहायता प्राप्त गर्ने कानुनी व्यवस्था छ ।

यसका बारेमा थप जान्न प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
 

Tags:-
१.बीमा २. वैदेशिक रोजगार बोर्ड ३. श्रम मन्त्रालय ४. स्वास्थ्य परिक्षण ५. श्रम स्वीकृति

 

विदेशमा मृत्यु भएका श्रमिकको नजिकको हकवालाले विदेशस्थित बीमा कम्पनीबाट विमित रकम प्राप्त गर्नका लागि प्रक्रिया 
गन्तव्य मलुकमा करार अवधि भित्र कार्यस्थल दुर्घटना (कामको समयमा) वा सडक दुर्घटनामा परेर मृत्यु भएको अवस्था भएमा श्रमिकको नजिकको हकवालाले कन्सुलर सेवा विभाग मार्फत बीमाको रकम दावी गर्न पाउँछन् । यसका लागि कन्सूलर सेवा विभाग मार्फत अनलाइन नै निवेदन दिन पाइने व्यवस्था छ ।
 
यसका लागि
https://legal.nepalconsular.gov.np/ मा गई खाता खोलि निवेदन दिन सकिन्छ । बीमा रकम प्राप्त गर्ने तरिका गन्तव्य मुलुक अनुसार फरक पर्न सक्छ । थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
 

Tags:-
१.कार्यस्थल दुर्घटना २. कन्सूलर सेवा विभाग ३. अनलाइन आवेदन ४. श्रम स्वीकृति ५. कल्याणकारी कोष
 

साउदी अरबको बीमा कम्पनीबाट बीमा रकम दावी गर्ने प्रक्रिया 

वैदेशिक रोजगारको क्रममा साउदी अरबमा कुनै श्रमिकको मृत्यु भएको खण्डमा निजको नजिकको हकवालाले विदेशस्थित बीमा कम्पनीबाट बीमा वापतको रकम दावी गर्न पाउँदछन् ।
 
यस्तो आवेदन कन्सुलर सेवा विभागको अनलाइन सिष्टम
https://legal.nepalconsular.gov.np/ बाट गर्न सकिन्छ । बीमा वापतको रकम दावी गर्न गोसी फारम भर्नु पर्दछ । यस सम्वन्धि थप जानकारी प्रवासी नेपाली समन्वय समितिको वेवसाइट https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
 

Tags:-
१.साउदी अरब २. साउदी अरबको भिसा चेक गर्ने तरिका ३. तालिम प्रदायक संस्थाहरु ४. बीमा कम्पनि ५. गोशी फारम

 

मलेसियाको बीमा कम्पनीबाट बीमा रकम दावी गर्ने प्रक्रिया 

वैदेशिक रोजगारको क्रममा मलेसियामा कुनै श्रमिकको मृत्यु भएको खण्डमा निजको नजिकको हकवालाले विदेशस्थित विमा कम्पनीबाट बीमा वापतको रकम दावी गर्न पाउँछन् । यस्तो दावी कन्सुलर सेवा विभागमा अनलाइन मार्फत आवेदन दिएर गर्न पाइन्छ ।
 
त्यसका लागि के कस्ता कागजातहरु आवश्यक पर्दछन् भन्ने जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट
https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
 

Tags:-
१.मलेसिया २. कन्सुलर सेवा विभाग ३. स्वास्थ्य परिक्षण ४. बीमा ५. श्रम स्वीकृति

 

कतारको बीमा कम्पनीबाट बीमा रकम दावी गर्ने प्रक्रिया 

रोजगारीको क्रममा कतारमा सडक दुर्घटना वा कार्यस्थल दुर्घटनामा परेर कुनै श्रमिकको मृत्यु भएको खण्डमा निजको नजिकको हकवालालाई कतारको कम्पनी स्वयंले गन्तव्य मुलुकस्थित नेपाली नियोगसँग समन्वय गरी नेपालको परराष्ट्र मन्त्रालय मार्फत बीमा वापतको रकम पठाउँदछ । कन्सुलर सेवा विभागले परिवारलाई सम्पर्क गरेर जिल्ला प्रशासन कार्यालयले मृतकको परिवारलाई रकम प्रदान गर्दछ ।
 
थप जानकारीका लागि प्रवासी नेपाली समन्वय समितिको वेवसाइट
https://pncc.org.np/access-to-justice/ मा अध्ययन गर्न सकिन्छ ।
 

Tags:-
१.कल्याणकारी कोष २. सुरक्षित आप्रवासन ३. कतार ४. ईसारा नेपाल ५. नेपाल विमा प्राधिकरण

Read More
कानून, नियम र नियमन

संविधान, ऐन, नियमावली तथा निर्देशिकाहरु

 

नेपालको संविधान

नेपालको संविधानको धारा ३३ मा रोजगारीको हक सम्बन्धि व्यवस्था छ । सो धारामा हरेक नागरिकलाई रोजगारीको, कामको छनौटको हक साथै नागरिकलाई कुनै पनि पेसा, रोजगार, उद्योग र व्यापार गर्ने स्वतन्त्रता र त्यसका लागि एक ठाउँबाट अर्को ठाउँमा घुमफिर गर्न पाउने स्वतन्त्रताको ग्यारेण्टी गरिएको छ । यसैगरि धारा ५१ (झ) मा श्रम र रोजगार सम्बन्धि निति अन्तर्गत वैदेशिक रोजगारको विषयमा व्यवस्था गरिएको छ । नेपालको संविधान, २०७२ पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
नेपालको संविधान – नेपाल कानून आयोग (lawcommission.gov.np)
 
Tags:-
१.नेपालको संविधान २०७२ २. रोजगारीको हक ३.  वैदेशिक रोजगार ४. रोजगारी ५. वैदेशिक रोजगार सम्वन्धि कानून
 

वैदेशिक रोजगार ऐन, २०६४

वैदेशिक रोजगार ऐन, २०६४ नेपालमा वैदेशिक रोजगारलाई व्यवस्थीत र नियमन गर्ने मुख्य कानुनी व्यवस्था हो । यस ऐनले वैदेशिक रोजगार सञ्चालन, व्यवस्थापन सम्वन्धि सम्पूर्ण व्यवस्था गरेको छ । सो ऐन पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
Ministry Of Labour, Employment and Social Security (moless.gov.np)
 

Tags:-
१.वैदेशिक रोजगार ऐन , २०६४ २. वैदेशिक रोजगारमा कसुर ३. वैदेशिक रोजगार नियमावली ४. वैदेशिक रोजगार र ठगि ५. दण्ड सजाय

 

वैदेशिक रोजगार नियमावली, २०६४

वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारलाई व्यवस्थीत गर्न गरेको व्यवस्था कार्यान्वयनका लागि बनाइएको यस नियमावलीले वैदेशिक रोजगारको इजाजत दिने प्रकृया, नियमनको व्यवस्था, श्रम स्वीकृति, तालिम, अभिमुखिकरण तालिम लगायतको व्यवस्था गरेको छ । सो नियमावली पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
Regulation | Department of Foreign Employment (dofe.gov.np)
 

Tags:-
१.वैदेशिक रोजगार ऐन , २०६४ २. वैदेशिक रोजगार नियमावली २०६४ ३. श्रम स्वीकृति ४. इजाजतपत्र ५. अभिमुखिकरण तालिम

 

स्थानिय सरकार सञ्चालन ऐन, २०७४

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा वैदेशिक रोजगारको व्यवस्थापन सम्वन्धमा पालिकाहरुको भूमिका सम्वन्धि व्यवस्था छ । सो ऐनको परिच्छेद ३ मा रहेको गाउँपालिका तथा नगरपालिकाको काम कर्तब्य र अधिकार अन्तर्गत दफा ११ को उपदफा २(थ) मा सो सम्वन्धि उल्लेख छ । थप जानकारीका लागि सो ऐन पढ्न तलको लिंकमा क्लीक गर्नुहोस् । 
 
स्थानीय-सरकार-सञ्चालन-ऐन-२०७४.pdf (lawcommission.gov.np)
 

Tags:-
१.स्थानीय सरकार सञ्चालन ऐन, २०७४ २. वैदेशिक रोजगार र स्थानीय तह ३. वैदेशिक रोजगार र पालिकाहरु ४. वैदेशिक रोजगार ५. वैदेशिक रोजगार र सुचना
 

आप्रवासी कामदारका लागि नि:शुल्क परामर्श सेवा

वैदेशिक रोजगारमा नाममा वा वैदेशिक रोजगारका क्रममा कुनै ठगिमा परेमा त्यस्ता व्यक्तिले नि:शुल्क कानूनी सहायता प्राप्त गर्दछन् । नेपालमा केहि सामाजिक संघसंस्थाहरुले यस्तो नि:शुल्क कानूनी सहायता उपलव्ध गराउँछन् । मानव अधिकारका लागि जनमञ्च (पुपुल फोरम) ले उपलव्ध गराउने कानूनी सहायताका विषयमा थप जान्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
Free Legal Aid – People Forum for Human Rights Nepal
 

Tags:-
१.वैदेशिक रोजगार २. वैदेशिक रोजगारमा ठगि ३. कानूनी सहायता ४. नि:शुल्क कानुनी सहायता ५. पिपुल फोरम

 

वैदेशिक रोजगार र उजुरी सम्वन्धि व्यवस्था

वैदेशिक रोजगारीमा जानेहरुले नेपालमा हुँदा गरिएको करार बमोजिमको सुविधा गन्तव्य मुलुकमा पुगेपछि प्राप्त नभएमा वा भनिए भन्दा फरक काममा लगाएमा वैदेशिक रोजगार विभागमा उजुरी दिन पाउने कानूनी व्यवस्था छ । यसका बारेमा थप जान्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
Ministry Of Labour, Employment and Social Security (moless.gov.np)
 

Tags:-
१.काम तलव फरक २. वैदेशिक रोजगार ३. वैदेशिक रोजगारमा ठगि ४. रोजगारी ५. कसुर तथा दण्ड सजाय

 

गन्तव्य मुलुकको कानूनी व्यवस्था
 
इजराइलको श्रम कानून

इजरायलको श्रम कानूनले लिखित रोजगार करार सम्झौतालाई अनिवार्य गरेको छ । रोजगार करार सम्झौता श्रमिकले बुझ्ने भाषामा र हिब्रु भाषामा गरिएको हुनु पर्दछ । इजरायलको श्रम कानून, प्रायोजक परिवर्तन, रोजगार करार/सम्झौता, काम गर्ने समय, न्यूनतम ज्याला, बिदा, कार्यस्थलको विवाद सम्बन्धि थप जानकारी लिन वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १२२ देखि पृष्ठ १२७ सम्म अध्ययन गर्न सकिन्छ । सो सामग्री पिडिएफमा डाउनलोड गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 

Tags:-
१.काम तलव फरक २. नेपाली राजदुतावास ३. श्रम कानून ४. हिब्रु ५. वैदेशिक रोजगार बोर्ड

 
मलेसियाको श्रम कानून

मलेसियाको कानून अनुसार स्वदेशी र आप्रवासी श्रमिकका बीचमा भेदभाव गर्न पाइदैन । रोजगारदाता परिवर्तन, रोजगार करार, काम गर्ने समय, रोजगारदाता र श्रमिकबीच विवाद उत्पन्न भएमा त्यसको छिनोफानो गर्ने विधि कानूनमा नै तोकिएको छ । मलेसियाको श्रम सम्वन्धि कानूनका बारेमा जानकारी लिन चाहनुहुन्छ भनें वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १९७ देखि २०१ सम्म अध्ययन गर्नुहोस् । सो सामग्री पिडिएफमा डाउनलोड गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 

Tags:-
१.मलेसिया २. नेपाली राजदुतावास ३. श्रम कानून ४. सोक्सो ५. वैदेशिक रोजगार बोर्ड
 

कतारको श्रम कानून

कतारको श्रम कानूनले सो मुलुकमा काम गर्ने विदेशी श्रमिकलाई रोजगारदाताको नो अबजेक्सन लेटर विना नै निश्चित प्रकृया पुरा गरेर रोजगारदाता परिवर्तन गर्नसक्ने अधिकार दिएको छ । यसैगरी रोजगारदाताको अनुमति विना पनि स्वदेश फर्कन पाउने व्यवस्था छ । यसका लागि सम्बन्धित सरकारी निकाय मार्फत प्रक्रिया गर्नु पर्दछ । कतारमा रोजगारदाता परिवर्तन, रोजगार करार, काम गर्ने समय, न्यूनतम ज्याला तथा तलव र बिदा लगायतका विषयहरु वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १५५ देखि १५९ सम्म समेटिएको छ । सो सामग्री पिडिएफमा डाउनलोड गरेर अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 

Tags:-
१.कतार २. नेपाली राजदुतावास दोहा ३. कतारको कानून ४. वैदेशिक रोजगार बोर्ड ५. आइएलो
 
 
साउदी अरवको श्रम कानून

साउदी अरवमा हाल कार्यन्वयनमा रहेको श्रम कानून सन् २००५ मा लागु भएको हो । साउदी अरवले सन् २०२१ देखि कफाला प्रणालीमा सुधार गर्दै निश्चित प्रक्रियाहरू पूरा गरेर तथा निश्चित क्षेत्रमा काम गर्ने श्रमिकहरूले रोजगारदाता परिवर्तन गर्न पाउने तथा मुलुक छोडेर बाहिर पाउने व्यवस्था गरेको छ । सो मुलुकको श्रम कानूनको दफा ३८ ले रोजगारदाताले श्रम स्वीकृतिमा उल्लेख भएको बाहेकको काममा श्रमिकलाई काम लगाउन नपाउने व्यवस्था गरेको छ । 
 
वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १५९ देखि १६४ सम्म साउदी अरवको श्रम ऐन विषयमा थप जानकारीहरु उपलव्ध छ । सो सामग्री अध्ययन गर्न तलको लिंकबाट पिडिएफ डाउनलोड गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 
Tags:-
१.साउदी २. नेपाली राजदुतावास रियाद ३. पिएनसिसी ४. वैदेशिक रोजगार बोर्ड ५. कफला प्रणाली
 
कुवेतको श्रम कानून

कुवेतको हाल कार्यन्वयनमा रहेको श्रम कानून विगतका विभिन्न श्रमसम्वद्ध कानूनहरूलाई संशोधन गर्दै सन् २०१० देखि लागु भएको हो । आप्रवासी श्रमिकले पहिलो रोजगार करार/सम्झौता पूरा गरेपछि वा तीन वर्षसम्म लगातार एउटै रोजगारदाता/प्रायोजकको लागि काम गरेपछि मात्र प्रायोजक परिवर्तन गर्न पाउने व्यवस्था छ । तर घरेलु श्रमिकको हकमा भने यो व्यवस्था लागु हुँदैन । कुवेतको श्रम कानूनले दैनिक काम गर्ने समय ८ घण्टा र साप्ताहिक ४८ घण्टा तोकेको छ । यसैगरी रमादानको महिनामा भने काम गर्ने समय साप्ताहिक ३६ घण्टा तोकेको छ ।
 
वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १४५ देखि १४९ सम्म कुवेतको श्रम ऐनको विषयमा थप जानकारीहरु उपलव्ध छ । सो सामग्री अध्ययन गर्न तलको लिंकबाट पिडिएफ डाउनलोड गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 

Tags:-
१.कुवेत २. नेपाली राजदुतावास कुवेत ३. श्रम ऐन ४. स्वास्थ्य उपचार ५. कल्याणकारी कोष
 
ओमानको श्रम कानून

ओमानको हाल कार्यन्वयनमा रहेको श्रम कानून सन् २०१२ मा लागु भएको हो । यो कानूनले घरेलु श्रमिकहरू (घरभित्रको काम गर्ने, सवारी चालक, माली लगायत) काम गर्नेहरूलाई समेट्दैन । श्रमिकको सबै कानुनी तथा सामाजिक उत्तरदायित्व रोजगारदाता र प्रायोजकमा निहित रहने भएकाले तोकिएको करार अवधि भित्र रोजगारदाता/प्रायोजकको अनुमति विना तोकिएको भन्दा फरक रोजागारदाताका लागि काम गर्न ओमानको कानूनले निषेध गरेको छ । काम गर्ने समय, रोजगारदातासँग वेमेल भएमा के कस्तो कानूनी व्यवस्था छ भन्ने जानकारीका लागि वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १५० देखि १५४ सम्म अध्ययन गर्न सक्नुहुन्छ । सो सामग्री पिडीएफमा अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 

Tags:-
१.ओमान २. घरेलु श्रमिक ३. श्रम कानून ४. प्रायोजक परिवर्तन ५. नि:शुल्क सीप तालिम
 
युएईको श्रम कानून

युएईको परिवर्तित श्रम कानून अनुसार श्रमिकलाई इच्छाविपरीत रोजगारदाताले काममा लगाउन पाउँदैनन् । कामप्रति चित्त नबुझेको खण्डमा श्रमिकले स्वदेश नफर्की अर्को रोजगारदातासँग करारपत्र सम्झौता गरी काम गर्न पाउने व्यवस्था छ । तर ६ महिनाभित्र कम्पनी परिवर्तन गर्नुपरेमा भने एक महिनाअघि नै सूचना दिनुपर्ने व्यवस्था छ । ६ महिना पूरा गरेका श्रमिकले दुई साताको पूर्वसूचना दिई कम्पनी परिवर्तन गर्न पाउछन् । करार अवधि समाप्त भएपछि रोजगारदाताले श्रमिकको इच्छाविपरीत स्वदेश पठाउन पाउने छैनन । पुरानो कम्पनीसँगको करार अवधि समाप्त भएपछि श्रमिकले आफ्नो क्षमताअनुसार नयाँ रोजगारदाता खोजेर काम गर्न पाउँछन् । थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
 यूएईमा नयाँ श्रम कानुन (ceslam.org)

 

Tags:-
१.युएई २. नेपाली राजदुतावास अबुधाबी ३. श्रम कानून ४. भिजिट भिसा ५. कतार
 
बहाराइनको श्रम कानून

श्रम बजारलाई नियमन गर्ने गरी बहराईन सरकारले सन् २००६ मा Labor Market Regulatory Authority (LMRA) कार्यान्वयनमा ल्याएको छ । सन् २०१७ मा Flexi Permit भन्ने नयाँ व्यवस्था लागु भयो जसले आप्रवासी श्रमिकहरूलाई स्वतन्त्र रूपमा एक भन्दा बढि रोजगारदाताकोमा काम गर्न सक्ने प्रावधानको व्यवस्था गरिएको छ । बहराईनको श्रम कानून अनुसार अन्य जुनसुकै भाषामा करार अनुवाद गरिए तापनि अरवी भाषामा गरिएको करारलाई नै आधिकारिक मान्यता दिईन्छ । रोजगार करार सम्झौता लिखित रूपमा गरिएको हुनुपर्दछ ।
 
वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १४० देखि १४४ सम्म बहराइनको श्रम कानून सम्बन्धि चर्चा गरिएको छ । सो सामग्री अध्ययन गर्न तलको लिंकबाट पिडिएफ डाउनलोड गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 

Tags:-
१.बहराइन २. कफला प्रणाली ३. श्रम स्वीकृति ४. फ्लेक्सी पर्मिट ५. Labor Market Regulatory Authority (LMRA)
 
जोर्डनको श्रम कानून

जोर्डनले सन् १९९६ मा औपचारिक क्षेत्रलाई लक्षित गरि श्रम कानून ल्याएको थियो जसमा घरेलु, कृषि लगायतका क्षेत्रमा काम गर्ने श्रमिकलाई समेटिएको थिएन । सन् २००२, सन् २००८ तथा सन् २०१९ मा श्रम कानून संशोधन गरि श्रमिकका विविध पक्षहरूलाई सम्बोधन गर्ने प्रयास गर्ने गरी संशोधित ऐन ल्याएको छ ।

काम गर्ने समय, रोजगारदातासँग वेमेल भएमा त्यसको समाधान गर्ने कानूनी व्यवस्था के छ लगायतका जानकारीहरु वैदेशिक रोजगार बोर्डले प्रकाशन गरेको प्रशिक्षक मार्गदर्शनको पृष्ठ १७९ देखि १८५ सम्म समेटिएको छ । सो सामग्री अध्ययन गर्न तलको लिंकबाट पिडिएफ डाउनलोड गर्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np) 
 

Tags:-
१.जोर्डन २. श्रमिक ३. स्वास्थ्य र उपचार ४. गार्मेण्टको काम ५. वैदेशिक रोजगार बोर्ड
 
दक्षिण कोरियाको श्रम कानून

दक्षिण कोरियाले श्रमिकको हक, अधिकार र संरक्षण गर्नको लागि सन् २०२१ मा श्रम ऐन जारी गरेको छ । सो ऐनले ज्याला, काम गर्ने घण्टा, बिदा जस्ता मापदण्डहरू तोकेको छ । श्रमिकहरुको आधारभूत जीविकोपार्जनको सुनिश्चितता र सुधारको लागि कानुनी आधारहरु रहेका छन् ।
साप्ताहिक बिदा, अवकाश समय, ज्याला, बर्खास्तीको अग्रिम सूचना, सेवानिवृत्ति लाभहरू सम्बन्धि थप जानकारी अंग्रेजी भाषामा पढ्न चाहनुहुन्छ भनें
https://www.moel.go.kr/english मा क्लीक गर्नुहोस् । 
 

Tags:-
१.दक्षिण कोरिया २. नेपाली राजदुतावास दक्षिण कोरिया ३. स्वास्थ्य र उपचार ४. इपिएस ५. वैदेशिक रोजगार बोर्ड

 

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुन:एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७९

वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुले वैदेशिक रोजगारीको क्रममा आर्जन गरेको पुँजी, सीप, प्रविधि र अनुभव नेपालमा नै उद्धमशीलताको विकास तथा सीपको प्रवद्र्वनमा उपयोग गर्ने उद्धेश्यले सरकारले निर्देशिका बनाएको छ । सो निर्देशिका पुरा पढ्न तलको लिङ्कमा क्लीक गर्नुहोस् ।
 
https://www.feb.gov.np/extra_upload/62cec56dc5bdb_reintegration.pdf 
 

Tags:-
१.वैदेशिक रोजगारी २. पुन:एकीकरण निर्देशिका ३. सीपको प्रवद्वन ४. सामाजिक तथ्य आर्थिक पुन:एकीकरण ५. वैदेशिक रोजगारीबाट फर्केका श्रमिक
 

फ्री भिसा, फ्री टिकटको नीति

नेपाल सरकारले २०७२ साल देखि फ्री भिसा, फ्री टिकटको नीति कार्यन्वयनमा ल्याएको छ । सो नीतिले रोजगारीका लागि मलेसिया र खाडी मुलुकहरुमा जाने श्रमिकहरुको हवाई टिकट तथा भिसाको शुल्क श्रमिकसँग लिन नपाइने व्यवस्था गरेको छ । सो नीति पछि नेपालले मलेसिया र संयुक्त अरव इमिरेट्स (युएई) सँग गरेको श्रम समझदारी अनुसार श्रमिकको सम्पूर्ण लागत खर्च रोजगारदाताले व्यहोर्नु पर्दछ । खाडीका अन्य मुलुकहरुमा श्रमिक पठाउँदा रोजगारदाताबाट सेवा शुल्क नपाएको भएमा नेपालका मेनपावर कम्पनीहरुले श्रमिकसँग बढीमा १० हजार लिन पाउने कानुनी व्यवस्था छ । थप जानकारीको लागि तलको लिङ्कमा क्लीक गर्नुहोस् ।
 
https://www.ceslam.org/news/free-visa-free-ticket-nitile-parne 
 

Tags:-
१.फ्री भिसा, फ्री टिकट २. शुल्क ३. रोजगारदाता ४. मेनपावर ५. मलेसिया
 

कतार भिसा सेन्टर

रोजगारीका लागि कतार जाने श्रमिकको रोजगार करार, स्वास्थ्य परीक्षण लगायत भिसा प्रकृया सम्वन्धि आवश्यक काम गर्ने उद्धेश्यले काठमाडौंमा कतार भिसा सेण्टर सञ्चालनमा छ । थप जानकारीका लागि कतार भिसा सेन्टरको वेभसाइट QVC | Qatar Visa Center   मा हेर्नुहोस् । 
 

Tags:-
१.कतार भिसा सेन्टर २. भिसा प्रोसेसिङ्ग ३. नेपाली श्रमिकहरुको तथ्यांक ४. सेवाग्राही ५. सरकारी प्रकृया

Read More
माइग्रेसन प्रक्रिया

वैदेशिक रोजगारीमा जाँदा अपनाउन पर्ने सुरक्षित तरिका
 

 

वैदेशिक रोजगारमा जाँदा ध्यान दिनुपर्ने कुराहरु
 
वैदेशिक रोजगारमा जानु भनेको केहि वर्षका लागि आफ्नो मुलुक तथा आफन्त ,साथिभाईहरुबाट टाढा हुनु हो । तसर्थ वैदेशिक रोजगारमा जानु अगाडी मानसिक रुपमा गर्नुपर्ने कतिपय तयारीहरु हुन्छन् । यसैगरी आवश्यक प्रकृयाहरुका बारेमा पनि जानकारी हासिल गर्नुपर्दछ । वैदेशिक रोजगारमा जानु अगाडी ध्यान दिनुपर्ने कुराहरु जान्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
Important Information | Department of Foreign Employment (dofe.gov.np)

 

थप जानकारी https://shorturl.at/cklzL मा क्लिक गरेर पनि लिन सकिन्छ |

Tags:-
१.वैदेशिक रोजगार २. पूर्वतयारी ३.  जानकारी ४. सावधानी ५. वैदेशिक रोजगारको प्रक्रियाहरु
 
आवश्यक सुचना लिएर मात्र रोजगारीका लागि विदेश जानु पर्दछ 
 
वैदेशिक रोजगारमा जाने योजना बनाएका व्यक्तिले आफूले रोजगारीको प्रकृया सुरु गर्नु अगाडी, प्रकृयाका क्रममा, रोजगारीको क्रममा र स्वदेश फर्केपछि पनि विभिन्न विषयमा जानकारी हासिल गर्नु पर्दछ । यस्ता महत्वपूर्ण केहि जानकारी तलको लिंकमा क्लीक गरेर अध्ययन गर्न सकिन्छ ।
 
Ministry Of Labour, Employment and Social Security (moless.gov.np)
 
वैदेशिक रोजगारीमा जानेहरुका लागि केहि टिप्स तलको लिंकमा पनि उल्लेख छ । सो अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
वैदेशिक रोजगारीमा जानेहरुका लागि १० टिप्स – Online Khabar
 
Tags:-
१.वैदेशिक रोजगार २. रोजगारी ३.  जानकारी ४. मानसिक तयारी ५. वैदेशिक रोजगारमा जाने योजना

 

वैदेशिक रोजगारका लागि जान खुल्ला गरिएका मुलुकहरु
 
नेपाल सरकारले वैदेशिक रोजगारका लागि १११ वटा गन्तव्य मुलुकहरु खुल्ला गरेको छ जसमध्ये इराक, अफगानिस्तान र लिबिया हाल रोक्का गरिएको छ । रोजगारीमा जान खुल्ला गरिएका मुलुकहरुको सूचि समय समयमा अद्यावधिक हुने भएका कारण नेपाल सरकारबाट संस्थागत रुपमा वैदेशिक रोजगारका लागि खुल्ला गरिएका देशहरुको नामावली वैदेशिक रोजगार विभागको https://dofe.gov.np/recognized.aspx लिंकमा क्लिक गरेर हेर्न सकिन्छ |
 
Tags:-
१.वैदेशिक रोजगार २. गन्तव्य मुलुक ३. नेपाल सरकार ४. वैदेशिक रोजगार विभाग ५. बन्देज

 

वैदेशिक रोजगारमा जाने प्रकृया
 
वैदेशिक रोजगार ऐन, २०६४ मा भएको व्यवस्था  बमोजिम संस्थागत (इजाजतपत्र प्राप्त मेनपावर मार्फत) र व्यक्तिगत गरी जम्मा दुईवटा प्रक्रिया मार्फत वैदेशिक रोजगारीमा जान सकिन्छ ।

 

वैदेशिक रोजगार ऐन, २०६४ मा भएको व्यवस्था बमोजिम संस्थागत (इजाजतपत्र प्राप्त मेनपावर मार्फत) र व्यक्तिगत गरी जम्मा दुईवटा प्रक्रिया मार्फत वैदेशिक रोजगारीमा जान सकिन्छ ।

 
संस्थागत प्रक्रिया

संस्थागत प्रक्रिया भन्नाले विद्यमान वैदेशिक रोजगार ऐन तथा नियमावली बमोजिम वैदेशिक रोजगार विभागबाट वैदेशिक रोजगार व्यवसाय सञ्चालनको अनुमति लिएका मेनपावर संस्था मार्फत कानून बमोजिम वैदेशिक रोजगारीमा जाने प्रक्रियालाई बुझिन्छ ।
 

व्यक्तिगत प्रक्रिया

व्यक्तिगत प्रक्रिया भन्नाले श्रमिक आफ्नै पहलमा विद्यमान वैदेशिक रोजगार ऐन तथा नियमावलीमा उल्लिखित प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाने प्रक्रियालाई बुझिन्छ । यस प्रक्रियाको अवलम्बन गरी वैदेशिक रोजगारमा जाँदा श्रमिक आफ्नो कामको लागि स्वयं जिम्मेवार हुनुपर्दछ ।
 

Tags:-
१.वैदेशिक रोजगारमा जाने प्रकृया २. संस्थागत प्रकृया ३. व्यक्तिगत प्रकृया ४. मेनपावर कम्पनी ५. श्रमिक
 

पूर्वतयारी
वैदेशिक रोजगारमा जाने व्यक्तिले पूर्वतयारी गर्नुपर्दछ । यसका लागि वैदेशिक रोजगारमा आफू जाँदा घर सञ्चालन, आवश्यक आर्थिक बन्दोवस्त लगायतको विषयमा तयारी गर्नु आवश्यक हुन्छ । वैदेशिक रोजगारीमा जानु पूर्व के कस्ता पूर्व तयारीहरु गर्नुपर्दछ भन्ने थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
वैदेशिक रोजगारमा जानुपूर्व गर्नुपर्ने पूर्व तयारी के हुन् ? | देश परदेश Desh Paradesh
 
सुरक्षित वैदेशिक रोजगारीका लागी गरीने तयारी – Dhading’s First Online News Portal (dhadingnews.com)
 
Tags:-
१.पूर्वतयारी २. वैदेशिक रोजगार ३. सावधानी ४. मानसिक तयारी ५. विदेश जाने तयारी

 
राहदानी
 
वैदेशिक रोजगारमा जाने व्यक्तिले राहदानी (पासपोर्ट) बनाउनु पर्दछ । यसका लागि नेपाली नागरिकता लगायतका आवश्यक कागजात सहित जिल्ला प्रशासन कार्यालयमा वा राहदानी विभागमा निवेदन दिनु पर्दछ । राहदानीको फारम डाउनलोड गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://nepalpassport.gov.np
 
Tags:-
१.कागजपत्र २. नागरिकता ३. राहदानी ४. पासपोर्ट ५. जिल्ला प्रशासन कार्यालय

 
रोजगारीको खोजी
 
वैदेशिक रोजगारमा जाने व्यक्तिले आफ्नो रुचि र दक्षता भएको रोजगारीको खोजि गर्नु पर्दछ । यसका बारेमा वैदेशिक रोजगार विभागको Foreign Job Search (dofe.gov.np) बाट वा सम्वन्धित मेनपावर कम्पनीबाट जानकारी लिन सकिन्छ । यसरी रोजगारीको खोजि गर्दा विचौलिया मार्फत गर्नुहुन्न, उनीहरुले मौखिक रुपमा भनेको सबैकुरा सत्य नहुन सक्दछ । थप जानकारीका लागि तलको लिंकमा पनि हेर्न सक्नुहुन्छ ।
 
https://shorturl.at/cklzL
 
Tags:-
१.वैदेशिक रोजगार २. रोजगारी ३. मेनपावर कम्पनी ४. वैदेशिक रोजगार विभाग ५. रुचि र दक्षता

 

स्वास्थ्य परिक्षण 
 

वैदेशिक रोजगारमा जाने हरेक व्यक्तिको प्रस्थानपूर्व स्वास्थ्य परिक्षण गर्नुपर्ने कानूनी व्यवस्था छ । यदि स्वास्थ्य परिक्षण गरेर स्वस्थ भनेर रोजगारीका लागि गएका व्यक्ति विदेशमा पुगेपछि गरिने स्वास्थ्य परिक्षणमा अनुत्तिर्ण भएर फर्किनु परेमा त्यस्ता व्यक्तिले क्षतिपूर्ति पाउँछन् । वैदेशिक रोजगारमा जानुपूर्व किन स्वास्थ्य परीक्षण गर्न आवश्यक छ भन्ने थप जानकारीका लागि वैदेशिक रोजगार बोर्डको प्रवास डायरी पेज नं ३ र ४ मा लेखिएको छ । सो अध्ययनका लागि तलको लिंकमा क्लीक गर्नुहोस्
 

5d667517a46f7_Inner_Prawas_Diary_2076_CTP_Final.pdf (feb.gov.np)
 

स्वदेशमा स्वास्थ्य परीक्षण गर्नु भनेको आफू विदेशमा काम गर्न शारीरिक रूपमा सक्षम छु वा छैन भनी जाँच गरी रिपोर्ट निकाल्ने प्रक्रिया हो । यसले गर्दा विदेशमा हुने मेडिकल चेकअप (स्वास्थ्य परीक्षण) मा समस्या हुँदैन । स्वदेशमा स्वास्थ्य परीक्षण गर्दा फेल हुँदा–हुँदै पनि गलत रिपोर्ट बनाएर विदेश जाँदा त्यहाँ हुने स्वास्थ्य परीक्षणमा फेल भइन्छ र स्वदेश फर्कनुपर्ने हुन्छ । यसबाट विदेश जाँदा गरेको लगानी डुब्न सक्छ । वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परीक्षण गर्ने अनुमति प्राप्त संस्थाहरुको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 

Medical Center | Department of Foreign Employment (dofe.gov.np)
 

Tags:-
१.स्वास्थ्य परिक्षण २. स्वास्थ्य परिक्षणमा अनुत्तिर्ण ३. प्रवास डायरी ४. रोजगारी ५. वैदेशिक रोजगार
 

वैदेशिक रोजगार कल्याणकारी कोषमा योगदान
 
वैदेशिक रोजगारीमा जाने प्रत्येक श्रमिकले गन्तव्य मुलुक प्रस्थान गर्नु अगाडी वैदेशिक रोजगार बोर्डद्वारा व्यवस्थित वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा (योगदान) गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारमा गएका कोहि व्यक्ति विदेशमा दुर्घटनामा परि घाइते भएमा वा मृत्यु भएमा सम्वन्धित श्रमिक वा मृत्यु भएको अवस्थामा निजको परिवारले वैदेशिक रोजगार बोर्ड मार्फत आर्थिक सहायता प्राप्त गर्दछन् । आवेदन दिने विषय लगायतको जानकारी तलको लिंकमा पनि उपलव्ध छ ।
 
5d9efcb891098_Bulleting FEB 2076-1.pdf
 
Tags:-
१.वैदेशिक रोजगार बोर्ड २. गन्तव्य मुलुक ३. नेपाल सरकार ४. कल्याणकारी कोष ५. विदेशमा दुर्घटना

 

बीमा
वैदेशिक रोजगारमा जाँदा करार बमोजिमको समयावधिको लागि अनिवार्य रूपमा बीमा गराउनु पर्दछ । वैदेशिक रोजगारमा रहँदा कारणवस मृत्यु भएमा, अंगभंग भएमा नेपालमा आफूले बीमा गरेको कम्पनीबाट बीमा बापतको रकम प्राप्त हुन्छ । यसका बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् र पेज नम्वर ४८ पढ्नुहोस् ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np)
 
वैदेशिक रोजगारमा जानेहरुको बीमा गर्ने अनुमति लिएका बीमा कम्पनीहरुको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
Insurance Company | Department of Foreign Employment (dofe.gov.np)
 
Tags:-
१.बीमा २. वैदेशिक रोजगार ३. मृत्यु भएमा ४. अंगभंग भएमा ५. वैदेशिक रोजगार विभाग
 
रोजगारीका लागि विदेश जाँदा सम्झौता पत्र/करारपत्र किन चाहिन्छ ?

आफू जान लागेको देश, गर्ने काम, पाउने तलब, काम गर्ने कम्पनी, दिनमा काम गर्नुपर्ने घण्टा लगायत ओभर टाइमको व्यवस्थाबारे रोजगार सम्झौता/करार पत्र (एग्रिमेन्ट पेपर) मा के छ ? सोका बारेमा राम्रोसँग पढ्नु पर्छ । मौखिक रुपमा भनेको कुरा भन्दा करार पत्रमा उल्लेख भएका कुराहरू मात्र आधिकारिक हुन् । थप जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् र पेज नम्वर २६ हेर्नुहोस् ।
 
NRNA-FEIC Handbook – 2070 (liv.ac.uk)
 
Tags:-
१.सम्झौता पत्र २. करारपत्र ३. कानुनी व्यवस्था ४. रोजगारको सेवा, शर्त ५. एनआरएनए
 
अभिमुखिकरण तालिम भनेको के हो, यो किन आवश्यक छ

वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगारमा जाने श्रमिकले अनिवार्य रुपमा २ दिने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारमा जाने सोच बनाएदेखि नै कुन देश जाने हो सोको बारेमा सामान्य जानकारी भए तापनि पूर्वप्रस्थान अभिमुखीकरण तालिममा अरू धेरै विषयमा जानकारी प्राप्त हुन्छ । सो तालिमले आफू रोजगारीका लागि जान लागेको मुलुकको हावापानी, रहनसहन, समस्या आईपरेमा के गर्ने भन्ने जानकारी हासिल हुन्छ । थप जानकारी हासिल गर्न तलको लिंकमा क्लीक गर्नुहोस् र पेज नम्वर २३ हेर्नुहोस् ।
 
NRNA-FEIC Handbook – 2070 (liv.ac.uk)
प्रस्थानपूर्वको अभिमुखिकरण तालिम सञ्चालन गर्ने अनुमति प्राप्त संस्थाहरुको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
Orientation Center | Department of Foreign Employment (dofe.gov.np)
 
Tags:-
१.अभिमुखिकरण तालिम २. हावापानी ३. रहनसहन ४. एनआरएनए ५. वैदेशिक रोजगार विभाग
 
श्रम स्वीकृति

वैदेशिक रोजगारमा जान व्यक्तिगत र संस्थागत गरी २ किसिमका श्रम अनुमति जारी गरिन्छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचलस्थित कार्यालयबाट विदेश जाने श्रम स्वीकृति प्रदान गरिन्छ । थप जानकारी आवश्यक परेमा तलको लिंकमा क्लीक गरि पेज नम्वर ४३ र ४४ अध्ययन गर्न सक्नुहुन्छ ।
 
612f5d9029ce7_setting_abhimukhikarn book_For web.pdf (feb.gov.np)
 
Tags:-
१.श्रम स्वीकृति २. व्यक्तिगत श्रम स्वीकृति ३. स्थागत श्रम स्वीकृति ४. रोजगारी ५. वैदेशिक रोजगार विभाग
 
पुन: श्रम स्वीकृति

वैदेशिक रोजगारमा रहेकाहरु पुन: रोजगारीमा विदेश नै फर्किने भएमा वैदेशिक रोजगार विभागबाट पुन: श्रम स्वीकृति लिनु पर्दछ । यस्तो पुन: श्रम स्वीकृति अनलाइन मार्फत नै लिन सकिन्छ । यसका बारेमा थप अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
अनलाइनबाटै कसरी लिने पुनः श्रम स्वीकृति ? – Online Khabar
 
Tags:-
१.पुन २. श्रमस्वीकृति ३. अनलाइन मार्फत पुन: श्रम स्वीकृति ४. वैदेशिक रोजगारी ५. वैदेशिक रोजगारमा रहेकाहरु

 

स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने

वैदेशिक रोजगारमा जाँदा नेपालको विमानस्थल भएर नै सो मुलुक जानु पर्ने कानुनी व्यवस्था छ । यदि नेपालको विमानस्थलबाट नगई भारत लगायतको मुलुक भएर वैदेशिक रोजगारमा जानु पर्ने भएमा मेनपावर कम्पनीले अनिवार्य रुपमा वैदेशिक रोजगार विभागबाट लिखित अनुमति लिएको हुनु पर्दछ ।
 
Tags:-
१.स्वदेशी विमानस्थल २. भारत ३. वैदेशिक रोजगार विभाग ४. वैदेशिक रोजगारी ५. लिखित अनुमति
 
उमेर हद

वैदेशिक रोजगार ऐन, २०६४ अनुसार १८ वर्ष मुनिका नाबालिग वैदेशिक रोजगारीमा जान पाइँदैन ।
 
वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने निर्देशिका, २०७२ अनुसार घरेलु श्रमिकका रुपमा साउदी अरब, कतार, कुवेत, युएई, ओमन, बहराइन, लेवनान र मलेसिया जाने महिला श्रमिकको उमेर २४ वर्ष पूरा भएको हुनु पर्दछ ।
यस बारेमा https://shorturl.at/uCGRY  तथा https://shorturl.at/lxyMN लिंकमा क्लिक गरेर थप जानकारी लिन सकिन्छ |
 
Tags:-
१.उमेर हद २. वैदेशिक रोजगार ऐन ३. वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने निर्देशिका ४. उमेरको हद २४ बर्ष ५. घरेलु श्रमिक

Read More