गन्तव्य मुलुकमा सूचना प्रविधिको प्रयोग
 
टेलिफोन एवम् मोबाइलको प्रयोग

रोजगारीका लागि गन्तव्य मुलुकमा पुगेपछि आफूसँग रहेको मोबाइलमा सो मुलुकमा रहेको उपयुक्त मोबाइल कम्पनीको सिम कार्ड राखेर मोबाइल चलाउन सकिन्छ |  आफू विदेशमा रहँदा परिवारका सदस्यहरूसँग नियमित रुपमा सम्पर्कमा रहनु पर्दछ | रोजगारीका क्रममा विदेशमा रहँदा नेपालमा फोन गर्नुपर्ने भएमा नेपालमा आफूलेले फोन गर्ने नम्बरको अगाडि ००९७७ लेखेर फोन नं वा मोबाईल नं डायल गर्नुपर्दछ । यदि ल्याण्डलाईनबाट फोन गर्नुपर्ने भएमा आफ्नो जिल्लाको एरिया कोड ००९७७ पछि डायल गर्नुपर्दछ । उदाहरणका लागि काठमाडौंको कुनै ल्यान्डलाईन नम्बरमा फोन गर्नुपर्ने भएमा ००९७७ र १ पछि सम्बन्धित फोन नम्बर डायल गर्नुपर्दछ ।
 

सामाजिक सञ्जालको सावधानीपूर्वक प्रयोग:

गन्तव्य मुलुकमा रहँदा साथीभाई, आफन्त आदिसँग सम्पर्कमा रहन र देश दुनियाँको खबर बुझ्न  फेसबुक, ट्वीटर, ईमो, भाइवर, ह्वाट्सएप, यूट्यूव, ईन्स्टाग्राम गुगल म्याप आदि माध्यमको प्रयोग गर्न सकिन्छ | विभिन्न सामाजिक सञ्जाल तथा अनलाईनमा आउने भ्रामक समाचार प्रति सजग रहुनपर्दछ ।
 

इन्टरनेट प्रविधिको प्रयोग:

फेसबुक, ट्वीटर, ईमो, ह्वाट्सएप, युट्यूव जस्ता माध्यमको प्रयोग गर्दा विभिन्न कुरामा ध्यान दिनु पर्दछ | ती माध्यममा स्टाटस लेख्दा वा शेयर गर्दा सावधानीपूर्वक गर्नुपर्दछ अन्यथा समस्यामा पर्न सकिन्छ | उदाहरणका लागि खाडीका अधिकांश मुलुकहरूमा कुनैपनि दुर्घटनाको तस्वीर वा भिडियो फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप, ईमो वा भाइवर ग्रुप, यूट्युवमा अपलोड गर्नु वा अरु कसैले राखेमा त्यसलाई शेयर, लाइक र कमेण्ट गर्न हुँदैन । यसलाई कानून विपरितको काम मानिन्छ । यसैगरी सो मुलुकको कानून, धर्म, रीतिरिवाज विपरितका कुरा सामाजिक सञ्जालमा लेख्नुहुँदैन ।

 

विभिन्न एप्सको प्रयोग: वैदेशिक रोजगारका बारेमा जानकारी दिने उद्देश्यले तयार पारिएका मोबाइल एप तथा वेबसाइटबाट वैदेशिक रोजगार सम्बन्धी सुचना तथा जानकारी लिन सकिन्छ | उदाहरणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको  वैदेशिक रोजगारी एप्सबाट वैदेशिक रोजगार सम्बन्धी सुचना तथा जानकारी, उजुरी गर्ने व्यवस्था, महत्वपूर्ण सम्पर्कहरू, पुनः श्रम स्वीकृति, श्रोतहरुका बारेमा जानकारी लिन सकिन्छ ।

 

यसैगरी माईग्रेन्ट रिक्रुमेन्ट एडभाईजर (www.recruitmentadvisor.org) वेबसाइट तथा शुभयात्रा, उज्वल सपना जस्ता एपहरूले पनि वैदेशिक रोजगारका बारेमा यथेष्ट जानकारी दिन्छन् ।
सूचना प्रविधिको प्रयोग बारेमा नेपाल सरकारको पुर्व प्रस्थान अभिमुखिकरण तालिम प्रशिक्षक मार्गदर्शन २०७६ मा रहेको विषय ७: सम्पर्क तथा सुचना प्रविधिको प्रयोगबारे जानकारी हेर्नुहोला | सो मार्गदर्शन अध्ययन गर्न तलको लिंकमा क्लीक गर्नुहोस्

 

वैदेशिक रोजगार बोर्डको सचिवालय (feb.gov.np) 

 

Tags:-
१.सूचना प्रविधि   २. वैदेशिक रोजगारी ३. मोबाइल टेलिफोन ४. फेसबुक, ह्वाट्सएप ५. सामाजिक सञ्जाल

 

यी प्रशिक्षण स्रोतहरू आप्रवासी र उनीहरूका परिवारका सदस्यहरूलाई सहयोग गर्ने संस्थाहरूको प्रयोगको लागि विकास गरिएको हो। कृपया तालिमका स्रोतहरूसँग संलग्न मार्गदर्शन नोटहरू प्रयोग गर्नुहोस्

 

Nepali translation by Nayan Pokhrel (.PPT Version)
 

English Version (.PPT Version)
 

Bhojpuri Trasnslation by Bibek Karn (.PPT Version)

 

Maithili translation by Ranjan Jha (.PPT Version)

 

Nepal Bhasa translation by Rajendra Maharjan(.PPT Version)

 

Tharu translation by Indu Tharu (.PPT Version)

 

Tamang translation by Amrit Yonjan Tamang (.PPT Version)