Pardesi is number one site in Nepal

The stars will never align, and the traffic lights of life will never

https://ict4d2004.files.wordpress.com/2023/02/nepal-nepali.jpg

गन्तव्य मुलुकमा सूचना प्रविधिको प्रयोग
 
टेलिफोन एवम् मोबाइलको प्रयोग

रोजगारीका लागि गन्तव्य मुलुकमा पुगेपछि आफूसँग रहेको मोबाइलमा सो मुलुकमा रहेको उपयुक्त मोबाइल कम्पनीको सिम कार्ड राखेर मोबाइल चलाउन सकिन्छ |  आफू विदेशमा रहँदा परिवारका सदस्यहरूसँग नियमित रुपमा सम्पर्कमा रहनु पर्दछ | रोजगारीका क्रममा विदेशमा रहँदा नेपालमा फोन गर्नुपर्ने भएमा नेपालमा आफूलेले फोन गर्ने नम्बरको अगाडि ००९७७ लेखेर फोन नं वा मोबाईल नं डायल गर्नुपर्दछ । यदि ल्याण्डलाईनबाट फोन गर्नुपर्ने भएमा आफ्नो जिल्लाको एरिया कोड ००९७७ पछि डायल गर्नुपर्दछ । उदाहरणका लागि काठमाडौंको कुनै ल्यान्डलाईन नम्बरमा फोन गर्नुपर्ने भएमा ००९७७ र १ पछि सम्बन्धित फोन नम्बर डायल गर्नुपर्दछ ।
 

सामाजिक सञ्जालको सावधानीपूर्वक प्रयोग:

गन्तव्य मुलुकमा रहँदा साथीभाई, आफन्त आदिसँग सम्पर्कमा रहन र देश दुनियाँको खबर बुझ्न  फेसबुक, ट्वीटर, ईमो, भाइवर, ह्वाट्सएप, यूट्यूव, ईन्स्टाग्राम गुगल म्याप आदि माध्यमको प्रयोग गर्न सकिन्छ | विभिन्न सामाजिक सञ्जाल तथा अनलाईनमा आउने भ्रामक समाचार प्रति सजग रहुनपर्दछ ।
 

इन्टरनेट प्रविधिको प्रयोग:

फेसबुक, ट्वीटर, ईमो, ह्वाट्सएप, युट्यूव जस्ता माध्यमको प्रयोग गर्दा विभिन्न कुरामा ध्यान दिनु पर्दछ | ती माध्यममा स्टाटस लेख्दा वा शेयर गर्दा सावधानीपूर्वक गर्नुपर्दछ अन्यथा समस्यामा पर्न सकिन्छ | उदाहरणका लागि खाडीका अधिकांश मुलुकहरूमा कुनैपनि दुर्घटनाको तस्वीर वा भिडियो फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप, ईमो वा भाइवर ग्रुप, यूट्युवमा अपलोड गर्नु वा अरु कसैले राखेमा त्यसलाई शेयर, लाइक र कमेण्ट गर्न हुँदैन । यसलाई कानून विपरितको काम मानिन्छ । यसैगरी सो मुलुकको कानून, धर्म, रीतिरिवाज विपरितका कुरा सामाजिक सञ्जालमा लेख्नुहुँदैन ।

 

विभिन्न एप्सको प्रयोग: वैदेशिक रोजगारका बारेमा जानकारी दिने उद्देश्यले तयार पारिएका मोबाइल एप तथा वेबसाइटबाट वैदेशिक रोजगार सम्बन्धी सुचना तथा जानकारी लिन सकिन्छ | उदाहरणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको  वैदेशिक रोजगारी एप्सबाट वैदेशिक रोजगार सम्बन्धी सुचना तथा जानकारी, उजुरी गर्ने व्यवस्था, महत्वपूर्ण सम्पर्कहरू, पुनः श्रम स्वीकृति, श्रोतहरुका बारेमा जानकारी लिन सकिन्छ ।

 

यसैगरी माईग्रेन्ट रिक्रुमेन्ट एडभाईजर (www.recruitmentadvisor.org) वेबसाइट तथा शुभयात्रा, उज्वल सपना जस्ता एपहरूले पनि वैदेशिक रोजगारका बारेमा यथेष्ट जानकारी दिन्छन् ।
सूचना प्रविधिको प्रयोग बारेमा नेपाल सरकारको पुर्व प्रस्थान अभिमुखिकरण तालिम प्रशिक्षक मार्गदर्शन २०७६ मा रहेको विषय ७: सम्पर्क तथा सुचना प्रविधिको प्रयोगबारे जानकारी हेर्नुहोला | सो मार्गदर्शन अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस्

 

वैदेशिक रोजगार बोर्डको सचिवालय (feb.gov.np) 

 

Tags:-
१.सूचना प्रविधि   २. वैदेशिक रोजगारी ३. मोबाइल टेलिफोन ४. फेसबुक, ह्वाट्सएप ५. सामाजिक सञ्जाल

 

यी प्रशिक्षण स्रोतहरू आप्रवासी र उनीहरूका परिवारका सदस्यहरूलाई सहयोग गर्ने संस्थाहरूको प्रयोगको लागि विकास गरिएको हो। कृपया तालिमका स्रोतहरूसँग संलग्न मार्गदर्शन नोटहरू प्रयोग गर्नुहोस्

 

Nepali translation by Nayan Pokhrel (.PPT Version)
 

English Version (.PPT Version)
 

Bhojpuri Trasnslation by Bibek Karn (.PPT Version)

 

Maithili translation by Ranjan Jha (.PPT Version)

 

Nepal Bhasa translation by Rajendra Maharjan(.PPT Version)

 

Tharu translation by Indu Tharu (.PPT Version)

 

Tamang translation by Amrit Yonjan Tamang (.PPT Version)

Read More
वित्तीय साक्षरता र वित्तीय धोखाधडी

चिठ्ठा परेको भनेर हुने ठगि
 
रोजगारीका क्रममा विदेशमा हुँदा चिठ्ठा परेको भन्दै मोवाइलमा ह्वाट्सएप लगायतका माध्यममा आउने सन्देशबाट जोगिनु पर्दछ । त्यस्ता सन्देश पठाउनेहरुले सोही माध्यम मार्फत ठग्ने गरेका घटनाहरु हुने गरेका छन् । तलको लिंकमा क्लीक गरी यस्तै घटनामा ठगि गरिएको विषयमा जानकारी लिन सकिन्छ ।
 

https://kendrabindu.com/world/167051-1612474254.html
 

Tags:-
१.चिठ्ठा २. वैदेशिक रोजगार ३.  ह्वाट्सएप ४. सन्देश ५. ठगि
 
वैदेशिक रोजगार र वित्तिय साक्षरताको महत्व

वित्तिय साक्षरता सबैका लागि जरुरी छ । अझ वैदेशिक रोजगारमा जानेहरु र उनीहरुको परिवारका सदस्यहरुलाई यसको महत्व बढी छ । वैदेशिक रोजगारमा जानेहरुलाई वित्तिय साक्षरता किन आवश्यक छ जान्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
www.facebook.com/watch/?v=2761863427290716
 

Tags:-
१.वित्तिय साक्षरता २. वैदेशिक रोजगार ३.  बचत ४. व्यवसाय ५. सूचना

 

वैदेशिक रोजगार बचतपत्र

मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैर आवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी नेपाल राष्ट्र बैंकले नेपाली रूपैंयाँमा जारी गरिएको मध्यमकालीन अवधिको बचतपत्रवैदेशिक रोजगार बचतपत्रहो । यो बचतपत्रको अवधि ५ वर्षको हुन्छ । बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारका सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) का नाममा खरिद गर्न पाउँछन् नेपाल राष्ट्र बैंकको https://www.nrb.org.np/ लिंक क्लिक गरी थप जानकारी लिन सकिन्छ |

 

Tags:-
१.वैदेशिक रोजगार बचतपत्र २. गैर आवासीय नेपाली ३.  नेपाल राष्ट्र बैंक ४. विदेशी मुद्रा ५. वैदेशिक रोजगारी

Read More