चिठ्ठा परेको भनेर हुने ठगि   रोजगारीका क्रममा विदेशमा हुँदा चिठ्ठा परेको भन्दै मोवाइलमा ह्वाट्सएप लगायतका माध्यममा आउने सन्देशबाट जोगिनु पर्दछ । त्यस्ता सन्देश पठाउनेहरुले सोही माध्यम मार्फत ठग्ने गरेका घटनाहरु हुने गरेका छन् । तलको लिंकमा क्लीक गरी यस्तै घटनामा ठगि गरिएको विषयमा जानकारी लिन सकिन्छ ।   https://kendrabindu.com/world/167051-1612474254.html   Tags:- १.चिठ्ठा २. वैदेशिक रोजगार ३.  ह्वाट्सएप ४. सन्देश ५. ठगि   वैदेशिक रोजगार र वित्तिय साक्षरताको महत्व वित्तिय साक्षरता सबैका लागि जरुरी छ । अझ वैदेशिक रोजगारमा जानेहरु र उनीहरुको परिवारका सदस्यहरुलाई यसको महत्व बढी छ । वैदेशिक रोजगारमा जानेहरुलाई वित्तिय साक्षरता किन आवश्यक छ जान्न तलको लिंकमा क्लीकRead More
दार्चुलाका अमर २० वर्षदेखि युएईको जेलमा दार्चुलाको दुहुँ गाउँपालिका– ४ दौला ९तत्कालीन धारी गाविस०का अमरबहादुर बम २० वर्षदेखि हत्या आरोपमा युनाइटेड इमिरेट्स अरब (युएई)को जेलमा छन् । सन् २००३ मा दुबईको क्लबमा भारतीय नागरिक शरद सेठ्ठीको हत्यामा त्यहाँको उच्च न्यायालयले अमरलाई मतियारका रूपमा मृत्युदण्डको फैसला सुनाएको थियो । दार्चुलाका अमर २० वर्षदेखि युएईको जेलमा (nayapatrikadaily.com)   फेरिँदै नेपाली श्रमिकको गन्तव्य नेपाली श्रमिकका लागि वैदेशिक रोजगारीको गन्तव्य फेरिन थालेको छ । दुई दशकदेखि खाडी क्षेत्रमा रहेको चाप बिस्तारै युरोप र पूर्वी एसियाली मुलुकतिर सर्न थालेको आँकडाले देखाएको छ । आर्थिक वर्ष २०७९र८० मा अहिलेसम्मकै बढी ७ लाख ७१ हजार नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाRead More
विरामी परेमा कसरी मद्धत लिने   तपाई रोजगारीका क्रममा विदेशमा हुनुहुन्छ र कुनै स्वास्थ्य समस्या आइपरेमा सबैभन्दा पहिले आफ्नो सुपराभाइजरलाई जानकारी गराउनु पर्दछ । यसैगरी आफ्नो कम्पनीमा काम गर्ने साथि, अन्य कम्पनीमा काम गर्ने नेपालीलाई पनि जानकारी गराई मद्धत माग्न सकिन्छ । रोजगारीका लागि विदेश पुगेपछि आफनो अभिभावक भनेको सो मुलुकमा रहेको नेपाली दूतावास हो । गम्भीर खालको स्वास्थ्य समस्या आइपरेमा दूतावासमा जानकारी गराउनु पर्दछ । यसले कुनै अप्ठ्यारो परेमा त्यहाँबाट पनि मद्धत लिन सकिन्छ ।   रोजगारीका लागि गन्तव्य मुलुकमा पुगेपछि प्रहरी, एम्वुलेन्सको नम्वर पनि साथमा राखियो भनें अप्ठ्यारो परेको समयमा मद्धत प्राप्त गर्न सकिन्छ ।
अभिमुखिकरण तालिम प्रदायक संस्थाहरु   वैदेशिक रोजगारमा जाने व्यक्तिले विदेश प्रस्थान गर्नु अगावै कम्तीमा दुई दिनको अभिमुखिकरण तालिम लिएको हुनु पर्ने नेपालको कानुनी व्यवस्था छ । सो तालिममा वैदेशिक रोजगारमा जाँदा ध्यान दिनुपर्ने कुराहरु, विदेशमा काम गर्दा आइपर्न सक्ने समस्याहरु र त्यस्ता समस्याको समाधान कसरी गर्ने जानकारी, गन्तव्य मुलुकको मौषम, सडक प्रयोग लगायतका विषयको जानकारी, आफू जान लागेको मुलुकको श्रम कानुन, समस्या आइपरेमा कहाँ सम्पर्क गर्ने लगायतका महत्वपूर्ण जानकारीहरु दिइन्छ । तसर्थ पूर्व प्रस्थान अभिमुखिकरण तालिम अनिवार्य रुपमा लिनु पर्दछ । अभिमुखिकरण तालिम प्रदान गर्न वैदेशिक रोजगार विभागमा त्यस्ता तालिम दिने संस्थाहरु (तालिम प्रदायक) अनिवार्य रुपमा दर्ता हुनु पर्दछ ।Read More
वैदेशिक रोजगारमा पठाउने इजाजतपत्रवाला (मेनपावर कम्पनीहरु)    वैदेशिक रोजगारमा पठाउने संस्थाहरुलाई वैदेशिक रोजगार ऐन, २०६४ ले इजाजतपत्रवाला भन्ने व्यवस्था गरेको छ । बोलिचालिको भाषामा तिनलाई मेनपावर कम्पनी भनेर चिनिन्छ । त्यस्ता संस्थाहरुले कुनै पनि नेपाली नागरिकलाई रोजगारीका लागि विदेश पठाउनु अगाडि वैदेशिक रोजगार विभागबाट इजाजत लिएको हुनु पर्दछ । कतिपय व्यक्ति वा संस्थाहरुले र्वदेशिक रोजगार विभागको अनुमति नर्लिइ पनि वैदेशिक रोजगारमा पठाउने गरेका छन् । तर त्यसरी अवैधानिक संस्था वा व्यक्ति मार्फत वैदेशिक रोजगारमा जाँदा कुनै समस्यामा परेमा उद्धारमा कठिनाई, क्षतिपूर्ति प्राप्त गर्ने सम्भावना न्यून हुने गर्दछ । तसर्थ वैदेशिक रोजगारमा जाँदा आधिकारिक रुपमा वैदेशिक रोजगार विभागबाट श्रमिक विदेश पठाउनRead More
सामीको मनोसामाजिक परामर्श     परामर्शपछि फेरिएको सोच ।     मनोपरामर्शले आत्मबल दियो, पालिकाले अवसर     मनोपरामर्शपछि लाग्यो – मर्नु समस्याको समाधान होइन रहेछ     शरीरका घाउको मात्र होइन मनको पीडाको पनि ख्याल गर्नु पर्ने रहेछ     तनाव व्यवस्थापन कसरी गर्ने ?   वैदेशिक रोजगारका क्रममा रहँदा विभिन्न कारणले तनाव उत्पन्न हुन सक्दछ । घरबाट टाढा हुँदा एक्लो महशुश हुने, सामाजिक वा आर्थिक कारणले पनि तनाव उत्पन्न हुन सक्दछ । त्यस्तो अवस्थामा के गर्ने भन्ने जानकारीका लागि तलको भिडियो हेर्नुहोस् ।     वैदेशिक रोजगार, एचआईभी र एड्स तथा यौनरोग  सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षणRead More
वैदेशिक रोजगार र बीमा सम्वन्धि व्यवस्था वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई विदेशमा कुनै स्वास्थ्य समस्या आइपरेर वा अन्य कारणवस मृत्यु भएमा मृतकका परिवारलाई आर्थिक सहायता उपलव्ध गराउने उद्धेश्यले सरकारले वैदेशिक रोजगारमा जाने हरेक व्यक्तिको जीवन बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । यसरी वैदेशिक रोजगारमा जानेहरुको विमा गर्ने अनुमति प्रदान गरिएका कम्पनीहरुको सूचि वैदेशिक रोजगार विभागको वेभसाइटमा हेर्न सकिन्छ । वैदेशिक रोजगारमा जानेहरुको बीमा गर्ने अनुमति प्राप्त गरेका विमा कम्पनीहरुको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।   https://dofe.gov.np/Insurance-Company.aspx   Tags:- १.विमा  २. वैदेशिक रोजगार स्वास्थ्य परिक्षण ३. जीवन विमा ४. वैदेशिक रोजगार विभाग ५. वैदेशिक रोजगार  जीवन बीमा
विदेश जानु अगाडी खाता खोल्नु पर्ने व्यवस्था वैदेशिक रोजगारमा जानु अगाडी रोजगारीका लागि जाने व्यक्तिको बैंक खाता अनिवार्य रुपमा खोल्नुपर्ने व्यवस्था सरकारले गरेको छ । त्यस्तो खाता नेपाल सरकारबाट अनुमति लिएर सञ्चालनमा रहेको कुनै पनि बैंकमा खोल्न सकिन्छ । यसैगरी वैदेशिक रोजगारमा रहँदा तिनै बैंक मार्फत बैकिङ कारोवार गर्नु पर्दछ । वैदेशिक रोजगारमा कमाएको रकम नेपाल भित्रियाउन वैदेशिक रोजगार विभागले सूचिकृत गरेका बैंकहरुको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।    https://dofe.gov.np/Banks.aspx    Tags:- १.बैंक  २. वैदेशिक रोजगारमा रहेका व्यक्ति ३. बैंक खाता ४. बैकिङ कारोवार ५. वैदेशिक रोजगारमा कमाएको रकम
रोजगारीको अवसरका बारेमा आफैं थाहा पाउने रोजगारीका लागि सकेसम्म त स्वदेशमा नै रोजगारीका अवसरहरुको पहिचान गर्नु, त्यसका लागि आवश्यक पर्ने सीप दक्षता हासिल गर्नु राम्रो हुन्छ । यदि तपाईले वैदेशिक रोजगारमा नै जाने योजना बनाइसक्नु भएको छ भनें आफैंले कुन देशमा कस्तो रोजगारीका लागि जाने, त्यसका लागि कस्तो सीप आवश्यक पर्दछ भन्ने थाहा पाउनु पर्दछ । सो अनुरुपको सीप सिकेर उचित मेनपावर कम्पनी मार्फत वैदेशिक रोजगारमा जानु भएमा तपाईको वैदेशिक रोजगारको यात्रा तुलनात्मक रुपमा फलदायी हुन सक्दछ । कुन मेनपावर कम्पनीले कुन देशको कुन कम्पनीमा कस्तो रोजगारीका लागि माग ल्याएका छन् भन्ने कुरा वैदेशिक रोजगार विभागको वेभसाइटमा नै हेर्न सकिन्छRead More
वैदेशिक रोजगार र स्वास्थ्य परिक्षण  वैदेशिक रोजगारमा जाने हरेक व्यक्तिको प्रस्थानपूर्व स्वास्थ्य परिक्षण गर्नु पर्ने कानूनी व्यवस्था छ । यदि स्वास्थ्य परिक्षण गरेर स्वस्थ भनेर रोजगारीका लागि गएका व्यक्ति विदेशमा पुगेपछि गरिने स्वास्थ्य परिक्षणमा अनुत्तिर्ण भएर फर्किनु परेमा त्यस्ता व्यक्तिले क्षतिपूर्ति पाउँछन् । वैदेशिक रोजगारमा जानुपूर्व किन स्वास्थ्य परीक्षण गर्न आवश्यक छ भन्ने थप जानकारीका लागि वैदेशिक रोजगार बोर्डको प्रवास डायरी पेज नं ३ र ४ मा लेखिएको छ । सो अध्ययनका लागि तलको लिंकमा क्लीक गर्नुहोस्   5d667517a46f7_Inner_Prawas_Diary_2076_CTP_Final.pdf (feb.gov.np)   प्रस्थानपूर्व गरिने स्वास्थ्य परिक्षणका विषयमा थप जानकारी लिन चाहनुहुन्छ भनें तलको लिंकबाट पनि लिन सक्नुहुन्छ । प्रशिक्षक मार्गदर्शनको पृष्ठRead More