श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका सिलसिलामा करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा अशक्त वा गम्भीर बिरामी भएका नेपाली श्रमिकका छोराछोरीलाई वैदेशिक रोजगार बोर्डको तर्फबाट शैक्षिक छात्रवृत्ति प्रदान गरिन्छ |
 
यसका बारेमा
https://feb.gov.np/ मा क्लिक गरी थप जानकारी लिन सकिन्छ |
 
Tags:-
१.वैदेशिक रोजगार बोर्ड  २. वैदेशिक रोजगारी ३. श्रमिक ४. आवेदन ५. छात्रवृत्ति
 
वैदेशिक रोजगारमा रहेका व्यक्तिका परिवारका लागि स्वास्थ्य सुविधा 

वैदेशिक रोजगारीमा गएका कुनै नेपाली कामदारको परिवारको सदस्य विरामी परी उपचार गराउन आर्थिक समस्या परेको प्रमाणसहित निवेदन दिएमा क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन तथा अल्जाइमरको उपचारका लागि वैदेशिक रोजगार बोर्डको सचिवालय मार्फत रु. ५० हजार रुपैंयासम्म एक पटकका लागि दिने व्यवस्था छ । यस्तो सहायताका लागि दिने निवेदनको ढाँचा वैदेशिक रोजगार बोर्डको सचिवालयको वेभसाइटबाट डाउनलोड गर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
 
वैदेशिक रोजगार बोर्डको सचिवालय (feb.gov.np)
 

Tags:-
१.वैदेशिक रोजगारमा रहेका व्यक्तिका परिवार  २. वैदेशिक रोजगार ३. स्वास्थ्य सुविधा ४. वैदेशिक रोजगार विभाग ५. आर्थिक सहायता