मद्दत कसरी प्राप्त गर्ने?

विरामी परेमा कसरी मद्धत लिने
 

तपाई रोजगारीका क्रममा विदेशमा हुनुहुन्छ र कुनै स्वास्थ्य समस्या आइपरेमा सबैभन्दा पहिले आफ्नो सुपराभाइजरलाई जानकारी गराउनु पर्दछ । यसैगरी आफ्नो कम्पनीमा काम गर्ने साथि, अन्य कम्पनीमा काम गर्ने नेपालीलाई पनि जानकारी गराई मद्धत माग्न सकिन्छ । रोजगारीका लागि विदेश पुगेपछि आफनो अभिभावक भनेको सो मुलुकमा रहेको नेपाली दूतावास हो । गम्भीर खालको स्वास्थ्य समस्या आइपरेमा दूतावासमा जानकारी गराउनु पर्दछ । यसले कुनै अप्ठ्यारो परेमा त्यहाँबाट पनि मद्धत लिन सकिन्छ ।
 
रोजगारीका लागि गन्तव्य मुलुकमा पुगेपछि प्रहरी, एम्वुलेन्सको नम्वर पनि साथमा राखियो भनें अप्ठ्यारो परेको समयमा मद्धत प्राप्त गर्न सकिन्छ ।