वैदेशिक रोजगारमा पठाउने इजाजतपत्रवाला (मेनपावर कम्पनीहरु) 
 
वैदेशिक रोजगारमा पठाउने संस्थाहरुलाई वैदेशिक रोजगार ऐन, २०६४ ले इजाजतपत्रवाला भन्ने व्यवस्था गरेको छ । बोलिचालिको भाषामा तिनलाई मेनपावर कम्पनी भनेर चिनिन्छ । त्यस्ता संस्थाहरुले कुनै पनि नेपाली नागरिकलाई रोजगारीका लागि विदेश पठाउनु अगाडि वैदेशिक रोजगार विभागबाट इजाजत लिएको हुनु पर्दछ । कतिपय व्यक्ति वा संस्थाहरुले र्वदेशिक रोजगार विभागको अनुमति नर्लिइ पनि वैदेशिक रोजगारमा पठाउने गरेका छन् । तर त्यसरी अवैधानिक संस्था वा व्यक्ति मार्फत वैदेशिक रोजगारमा जाँदा कुनै समस्यामा परेमा उद्धारमा कठिनाई, क्षतिपूर्ति प्राप्त गर्ने सम्भावना न्यून हुने गर्दछ । तसर्थ वैदेशिक रोजगारमा जाँदा आधिकारिक रुपमा वैदेशिक रोजगार विभागबाट श्रमिक विदेश पठाउन अनुमति लिएको संस्था मार्फत मात्र जानु पर्दछ । त्यसरी अनुमति लिएका संस्थाहरुको नामावली (सूचि) हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
Recruiting Agencies | Department of Foreign Employment (dofe.gov.np)