अभिमुखिकरण तालिम प्रदायक संस्थाहरु   वैदेशिक रोजगारमा जाने व्यक्तिले विदेश प्रस्थान गर्नु अगावै कम्तीमा दुई दिनको अभिमुखिकरण तालिम लिएको हुनु पर्ने नेपालको कानुनी व्यवस्था छ । सो तालिममा वैदेशिक रोजगारमा जाँदा ध्यान दिनुपर्ने कुराहरु, विदेशमा काम गर्दा आइपर्न सक्ने समस्याहरु र त्यस्ता समस्याको समाधान कसरी गर्ने जानकारी, गन्तव्य मुलुकको मौषम, सडक प्रयोग लगायतका विषयको जानकारी, आफू जान लागेको मुलुकको श्रम कानुन, समस्या आइपरेमा कहाँ सम्पर्क गर्ने लगायतका महत्वपूर्ण जानकारीहरु दिइन्छ । तसर्थ पूर्व प्रस्थान अभिमुखिकरण तालिम अनिवार्य रुपमा लिनु पर्दछ । अभिमुखिकरण तालिम प्रदान गर्न वैदेशिक रोजगार विभागमा त्यस्ता तालिम दिने संस्थाहरु (तालिम प्रदायक) अनिवार्य रुपमा दर्ता हुनु पर्दछ ।Read More
वैदेशिक रोजगारमा पठाउने इजाजतपत्रवाला (मेनपावर कम्पनीहरु)    वैदेशिक रोजगारमा पठाउने संस्थाहरुलाई वैदेशिक रोजगार ऐन, २०६४ ले इजाजतपत्रवाला भन्ने व्यवस्था गरेको छ । बोलिचालिको भाषामा तिनलाई मेनपावर कम्पनी भनेर चिनिन्छ । त्यस्ता संस्थाहरुले कुनै पनि नेपाली नागरिकलाई रोजगारीका लागि विदेश पठाउनु अगाडि वैदेशिक रोजगार विभागबाट इजाजत लिएको हुनु पर्दछ । कतिपय व्यक्ति वा संस्थाहरुले र्वदेशिक रोजगार विभागको अनुमति नर्लिइ पनि वैदेशिक रोजगारमा पठाउने गरेका छन् । तर त्यसरी अवैधानिक संस्था वा व्यक्ति मार्फत वैदेशिक रोजगारमा जाँदा कुनै समस्यामा परेमा उद्धारमा कठिनाई, क्षतिपूर्ति प्राप्त गर्ने सम्भावना न्यून हुने गर्दछ । तसर्थ वैदेशिक रोजगारमा जाँदा आधिकारिक रुपमा वैदेशिक रोजगार विभागबाट श्रमिक विदेश पठाउनRead More
वैदेशिक रोजगार र बीमा सम्वन्धि व्यवस्था वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई विदेशमा कुनै स्वास्थ्य समस्या आइपरेर वा अन्य कारणवस मृत्यु भएमा मृतकका परिवारलाई आर्थिक सहायता उपलव्ध गराउने उद्धेश्यले सरकारले वैदेशिक रोजगारमा जाने हरेक व्यक्तिको जीवन बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । यसरी वैदेशिक रोजगारमा जानेहरुको विमा गर्ने अनुमति प्रदान गरिएका कम्पनीहरुको सूचि वैदेशिक रोजगार विभागको वेभसाइटमा हेर्न सकिन्छ । वैदेशिक रोजगारमा जानेहरुको बीमा गर्ने अनुमति प्राप्त गरेका विमा कम्पनीहरुको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।   https://dofe.gov.np/Insurance-Company.aspx   Tags:- १.विमा  २. वैदेशिक रोजगार स्वास्थ्य परिक्षण ३. जीवन विमा ४. वैदेशिक रोजगार विभाग ५. वैदेशिक रोजगार  जीवन बीमा
विदेश जानु अगाडी खाता खोल्नु पर्ने व्यवस्था वैदेशिक रोजगारमा जानु अगाडी रोजगारीका लागि जाने व्यक्तिको बैंक खाता अनिवार्य रुपमा खोल्नुपर्ने व्यवस्था सरकारले गरेको छ । त्यस्तो खाता नेपाल सरकारबाट अनुमति लिएर सञ्चालनमा रहेको कुनै पनि बैंकमा खोल्न सकिन्छ । यसैगरी वैदेशिक रोजगारमा रहँदा तिनै बैंक मार्फत बैकिङ कारोवार गर्नु पर्दछ । वैदेशिक रोजगारमा कमाएको रकम नेपाल भित्रियाउन वैदेशिक रोजगार विभागले सूचिकृत गरेका बैंकहरुको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।    https://dofe.gov.np/Banks.aspx    Tags:- १.बैंक  २. वैदेशिक रोजगारमा रहेका व्यक्ति ३. बैंक खाता ४. बैकिङ कारोवार ५. वैदेशिक रोजगारमा कमाएको रकम
रोजगारीको अवसरका बारेमा आफैं थाहा पाउने रोजगारीका लागि सकेसम्म त स्वदेशमा नै रोजगारीका अवसरहरुको पहिचान गर्नु, त्यसका लागि आवश्यक पर्ने सीप दक्षता हासिल गर्नु राम्रो हुन्छ । यदि तपाईले वैदेशिक रोजगारमा नै जाने योजना बनाइसक्नु भएको छ भनें आफैंले कुन देशमा कस्तो रोजगारीका लागि जाने, त्यसका लागि कस्तो सीप आवश्यक पर्दछ भन्ने थाहा पाउनु पर्दछ । सो अनुरुपको सीप सिकेर उचित मेनपावर कम्पनी मार्फत वैदेशिक रोजगारमा जानु भएमा तपाईको वैदेशिक रोजगारको यात्रा तुलनात्मक रुपमा फलदायी हुन सक्दछ । कुन मेनपावर कम्पनीले कुन देशको कुन कम्पनीमा कस्तो रोजगारीका लागि माग ल्याएका छन् भन्ने कुरा वैदेशिक रोजगार विभागको वेभसाइटमा नै हेर्न सकिन्छRead More
वैदेशिक रोजगार र स्वास्थ्य परिक्षण  वैदेशिक रोजगारमा जाने हरेक व्यक्तिको प्रस्थानपूर्व स्वास्थ्य परिक्षण गर्नु पर्ने कानूनी व्यवस्था छ । यदि स्वास्थ्य परिक्षण गरेर स्वस्थ भनेर रोजगारीका लागि गएका व्यक्ति विदेशमा पुगेपछि गरिने स्वास्थ्य परिक्षणमा अनुत्तिर्ण भएर फर्किनु परेमा त्यस्ता व्यक्तिले क्षतिपूर्ति पाउँछन् । वैदेशिक रोजगारमा जानुपूर्व किन स्वास्थ्य परीक्षण गर्न आवश्यक छ भन्ने थप जानकारीका लागि वैदेशिक रोजगार बोर्डको प्रवास डायरी पेज नं ३ र ४ मा लेखिएको छ । सो अध्ययनका लागि तलको लिंकमा क्लीक गर्नुहोस्   5d667517a46f7_Inner_Prawas_Diary_2076_CTP_Final.pdf (feb.gov.np)   प्रस्थानपूर्व गरिने स्वास्थ्य परिक्षणका विषयमा थप जानकारी लिन चाहनुहुन्छ भनें तलको लिंकबाट पनि लिन सक्नुहुन्छ । प्रशिक्षक मार्गदर्शनको पृष्ठRead More
विदेशमा कमाएर रेमिट कम्पनी वा बैंक मार्फत पठाएपछि नेपालमा बैक खातामा वा रकम पठाउने व्यक्तिले चाहेको व्यक्तिले नेपाली रुपैंयामा रकम प्राप्त गर्दछन् । रकम पठाउने समयमा सम्वन्धित बैंक वा रेमिट कम्पनीबाट पनि सो दिनको सटही दर कति छ र आफूले पठाएको रकमको नेपालमा कति भुक्तानी हुन्छ भन्ने जान्न सकिन्छ । नेपालको आधिकारिक सटही दरका लागि नेपाल राष्ट्र बैंकको सटही दर हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।     Foreign Exchange Rate - नेपाल राष्ट्र बैंक (nrb.org.np)
विदेशमा कमाएको रकम सुरक्षित रुपमा स्वदेश पठाउने प्रकृया  रोजगारीका क्रममा विदेशमा कमाएको रकम सुरक्षित रुपमा स्वदेश पठाउनु पर्दछ । त्यसरी पठाउने माध्यम भनेको बैंक वा रेमिट कम्पनीहरु मार्फत पठाउनु हो । यसरी पठाएको रकम डुव्ने खतरा हुँदैन । कतिपय व्यक्तिले केहि बढी लाभ हुने आशामा हुण्डी जस्ता गैरकानूनी माध्यम मार्फत रकम पठाउने गर्दछन् । यसरी पठाइएको रकम डुव्न सक्ने खतरा सदैव रहन्छ । हुण्डी के हो भन्ने बारेमा जानकारीका लागि तलको लिंकमा क्लीक गर्नुहोस् ।   हुण्डी रोक्ने नीति ल्याउन सरकारलाई निर्देशन - BBC News नेपाली    Tags:- १.विदेशमा कमाएको रकम  २. रकम ३. बैंक खाता ४. हुण्डी ५. हुण्डीRead More
विदेशको काम, सीप भए हुन्छ सुरक्षा र राम्रो दाम     हातमा सीप हुँदा हुँदे पनि आफूले कमाई गर्न सक्छु भन्ने नसोचेकी सरिता देवीले आफैं कमाई थालेपछि !     सामीको वित्तीय साक्षरता कार्यक्रम     वित्तीय साक्षरता कक्षामा बसेपछि सीप सिकेर आत्मनिर्भर भएँ     वित्तीय साक्षरता कक्षाले पैसा कमाउन सिकायो   सीपको महत्व बुझाउँदै बालेनले भने- मेयर नभएको भए ट्रक ड्राइभर भएपनि बन्थेँ      सीप सिकौं सुरक्षित बनौं     वैदेशिक रोजगारमा सिकेको सीपको महत्व  
नेपालको संविधान २०७२ मा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्वन्धि व्यवस्था   नेपालको संविधान २०७२ मा बालबालिका र महिलाको निम्ति विशेष अधिकारहरु व्यवस्था गरिएका छन्। मानिसलाई बेचबिखन गर्न, दास वा वाँधा बनाउन नपाइने, प्रत्येक बालबालिकालाई शारीरिक, मानसिक वा अन्य कुनै पनि किसिमको शोषण विरुद्धको हक हुने, यस्तो शोषणजन्य काम कानुनद्वारा दण्डनीय हुने र त्यस्तो व्यवहारको लागि कानुन अनुसार निर्धारण गरे बमोजिम क्षतिपुर्ति दिने व्यवस्था छ। थप जानकारीका लागि नेपालको संविधान २०७२ अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।   नेपालको संविधान – नेपाल कानून आयोग (lawcommission.gov.np)   Tags:- १.नेपालको संविधान  २.  मानव बेचबिखन ३.  क्षतिपुर्ति ४. कानुन ५. शोषण   मानव बेचबिखन तथाRead More