दार्चुलाका अमर २० वर्षदेखि युएईको जेलमा

दार्चुलाको दुहुँ गाउँपालिका– ४ दौला ९तत्कालीन धारी गाविस०का अमरबहादुर बम २० वर्षदेखि हत्या आरोपमा युनाइटेड इमिरेट्स अरब (युएई)को जेलमा छन् । सन् २००३ मा दुबईको क्लबमा भारतीय नागरिक शरद सेठ्ठीको हत्यामा त्यहाँको उच्च न्यायालयले अमरलाई मतियारका रूपमा मृत्युदण्डको फैसला सुनाएको थियो ।

दार्चुलाका अमर २० वर्षदेखि युएईको जेलमा (nayapatrikadaily.com)

 

फेरिँदै नेपाली श्रमिकको गन्तव्य

नेपाली श्रमिकका लागि वैदेशिक रोजगारीको गन्तव्य फेरिन थालेको छ । दुई दशकदेखि खाडी क्षेत्रमा रहेको चाप बिस्तारै युरोप र पूर्वी एसियाली मुलुकतिर सर्न थालेको आँकडाले देखाएको छ । आर्थिक वर्ष २०७९र८० मा अहिलेसम्मकै बढी ७ लाख ७१ हजार नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

फेरिँदै नेपाली श्रमिकको गन्तव्य- समाचार – कान्तिपुर समाचार (ekantipur.com)

 

अध्यागमनले किन फर्कायो श्रम स्वीकृति लिएर कुवेत हिँडेका ११७ श्रमिक?

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत हिँडेका ११७ श्रमिकलाई विमानस्थलबाट फिर्ता पठाएको छ। श्रम स्वीकृति लिएर हिँडेका ११७ श्रमिकहरूको कागजात शंकास्पद भेटिएपछि फर्काइएको कार्यालय प्रमुख रामबन्धु सुवेदीले जानकारी दिए।

अध्यागमनले किन फर्कायो श्रम स्वीकृति लिएर कुवेत हिँडेका ११७ श्रमिक? :: निर्मला घिमिरे :: Setopati