अभिमुखीकरण केन्द्रहरू

अभिमुखिकरण तालिम प्रदायक संस्थाहरु
 
वैदेशिक रोजगारमा जाने व्यक्तिले विदेश प्रस्थान गर्नु अगावै कम्तीमा दुई दिनको अभिमुखिकरण तालिम लिएको हुनु पर्ने नेपालको कानुनी व्यवस्था छ । सो तालिममा वैदेशिक रोजगारमा जाँदा ध्यान दिनुपर्ने कुराहरु, विदेशमा काम गर्दा आइपर्न सक्ने समस्याहरु र त्यस्ता समस्याको समाधान कसरी गर्ने जानकारी, गन्तव्य मुलुकको मौषम, सडक प्रयोग लगायतका विषयको जानकारी, आफू जान लागेको मुलुकको श्रम कानुन, समस्या आइपरेमा कहाँ सम्पर्क गर्ने लगायतका महत्वपूर्ण जानकारीहरु दिइन्छ । तसर्थ पूर्व प्रस्थान अभिमुखिकरण तालिम अनिवार्य रुपमा लिनु पर्दछ । अभिमुखिकरण तालिम प्रदान गर्न वैदेशिक रोजगार विभागमा त्यस्ता तालिम दिने संस्थाहरु (तालिम प्रदायक) अनिवार्य रुपमा दर्ता हुनु पर्दछ । विभागमा दर्ता रहेका संस्थाहरुको नामावली (सूचि) हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
https://dofe.gov.np/Orientation-Center.aspx